Monday, September 23, 2013

11 percent of Nepalis have internet access: UN report

KATHMANDU POST, SEP 24 - Nepal has been ranked in the 148th position among 192 countries in terms of the percentage of population having access to internetservice. The report entitled The State of Broadband 2013 published by the UN Broadband Commission states that 11.1 percent of Nepalis use the internet Compared to the 2012 rankings, Nepal has slipped nine places. Last year’s report on broadband access worldwide had put Nepal in the 139th position with internet penetration at 9 percent. Even though the country has experienced rapid development in the telecom sector during the last one decade, it has lagged behind in extending fixed and mobile broadband connection to a wider section of the population. The report has put Nepal in the 136th position, down from the 127th spot last year, on the basis of fixed broadband lines provided. Fixed broadband, also known as wired broadband service which includes cable internet , ADSL and cable modem, has reached 0.4 per 100 inhabitants. Similarly, the country is in the 99th position among 128 developing countries with 4.1 percentage of the households having internet connection. Officials at the Nepal Telecommunications Authority (NTA) said that the sector could not progress at the pace of international economies that resulted in Nepal slipping in the international rankings. “Due to growing competition and the entry of new operators, mobile broadband will witness good growth in the days to come,” said Ananda Raj Khanal, director of the NTA.  

Wednesday, September 18, 2013

डाटा अन पैसा अफ

काठमाडौ, कान्तिपुर आश्विन १ -प्रकाशित मिति: २०७० आश्विन १ ०९:०० पछिल्लो समयमा नेपाल टेलिकमले उपलब्ध गराएको मोबाइल तथा इन्टरनेट सेवा चर्चामा छ। विशेषतः तीव्र गतिमा इन्टरनेट चलाउन, डाटा अपलोड र डाउनलोड गर्न, वेबसाइट ब्राउज गर्न तथा युट्युबमा भिडियो हेर्न टेलिकमको मोबाइलबाट सहज भएपछि यसका प्रयोगकर्ता निकै हौसिएका छन्। टेलिकमले हाल पुराना बिटिएस टावर विस्थापन गरी नयाँ टावर राख्ने कार्य गरिरहेको छ। टेलकमले जेडटिई कम्पनीका पुराना टावर विस्थापन गरी हुवावे कम्पनीका बिटिएस टावर राखेको हो। यसो गर्दा काठमाडौंमा मात्रै करिब २० लाख थि्रजी प्रयोगकर्तालाई सेवा दिने गरी क्षमता विस्तार गर्ने र केही महिनामै काठमाडौंमा करिब ५ लाख ग्राहक पुर्‍याउने योजना टेलिकमको छ। हाल थि्रजी प्रयोगकर्ताको संख्या १ लाख ३० हजारको हाराहारी छ। मोबाइल र डाटा सेवाको यो गुणस्तर अभिवृद्धि योजना सफल भएपछि यसबाट हुने आम्दानी हालको तुलनामा तीन गुणासम्म बढ्ने कम्पनीको प्रक्षेपण छ। यसको सकारात्मक असर पनि देखिन थालेको छ। पहिले नेपाल टेलिकमको जिएसएम मोबाइलमा भएको डाटा कनेक्सन स्पिड अलि कम भएकाले धेरैले एनसेलको सीम प्रयोग गरेको पाइन्थ्यो। एनसेलका प्रयोगकर्ता डाटा स्पीडबाट खुसी त थिए, तर धेरै पैसा काटिएको गुनासो भने गरिरहन्थे। पछिल्लो समयमा टेलिकमको डाटाका बारेमा पनि कसैले नबुझेरै त्यस्तो गुनासो गर्ने गरेको सम्बद्ध स्रोतको भनाइ छ।

Friday, September 13, 2013

टेलिकमको मोबाइलमा सूचनाबिनै जबर्जस्ति ऋण

काठमाडौं, २७ भदौ- नेपाल टेलिकमले ग्लोबल सिस्टम फर मोबाइल (जीएमएम) प्रिपेड डेटा सेवामा पोस्टपेड महसुल लिन थालेपछि उपभोक्ता समस्यामा परेका छन् । १ महिनायता थ्रीजी इन्टरनेट सेवामा सुधार आएपछि सर्वसाधारणबाट केही सकारात्मक प्रतिक्रिया पाएको टेलिकमले बिनासूचना मोबाइल ब्यालेन्स काट्न थालेपछि तिनै उपभोक्ता आक्रोशित भएका छन् । शून्य ब्यालेन्स भए पनि पछि काट्ने गरी टेलिकमले डेटा सेवामा ‘बिलिङ’ गर्दै आएको छ, जसको छनक उपभोक्तालाई हुँदैन । न्यूनतम ऋण ५० रुपैयाँ पुग्दा मोबाइलमा एक्कासि सन्देश आएपछि मात्रै उपभोक्ताई यसबारे थाहा हुन्छ । यस्ता समस्या लिएर टेलिकम कार्यालयमा धाउनेको संख्या बढ्दो छ । प्रिपेड मोबाइलमा बिनासूचना पोस्टपेडझैं महसुल लिनु उपभोक्ता अधिकार र कानुनविपरीत हो । प्रिपेड सेवामा पोस्टपेड महसुल लिँदा नियामक निकाय दूरसञ्चार प्राधिकरणसँग अनुमति लिनुपर्ने नियम भए पनि टेलिकमले लिएको छैन । कतिपय प्रयोगकर्ताले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमार्फत कम्पनीप्रति आक्रोश पोखेका छन् । “मैले नचाहेर टेलिकमले मलाई ऋण दिन पाउँछ ? मैले नमागिकनै ऋण लैजा भनेर जबर्जस्ती भिराउन पाउँछ ?” फेसबुकमा शनिबार एक उपभोक्ताले लेखे । त्यसमा अर्का थपिए, “थाहा नदिई ब्यालेन्स माइनसमा राख्दिने र पछि पैसा माग्ने ठग नै हो । टेलिकमको टेक्निकल कमजोरी होस् कि जेसुकै होस्, हामीलाई के मतलब ? यो फल्टलाई सुविधा दिएको भनेर गरिएको विश्लेषण वाहियात हो ।”

Monday, September 9, 2013

अब निशुल्क सीडीएमए थ्रीजी

NT_CDMA_3G
Doorsanchar.comनेपाल टेलिकमले आफ्ना सीडीएमएका ग्राहकहरुलाई सित्तैमा थ्रीजी सीडीएमए दिन लागेको छ। टेलिकमले पुराना सीडीएमए प्रयोगकर्तालाई मात्र थ्रीजी सीडीएमए सित्तैमा दिन लागेको हो। टेलिकमको सीडीएमए प्रयोग गरिरहेका पुराना प्रयोगकर्तालाई नयाँ सेवामा सित्तैमा प्रवेश दिनका लागि टेलिकमले यो अवसर दिन लागेको जनाएको छ। जसमा पुराना ग्राहकले पुरानो सीडीएमए रीम दिएर नयाँ आईपी सीडीएमए रिम पाउने छन्। आफूसँग भएको सीडीएमएको पुरानो रीम टेलिकमलाई दिएर सोही नम्बरको नयाँ रीम निःशुल्क लिन सकिने टेलिकमका उपमहाप्रबन्धक अनुपरञ्जन भट्टराईले जानकारी दिए। ‘सबै सीडीएमए प्रयोगकर्तामा थ्रिजीको पहुँच पुरयाउनका लागि निःशुल्क रीम साट्ने योजना ल्याएका हौं,’ उनले भने। टेलिकमले गतसाता देखी नै यसरी रीम साट्ने सुविधा दिन थालेको हो। यसअघि पुरानो रीमसँग सोही नम्बरको नयाँ रीम साट्नका लागि एकसय रुपैंया लाग्ने गर्दथ्यो।इन्टरनेट प्रोटोकलमा आधारित सीडीएमए प्रविधिको जडान गरेपछि टेलिकमले गत माघदेखि २० लाख लाईन आइपी सीडीएमए सेवा वितरण सुरु गरेको थियो। अहिले सम्म टेलिकमका २ लाख आईपी रीम बिक्री भइसकेको छ। आइपी सीडीएमए ३ दशमलव १ एमबीपीएस गतिमा इन्टरनेट सेवाको क्षमता भएको तेस्रो पुस्ता (थ्रीजी)मा आधारित दूरसञ्चार प्रविधि हो।

Sunday, September 8, 2013

दिल्लीबाट नेपाल फोन गर्ने शुल्क आधा कम

देवेन्द्र भट्टराई, kantipur नयाँ दिल्ली, भाद्र २३ - नेपाल टेलिकम र एयरटेलबीच भएको सहमति अनुसार दिल्लीबाट नेपाल फोन गर्न आइतबारबाट लागू हुने गरी महशुल शुल्कमा ५० प्रतिशत कम हुने भएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहका अनुसार भारतबाट नेपाल फोन गर्न प्रति मिनेट औसत १० भारु शुल्क रही आएकोमा आइतबारबाट ५ रुपैंयाँ ४० पैसा (भारु) मात्रै लाग्ने भएको छ ।  देशभित्र मात्रै होइन, बाहिरी देशमा बसेका नेपालीलाई दुरसंचारको सहज पहुँच बिस्तार गर्ने क्रममा दिल्लीबाट यो सहुलियत शुल्कको कार्यान्वयन थालिने भएको हो । 'तत्काल दिल्लीमा मात्रै यो सहुलियत मान्य हुनेछ',सहुलियत शुल्कको प्रबन्धमा सहमति गर्न र यसबारे जानकारी गराउन दिल्ली आएका सिंहले कान्तिपुरसँग भने । यो सहुलियत शुल्कको सुरुवातसँगै निश्चित अवधीका लागि ५४ भारुको रिचार्ज (प्रिपेड) मा १० मिनेट नि:शुल्क कुराकानी गर्ने सुविधा पनि थप गरिएको छ । प्रवासी नेपाली सघं, भारतको पहलमा नेपाल टेलिकम तथा एयरटेलबीच संवाद बढाएर यो सहुलियत मुल्य निर्धारण भएको हो । टेलिकमका सहप्रवक्ता एवं उपप्रबन्धक राजेश जोशीले आपसी समझदारीमा यसरी टेलिफोनको शुल्क निर्धारण हुने बताए । अब छिट्टै खाडी मुलुकहरुबाट नेपालमा फोन गर्दा लाग्ने चर्को मुल्य (मिनेट १४ रुपैंयाँ औसत) घटाउन पनि संवाद बढाइने भएको जोशीले बताए । परिवर्तित शुल्कबारे जानकारी दिन आयोजित समारोहमा प्रवासी नेपाली संघका अध्यक्ष लोकनाथ भण्डारी, महासचिव युवराज बाँस्कोटाले जनहितका निम्ति थुप्रै चरणका वार्ता र सम्वादपछि नयाँ शुल्क निर्धारण भएको बताएका थिए । यो परिवर्तित शुल्क तत्काल दिल्लीमा रहेका ५ लाख नेपाली र अन्य उपभोक्ताका निम्ति लाभप्रद रहेको र आउने दिनमा यो शुल्क भारतभर मान्य गराउन थप चरणमा पहल हुने उनीहरुले बताए ।

Monday, September 2, 2013

फोन प्रिपेड, बिल पोस्टपेड :

काठमाडौ, भाद्र १७ - भारत, बैंगलोरमा पढ्ने राजप्रसाद साह, १९, नेपाल टेलिकम (एनटीसी)को पुल्चोकस्थित कार्यालयमा आफ्नो प्रिपेड मोबाइलमा थ्रीजी इन्टरनेट सेवा नचलेको र जति पैसा हाले पनि ब्यालेन्स नदेखिएको गुनासो गररिहेका भेटिए, ११ भदौमा। टेलिकम कर्मचारीले उनको समस्या सुनाउँदै भने, "तपाईंको क्रेडिट ब्यालेन्स देखियो।" पि्रपेड फोनमा तिर्न बाँकी रकम ! एकछिन त उनी अक्क न बक्क परे। साह अघिल्लो साँझ केही बेर स्मार्ट फोनमा इन्टरनेट चलाएर सुतेका रहेछन्। त्यतिबेला ब्यालेन्स ६० रुपियाँ थियो। बिहान नेट चलेन। पैसा सकियो भनेर सय रुपियाँ रिचार्ज गरेछन्। तैपनि, ब्यालेन्स देखाएन। अनि, एनटीसी आएका रहेछन्। साहको गुनासो नसकिँदै ललितपुर, मंगलबजारमा पसल गर्ने सुरेश महर्जन, २२, उस्तै समस्या लिएर आए। उनको १ सय २५ रुपियाँ क्रेडिट ब्यालेन्स -तिर्न बाँकी) देखियो। पाँच सय रुपियाँ हालिसक्दा पनि इन्टरनेट नचलेपछि उनी टेलिकम आएका रहेछन्। जति पैसा हाल्दा पनि सेवा नखुलेपछि उनलाई बिलिङ् शाखाका कर्मचारीले जाउलाखेलस्थित २०५ नम्बर कोठामा जान निर्देश गरे। टेलिकमको पुल्चोकस्थित मोबाइल सेवा निर्देशनालयमा मात्रै दैनिक दुई सय जना यस्तो समस्या लिएर आउने कर्मचारीहरू सुनाउँछन्। एनटीसीले सिस्टम अपग्रेड भइरहेको हुँदा यस्तो समस्या देखिएको भन्दै अखबारहरूमा सूचना प्रकाशित गरेको छ। तर, निर्देशनालयका निर्देशक सुरेन्द्र थिके त्यसलाई स्वीकार गर्दैनन्। भन्छन्, "टेलिकमको थ्रीजी सिस्टम अपग्रेडसँग यो समस्याको कुनै साइनो छैन।"