Thursday, August 29, 2013

IP CDMA प्रविधिको EVDOमा टेलिकमको डेटा प्याकेज

कारोबर सम्बाददाता, काठमाडौं, १३ भदौ - नेपाल टेलिकमले आइतबारदेखि लागू हुने गरी आईपी सीडीएमए प्रविधिको ईभीडीओ सेवामा ‘भोलुमबेस्ड डेटा प्याकेज’ ल्याएको छ । उपभोक्ताले खरिद गर्न चाहेको डेटा भोलुमका लागि आवश्यक रकम रिचार्ज गरी प्याकेजको नाम लेखेर १४५६ मा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ । बाँकी डेटा भोलुम तथा भ्यालिडिटीबारे जानकारी लिन ‘बीएल’ टाइप गरी १४५६ मा एसएमएस गर्न सकिनेछ । ईभीडीओ डेटा नचल्ने पुराना रिमकार्ड निःशुल्क परिवर्तन गर्न सकिने व्यवस्था पनि गरिएको छ । त्यस्तै, ग्राहकले ईभीडीओ रिमकार्डमार्फत भ्वाइस सेवाका साथै सीडीएमएकोे स्मार्ट मोबाइल फोनसेट, ल्यापटप, डेक्सटप, ट्याब्लेट तथा ईभीडीओ डंगोलमार्पmत ३.१ मेगाबाइट्स प्रतिसकेन्ड क्षमतामा इन्टरनेट चलाउन सक्नेछन् ।
कम्पनीले ईभीडीओ सेवालाई बन्डलिङमार्पmत बिक्री–वितरण गरिरहेको छ । बन्डलिङमार्पmत उपलब्ध हुने यो सेवामा ग्राहकले १ जीबी मेमोरीसहितको डंगोल, १ सय रुपैयाँको टक भ्यालु तथा मासिक १ गिगाबाइट डेटाका दरले ३ महिनासम्मका लागि ३ गिगाबाइट डेटा भएको रिमकार्ड २ हजार २ सय (करसहित)मा पाउनेछन् ।टेलिकमले हाल १२ अञ्चलका ४८ जिल्लाका सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्रमा ईभीडीओ सेवा सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले यो सेवालाई ‘स्काई प्रो’ ब्रान्डमा बिक्री–वितरण गरिरहेको छ ।

डेटा भोलुम    महसुल८    प्रतिमेगाबाइट शुल्क    भ्यालिडिटी
५०० एमबी          २००।–                 ४० पैसा             १ महिना
२ जीबी               ७६०।–                 ३७ पैसा            १ महिना
५ जीबी              १७००।–                ३३ पैसा            १ महिना
१० जीबी             २४००।–               २३ पैसा             १ महिना

Thursday, August 22, 2013

मोबाइल इन्टरनेटको दौड, नेपाल टेलिकम र एनसेल मात्र डेटा प्रतिस्पर्धाको अग्रपंक्तिमा

कारोबर सम्बाददाता, काठमाडौं, ६ भदौ- मुलुकको एकचौथाइ जनसंख्या (२५ प्रतिशत)मा इन्टरनेट पहुँच पुगेपछि दूरसञ्चार सेवाप्रदायकको ध्यान डेटातिर मोडिएको छ । बढ्दो प्रतिस्पर्धासँगै उनीहरूले उपभोक्तालाई सस्तोमा इन्टरनेट ‘अफर’ गरिरहेका छन् । दूरसञ्चार प्राधिकरणका अनुसार आव ०६८÷६९ सम्ममा इन्टरनेट प्रयोगकर्ताको संख्या ८० प्रतिशतसम्मले बढेको छ । इन्टरनेट चलाउनेहरू अधिकांश मोबाइलमै निर्भर छन् । त्यसमाथि स्मार्टफोनको बढ्दो प्रयोगसँगै हातहातमा इन्टरनेट पुगेपछि सेवाप्रदायकहरू भ्वाइसभन्दा डेटामै केन्द्रित भएका छन् । १ वर्षअघिसम्म मात्रै आम्दानीको मुख्य क्षेत्र मानिने भ्वाइसमा शुल्क घटाउने प्रतिस्पर्धा थियो । देशभर ६ वटा दूरसञ्चार सेवाप्रदायक छन् । तर, नेपाल टेलिकम, एनसेल र युनाइटेड टेलिकममात्र डेटा प्रतिस्पर्धाको अग्रपंक्तिमा छन् । त्यसमा पनि मुख्य प्रतिस्पर्धा निजी क्षेत्रको पहिलो मोबाइल कम्पनी एनसेल र सरकारी नियन्त्रणको नेपाल टेलिकमबीच नै छ । दुबै कम्पनी टुजी नेटवर्क र थ्रीजी इन्टरनेट सेवा रहेको जीपीआरएस प्रवद्र्धनमा केन्द्रित भएका छन् । उनीहरूले विभिन्न परिमाणका मोबाइल इन्टरनेट प्याकेज ल्याएका छन् । जीएमएमअन्तर्गत टेलिकमको प्याकेज भने कार्यान्वयनमा छैन । एनसेलका ३४ लाख ९४ हजार, टेलिकमका ३१ लाख ६८ हजार, यूटीएलका ९२ हजारले इन्टरनेट चलाउँछन् ।

Sunday, August 18, 2013

टेलिकमबाट १० पैसामै चेतनामूलक सामाजिक सन्देश

सरस्वती ढकाल, कारोबार दैनिक  काठमाडौं, २ भदौ- नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले सामाजिक चेतनामूलक सन्देश सर्ट म्यासेज सर्भिस (एसएमएस) १० पैसामै गर्न सकिने व्यवस्था गरेको छ । एकैपटक ८० लाखभन्दा धेरै मोबाइल ग्राहकलाई सामाजिक र चेतनामूलक सूचना दिने उद्देश्यले कम्पनीले यसलाई बढावा दिएको छ । साधारणका प्रयोगकर्ताका लागि भने टेलिकमले प्रतिम्यासेज १ रुपैयाँ (करबाहेक) लिँदै आएको छ । हाल टेलिकमले निर्वाचन आयोगको अभियान ‘फोटोसहितको मतदाता नामावलीमा सहभागी बनौं’, आन्तरिक राजस्व विभागको ‘घरबहाल कर समयमै तिरौं’, महिला आयोगको ‘महिला हिंसाविरुद्धको अभियानमा सहभागी बनौं,’ सूचना तथा सञ्चार मन्त्रालयको गणतन्त्र दिवस, वृक्षारोपणको जानकारीजस्ता सामाजिक चेतनामूलक काममा सहकार्य गर्दै आएको छ । टेलिकम प्रवक्ता गुणकेसरी प्रधानले व्यापारिक प्रयोजनमा समूह सन्देश (ग्रुप म्यासेज) बन्देज रहेको भन्दै सामाजिक वा चेतनामूलक काममा सहभागी बन्नु कम्पनीको दायित्व भएकाले अत्यन्तै न्यून शुल्कमा सुविधा दिइएको बताइन् । “हामीले ग्राहकको पक्षबाट हेरेका छौं, धेरै सामाजिक म्यासेज लगातार पठाउँदैनौं,” उनले भनिन्, “एकैपटक लाखौं ग्राहकलाई सूचित गर्न म्यासेज माध्यम सबैभन्दा सजिलो उपाय हो ।” निशुल्क सेवा दिँदा सुविधाको दुरुपयोग हुनसक्ने आशंका गर्दै ग्राहकलाई झर्काे लाग्ने स्थिति नआओस् भनेर न्यूनतम शुल्क लिइएको उनले स्पष्ट पारिन् । मोबाइल अधिकांशसँग रहने भएकाले मोबाइलमा घरबहाल कर, मतदाता नामावली दर्तालगायतका जानकारी दिँदा उपभोक्ता लाभान्वित नै हुन्छन् । सामाजिक म्यासेज पनि धेरै पठाएर ग्राहकलाई दिक्क पार्न नहुने सेवाग्राहीको भनाइ छ ।

Saturday, August 17, 2013

वाइम्याक्स, एडिएसएल, जिपिआरएस, थ्रिजी अझ सस्तो बनाउन प्रयास गर्दैछौं

अमरनाथ सिंह, प्रबन्ध निर्देशक, नेपाल टेलिकमनागरिक दैनिक, आइतबार २ भाद्र, २०७० अमरनाथ सिंहले नेपाल टेलिकमलाई अझै सशक्त बनाउने योजनामा छन् । यसअघि दुई पटक प्रबन्ध निर्देशक भइसकेका अमरनाथ सिंहले तेस्रो कार्यकालमा टेलिकमले प्रवाह गर्ने सेवाको गुणस्तरमा आफुलाई केन्द्रित गराएका छन् । उपत्यकाका उपभोक्ताले दुई महिनाभित्रै नेपाल टेलिकमको सेवामा आएको परिवर्तन थाहा पाउने उनको दाबी छ । नागरिकका प्रकटकुमार शिशिरले सिंहसँग टेलिकमको नयाँ परियोजना, आर्थिक अवस्था र गुणस्तरलगायतका विषयमा गरेको कुराकानी 

नेपाल टेलिकमले 'राष्ट्रको सञ्चार' नारा दिइरहेको छ। यसको अर्थ के हो ?
नेपाल टेलिकमलाई पछिल्लो समय राष्ट्रकै सञ्चारको रुपमा अगाडि ल्याइएको छ । यसमा सरकारको स्वामित्व छ, यसमा जनताको स्वामित्व छ । स्वामित्वको हिसाबले मात्र नभएर हामीले हाम्रा सेवालाई देशका सबै भागमा पु¥याएका छौं । हाम्रा सेवाहरु देशभर नै फैलिएको छ । हामी सहरकेन्द्रित मात्र छैनौं । ग्रामीण भेगमा पनि पुगेका छौं । यसरी हेर्दा यसलाई राष्ट्रको सञ्चारको रुपमा व्याख्या गर्ने सकिन्छ ।
केही सेवाहरुमा तपाईहरु पछाडि नै हुनुहुन्छ, उपभोक्ताको पहिलो रोजाई त बन्न सक्नु भएको छैन नि ?
हामीले दिएको सेवालाई हेर्ने हो भने उपभोक्ताको पहिलो रोजाईमा नेपाल टेलिकम नै पर्छ । हामीले जुन किसिमले उपभोक्तालाई सेवा दिइरहेका छौं । ती सबै अरु कम्पनीमार्फत पुगेको देखिदैन । त्यस्तै हामीले हाम्रा सबै सेवा सहरकेन्द्रित मात्र गरेका छैनौं । उपत्यकामा प्रयोगमा आएका सेवा ग्रामीण भेगमा पनि पुगेका छन् । ग्रामीण क्षेत्रमा त हामीले घाटा खाइरहेको अवस्थामा पनि सेवा प्रदान गरिरहेका छौं । सञ्चारमा सबैको समान पहुँच पु¥याउने हाम्रो उद्देश्य हो । त्यही उद्देश्यअनुसार नै हामी लागिरहेका छौं । केही सेवामा विशेष गरी जिएसएम मोबाइलमा हामी दुइ नम्बर भयौं भन्ने छ । त्यो संख्यात्मक कुरा मात्र हो तर जतिले हाम्रो सेवा लिएका छन् उपभोक्ता खुशी छन् । अर्काे कुरा हामी पछि परेको सेवामा पनि हामी नयाँ योजनाका साथ आउँदै छौं । हाम्रो बजार हिस्सा पनि बढिरहेको छ । फिक्स्ड लाइनदेखि वाइम्याक्ससम्मका ग्राहकले नेपाल टेलिकमलाई विश्वास गरेका छन् । त्यसैले उपभोक्ताको पहिलो रोजाईमा सधै नेपाल टेलिकम छ । नेपाल टेलिकमको सेवा लिन अझै पनि लाइन लाग्ने गरेको देखेको छु । यो कम्पनीप्रतिको विश्वास र माया नै हो ।

Thursday, August 15, 2013

टेलिकमको इभिडियो डाटा प्याकेज थप पाँच अञ्चलमा

३१ साउन, onlinekhabar.com काठमाडौं । नेपाल टेलिकमले आईपी सिडिएमए प्रविधिको इभिडियो रिम कार्डलाई डाटा प्याकजेसहितको डिभाइसमा एकीकृत गरि थप ७ अञ्चलमा बिक्री सुरु गरेको छ । टेलिकमले पूर्वाञ्चलको मेची र कोशी अञ्चलमा, पश्चिमाञ्चलको लुम्विनीमा तथा मध्यपश्चिमाञ्चलको भेरी र राप्ती अञ्चलमा यहि बुधबारदेखि डाटा प्याकेज बिक्री सुरु गरेको छ । साथै, सूदुरपश्चिमाञ्चल विकास क्षेत्रको सेती र महाकाली अञ्चलमा बिहीबारदेखि एकीकृत डाटा प्याकेज बिक्री सुरु गरिएको टेलिकमले जनाएको छ ।
CDMA-Eveidoसिमित समयसम्मका लागि उपलब्ध हुने एकीकृत डाटा प्याकेजमा ग्राहकहरुले २ हजार ३ सय ५९ रुपैयाँमा १ जीबी मेमोरीसहितको इभिडियो डिभाइस, १ सय रुपैयाँ बराबरको टक भेलु र ५ जीबी डाटा भएको रिम कार्ड प्राप्त गर्नेछन् । ५ जीबी डाटाको भेलिडिटी पिरियड ३ महिनासम्मको हुने टेलिकमले जनाएको छ ।

Tuesday, August 13, 2013

टेलिकमको थ्रिजी इन्टरनेटमा आक्रमक सुधार

नागरिक दैनिक,  सामजिक सञ्जालमा मात्रै होइन, युवाहरुको जमघट हुने प्रायः सबै ठाउँमा नेपाल टेलिकमको मोबाइल इन्टरनेटको गतिमा आएको तीवैताकै चर्चा चलिरहेको पाइन्छ। कुनै बेला 'झुरसञ्चार' को संज्ञा पाइसकेको देशकै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायकको सेवा अब वास्तविक रुपमा दूरसञ्चारले दिने जस्तै भएको सबैले भन्न थालेका छन्। मोबाइल सेवाको क्यापासिटी, कभरेज र क्वालिटी (क्षमता, पहुँच र गुणस्तर) बढाउने योजनासहित टेलिकमले राजधानीमा नयाँ बिटिएस (बेस ट्रान्सिभर स्टेसन) जडान र 'फ्रिक्वेन्सी अप्टिमाइजेसन' गर्न सुरु गरेपछि यसका ग्राहकले मोबाइल र इन्टरनेट सेवामा गुणस्तर बढेको अनुभव गरेका हुन्। नयाँ बिटिएस जडानसँगै प्रतिस्पर्धी मूल्यमै गुणस्तरीय सेवा लिन चाहने टेलिकमका सेवाग्राही खुसी बनेका हुन्। जिपिआरएस (टुजी) अर्थात 'जनरल प्याकेट रेडियो सर्भिस'पछि तीव्र गतिमा चल्ने तेस्रो पुस्ताको 'थ्रिजी' सेवा आरम्भ गरेको भए पनि नामको तुलनामा थ्रिजी सेवा प्रभावकारी नभएपछि टेलिकमको मोबाइल र डाटा सेवाबारे आम सर्वसाधारणले व्यापक गुनासो गर्दै आएका थिए। टेलिकमले भने पुराना उपकरण र नेटवर्कका कारण मोबाइल र इन्टरनेटको गुणस्तर प्रतिस्पर्धी बनाउन नसकिएको भन्दै नयाँ व्यावसायिक रणनीतिमा पुरानो नेटवर्क विस्थापन गरी नयाँ उपकरणसहितको नेटवर्क विस्तारमा जोड दिएको हो। नयाँ नेटवर्क प्रयोगमा आएलगत्तै टेलिकमको मोबाइल र डाटा सेवामा उल्लेख्य सुधार आइसकेको यसका प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेका छन्।

टेलिकमको आम्दानी बढ्दापनि नाफा घट्यो


थ्रिजी प्रयोगकर्ता बढाउने योजनामा टेलिकम

लीला घिमिरे, नागरिक काठमाडौं - नेपाल टेलिकमले यो वर्ष काठमाडौंमा मात्रै थ्रिजी प्रयोगकर्ताहरुको संख्यामा तिब्र रुपमा वृद्धि गर्ने रणनीतिअनुसार डाटा सेवाको क्षमता र गुणस्तर वृद्धिमा लागिपरेको छ। उसले काठमाडौंमा मात्रै करिब २० लाख थ्रिजी प्रयोगकर्तालाई सेवा दिने गरी क्षमता विस्तार गर्ने भएको छ। केही महिनाभित्रै काठमाडौंमा मात्रै प्रयोगकर्ताको संख्या करिब पाँच लाख पुर्यातउने योजना टेलिकमको छ। टेलिकमले केही समय अघि देखि सुरु गरेको मोबाइल र डाटा सेवाको गुणस्तर अभिवृद्धि योजना पूर्णरुपमा सफल भएपछि नेटवर्कका थ्रिजी सेवा प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि हुने आशासहित उसले यस्तो दाबी गरेको हो।  टेलिकमका थ्रिजी प्रयोकर्ताहरुको संख्या हाल करिब एक लाख ३० हजारको हाराहारीमा रहेका टेलिकम मोबाइल सेवा निर्देशनालयका निर्देशक सुरेन्द्रप्रसाद थिकेले नागरिकलाई बताए।  कम्पनीले काठमाडौं उपत्यका र पश्चिमाञ्चलमा मात्रै ४८ लाख जिएसएम लाइन विस्तारको सम्पूर्ण उपकरणहरु जडान गर्ने तथा पुराना बिटिएसहरुको सट्टामा नयाँ बिटिएस उपकरण जडान गरी सेवा वितरण आरम्भ गर्ने वार्षिक योजनाअनुसार पहिलो चरणमा उपत्यकामा सेवा विस्तार र नयाँ उपकरण जडान सुरु गरेको हो।  टेलिकमले सन् २००७ मा प्रयोग गरेका चिनियाँ कम्पनी जेडटिईका उपकरणको स्थानमा नयाँ कम्पनी हुवावेका उपकरणहरु प्रतिस्थापन गर्न लागेको हो।  उपत्यकामा पछि टेलिकमले पूर्वाञ्चल, मध्यमाञ्चल (काठमाडौं उपत्यका बाहेक), मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा ५२ लाख लाइन विस्तार गर्न मुख्य उपकरणहरु जडान गर्ने तथा पुराना बिटिएसहरुको सट्टामा नयाँ बिटिएसहरु जडान गरी सञ्चालनमा ल्याउने पनि निर्देशक थिकेले बताए।  
टेलिकमका पहिलो चरणमा उपत्यका भित्रमात्रै २ सय १८ नयाँ बिटिएस जडान गर्ने तयारी गरेको हो। टेलिकमले यस अघिको जेडटिईको नेटवर्कमा ७३ ओटा विटिएसमार्फत एक लाख ४० हजार थ्रिजी प्रयोगकर्तालाई सेवा उपलब्ध गराईरहेको थियो। 'थप संख्याका बिटिएसले पाँच लाख ग्राहकलाई थ्रिजी सेवा प्रदान गर्ने क्षमता राख्दछन्,' थिकेले भने, 'नयाँ उपकरण जडान भएका कारण मोबाइलको गुणस्तरमा सुधार आउनुका साथै इन्टरनेट पनि तिब्र गतिमा चल्न सक्छ। हालसम्म नयाँ उपकरण जडान भइसेकका उपत्यकाका विभिन्न स्थानमा नयाँ नेटवर्कको तिब्र गतिको इन्टरनेटको अनुभुति प्रयोगकर्ताले गरिसकेका छन्।' थिकेका अनुसार चक्रपथ बाहिरसमेत गरी उपत्यकाका सबै पाँचसय टावरहरुमा नयाँ बिटिएस जडान गरिनेछन् जसले १९ लाख थ्रिजी प्रयोगकर्तालाई तिब्र गतिको इन्टरनेट सेवा प्रदान गर्ने क्षमता राख्दछन्।  नयाँ योजना कार्यान्वयनपछि टेलिकमको क्यापसिटी कभरेज, क्वालिटी (क्षमता, पहुँच र गुणस्तर) मा व्यापक सुधार आउने अपेक्षा गरिएको थिकेले बताए।  थ्रिजी प्रयोगकर्ताहरुको संख्यामा वृद्धि भएपछि टेलिकमले यो सेवा उपलब्ध गराएबापत हाल गरिरहेको आम्दानी पनि तीन गुणा वृद्धि हुने अनुमान गरेको छ। 'गुणस्तर सेवा भएपछि इन्टरनेट प्रयोगकर्ताको संख्या र उनीहरुले इन्टरनेट प्रयोग गर्ने समयमा पनि उल्लेख्य वृद्धि हुनेछ,' थिकेले भने, 'यसले टेकिमले यो सेवा बिक्री गरेबापत गर्ने कमाई पनि तिन गुणासम्मले वृद्धि हुन सक्छ।' टेलिफोन, मोबाइल, इन्टरनेट लगायतका सेवा प्रदान गर्दै आइरहेको नेपाल टेलिकमले आफ्नो नेटवर्कमा डाटा सर्भिसलाई अझै विस्तारित र भरपर्दो बनाउने योजनाअनुरुप काम गरिरहेको छ।  विभिन्न नयाँ प्रविधीमार्फत इन्टरनेट सेवा प्रदान गर्दै आईरहेका टेलिकमले इन्टरनेट सेवालाई अबका दिनमा झनै प्रतिस्पर्धी बनाउन टेलिकम लागिपरेको थिकेले बताए।  टेलिकमको इन्टरनेट लगायत अन्य सेवा शुल्क प्रतिस्पर्धी भएपनि यसको सेवा भने सन्तोषजनक नभएको सर्वसाधारणहरुबाट गुनासो आईरहदाँ टेलिकमले थप सेवा, विस्तार र गुणस्तर ग्यारेन्टीको दाबी गरेको हो। हाल देशभरमा करिब ७० लाख इन्टरनेट प्रयोगकर्ता रहेको बताइएको छ। हरेक एक सय जनामा करिब २५ जना इन्टरनेट प्रयोगकर्ता भएको नेपाल दूरसञ्चार प्राधिकरणको पछिलो तथ्यांकले देखाएको छ।

Thursday, August 1, 2013

इभिडिओको थ्रिजी इन्टरनेट पश्चिम क्षेत्रमा पनि

नागरिक दैनिक, बिहीबार १७ श्रावण, २०७०सन्तोष पोखरेल
पोखरा— नेपाल टेलिकमले आइपिसिडिएमए प्रविधिमा आधारित इन्टरनेट सेवा प्याकेजमा उपलब्ध गराउन थालेको छ। पोखरा र आसपास क्षेत्रमा बुधबारदेखि बिक्री थालिएको यो प्रविधिबाट तेस्रो पुस्ता (थ्रिजी) को इन्टरनेट चलाउन सकिने टेलिकमले जनाएको छ। पुरानो प्रविधि विस्थापन गरेको टेलिकमले डाटा प्याकेजमा युएसबी डोंगोलसहित प्याकेज उपलब्ध गराउन थालेको बुधबार आयोजित पत्रकार भेटघाटमा वायरलेस सेवाका नायब प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले जानकारी दिए। 'इभिडिओ सेवामार्फत भ्वाइस सेवाको अतिरिक्त ३.१ एमबिपिएस डाउनलोड क्षमतामा इन्टरनेट चलाउन सकिन्छ,' भट्टराईले भने, 'यो निकै प्रभावकारी बन्दै गएको छ।' टेलिकमले गत वैशाखदेखि पोखरा र आसपासमा डाटाकार्ड बिना इभिडिओ सेवा बिक्री गरिरहेको थियो।
टेलिकमले डाटा प्याकेज बिक्री थालेको अवसर पारेर यसका प्रयोगकर्तालाई छुट योजना अघि सारेको छ । भट्टराईका अनुसार डाटाकार्ड सहित उपलब्ध हुने यो सेवामा ग्राकहले २ हजार ३ सय ५९ रुपैयाँ तिरेपछि ५ जिबी डाटा पाउँछन् । त्यससँगै १ जिबीको मेमोरीकार्ड, १ सय रुपैयाँको 'टकभ्यालु'को सुविधा पाउनेछन् । ५ जिबी डाटाको समय तीन महिना हुने उनले जानकारी दिए । 'यसको वास्तविक मूल्य करिब ५ हजार रुपैयाँ पर्छ, तर शुभारम्भको अवसरमा विशेष छुट दिएका हौं,' उनले भने । बजारमा हाल बिक्री भइरहेका यस्तै सेवामध्ये टेलिकमले ल्याएको यो प्याकेज सबैभन्दा सस्तो भएको उनले दाबी गरे । 'अरु कम्पनीको भन्दा यसको मूल्य निकै सस्तो छ । अहिले एक मेगाबाइटको मूल्य ५० पैसा पर्छ । सबै कम्पनीले यति सस्तोमा यो सेवा दिन सकेका छैनन्,' उनले भने । आइपिसिडिएमए प्रविधिको सेवा अहिलेसम्म देशका ४५ जिल्लामा सञ्चालनमा आएको टेलिकमले जनाएको छ । आगामी दसैंभित्र मुलुकभर पहुँच पु¥याउने टेलिकमका भट्टराईले जानकारी दिए । यसले नेपालको डिजिटल डिभाइड कम गर्न योगदान पुर्या उने भट्टराईले बताए ।