Sunday, July 28, 2013

५ सय केन्द्रमार्फत् टेलिकमको वाइम्याक्स सेवा

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०७०-७१ का लागि कूल ६९ अर्ब ९५ करोड ६३ लाख नौ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। टेलिकमका अनुसार सरकारलाई राजस्ववापत रु २१ अर्ब ३५ करोड ३१ लाख ८४ हजार, पुँजीगत खर्चवापत रु १९ अर्ब ४१ करोड ६५ लाख ५४ हजार, आयगत खर्चवापत रु १० अर्ब ६८ करोड ७४ लाख ८६ हजार, लाभांश (नेपाल सरकारलाई बुझाउने बाहेक अन्य) बापत रु ६१ करोड २४ लाख ८२ हजार रकम छुट्टाएको हो। त्यस्तै ग्राहक लाभांश र सुविधावापत रु ८४ करोड २८ लाख ९९ हजार र अन्य दायित्ववापत रु सात करोड ७१ लाख ८५ हजार, अन्य प्रशासनिक सेयरिङ वापतको भुक्तानी रु एक अर्ब एक करोड ६५ लाख १९ हजार र लगानीवापत रु १५ अर्ब ९५ करोड विनियोजन गरेको टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  त्यसैगरी आव २०६९/७० मा सरकारमा दाखिला गरेको राजस्व विवरणअनुसार लाभांशवापत रु छ अर्ब ५८ करोड ७५ लाख १७ हजार ६००, मूल्य अभिवृद्धि कर, स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा शुल्कबापत रु चार अर्ब १४ करोड ५२ लाख ३१ हजार ०७९, आयकरवापत रु चार अर्र्ब २४ लाख ७१ हजार ९५८, रोयल्टी र ग्रामीण दूरसञ्चार कोषवापत रु एक अर्ब ९८ करोड ८९ लाख ८६ हजार ८१०, जिएसएम मोबाइलको अनुमतिपत्र नवीकरणवापत रु दुई अर्ब ३१ करोड १० लाख र फ्रिक्वेन्सी दस्तुरवापत रु एक अर्ब ३३ करोड ५९ लाख १७ हजार ५३४ गरी जम्मा रु २० अर्ब ३७ करोड ११ लाख २४ हजार ९८१ सरकारलाई राजस्व बुझाइएको छ। 

टेलिकमको आम्दानी ३७ अर्ब ६० करोड, सरकारलाइ २० अर्व ३७ करोड राजस्व बुझायो

काठमाडौ, श्रावण १४ - कान्तिपुर दैनिक  नेपाल टेलिकमले आर्थिक वर्ष २०६९/७० मा ३७ अर्ब ६० करोड रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो अर्थिक वर्ष (२०६८/६९) को तुलनामा २ दशमलव २५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष टेलिकमले ३६ अर्ब ७९ करोड रुपैयाँ आम्दानी गरेको थियो । सबैभन्दा बढी नाफा कमाउने र कर तिर्ने संस्थानका रूपमा रहेको टेलिकमको यो आम्दानीबाट सञ्चालन र प्रशासनिक खर्च घटाएपछि नाफा निस्कने छ । तर गत आर्थिक वर्षको आय बढे पनि करपछिको नाफा भने घट्ने अनुमान गरिएको छ । टेलिकमको प्रक्षेपणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा करपछिको मुनाफा १ अर्ब १ करोड रुपैयाँले घट्ने छ । आर्थिक वर्ष २०६८/६९ मा ११ अर्ब ६० करोड रुपैयाँ खुद मुनाफा भएको थियो । गएको आर्थिक वर्षमा १० अर्ब ५९ लाख रुपैयाँ मात्र मुनाफा हुने प्रक्षेपण गरिएको छ । लाइसेन्स, फ्रिक्वेन्सीलगायत शुल्कमा ४ अर्ब रुपैयाँ भन्दा बढी रकम सरकारलाई बुझाएकाले टेलिकमको मुनाफा घट्ने भएको हो । नाफा घटेपछि चालू आर्थिक वर्ष कम्पनीले बुझाउने आय कर पनि घट्ने छ । प्रक्षेपित खुद मुनाफाअनुसार चालू आर्थिक वर्ष ४ अर्ब २४ करोड रुपैयाँ मात्र आयकर बुझाउने छ । आयकर घटे पनि धेरै राजस्व बुझाएर पहिलो नम्बरमै रहने सम्भावना भने अझै धेरै छ ।गत आर्थिक वर्षको कारोबारबाट टेलिकमले सरकारलाई २० अर्बभन्दा बढी राजस्व बुझाएको छ । यसमा आयकरसहित लाभांश, मूल्य अभिवृद्धि कर, स्वामित्व शुल्क, दूरसञ्चार सेवा शुल्क, अनुमतिपत्र नवीकरण, पि|mक्वेन्सीलगायत शुल्क समावेश छन् ।
कम्पनीले चालू आर्थिक वर्षमा भने आय र मुनाफा दुवै बढाउने गरी आक्रमक कार्यक्रमहरू ल्याउँदै छ । टेलिकमका अनुसार ७०/७१ मा कम्पनीले १० प्रतिशतले -४१ अर्ब ६५ करोड रुपैयाँ) आम्दानी बढाउने लक्ष्य लिएको छ । करपछिको मुनाफा पनि ११ अर्ब ९६ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । 'चालू आर्थिक वर्षमा हुने लाइन वितरण र डाटा सेवामा हुँदै गएको सुधारका कारण आय बढ्ने अनुमान गरिएको हो,' टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले भनिन् । कम्पनीले चालू वर्षमा सञ्चालन गरिरहेको परियोजनाबाट ग्राहक संख्या थपिएर आय बढ्ने अनुमान गरेको हो । कम्पनीले चालू आर्थिक वर्षमा २९ लाख १३ हजार ग्राहक थप्ने योजना बनाएको छ । २० लाख मोबाइल लाइन वितरण गर्ने लक्ष्य छ । टेलिकमको सेवा विस्तार योजनाअन्तर्गत 'प्याकेज बी' मा काठमाडौं उपत्यका र पश्चिमाञ्चल विकास क्षेत्रमा ४८ लाख लाइन विस्तारको उपकरण जडान गर्ने, प्याकेज एअन्तर्गत पूर्वाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा ५२ लाख लाइन विस्तार गर्न मुख्य उपकरण जडान गर्ने योजना टेलिकमको छ । पुराना बीटीएस टावर परिवर्तन गर्दै सेवा विस्तार र गुणस्तर सुधार गर्ने योजना कम्पनीको छ । सँगै पीएसटीएन (ल्यान्ड लाइन) र सीडीएमए सेवामा विस्तारको योजना बनाइएको छ ।

Thursday, July 25, 2013

राजनीतिक हस्तक्षेप बन्द गरे मात्र टेलिकम उंभो लाग्ने...

NTCFLASH, नेपाल टेलिकमका ग्राहकहरुलाई ब्लग, फेसबुक अनि ट्वीटर मार्फत आफुलाई थाहा भएका र ग्राहकका गुनासाहरु सम्बोधन गर्ने र आवस्यकता अनुसार सम्बन्धित बिभाग, कार्यालयमा जानकारी गराउदै आएको यो NTCFLASH को पूर्ण संचालन १ वर्ष पुरा भएको छ . यस अवधिमा धेरै ग्राहक, कर्मचारी तथा  नेपाल टेलिकमसंग सम्बन्धित अन्य महानुभावहरु संग धेरै महत्वपूर्ण अन्तरक्रिया, छलफल र जानकारी शेयर गर्ने अवसर मिलेको छ . यो प्रयास नेपाल टेलिकममा कार्यरत एक कर्मचारीको बिशुद्द व्यक्तिगत प्रयास हो तसर्थ यो प्रयास प्रति कसैले पनि कम्पनि ब्यबस्थापन र सिंगो कम्पनि लाइ दोष नदिनु हुन बिनम्र अनुरोध गर्दछु .
यसका साथै आगामी दिनमा पनि कम्पनि संग सम्बन्धित सूचना तथा जानकारीहरु विभिन्न मिडिया, न्युज पेपर, अनलाइन पोर्टल र अन्य साइट मार्फत एकिकृत गर्दै आफुले जानेका, सुनेका र सकेसम्म अरुबाट सहयोग लिएर भएपनि ग्राहक तथा  नेपाल टेलिकमप्रति विश्वास गर्नुहुने सबैको गुनासा र समस्या समाधान प्रति निरन्तर लागि रहने प्रतिबद्दता व्यक्त गर्दछु . 

यसै परिपेक्क्ष्यमा नेपाल सरकारको ९२ % लगानी रहेको यस सस्थालाइ पुन: नेपालको एक नम्बरमा ल्याउन के गर्नु पर्छ भनि पुल मार्फत प्रस्न सोधिएको थियो,  जसको ३६५ दिन वा १ वर्षभरिको प्रतिक्रया यस्तो आएको छ,

नेपाल टेलिकम ब्यापक पूर्वाधार विस्तारको तयारीमा


Wednesday, July 10, 2013

टेलिकमले थ्रिजी इभिडिओ प्याकेज ल्याउँदै


टेलिकमले थ्रिजी इभिडिओ प्याकेज ल्याउँदैकाठमाडौं, असार २६  -नागरिक:  इन्टरनेट सेवा विस्तारमा तीब्रता दिएको नेपाल टेलिकमले सिडिएमए संकेतको प्रयोगबाट चल्ने थ्रिजी इभिडिओको प्याकेजसहितको योजना ल्याउने भएको छ। एक सेकेन्डमा ३ दशमलव १ मेगाबाइट्स डाउनलोड गर्नसक्ने सेवा ताररहित इन्टरनेट प्रविधिमा हालसम्मकै तीब्रगतिको हुने पनि टेलिकमले दाबी गरेको छ। टेलिकमले यसअघि प्याकेज रहितरुपमा यो सेवा सिडिएमएका प्रययोगकर्तालाई दिइरहेको थियो। नयाँ योजनामा प्योकजसहित न्यून शूल्कमा सेवा सुरु गर्ने टेलिकमको योजना छ। हाल टेलिकमको थ्रिजी सेवा १० अञ्चलका ३१ जिल्लामा पुगेकाले त्यहाँ थ्रिजी इभिडिओ सेवा सजिलै उपलब्ध हुनेछ। बाँकी जिल्लामा पनि आगामी दसैंसम्मा थ्रिजी सेवा पुर्याजउने लक्ष्य टेलिकमले लिएको छ। हाललाई थ्रिजी सेवा उपलब्ध नभएका जिल्लामा पनि इभिडिओ टुजीको गतिमा चल्छ।  नागरिक दैनिकको प्रकाशक नेपाल रिपब्लिक मिडिया प्रालिले २७ असारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने 'एडुफेयर २०१३' (शैक्षिक मेला) को अवसर पारेर टेलिकमले नयाँ प्याकेजसहितको सेवा सार्वजनिक गर्न लागेको हो। प्योकजसहितको सेवाका लागि उपभोक्ताले २ हजार ४ सय ५९ रुपैयाँ तिर्नुपर्ने हुन्छ। यो प्याकेजमा एक जिबीको मेमोरी कार्ड, १५ सय ९९ सय रुपैयाँ पर्ने इभिडिओ डंगोल, २ सय रुपैयाँ पर्ने रिमकार्ड र एक महिनाका लागि पाँच जिबी डाटा उपलब्ध हुनेछ। शैक्षिक मेलामा रहने टेलिकमको एक सय ७ नम्बरको स्टलमा यो प्याकेज वितरण गरिनेछ। यसका लागि सेवाग्राही नागरिकता र फोटो लिएर मेलाको स्टलमा पुग्नुपर्नेछ।  डंग्ाोलसहितको थ्रिजी इभिडिओ देशभर जुनै पनि ठाउँमा ल्यापटप र डेक्सटप कम्प्युटरमा चलाउन मिल्ने टेलिकमले जानकारी दिएको छ। यो सेवा सिडिएमए स्मार्टफोनमा बिनाडंगोल वाइफाई हटस्पटमा आधारित भएर पनि चलाउन मिल्छ। 

Monday, July 8, 2013

इन्टरनेट सेवा फैलाउँदै टेलिकम, सेवा सन्तोषजनक नभएको सर्वसाधारणबाट गुनासो !!


काठमाडौं -नागरिक दैनिक  टेलिफोन, मोबाइल, इन्टरनेट लगायत सेवा प्रदान गर्दै आइरहेको नेपाल टेलिकमले आफ्नो नेटवर्कमा इन्टरनेट (डाटा) सेवा विस्तार गर्ने भएको छ। टेलिकमले इन्टरनेट सेवालाई अबका दिनमा झनै प्रतिस्पर्धी बनाउन लागिपरेको सोमाबार अयोजित एक कार्यक्रममा जानकारी दिइयो। टेलिकमले हाल उपलब्ध गराइरहेको डाटा सेवाबारे छलफल गर्न आयोजित एक कार्यक्रममा टेलिकमका अधिकारीले यस्तो बताएका हुन्।टेलिकमको इन्टरनेट लगायत अन्य सेवा शुल्क प्रतिस्पर्धी भए पनि सेवा भने सन्तोषजनक नभएको सर्वसाधारणबाट गुनासो आइरहँदा उसले थप सेवा विस्तार र गुणस्तर ग्यारेन्टीको दाबी गरेको हो।  एडिएसएल, इभिडिओ, थि्रजी डाटा, वाइम्याक्स, फाइबर इन्टरनेट, डिएसएल इन्टरनेट, स्काइडाटा, जिपिआरएस, डाइअफ इन्टरनेट लगायत सेवा उपलब्ध गराउँदै आएको टेलिकमले आगामी दिनमा यी सबै सेवालाई थप गुणस्तरीय बनाउँदै देशभर विस्तार गर्ने बताएको छ।  टेलिकमले आगामी दसैंसम्ममा सिडिएमएको संकेत उपभोग गरी इन्टरनेट चलाउन मिल्ने इभिडिओ सेवा देशभर विस्तार गर्ने बताएको छ। टेलिकमले देशभरमा पाँच सयभन्दा धेरै ठाउँमा बेस स्टेसन जडान गरी ताररहित इन्टरनेट सेवा वाइम्याक्स विस्तार गर्ने भएको छ। हाल त्रिभुवन विमानस्थल, शिक्षण अस्पताल महाराजगन्ज लगायत ठाउँमा यसको निशुल्क परीक्षण सेवा सुचारु गरिसकिएको टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले जानकारी दिए। 

डेटामा केन्द्रित हुँदै दूरसञ्चार कम्पनी


सरस्वती ढकाल, कारोबार दैनिक 
काठमाडौं, २३ असार-भ्वाइस सेवामा राम्रो पकड बनाएका दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकम र एनसेल आउँदो वर्ष डेटामा केन्द्रित हुने भएका छन् । दूरसञ्चारमा अघिकांश हिस्सा ओगट्ने यी कम्पनीले डेटा सेवा विस्तारको विकल्प नभएको भन्दै प्रतिस्पर्धी योजना अगाडि बढाएका छन् । यसले उपभोक्तालाई मूल्य र सेवाको गुणस्तरमा छनोटको अवसर दिनेछ । झन्डै एक शताब्दीदेखि भ्वाइस सेवा दिँदै आएको टेलिकमले अबको वर्ष डेटालाई केन्द्रमा राख्नेछ । “हालसम्म सबै ध्यान भ्वाइसमा थियो,” टेलिकम वायरलेस सेवा निर्देशनालयका निर्देशक अनुपरञ्जन भट्टराईले भने, “अब डेटामा केन्द्रित हुन्छौं ।” पेजर, साधारण टेलिफोन, पोस्टपेड, जीएसएम मोबाइल हुँदै अबको माग डेटा सेवा भएकाले कम्पनीको भविष्य पनि यसमै जोडिएको उनले बताए । टेलिकमले एडीएसएल, सीडीएमए, ईभीडीओ, वाईम्याक्स र थ्रीजीमार्फत डेटा सेवा दिँदै आएको छ । कम्पनीको मुख्य आम्दानी बाटो नै डेटालाई बनाउने तयारीका साथ कम्पनी लागेको भट्टराईले सुनाए । अहिलेसम्म जीएसएम नै आम्दानीको मुख्य क्षेत्र हो ।

Wednesday, July 3, 2013

टेलिकम र कृषि बैंकमा विदेशी साझेदार भित्र्याइने

काठमाडौ, असार १९ -कान्तिपुर दैनिक : कम्पनी सुदृढीकरण गर्ने रणनीतिअनुसार सरकारले नाफामा रहेका दुई ठूला संस्थानमा विदेशी साझेदार ल्याउने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको निजीकरण समितिमा मंगलबार बसेको बैठकले नेपाल टेलिकम र कृषि विकास बैंकमा विदेशी साझेदार भित्र्याउन बाटो खोलिदिएको हो । नाफामा सञ्चालन भइरहेका सरकारी संस्थानमध्ये यी दुवैमा विदेशी साझेदार ल्याउन लामो समयदेखि पहल भइरहेको थियो । टेलिकम मुलुकमा सबैभन्दा बढी कर बुझाउने कम्पनी पनि हो । कृषि विकास बैंक सबैभन्दा बढी पुँजी भएको बैंक हो । यस्ता कम्पनीमा विदेशीलाई भित्र्याउन सजिलो हुने र यसले अन्य क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने अनुमान सरकारको छ । '१५ महिनापछि समितिको बैठक बसेको छ,' निजीकरण इकाईका प्रमुख वासुदेव शर्माले भने, 'यसले दुई संस्थानमा साझेदार भित्र्याउने बाटो खोलेको छ ।' समितिको बैठकले रणनीतिक साझेदार भित्र्याउन आधारभूत संचरना तयार गर्ने निर्णय गरेको छ । टेलिकममा बेचिने सेयर, लगानी, भित्रिने मानव संसाधन, पुँजी र आवश्यकताको आधारभूत संरचनामा अध्ययन हुने छ । यस्तो संरचनाका लागि १८ महिनाको समय सीमा तोकिएको छ । उक्त अध्ययन पनि सरकारी स्वामित्वमा रहेको करिब ३० प्रतिशत सेयर साझेदारलाई बिक्री गरिने छ । 'निजीकरण समितिले अध्ययन गरी सेयर बिक्री गर्न सकिने सैद्धान्तिक सहमति दिएको छ,' समितिका सदस्यसमेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्कर राजकणिर्कारले भने, 'उक्त अध्ययनको आधारमा साझेदार खोजिन्छ ।' टेलिकममा भने करिब दुई वर्षदेखि रणनीतिक साझेदार भित्र्याउने तयारी भइरहेको छ । ९१ प्रतिशतभन्दा बढी सरकारी स्वामित्व रहेको टेलिकमले गत आर्थिक वर्षमा १२ अर्बभन्दा बढीको कारोबार गरेको थियो । कुनै समयको एक मात्र दूरसञ्चार सेवा प्रदायक टेलिकमले पछिल्लो समय आफ्नो बजार हिस्सा गुमाउँदै लगेको छ । पछिल्लो तथ्यांकअनुसार टेलिकमको बजार हिस्सा ४३ प्रतिशतमा झरेको छ । जुन दोस्रो नम्बर हो । कम्पनीले बजार हिस्सा गुम्दै गएपछि छिटो साझेदार ल्याउन माग गरिरहेको छ । संस्थाको सञ्चालक समितिमा कानुन, सूचना तथा सञ्चार र अर्थ मन्त्रालयका सहसचिव पनि प्रतिनिधि हुन्छन् । यी प्रतिनिधिले छलफल गरेर कुरा अघि बढे पनि सरकारबाट भने सहमति आउन सकेको थिएन ।