Monday, October 27, 2014

एडिएसएलको सिस्टम सुधार, रिचार्ज कार्डबाट महसूल तिर्ने सुविधा सुचारु

काठमाडौं : पहिलोपोस्ट - | 28th October 2014 नेपाल टेलिकमले सिस्टम अपग्रेड गरेपछि एडिएसएल इन्टरनेटको महसूल पहिले जस्तै रिचार्ज कार्डबाट पनि गर्न सकिने भएको छ। टेलिकमले एडिएसएलको गति पनि पहिलेभन्दा सुधार हुने बताएको छ। टेलिकमले सोमबार सूचना प्रकाशित गर्दै गएको साउन ३१ गतेदेखि बन्द गरिएको यो सेवा फेरि सुरु भएको जनाएको हो।  'एडिएसएल सेवाको बिल भुक्तानीका लागि प्रयोगमा रहेको जिएसएम मोबाइल सेवाको रिचार्ज कार्ड तथा एमपिओएस प्रविधिको रिचार्ज सेवा केही समयदेखि बन्द रहेकोमा हाल परीक्षणको रुपमा सुरु गरिएको छ,' सूचनामा भनिएको छ। उपभोक्ताले रिचार्ज कार्ड र एमपिओएस पिनलेसबाट एडिएसएल इन्टरनेटको महसुल तिर्दा समस्या आएपछि नेपाल टेलिकमले यसको सिस्टम अपग्रेड गरिरहेको थियो।टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले अहिले सिस्टम अपग्रेड भइसकेको बताइन्। तिहारअघि नै यो सेवा सुरु भएपनि परीक्षणको क्रममा रहेको उनले बताइन्। उनले भनिन्, 'अब सिस्टमले काम गर्न थालिसकेको छ। उपभोक्ताले सेवा लिन सक्छन्।' प्रधानले यो सिस्टम अपग्रेड गर्दा इन्टरनेटको गति पनि छिटो हुने बताइन्। उनले भनिन्, 'पुरानो सिस्टमले इन्टरनेटको गतिलाई पनि प्रभाव पारेको थियो। उपभोक्ताले पक्कै केही फरक पाउनु हुनेछ।' सिस्टम अपग्रेड गर्दा एडिएसएलको सेवामा समस्या आएर उपभोक्ता इन्टरनेट कहिले चल्ने कहिले बन्द हुने समस्याबाट हैरान भएका थिए। 

किन बन्द भएको थियो रिचार्जबाट शुल्क भुक्तानी ?

टेलिकमका एक इन्जिनियरका अनुसार १४१३ डायल गरेर एउटै रिचार्ज कार्डले एडिएसएलको महसुल पनि तिर्न सकिने र मोबाइलमा पनि रिचार्ज गर्न सकिने भएपछि एडिएसएलको महसुल रिचार्जबाट गर्न नमिल्ने बनाइएको थियो। नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक महिनामा जारी गरेको एमआइएस रिपोर्ट अनुसार देशभर एडिएसएलका ग्राहकको संख्या एक लाख १४ हजार छ सय ७३ जना छन्। 

Wednesday, October 22, 2014

टेलिकमले बागमती किनारामा हरियाली उद्यान बनाउने


Bagmati---Nt-Agree-
३ कात्तिक, काठमाडौं । onlinekhabar.com नेपाल टेलिकमले बागमती नदीको कोटेश्वर पुलदेखि मनोहरा पुलसम्मको दुबैतर्फको किनारामा हरियाली उद्यान निर्माण गर्ने भएको छ । यस सम्बन्धमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिसँग सोमबार टेलिकमले सम्झौता गरेको छ ।
टेलिकमको केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा भएको सम्झौतामा टेलिकमका निमिक्त प्रबन्ध निर्देशक मधुसूदन कर्माचार्य र समितिका सदस्य सचिव राजेशप्रसाद सिंहले सम्झौता गरेका छन् ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै टेलिकमा निमित्त प्रबन्ध निर्देशक कर्माचार्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती नदीको स्वच्छता र सुन्दरता वृद्धिमा सहयोग पुर्‍याउन उद्यान निर्माण गर्न लागेको बताए ।
बाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव सिंहले कम्पनीको सहयोगका लागि धन्यवाद प्रदान गरे ।
टेलिकमले कोटेश्वर पुलदेखि मनोहरा पुलसम्मको ९ सय २० मिटर लम्बाइ र औषत ९ मिटर चौडाइको करिव १६ रोपनी क्षेत्रफलमा हरियाली उद्यान निर्माण गरी आगामी ५ वर्षसम्म सञ्चालन तथा रेखदेख गर्नेछ ।
टेलिकमले बाग्मती नदिको स्वच्छता र सुन्दरता वृद्धिका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्दै आइरहेको छ । गत वर्ष दशौं वाषिर्कोत्सवको अवसरमा बाग्मती सफाई महाअभियानमा सरिक भई बाग्मती नदी सफाई गर्नुको साथै सफाइमा प्रयोग हुने विभिन्न सामग्रीहरु टेलिकमले प्रदान गरेको थियो ।
यसैगरी, बाग्मती सफाई अभियान सुरु भएको दोस्रो हप्तादेखि सर्वसाधारणलाई सफाई अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट हरेक हप्ता एक लाख भन्दा वढी एसएमएस प्रेषित गरेर योगदान पुर्‍याउँदै आइरहेको छ ।

Monday, October 6, 2014

नेपाल टेलिकमको चाडपर्व अफर, महसुलमा दश प्रतिशत छुट, ५० पैसामा एसएमएस, एडिएसएलमा भोल्युम थपियो

विजमाण्डु, काठमाडौँ  । 
नेपाल टेलिकमले नेपालीको महत्वपूर्ण चाड दसैँ, तिहार र छठलाई केन्द्रित गरी आफ्नो सेवाअन्तर्गत विभिन्न छुट दिएको छ । टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले आइतबार विज्ञप्ति जारी गरी टेलिकमको विभिन्न सेवामा छुट दिइएको बताएकी छिन् । विज्ञप्ति अनुसार टेलिकमले उपभोक्तालाई यही असोज १३ देखि २१ गते र कात्तिक चार देखि १३ गतेसम्म विभिन्न सेवामा छुटहरु दिएको छ । 
  • टेलिकमले जिएसएम र सिडिएमए सेवामा कम्पनीको नेटवर्कभित्र हुने कलको विद्यमान महसुल दरमा १० प्रतिशत छुट दिएको छ ।  यस अनुसार उक्त अवधिभित्र जिएसएम र सिडिएमए पोष्टपेड मोवाइलबाट प्रतिमिनेट ९० पैसा र जिएसएम र सिडिएमए प्रिपेड मोवाइलबाट प्रतिमिनेट एक रुपैयाँ ३५ पैसामा कल गर्न सकिनेछ ।
  •  यसैगरी जिएसएम र सिडिएमए सेवामार्फत कम्पनीकै नेटवर्क भित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराइएको विज्ञप्तिमा जनाइएको छ । सो अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सकिनेछ । 
  • यस्तै पिएस्टिएन/ सीफोन सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल दुईसयमा एकसय ७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइरहेकोमा आश्विन र कार्तिक महिनामा एकसय स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल दुइसय ७५ कल निःशुल्क उपलब्ध गराएको छ । 
  • टेलिकमले जिएसएम र सिडिएमए डाटा सेवाको विद्यमान महसुल दरमा पनि छुट उपलब्ध गराएको छ । यस अनुसार जिपिआरएस र थ्रीजी सेवाको महसुल ५० पैसा प्रति एमबी र सिडिएमए इभिडियो सेवाको ४० पैसा प्रति एमबी कायम गरिएको छ । 
  • भोल्युम बेस्ड एडिएसएल तथा वाइम्याक्स सेवाका ग्राहकहरुलाई पनि टेलिकमले अधिकतम तीन जिबी डाटा थप गरेको छ । दशैको अवधिमा असोज १३ देखि २० गतेसम्म भ्यालिडिटी सकिनेले मात्रै सो छुटको उपयोग गर्न सक्नेछन् । थप डाटाको भ्यालिडिटी  समय २१ गतेसम्म कायम रहने टेलिकमले जनाएको छ ।  यसैगरी तिहार र छठपर्वको अवधि (मिति २०७१।०७।०६ देखि २०७१।०७।१२) मा भ्‍यालिडिटी समय सकिने ग्राहकहरुलाई समेत तीन जिबी डाटा थप गरिनेछ । उक्त थप डाटाको समायावधि कात्तिक १३ गतेसम्म कायम रहनेछ । 
  • यही असोज १४ देखि २१ गतेभित्र अनलिमिटेड एडिएसएल र वाइम्याक्स अकाउन्टको समायावधि समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि मिति असोज २२ सम्म तथा कात्तिक ६ देखि कात्तिक १२ भित्र एडिएसएल र वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि मिति १३ गतेसम्म थप गरिएको छ । 
  • सिडिएमए सेवाका ग्राहकहरुलाई असोज ९ देखि २१ सम्म तथा कात्तिक ४ देखि १३ गतेसम्म प्रत्येक रिचार्जमा १० देखि २० प्रतिशतसम्म बोनस उपलब्ध गराएको छ । यसअनुसार उक्त अवधिभित्र प्रत्येक २०० रुपैयाँको रिचार्ज गर्दा २० र पाँचसय रुपैयाँको रिचार्ज गर्दा ७५ तथा एकहजार रुपैयाँको रिचार्ज गर्दा दुईसय रुपैयाँ बोनस उपलब्ध दिइने टेलिकमले जनाएको छ । सो बोनसको भ्यालिडिटी पिरियड क्रमशः एक र दुईदिन कायम रहनेछ ।

नेपाल टेलिकममा इन्जिनियरको अान्दोलन फिर्ता, व्यवस्थापनसँग नाै बुँदे सहमति


कञ्चन अधिकारी/बिजमाण्डू

काठमाडौं ।  अबदेखि प्रबन्ध निर्देशक आन्तरिक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने लगायतका नौ बुँदामा व्यवस्थापन र आन्दोलनरत कर्मचारीहरुबीच सहमति भएपछि तीन सातादेखि नेपाल टेलिकममा चलिरहेको आन्दोलन सकिएको छ। 
गैर प्राविधिक कर्मचारीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाएको विरोधमा आन्दोलनरत इन्जिनियरहरु र सञ्चार सचिव तथा कम्पनी अध्यक्ष सुनिलबहादुर मल्लबीच नौ बुँदामा सहमति गरिएको संघर्ष समितिका संयोजक दिनेशचन्द्र पन्थीले पहिलोपोस्टलाई बताए। सहमति भएका बुँदा छ महिनाभित्र कार्यान्वयन नभए फेरि आन्दोलन थाल्ने चेतावनी पन्थीले दिए।  
गैर इन्जिनियरलाई कम्पनीको प्रमुख बनाएको भन्दै कम्पनीका इन्जिनियर समूहले आन्दोलन गर्दै प्रबन्ध निर्देशकको कार्यकक्षअगाडि धर्ना दिँदै आएका थिए। सरकारले गत भदौ १९ गते कम्पनीको प्रबन्ध निर्देशकका कम्पनीकै सचिवालयमा नायब प्रबन्ध निर्देशक रहेका आचार्यलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो। 


के- के भयो सहमति ?
पन्थीका अनुसार 'अबदेखि प्रबन्ध निर्देशक हुँदा खुला प्रतिस्पर्धाबाट गराउने सहमति भएको छ।'  टेलिकममा अहिलेसम्म खुला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक नियुक्त भएका छैनन्। 

आन्तरिक संस्थागत सुधारका विषय पनि सहमतिमा समेटिएको उनले जानकारी दिए।

सहमतिमा एकचोटी प्रबन्ध निर्देशक भइसकेका कर्मचारी पुनः नायब प्रबन्ध निर्देशकमा काम गर्न नपाइने पनि उल्लेख छ।

यसैगरी आन्तरिक रुपमा नै टेक्निकल अडिट हुनुपर्ने माग राखिएको विषयमा पनि सहमति भएको छ। पन्थीका अनुसार अब नेपाल टेलिकमले अब कुनै सामान खरिद गर्दा टेक्निकल अडिट गर्नैपर्ने सहमति पत्रमा उल्लेख  छ।

आन्तरिक लेखापरीक्षणले पटक-पटक टेक्निकल अडिट गर्नैपर्ने सुझाव दिए पनि पूर्व एमडी तथा व्यवस्थापकहरुले यसलाई बेवास्ता गर्दै आएका थिए। टेक्निकल अडिट नगरिने हुँदा पूर्व एमडीहरुले आफ्नै सिस्टम राख्ने, आफैं सञ्चालन गर्ने र आफैं अप्रुभ गर्ने गर्थे।