Friday, January 24, 2014

नेपालमा दूरसञ्चार सेवा दिइरहेका कम्पनीहरु पब्लिक लिमिटेडमा परिणत हुनु पर्ने

काठमाडौं ।Bizmandu.com नेपालमा दूरसञ्चार (टेली कम्युनिकेसन) सेवा दिइरहेका कम्पनीहरुले अब प्राथमिक सेयर निस्कासन गरेर पब्लिक लिमिटेडमा परिणत हुनु पर्ने भएको छ । एकै व्यक्ति वा समुहको एकभन्दा बढी दूरसञ्चार सेवा प्रदायक संस्थाहरुमा लगानी सम्बन्धि अध्ययन गर्न गठन गरिएको टोलीले दिएको प्रतिवेदनअनुसार, नेपाल दूर सञ्चार प्राधिकरणलाई ऐन संसोधन मार्फत सबै कम्पनी पब्लिक बनाउन सुझाव दिएको हो ।

नम्बरकम्पनीको नामसेयरधनीको नामसेयर संरचना %
एसटिएम टेलिकम सञ्चार प्रालिएसटिएम कम्युनिकेसन सर्भिस80
एआर इन्भेष्टमेन्ट प्रालि20
एनसेल प्रालिरेनोल्डस होल्डिङ80
निरजगोविन्द श्रेष्ठ20
युनाइटेड टेलिकममहानगर टेलिफोन निगम लि26.68
टेलिकम कन्सल्टेन्ट इन्डिया लि26.66
टाटा कम्युनिकेसन लि26.66
नेपाल भेन्चर प्रालि20
स्मार्ट टेलिकम प्रालिस्क्वायर नेटवर्क प्रालि20
लाल साहु ड्रिस्ट्रिब्युसन प्रालि70
जिलाट सेटेलाइट नेटवर्क10
नेपाल सेटेलाइट टेलिकमएयरबेल सर्भिस लि75
मुक्तिश्री टेलिकम प्राली15
सम्झना अर्याल5
पाकिस्तान मोवाइल कम्युनिकेसन3
सेवा टेलिकम प्रालि2
नेपाल दुरसञ्चार कम्पनीनेपाल सरकार85
सर्वसाधारण15
कन्स्टेलेसन प्रालिअनुदानजङ राणा100
१४ टेक्नोलोजिज प्रालिराजकुमार प्रधान50
अनिल पिया50

टोलीको सुझाव माथि एक महिना सम्म सरोकारवालाहरुबाट प्रतिकृया आह्वान गरेको र त्यसपछि कार्यान्वयनमा लैजाने प्राधिकरणले जनाएको छ । हाल सञ्चालनमा रहेकामध्ये सरकारी स्वामित्वको नेपाल टेलिकम बाहेक अरु सबै कम्पनी प्राइभेट लिमिटेडको रुपमा कारोवार गर्दै आएका छन् ।

Tuesday, January 21, 2014

महिनाभित्रै नेटवर्कमा सुधार हुन्छ


भीओआईपी नियन्त्रणमा नयाँ प्रविधिले चुनौती

भीओआईपी नियन्त्रणमा नयाँ प्रविधिले चुनौतीसरस्वती ढकाल, Karobar Dailyकाठमाडौं, ६ माघ- भीओआईपी (भ्वाइसओभर इन्टरनेट प्रोटोकल)मार्फत कल बाइपासमा संलग्न गिरोहले नयाँ–नयाँ प्रविधि भिœयाएपछि प्रहरीले नियन्त्रणमा ठूलो चुनौती खेपिरहेको छ । प्रहरी नयाँ प्रविधिमा ‘अपडेट’ नहुँदा गिरोहहरूले कल बाइबासको देशव्यापी सञ्जाल विस्तार गरिरहेका छन् । सेवाप्रदायकले समेत ‘ट्र्याक’ गर्न नसक्ने त्यस्ता प्रविधि प्रहरीको टाउकोदुखाइ भएका छन् । “गिरोहले नयाँ–नयाँ प्रविधि प्रयोग गरेकै कारण छापा मार्न कठिन भइरहेको छ,” नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रवक्ता पीताम्बर अधिकारी भन्छन्, “हामी प्राविधिक रूपमा कमजोर हुँदा बर्सेनि अर्बौं रुपैयाँ राजस्व गुमेको छ ।” दूरसञ्चार सेवाप्रदायक कम्पनीले नयाँ–नयाँ प्रविधिसहित भीओआईपी नियन्त्रणमा जोड दिनुपर्ने र सरकारले पनि नीतिगत व्यवस्था गर्दा यसमा ध्यान दिनुपर्ने उनको सुझाव छ । प्रहरीका अनुसार पहिलोपटक ०६४ देखि बंगलादेशी संगठित गिरोहबाट नेपालमा कल बाइपास सञ्चालन हुँदै आएको हो । बंगलादेशी सरकारले अवैध कल बाइपासमा संलग्न व्यक्तिलाई ठूलै कारबाही गरेपछि उनीहरू नेपालतिर सरेको प्रहरी अनुसन्धानले देखाएको छ । नेपाल प्रहरीले ०६५ फागुन १५ बाट सीआईबीको ‘अप्रेसन भ्वाइस फक्स’ मार्फत नियन्त्रणका लागि अनुसन्धान थालेको थियो ।

Tuesday, January 14, 2014

टेलिकममा नयाँ एमडी नियुक्तिको प्रभाव, मंगलवार मध्यरातदेखि काठमाडौं उपत्यकामा नेटवर्क अपग्रेड


काठमाडौं । Bizmandu.com नेपाल टेलिकममा नयाँ प्रवन्ध निर्देशक नियुक्तिको असर देखिन थालेको छ । प्रवन्ध निर्देशक अनुपरञ्जन भट्टराईको नियुक्तिसँगै टेलिकमले जिएसएम मोवाइल सेवाको गुणस्तर सुधार गर्न नेटवर्क अपग्रेड सुरु गरेको छ । टेलिकमले काठमाडौं उपत्यकामा मंगलवार रातीबाट नेटवर्क अपग्रेड गर्न लागेको जानकारी दिएको छ । यो प्रक्रिया एक सातासम्म चल्नेछ । 
टेलिकमले मंगलवार राती थानकोट, नैकाप, पाँगा, कीर्तिपुर, कलंक, सीतापाईला, छाउनी, ताहाचल, कालिमाटी, कुलेश्वर, सानेपा, जावलाखेल, पुल्चोक, पाटनढोका, मंगलबजार, ग्वार्को, सातदोबाटो र लगनखेललगायतका क्षेत्रमा नेटवर्क अपग्रेड गर्नेछ । 
त्यसैगरी टेलिकमले माघ ३ गते राती टेकु, जैसीदेवल, सुन्धारा, त्रिपुरेश्वर, न्यूरोड, असन, कान्तिपथ, नरदेवी, ठमेल, धोबीचौर, लैनचौर, लाजिम्पाट, पानीपोखरी, बालुवाटार, सामाखुशी, गोंगबु, बालाजु, सोह्रखुट्टे, ठूलो भ¥याङ्ग, स्वयम्भू, रामकोट, मनमैंजु र धर्मस्थली लगायतका क्षेत्रमा काम गर्नेछ । 
बालकुमारी, कोटेश्वर, तिनकुने, मीनभवन, संखमुल नयाँवानेश्वर, बुद्धनगर, अनामनगर, बबरमहल, माइतीघर, सिंहदरवार, डिल्लीबजार, रत्नपार्क, कमलादी,  नागपोखरी, नक्साल, ज्ञानेश्वर, मैतीदेवी, पुरानो वानेश्वर, सिनामंगल, त्रिभूवन मिवानस्थल, गौशाला, चाबहिल, बौद्ध, जोरपाटी, कपन, धम्बाराही र बिशालनगर लगायतका क्षेत्रहरुमा माघ ६ गते नेटवर्क अपग्रेड हुने जानकारी टेलिकमले दिएको छ । टेलिकमले यी क्षेत्रमा राती ११.४५ बजेदेखि बिहान तीन बजेसम्म नेटवर्क अपग्रेडको काम गर्ने जानकारी दिएको छ ।
यसैगरी नेपाल टेलिकमले एमपोस प्रविधिको रिचार्ज सेवाबाट जिएसएम प्रिपेड मोवाइल रिचार्ज रकममा उपलब्ध गराउँदै आएको अतिरिक्त पाँच प्रतिशतको टक भ्यालु माघ मसान्तसम्म बढाउने निर्णय पनि टेलिकमले जानकारी दिएको छ । 

Sunday, January 12, 2014

प्रवन्ध निर्देशक द्वारा पदभार ग्रहण, सेवामा रहेको प्रतिस्पर्धामा टेलिकमलाई अग्रस्थानमै राख्न नयाँ योजना ल्याउने उद्घोस

Anupranjan-Bhattarai
२८ पुस, काठमडौं । अनलाइनखबर  नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले ग्राहकलाई प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्दता जनाएका छन् । आइतबार पदभार ग्रहण गर्दै भट्टराईले आफ्नो कार्यकालमा कम्पनीले नयाँ गति लिने दावी गर्दै अन्य कम्पनीसँगको प्रतिस्पर्धामा टेलिकमलाई अग्रस्थानमा राख्ने दावी गरे । ‘मेरो पालामा टेलिकमले काँचुली फेर्ने छ, कम्पनीको शेयर मूल्य बृद्धि गर्न, प्रभावकारी सेवा दिन र जनशक्ति ब्यवस्थापनमा दण्ड पुरस्कारको संयन्त्र बनाउन लाग्नेछु’, पदभार ग्रहण गर्दै भट्टराईले भने, ‘टेलिकममा हुने गरेका आर्थिक विवादसम्वन्धी कुरालाई कम गर्न सार्वजनिक खरिद ऐन प्रक्रियालाई सरलीकरण गर्न प्रयास गर्नेछु ।’

दूरसञ्चार सेवामा रहेका अन्य कम्पनीसँगको प्रतिस्पर्धामा टेलिकमलाई अग्रस्थानमै राख्न नयाँ योजना ल्याउने पनि भट्टराईले घोषणा गरे । प्रवन्ध निर्देशक भट्टराई यसअघि नेपाल टेलिकम, वायरलेस टेलिफोन निर्देशनालयका निर्देशक थिए । ०३८ सालमा तत्कालिन नेपाल दूरसञ्चार संस्थानमा प्रवेश गरेका भट्टराई टेलिकमका विभिन्न जिम्मेवारी पूरा गर्दै प्रवन्ध निर्देशक बनेका हुन् ।
...............................................................................................................................................
काठमाडौं । Bizmandu.com नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा अनुपरञ्जन भट्टराईलाई आइतवारबाट जिम्मेवारी सम्हालेका छन् । गत साता सरकारले भट्टराईलाई नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा नियुक्त गरेको थियो । यसअघि भट्टराई कम्पनीमा नायव प्रवन्ध निर्देशक पदमा कार्यरत थिए ।  पदवहालीपछि भट्टराईले टेलिकमको शेयर मूल्य बृद्धि गर्न, ग्राहकलाई प्रभावकारी सेवा वितरण गर्न, जनशक्ति ब्यवस्थापनमा दण्ड पुरस्कारको संयन्त्र विकास गर्ने घोषणा गरे । उनले सार्वजनिक खरिद ऐन प्रक्रियालाई सरलीकरण गर्न प्रयास गर्ने पनि बताए । ‘बजार प्रतिस्पर्धामा टेलिकमलाई अग्रस्थानमा राख्न मेरो प्रयास हुनेछ,’  भट्टराईले भने, ‘यसका लागि नयाँ योजना चाडै नै आउने छ,’ उनले भने । 
नवनियुक्त प्रबन्ध निर्देशक भट्टराई २०३८ साल असोज महिनामा तत्कालिन नेपाल दूरसञ्चार संस्थान ( हाल नेपाल टेलिकम) को सेवामा प्रबेश गरेका थिए । यस अवधिमा उनले यस कम्पनीको योजना विभाग, स्याटेलाइट सेवा निर्देशनालय, वीरगञ्ज क्षेत्रीय निर्देशनालय, ग्रामीण सेवा निर्देशनालय, ट्रान्समिसन विभागमा कामर्यरत थिए ।  टेलिकमद्वारा जारी विज्ञप्तिमा उनले बेईजिङ्ग युनिभर्सिटीबाट रेडियो इन्जिनियरिङ्गमा स्नातक गरेका छन् । कर्मचारीको दवावपछि नेपाल टेलिकमले नयाँ प्रवन्ध निर्देशक पाएको छ । बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले नायव प्रवन्ध निर्देशक अनुपरञ्जन भट्टराईलाई कामु प्रवन्ध निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो । टेलिकममा भट्टराईले वायरलेस विभाग हेर्दै आएका थिए । टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंहले उमेर हदमा अवकाश पाएपछि व्यवस्थापनले कम्पनी सचिव तथा नायव प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यलाई प्रवन्ध निर्देशकको जिम्मेवारी दिएको थियो ।  टेलिकमको प्रवन्ध निर्देशक नियुक्त नगरेर निजी कम्पनीलाई फाइदा गराएको भन्दै कर्मचारीले आन्दोलन गरिरहेका थिए । उनीहरुले सरकारलाई प्रवन्ध निर्देशक नियुक्तिका लागि ज्ञापनपत्र बुझाएर दवाव पनि दिंदै आएका थिए । देशको सबैभन्दा बढी कारोवार गर्ने नेपाल टेलिकम सबैभन्दा धेरै राजस्व बुझाउने कम्पनी पनि हो 

Wednesday, January 8, 2014

दूरसञ्चार प्राधिकरणले अब ५ सेकेन्डको पल्स बनाउने...


सरस्वती ढकाल, Karobar Daily काठमाडौं, १४ पुस- दूरसञ्चार सेवाप्रदायकले मनपरी पल्स अवधि निर्धारण गर्दा उपभोक्ता ठगिएको भन्दै नियामक निकाय दूरसञ्चार प्राधिकरणले ५ सेकेन्डको पल्स बनाउने तयारी गरेको छ । सेवाप्रदायकहरूले आफूखुसी १५ सेकेन्डदेखि १ मिनेटसम्मको अवधिलाई १ पल्स मान्दै बिलिङ गर्ने क्रम नरोकिएपछि प्राधिकरण तातेको हो । पल्स अवधि जति थोरै भयो, उपभोक्तालाई उति बढी फाइदा हुन्छ । ५ सेकेन्डभित्रै कुरा सकिँदा प्रतिमिनेट शुल्कका आधारमा १२ भागले महसुल काटिन्छ । जस्तोः प्रतिमिनट शुल्क ३ रुपैयाँ छ र ५ सेकेन्डभित्रै कुराकानी सकियो भने उपभोक्ताले २५ पैसामात्रै तिर्नुपर्छ । एवंरीतले प्रत्येक पल्समा २५ पैसा थपिँदै जान्छ । अहिले उपभोक्ताले २ सेकेन्डमात्रै कुरा गरेर फोन काट्दा पनि सेवाप्रदायकअनुसार १५ देखि १ सेकेन्डसम्मको महसुल तिरिरहेका छन् । “धेरै सेकेन्डको पल्स रेट हुँदा ग्राहकले अनावश्यक धेरै पैसा तिरिरहेका छन्,” प्राधिकरण प्रवक्ता कैलाशप्रसाद न्यौपाने भन्छन्, “यही मर्कालाई ध्यानमा राखेर हस्तक्षेप गर्नुपर्ने अवस्था आएको हो । छिट्टै यसबारे टुंगो लाग्छ ।”

Sunday, January 5, 2014

६२ जिल्लामा टेलिकमको इभिडिओ, देश फ्रि वाइफाई क्षेत्र बनाउन कार्यदल

६२ जिल्लामा टेलिकमको इभिडिओ
काठमाडौं -नागरिक  नेपाल टेलिकमले सिडिएमए प्रविधिको इभिडिओ सेवा ६२ जिल्लामा पुर्‍याएको छ। माघ महिनाभित्र थप १० जिल्लामा यो सेवालाई विस्तार गर्ने योजना उसले बनाएको छ। पचहत्तरै जिल्लामा सिडिएमए पुर्‍याएको कम्पनीले थि्रजी (इभिडिओ) सेवा पनि ७५ जिल्लामा पुर्‍याउने योजनाअनुसार विस्तार गरेको हो।  टेलिकमले बुधबार हिमालपारीको जिल्ला मुस्ताङको जोमसोम, लेते र मार्फामा इभिडिओ सुरु गरेर ६२ जिल्ला पुर्‍याएको हो। मुस्ताङकै मुक्तिनाथमा पनि केही दिनभित्र सेवा विस्तार गर्ने टेलिकमले जनाएको छ। गत साउन १७ गतेदेखि धवलागिरिमा इभिडिओ सेवा सुरु गरेको टेलिकमले बुधबार मुस्ताङ जिल्लाको तीन प्रमुख स्थानमा यो सेवा सञ्चालनमा ल्याएको हो। इभिडिओ सेवा पुगेपछि मुस्ताङमा एक हप्ताभित्र सिडिएमए थि्रजीको रिम कार्ड बिक्री हुने कम्पनीले जनाएको छ। अहिले कसैसँग कार्ड भए सेवा लिन सक्ने भए पनि एक हप्ताभित्र डाटा प्याकेजसहितकोको युएसबी डोंगोलमार्फत बिक्री हुनेछ। इभिडिओ सेवामार्फत भ्वाइस सेवाको अतिरिक्त ३.१ एमबिपिएस डाउनलोड झमतामा ब्रोडब्यान्ड इन्टरनेट चलाउन सकिन्छ। इभिडिओ सेवा नभएको झेत्रमा पनि १५३.६ केबिपिएस झमतामा यो सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकले २२ सय तिरेपछि १ जिबीको मेमेरीसहितको इभिडिओ डोंगोल, १ सय रुपैयाँ बराबरको टक भ्यालु तथा ३ जिबी डाटा भएको रिमकार्ड पाइन्छ।  तीन जिबी डाटाको अवधि ३ महिनासम्म रहनेछ।
टेलिकमले यसअघि धवलागिरिको बागलुङ, पर्वत र म्याग्दीमा सेवा विस्तार गरिसकेको छ। गण्डकीको कास्की, गोरखा, तनहँु, स्याङ्जा, लमजुङमा सेवा पुर्‍याएको कम्पनीले मनाङमा पनि पुर्‍याउने योजना बनाएको छ। 
इभिडिओ सेवालाई देशभर पुर्‍याउने उद्देश्यले हिमाली जिल्लामा पनि सेवा सुरु गरिएको टेलिकमका नायक प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले बताए। सेवालाई सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले नपुगेको जिल्लामा पनि गृहकार्य भइरहेको जनाउँदै भट्टराईले आगामी महिनाभित्र थप १० जिल्लामा गरी ७२ जिल्लामा इभिडिओ सेवा पुर्‍याउने बताए। दुई  महिनाभित्र ७५ जिल्लामा पुर्‍याउने लक्ष्य रहेको उनले बताए। सुगम र दुर्गम जिल्लाबीचको डिजिटल डिभाइड कम गराउन इभिडिओ सेवा विस्तार गरिएको भट्टराईले बताए।
टेलिकमले आगामी महिना धनुषा, ओखलढुंगा, सर्लाही, सिरहा, सोलुखुम्बु, उदयपुरलगायत जिल्लामा सेवा विस्तार गर्ने योजना बनाएको छ। 
देश फ्रि वाइफाई क्षेत्र बनाउन कार्यदल
सूचना तथा सञ्चार मन्त्रालयले नेपाललाई फ्रि वाइफाई क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ।  अध्ययनका लागि नेपाल दूरसञ्चार प्राधिकरणका सदस्य महेश अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको सञ्चार सचिव ध्रुवप्रसाद शर्माले जानकारी दिए। गत शुक्रबार निर्णय गरिएको कार्यदललाई बुधबारदेखि एक महिनाको समयसमेत प्रदान गरिएको छ।  कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्राविधिक उपसचिव, राष्ट्रिय योजना आयोगका प्राविधिक उपसचिव, विज्ञान तथा प्रविधि मन्त्रालयका प्राविधिक उपसचिव, सूचना तथा सञ्चार मन्त्रालयका प्राविधिक उपसचिव र त्रिभुवन विश्वविद्यालयका सञ्चार क्षेत्रका विज्ञसमेत राखिएको छ। कार्यदल सदस्य सचिवमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाललाई नियुक्त गरिएको छ। कार्यदलले एक महिनाभित्र नेपाललाई फ्रि वाइफाई गर्नेका लागि प्राविधिक तथा आर्थिक रुपमा देखिएका विषयहरुलाई राय र सुझावसहित प्रतिवेदन प्रस्तुत गर्ने मन्त्रालयले जनाएको छ।  कार्यदलका सदस्य सचिव खनालले नेपाललाई फ्रि वाइफाई गर्ने प्राविधिक रुपमा सक्षम भए पनि आर्थिक रुपमा खर्च कसरी बेहोर्न भन्ने समस्या हुने बताउँछन्। निश्चित क्षेत्रमा गरिएको फ्रि वाइफाई सोही क्षेत्रकाले ब्यान्डविथ खरिद गरेर गरिएको हुन्छ। सरकारले पूरै नेपालका लागि खर्च गरेर गर्‍यो भने सम्भव छ। निजी कम्पनीसँगको सहकार्यमा गर्न खोजियो भने उनीहरुले नाफा खोज्ने हुँदा समस्या हुने उनले बताए।