Friday, January 24, 2014

नेपालमा दूरसञ्चार सेवा दिइरहेका कम्पनीहरु पब्लिक लिमिटेडमा परिणत हुनु पर्ने

काठमाडौं ।Bizmandu.com नेपालमा दूरसञ्चार (टेली कम्युनिकेसन) सेवा दिइरहेका कम्पनीहरुले अब प्राथमिक सेयर निस्कासन गरेर पब्लिक लिमिटेडमा परिणत हुनु पर्ने भएको छ । एकै व्यक्ति वा समुहको एकभन्दा बढी दूरसञ्चार सेवा प्रदायक संस्थाहरुमा लगानी सम्बन्धि अध्ययन गर्न गठन गरिएको टोलीले दिएको प्रतिवेदनअनुसार, नेपाल दूर सञ्चार प्राधिकरणलाई ऐन संसोधन मार्फत सबै कम्पनी पब्लिक बनाउन सुझाव दिएको हो ।

नम्बरकम्पनीको नामसेयरधनीको नामसेयर संरचना %
एसटिएम टेलिकम सञ्चार प्रालिएसटिएम कम्युनिकेसन सर्भिस80
एआर इन्भेष्टमेन्ट प्रालि20
एनसेल प्रालिरेनोल्डस होल्डिङ80
निरजगोविन्द श्रेष्ठ20
युनाइटेड टेलिकममहानगर टेलिफोन निगम लि26.68
टेलिकम कन्सल्टेन्ट इन्डिया लि26.66
टाटा कम्युनिकेसन लि26.66
नेपाल भेन्चर प्रालि20
स्मार्ट टेलिकम प्रालिस्क्वायर नेटवर्क प्रालि20
लाल साहु ड्रिस्ट्रिब्युसन प्रालि70
जिलाट सेटेलाइट नेटवर्क10
नेपाल सेटेलाइट टेलिकमएयरबेल सर्भिस लि75
मुक्तिश्री टेलिकम प्राली15
सम्झना अर्याल5
पाकिस्तान मोवाइल कम्युनिकेसन3
सेवा टेलिकम प्रालि2
नेपाल दुरसञ्चार कम्पनीनेपाल सरकार85
सर्वसाधारण15
कन्स्टेलेसन प्रालिअनुदानजङ राणा100
१४ टेक्नोलोजिज प्रालिराजकुमार प्रधान50
अनिल पिया50

टोलीको सुझाव माथि एक महिना सम्म सरोकारवालाहरुबाट प्रतिकृया आह्वान गरेको र त्यसपछि कार्यान्वयनमा लैजाने प्राधिकरणले जनाएको छ । हाल सञ्चालनमा रहेकामध्ये सरकारी स्वामित्वको नेपाल टेलिकम बाहेक अरु सबै कम्पनी प्राइभेट लिमिटेडको रुपमा कारोवार गर्दै आएका छन् ।

Tuesday, January 21, 2014

महिनाभित्रै नेटवर्कमा सुधार हुन्छ


भीओआईपी नियन्त्रणमा नयाँ प्रविधिले चुनौती

भीओआईपी नियन्त्रणमा नयाँ प्रविधिले चुनौतीसरस्वती ढकाल, Karobar Dailyकाठमाडौं, ६ माघ- भीओआईपी (भ्वाइसओभर इन्टरनेट प्रोटोकल)मार्फत कल बाइपासमा संलग्न गिरोहले नयाँ–नयाँ प्रविधि भिœयाएपछि प्रहरीले नियन्त्रणमा ठूलो चुनौती खेपिरहेको छ । प्रहरी नयाँ प्रविधिमा ‘अपडेट’ नहुँदा गिरोहहरूले कल बाइबासको देशव्यापी सञ्जाल विस्तार गरिरहेका छन् । सेवाप्रदायकले समेत ‘ट्र्याक’ गर्न नसक्ने त्यस्ता प्रविधि प्रहरीको टाउकोदुखाइ भएका छन् । “गिरोहले नयाँ–नयाँ प्रविधि प्रयोग गरेकै कारण छापा मार्न कठिन भइरहेको छ,” नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रवक्ता पीताम्बर अधिकारी भन्छन्, “हामी प्राविधिक रूपमा कमजोर हुँदा बर्सेनि अर्बौं रुपैयाँ राजस्व गुमेको छ ।” दूरसञ्चार सेवाप्रदायक कम्पनीले नयाँ–नयाँ प्रविधिसहित भीओआईपी नियन्त्रणमा जोड दिनुपर्ने र सरकारले पनि नीतिगत व्यवस्था गर्दा यसमा ध्यान दिनुपर्ने उनको सुझाव छ । प्रहरीका अनुसार पहिलोपटक ०६४ देखि बंगलादेशी संगठित गिरोहबाट नेपालमा कल बाइपास सञ्चालन हुँदै आएको हो । बंगलादेशी सरकारले अवैध कल बाइपासमा संलग्न व्यक्तिलाई ठूलै कारबाही गरेपछि उनीहरू नेपालतिर सरेको प्रहरी अनुसन्धानले देखाएको छ । नेपाल प्रहरीले ०६५ फागुन १५ बाट सीआईबीको ‘अप्रेसन भ्वाइस फक्स’ मार्फत नियन्त्रणका लागि अनुसन्धान थालेको थियो ।

Tuesday, January 14, 2014

टेलिकममा नयाँ एमडी नियुक्तिको प्रभाव, मंगलवार मध्यरातदेखि काठमाडौं उपत्यकामा नेटवर्क अपग्रेड


काठमाडौं । Bizmandu.com नेपाल टेलिकममा नयाँ प्रवन्ध निर्देशक नियुक्तिको असर देखिन थालेको छ । प्रवन्ध निर्देशक अनुपरञ्जन भट्टराईको नियुक्तिसँगै टेलिकमले जिएसएम मोवाइल सेवाको गुणस्तर सुधार गर्न नेटवर्क अपग्रेड सुरु गरेको छ । टेलिकमले काठमाडौं उपत्यकामा मंगलवार रातीबाट नेटवर्क अपग्रेड गर्न लागेको जानकारी दिएको छ । यो प्रक्रिया एक सातासम्म चल्नेछ । 
टेलिकमले मंगलवार राती थानकोट, नैकाप, पाँगा, कीर्तिपुर, कलंक, सीतापाईला, छाउनी, ताहाचल, कालिमाटी, कुलेश्वर, सानेपा, जावलाखेल, पुल्चोक, पाटनढोका, मंगलबजार, ग्वार्को, सातदोबाटो र लगनखेललगायतका क्षेत्रमा नेटवर्क अपग्रेड गर्नेछ । 
त्यसैगरी टेलिकमले माघ ३ गते राती टेकु, जैसीदेवल, सुन्धारा, त्रिपुरेश्वर, न्यूरोड, असन, कान्तिपथ, नरदेवी, ठमेल, धोबीचौर, लैनचौर, लाजिम्पाट, पानीपोखरी, बालुवाटार, सामाखुशी, गोंगबु, बालाजु, सोह्रखुट्टे, ठूलो भ¥याङ्ग, स्वयम्भू, रामकोट, मनमैंजु र धर्मस्थली लगायतका क्षेत्रमा काम गर्नेछ । 
बालकुमारी, कोटेश्वर, तिनकुने, मीनभवन, संखमुल नयाँवानेश्वर, बुद्धनगर, अनामनगर, बबरमहल, माइतीघर, सिंहदरवार, डिल्लीबजार, रत्नपार्क, कमलादी,  नागपोखरी, नक्साल, ज्ञानेश्वर, मैतीदेवी, पुरानो वानेश्वर, सिनामंगल, त्रिभूवन मिवानस्थल, गौशाला, चाबहिल, बौद्ध, जोरपाटी, कपन, धम्बाराही र बिशालनगर लगायतका क्षेत्रहरुमा माघ ६ गते नेटवर्क अपग्रेड हुने जानकारी टेलिकमले दिएको छ । टेलिकमले यी क्षेत्रमा राती ११.४५ बजेदेखि बिहान तीन बजेसम्म नेटवर्क अपग्रेडको काम गर्ने जानकारी दिएको छ ।
यसैगरी नेपाल टेलिकमले एमपोस प्रविधिको रिचार्ज सेवाबाट जिएसएम प्रिपेड मोवाइल रिचार्ज रकममा उपलब्ध गराउँदै आएको अतिरिक्त पाँच प्रतिशतको टक भ्यालु माघ मसान्तसम्म बढाउने निर्णय पनि टेलिकमले जानकारी दिएको छ । 

Sunday, January 12, 2014

प्रवन्ध निर्देशक द्वारा पदभार ग्रहण, सेवामा रहेको प्रतिस्पर्धामा टेलिकमलाई अग्रस्थानमै राख्न नयाँ योजना ल्याउने उद्घोस

Anupranjan-Bhattarai
२८ पुस, काठमडौं । अनलाइनखबर  नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले ग्राहकलाई प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्दता जनाएका छन् । आइतबार पदभार ग्रहण गर्दै भट्टराईले आफ्नो कार्यकालमा कम्पनीले नयाँ गति लिने दावी गर्दै अन्य कम्पनीसँगको प्रतिस्पर्धामा टेलिकमलाई अग्रस्थानमा राख्ने दावी गरे । ‘मेरो पालामा टेलिकमले काँचुली फेर्ने छ, कम्पनीको शेयर मूल्य बृद्धि गर्न, प्रभावकारी सेवा दिन र जनशक्ति ब्यवस्थापनमा दण्ड पुरस्कारको संयन्त्र बनाउन लाग्नेछु’, पदभार ग्रहण गर्दै भट्टराईले भने, ‘टेलिकममा हुने गरेका आर्थिक विवादसम्वन्धी कुरालाई कम गर्न सार्वजनिक खरिद ऐन प्रक्रियालाई सरलीकरण गर्न प्रयास गर्नेछु ।’

दूरसञ्चार सेवामा रहेका अन्य कम्पनीसँगको प्रतिस्पर्धामा टेलिकमलाई अग्रस्थानमै राख्न नयाँ योजना ल्याउने पनि भट्टराईले घोषणा गरे । प्रवन्ध निर्देशक भट्टराई यसअघि नेपाल टेलिकम, वायरलेस टेलिफोन निर्देशनालयका निर्देशक थिए । ०३८ सालमा तत्कालिन नेपाल दूरसञ्चार संस्थानमा प्रवेश गरेका भट्टराई टेलिकमका विभिन्न जिम्मेवारी पूरा गर्दै प्रवन्ध निर्देशक बनेका हुन् ।
...............................................................................................................................................
काठमाडौं । Bizmandu.com नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा अनुपरञ्जन भट्टराईलाई आइतवारबाट जिम्मेवारी सम्हालेका छन् । गत साता सरकारले भट्टराईलाई नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा नियुक्त गरेको थियो । यसअघि भट्टराई कम्पनीमा नायव प्रवन्ध निर्देशक पदमा कार्यरत थिए ।  पदवहालीपछि भट्टराईले टेलिकमको शेयर मूल्य बृद्धि गर्न, ग्राहकलाई प्रभावकारी सेवा वितरण गर्न, जनशक्ति ब्यवस्थापनमा दण्ड पुरस्कारको संयन्त्र विकास गर्ने घोषणा गरे । उनले सार्वजनिक खरिद ऐन प्रक्रियालाई सरलीकरण गर्न प्रयास गर्ने पनि बताए । ‘बजार प्रतिस्पर्धामा टेलिकमलाई अग्रस्थानमा राख्न मेरो प्रयास हुनेछ,’  भट्टराईले भने, ‘यसका लागि नयाँ योजना चाडै नै आउने छ,’ उनले भने । 
नवनियुक्त प्रबन्ध निर्देशक भट्टराई २०३८ साल असोज महिनामा तत्कालिन नेपाल दूरसञ्चार संस्थान ( हाल नेपाल टेलिकम) को सेवामा प्रबेश गरेका थिए । यस अवधिमा उनले यस कम्पनीको योजना विभाग, स्याटेलाइट सेवा निर्देशनालय, वीरगञ्ज क्षेत्रीय निर्देशनालय, ग्रामीण सेवा निर्देशनालय, ट्रान्समिसन विभागमा कामर्यरत थिए ।  टेलिकमद्वारा जारी विज्ञप्तिमा उनले बेईजिङ्ग युनिभर्सिटीबाट रेडियो इन्जिनियरिङ्गमा स्नातक गरेका छन् । कर्मचारीको दवावपछि नेपाल टेलिकमले नयाँ प्रवन्ध निर्देशक पाएको छ । बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले नायव प्रवन्ध निर्देशक अनुपरञ्जन भट्टराईलाई कामु प्रवन्ध निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो । टेलिकममा भट्टराईले वायरलेस विभाग हेर्दै आएका थिए । टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंहले उमेर हदमा अवकाश पाएपछि व्यवस्थापनले कम्पनी सचिव तथा नायव प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यलाई प्रवन्ध निर्देशकको जिम्मेवारी दिएको थियो ।  टेलिकमको प्रवन्ध निर्देशक नियुक्त नगरेर निजी कम्पनीलाई फाइदा गराएको भन्दै कर्मचारीले आन्दोलन गरिरहेका थिए । उनीहरुले सरकारलाई प्रवन्ध निर्देशक नियुक्तिका लागि ज्ञापनपत्र बुझाएर दवाव पनि दिंदै आएका थिए । देशको सबैभन्दा बढी कारोवार गर्ने नेपाल टेलिकम सबैभन्दा धेरै राजस्व बुझाउने कम्पनी पनि हो 

Wednesday, January 8, 2014

दूरसञ्चार प्राधिकरणले अब ५ सेकेन्डको पल्स बनाउने...


सरस्वती ढकाल, Karobar Daily काठमाडौं, १४ पुस- दूरसञ्चार सेवाप्रदायकले मनपरी पल्स अवधि निर्धारण गर्दा उपभोक्ता ठगिएको भन्दै नियामक निकाय दूरसञ्चार प्राधिकरणले ५ सेकेन्डको पल्स बनाउने तयारी गरेको छ । सेवाप्रदायकहरूले आफूखुसी १५ सेकेन्डदेखि १ मिनेटसम्मको अवधिलाई १ पल्स मान्दै बिलिङ गर्ने क्रम नरोकिएपछि प्राधिकरण तातेको हो । पल्स अवधि जति थोरै भयो, उपभोक्तालाई उति बढी फाइदा हुन्छ । ५ सेकेन्डभित्रै कुरा सकिँदा प्रतिमिनेट शुल्कका आधारमा १२ भागले महसुल काटिन्छ । जस्तोः प्रतिमिनट शुल्क ३ रुपैयाँ छ र ५ सेकेन्डभित्रै कुराकानी सकियो भने उपभोक्ताले २५ पैसामात्रै तिर्नुपर्छ । एवंरीतले प्रत्येक पल्समा २५ पैसा थपिँदै जान्छ । अहिले उपभोक्ताले २ सेकेन्डमात्रै कुरा गरेर फोन काट्दा पनि सेवाप्रदायकअनुसार १५ देखि १ सेकेन्डसम्मको महसुल तिरिरहेका छन् । “धेरै सेकेन्डको पल्स रेट हुँदा ग्राहकले अनावश्यक धेरै पैसा तिरिरहेका छन्,” प्राधिकरण प्रवक्ता कैलाशप्रसाद न्यौपाने भन्छन्, “यही मर्कालाई ध्यानमा राखेर हस्तक्षेप गर्नुपर्ने अवस्था आएको हो । छिट्टै यसबारे टुंगो लाग्छ ।”

Sunday, January 5, 2014

६२ जिल्लामा टेलिकमको इभिडिओ, देश फ्रि वाइफाई क्षेत्र बनाउन कार्यदल

६२ जिल्लामा टेलिकमको इभिडिओ
काठमाडौं -नागरिक  नेपाल टेलिकमले सिडिएमए प्रविधिको इभिडिओ सेवा ६२ जिल्लामा पुर्‍याएको छ। माघ महिनाभित्र थप १० जिल्लामा यो सेवालाई विस्तार गर्ने योजना उसले बनाएको छ। पचहत्तरै जिल्लामा सिडिएमए पुर्‍याएको कम्पनीले थि्रजी (इभिडिओ) सेवा पनि ७५ जिल्लामा पुर्‍याउने योजनाअनुसार विस्तार गरेको हो।  टेलिकमले बुधबार हिमालपारीको जिल्ला मुस्ताङको जोमसोम, लेते र मार्फामा इभिडिओ सुरु गरेर ६२ जिल्ला पुर्‍याएको हो। मुस्ताङकै मुक्तिनाथमा पनि केही दिनभित्र सेवा विस्तार गर्ने टेलिकमले जनाएको छ। गत साउन १७ गतेदेखि धवलागिरिमा इभिडिओ सेवा सुरु गरेको टेलिकमले बुधबार मुस्ताङ जिल्लाको तीन प्रमुख स्थानमा यो सेवा सञ्चालनमा ल्याएको हो। इभिडिओ सेवा पुगेपछि मुस्ताङमा एक हप्ताभित्र सिडिएमए थि्रजीको रिम कार्ड बिक्री हुने कम्पनीले जनाएको छ। अहिले कसैसँग कार्ड भए सेवा लिन सक्ने भए पनि एक हप्ताभित्र डाटा प्याकेजसहितकोको युएसबी डोंगोलमार्फत बिक्री हुनेछ। इभिडिओ सेवामार्फत भ्वाइस सेवाको अतिरिक्त ३.१ एमबिपिएस डाउनलोड झमतामा ब्रोडब्यान्ड इन्टरनेट चलाउन सकिन्छ। इभिडिओ सेवा नभएको झेत्रमा पनि १५३.६ केबिपिएस झमतामा यो सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकले २२ सय तिरेपछि १ जिबीको मेमेरीसहितको इभिडिओ डोंगोल, १ सय रुपैयाँ बराबरको टक भ्यालु तथा ३ जिबी डाटा भएको रिमकार्ड पाइन्छ।  तीन जिबी डाटाको अवधि ३ महिनासम्म रहनेछ।
टेलिकमले यसअघि धवलागिरिको बागलुङ, पर्वत र म्याग्दीमा सेवा विस्तार गरिसकेको छ। गण्डकीको कास्की, गोरखा, तनहँु, स्याङ्जा, लमजुङमा सेवा पुर्‍याएको कम्पनीले मनाङमा पनि पुर्‍याउने योजना बनाएको छ। 
इभिडिओ सेवालाई देशभर पुर्‍याउने उद्देश्यले हिमाली जिल्लामा पनि सेवा सुरु गरिएको टेलिकमका नायक प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले बताए। सेवालाई सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले नपुगेको जिल्लामा पनि गृहकार्य भइरहेको जनाउँदै भट्टराईले आगामी महिनाभित्र थप १० जिल्लामा गरी ७२ जिल्लामा इभिडिओ सेवा पुर्‍याउने बताए। दुई  महिनाभित्र ७५ जिल्लामा पुर्‍याउने लक्ष्य रहेको उनले बताए। सुगम र दुर्गम जिल्लाबीचको डिजिटल डिभाइड कम गराउन इभिडिओ सेवा विस्तार गरिएको भट्टराईले बताए।
टेलिकमले आगामी महिना धनुषा, ओखलढुंगा, सर्लाही, सिरहा, सोलुखुम्बु, उदयपुरलगायत जिल्लामा सेवा विस्तार गर्ने योजना बनाएको छ। 
देश फ्रि वाइफाई क्षेत्र बनाउन कार्यदल
सूचना तथा सञ्चार मन्त्रालयले नेपाललाई फ्रि वाइफाई क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ।  अध्ययनका लागि नेपाल दूरसञ्चार प्राधिकरणका सदस्य महेश अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको सञ्चार सचिव ध्रुवप्रसाद शर्माले जानकारी दिए। गत शुक्रबार निर्णय गरिएको कार्यदललाई बुधबारदेखि एक महिनाको समयसमेत प्रदान गरिएको छ।  कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्राविधिक उपसचिव, राष्ट्रिय योजना आयोगका प्राविधिक उपसचिव, विज्ञान तथा प्रविधि मन्त्रालयका प्राविधिक उपसचिव, सूचना तथा सञ्चार मन्त्रालयका प्राविधिक उपसचिव र त्रिभुवन विश्वविद्यालयका सञ्चार क्षेत्रका विज्ञसमेत राखिएको छ। कार्यदल सदस्य सचिवमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाललाई नियुक्त गरिएको छ। कार्यदलले एक महिनाभित्र नेपाललाई फ्रि वाइफाई गर्नेका लागि प्राविधिक तथा आर्थिक रुपमा देखिएका विषयहरुलाई राय र सुझावसहित प्रतिवेदन प्रस्तुत गर्ने मन्त्रालयले जनाएको छ।  कार्यदलका सदस्य सचिव खनालले नेपाललाई फ्रि वाइफाई गर्ने प्राविधिक रुपमा सक्षम भए पनि आर्थिक रुपमा खर्च कसरी बेहोर्न भन्ने समस्या हुने बताउँछन्। निश्चित क्षेत्रमा गरिएको फ्रि वाइफाई सोही क्षेत्रकाले ब्यान्डविथ खरिद गरेर गरिएको हुन्छ। सरकारले पूरै नेपालका लागि खर्च गरेर गर्‍यो भने सम्भव छ। निजी कम्पनीसँगको सहकार्यमा गर्न खोजियो भने उनीहरुले नाफा खोज्ने हुँदा समस्या हुने उनले बताए।

Thursday, December 19, 2013

सिंहले टेलिकमबाट अवकाश पाउने


सिंहले टेलिकमबाट अवकाश पाउने
कारोबार संवाददाता काठमाडौं, ३ पुस - नेपाल टेलिकममा चौथो कार्यकालका लागि प्रबन्ध निर्देशक हुने लबिङमा जुटेका अमरनाथ सिंहले अवकाश प्राउने भएका छन् । दोहोरो उमेर पेस गरेका कर्मचारीको प्रमाणपत्रमा छिटो अवकाश हुने मितिलाई मान्यता दिने टेलिकम सञ्चालक समितिको निर्णयसँगै सिंह प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।  उमेर हदबन्दीका कारण विवादमा परेका निमित्त प्रबन्ध निर्देशक सिंहको विषय लम्बिएपछि सूचना तथा सञ्चार मन्त्रालयले जवाफ दिन लेखेको पत्रमाथि छलफल गर्दै सञ्चालक समितिले यस्तो निर्णय लिएको हो ।नेपाल दूरसञ्चार कम्पनी विनियमावलीको दफा १०७ को उपदफा १ मा ‘सेवा सुरु गर्दा पेस गरिएका एसएसलसी वा सोसरहको योग्यता प्रमाणपत्रका आधारमा उमेर गणना हुने’ उल्लेख छ । दफा २ मा ‘नागरिकता प्रमाणपत्र वा सेवा सुरु गर्दा भरिएको सिटरोल फर्मका आधारमा उमेर गणना हुने’ छ । पेस गरिएका कागजातको जन्ममिति फरक परेको भेटिए जुन कागजातका आधारमा पहिले ५८ वर्ष पूरा हुन्छ, त्यसैलाई आधार मान्ने उल्लेख छ ।विनिमावलीमा यस्तो व्यवस्था हुँदाहुँदै पनि शैक्षिक प्रमाणपत्रलाई आधार मान्दै सिंह कार्यकाल लम्ब्याउने प्रतिस्पर्धामा थिए । नागरिकताअनुसार उनले असार २३ मा ५८ वर्ष उमेर पूरा गरिसकेका छन् । तर, शैक्षिक प्रमाणपत्रका आधारमा उनको उमेर पुस १४ मा मात्रै ५८ वर्ष पुग्छ । सञ्चालक समितिले बुधबार गरेको निर्णय र विनियमावलीको दफा २ अनुसार सिंहले उमेरको हदबन्दीभन्दा ३ महिना बढी प्रबन्ध निर्देशक खाइसकेका छन् ।आइतबार सूचना तथा सञ्चार मन्त्रालयले कानुन मन्त्रालयको रायमा सिंहको पदावधिको विषयलाई लिएर पत्र पठाएको थियो । सो पत्रपछि टेलिकम सञ्चालक समितिले बुधबार बैठक बोलाएको हो । सरकारले ०६८ असोज २८ मा २ वर्षका लागि सिंहलाई प्रबन्ध निर्देशक नियुक्त गरेको हो । पदावधि र उमेर हदको विवाद बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसमा छानबिन गरेको थियो ।

टेलिकम नेतृत्वबिहीन हुँदा ठूला निर्णय प्रभावित

प्रकटकुमार शिशिर, नागरिक काठमाडौं—प्रबन्ध निर्देशक नहुँदा नेपाल टेलिकमको नीतिगत तथा पूर्वाधारको काम प्रभावित हुन थालेको छ। टेलिकम दुई महिनाभन्दा बढी समयदेखि उच्च नेतृत्वबिहीन अवस्थामा छ। प्रबन्ध निर्देशक अमरनाथ सिंहको पदावधि गत असोजमा सकिए पनि नयाँ नियुक्ति नहुँदा कम्पनीको नयाँ निर्णय, नीतिगत विषय र पूर्वाधारमा समस्या देखिन थालेको हो । दूरसञ्चार क्षेत्रमा उच्च प्रतिस्पर्धाबीच टेलिकमले बनाएका नयाँ योजना कार्यान्वयन गर्न नेतृत्व आवश्यक पर्छ ।सिंह निमित्तको रुपमा अझै टेलिकममा भए पनि उमेरमा विवाद उठेपछि कार्यालय जान छाडेका छन् । निमित्त प्रबन्ध निर्देशक सिंहलाई सञ्चार मन्त्रालयले गत आइतबार पदावधि सकिएको पत्र पठाएको थियो । नागरिकताअनुसार गत असारमा उनको अनिवार्य अवकाशको उमेर ५८ वर्ष पुगेको छ । नेतृत्व नहुँदा टेलिकममा नीतिगत निर्णय हुन सक्दैन,' पूर्व महानिर्देशक चेतप्रसाद भट्टराईले भने, 'टेलिकम क्षेत्रमा चर्को प्रतिस्पर्धा छ, दिनहुँ नयाँ प्रविधि र सेवा प्रदान गर्ने बेला नेतृत्व नै नहुँदा ठूलो घाटा लाग्छ।' उच्च प्रतिस्पर्धा चलिरहेको बेला नयाँनयाँ योजना ल्याएर आक्रामक रुपमा प्रस्तुत हुनुपर्ने बेला लामो समय नेतृत्वबिहीन राख्दा बजार हिस्सा गुमाउँदै गएको टेलिकमलाई झन् समस्या हुने उनले बताए। टेलिकम सहप्रवक्ता राजेश जोशीले ठूला निर्णय बोर्डबाट र दैनिक काम निमित्त र सिनियर कर्मचारीबाट हुँदै आएको बताए । 'अहिले त्यस्तो ठूलो समस्या त देखिएको छैन, तर नेतृत्व चाँडै चाहिन्छ,' उनले भने। अहिले नेपाल टेलिकम १० अर्बको परियोजनामार्फत नेटवर्क विस्तारमा लागेको छ । उसले जिएसएम मोबाइलको लागि नेटवर्क विस्तार गर्न लागेको हो। काठमाडौंभित्र नेटवर्क विस्तार गरी गुणस्तर सुधारको काम भर्खर सकेको टेलिकमले उपत्यकाबाहिर पनि सोहीअनुरुप काम गरिरहेको छ। डाटाका लागि इभिडिओ, वाइम्याक्स लगायतलाई प्रभावकारी बनाउन नयाँ योजना बनाएको टेलिकम जिएसएम सेवामा एनसेलभन्दा पछि छ।

Tuesday, December 17, 2013

टेलिकममा तीन महिनादेखि सीआरवीटी बन्द

nepal-telecom२ मंसिर, काठमाडौं ।Onlinekhabar.com नेपाल टेलिकमका मोबाइलमा तीन महिनादेखि नयाँ सीआरवीटी -कलर रिङ ब्याक टोन) अपलोड हुन बन्द भएको छ । नेपाली गीत संगीतको एकमात्र बाँच्ने आधार बनेको सीआरवीटी बन्द हुँदा त्यसको प्रत्यक्ष असर नेपालको संगीत उद्योगमा परेको छ ।
एल्बम बिक्री बन्दप्रायः अवस्थामा रहेको नेपाली संगीत बजारमा अहिले नयाँ गीत संगीत निस्कने भनेकै सीआरवीटीबाट दुई चार पैसा आम्दानी होला भन्ने आशमा हो । तर, नेपालको सीआरवीटी बजारको करिव ४० प्रतिशत हिस्सा ओगटेको नेपाल टेलिकमा तीन महिनायता कुनै पनि नयाँ गीत अपलोड हुन सकेको छैन् ।
नेपाल टेलिकममा सिस्टम एगि्रगेटरका रुपमा काम गरिरहेको हाइलाइट्स नेपालका अध्यक्ष ओम गुरुङले भन्नुभयो-’सिस्टम बिगि्रएको भन्दै तीन महिनादेखि नयाँ गीत लिन बन्द गरेको छ, हामीकहाँ गीत जाम भइसके ।’
नयाँ गीत अपलोड हुन नसक्दा सीआरवीटी डाउनलोड पनि ठप्पप्राय भएको संगीत उद्योगीहरु बताउँछन् । ‘टेलिकमबाट दिनमा करिव १० हजार गीत डाउनलोड हुन्थे’ नेपाल संगीत उद्योग संघका अध्यक्ष पदमबहादुर बुढाले भन्नुभयो-’नयाँ गीत अपलोड नहुँदा डाउनलोड लगभग ठप्पै भएको छ ।’
बुढाका अनुसार नेपालको सीआरवीटी बजारमा नेपाल टेलिकमको हिस्सा करिव ४० प्रतिशत छ । बाँकी करिव ५५ प्रतिशत एनसेल ५ प्रतिशत हिस्सा युटिएल र स्मार्ट टेलिकमको रहेको छ ।
‘सेवा भरपर्दो बनाउन नसक्दा टेलिकमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ’ बुढाले भन्नुभयो-’वर्षमा आधाजसो समय सिस्टम बिगि्रएको भन्दै गीत अपलोड बन्द हुन्छ, यसले नेपाल टेलिकम र संगीत उद्योग दुवैलाई घाटा भइरहेको छ ।’
नेपाल टेलिकमले भने जेडटीईको पुरानो सीआरवीटी सिस्टमलाई हुवाईले प्रतिस्थापन गर्न लागेका कारण केही समय अबरुद्ध भएको बताएका छ ।
सिष्टममा टेक्निकल समस्या देखिएपछि नयाँ गीतहरु अपलोड हुन नसकेको टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले बताउनुभयो । ‘पुराना अपलोड भइसकेका गीतहरु सीआरवीटी राख्न सकिन्छ’ उहाँले भन्नुभयो- ‘नयाँ गीतहरु अपलोड सुचारु गर्न प्राविधिकहरु लागिरहेका छन् ।’ उहाँका अनुसार केही दिनमा नै समस्याको समधान हुने छ । टेलिकम, सर्जक, म्यूजीक कम्पनीहरु सबैको राम्रो आयस्रोतको रुपमा रहेको सीआरवीटीका लागी नयाँ गीतहरु अपलोड सुचारु गर्न आफुहरु प्रयासरत रहेको उहाँले दाबी गर्नुभयो ।
गीत अपलोड सुचारु गर्न संगीत उद्यमीहरुले नेपाल टेलिकमलाई ताकेता गरिरहँदा पनि सुरु हुन सकेको छैन् । संगीत उद्यमी संघका बुढा भन्नुहुन्छ-’हामीलाई तीन दिनमा सिस्टम बन्छ भनिएको पनि १५ दिन बितिसक्यो, अझै सुरु हुन सकेको छैन् ।’

Sunday, December 15, 2013

अब रुकुममा पनि वाइम्याक्स

मेगराज खड्का-रुकुम २४ मंसिर । नेपाल टेलिकमको वाईम्याक्स ईन्टरनेट सेवा सोमबार देखी राप्ती अञ्चलको रुकुममा समेत शुरु भएको छ । वाईम्याक्सको लागि आवश्यक प्राविधिक कार्य सकिए पछि सेवा शुरु भएको नेपाल टेलिकमका ईन्जिनियर विदुर गौतमले जानकारी दिए ।
राप्ती अञ्चलको दाङ, रोल्पा, प्यूठान र सल्यानमा गत बैशाख देखी शुरु भएको वाईक्याक्स सेवाका लागि सदरमुकाम खलंगामा विटिस जडान गरिएको छ । सेवा शुरु भएपछि अव रुकुममा पनि अत्याधुनिक प्रविधीको ईन्टरनेट सेवा प्रयोग गर्न सकिने भएको छ ।
वाईम्याक्स ईन्टरनेट चलाउनको लागि आवश्यक उपकरण विभिन्न मोडलमा उपलब्ध भएको र जिल्लाको लागि आधिकारीक व्यक्ति नियुक्त गर्ने कार्य भैरहेको वाईम्याक्सको आधिकारीक विक्रेता यूनिटेक नेटवर्क प्रा.लि.का राप्ती अञ्चल प्रतिनिधी रोशनमान श्रेष्ठले जानकारी दिए ।

Friday, November 15, 2013

Hefty license and frequency fees drags NTC's net profit down by 32.30 percent

ShareSansar, November 15:

Nepal Doorsanchar Company Limited, which operates NT service, has stated that its net profit has dropped by 32.30 percent or Rs 1.18 arba in the first quarter of the current fiscal year 2070/71.

The state-run telecom giant has stated that “the decrease in profit is substantially due to statutory obligation (increase in license fee and frequency fee) paid by the company.”

Despite posting a remarkable growth in total income of Rs 10.03 arba in the first quarter, up from Rs 9.85 arba in the corresponding quarter, increase in expenditures, especially the license and frequency fees, stunted NTC’s net profit.

It had to pay Rs 1 arba in license fee and Rs 24.96 crore in frequency fee, which in the corresponding quarter was only Rs 67.34 lakh in license fee and Rs 10 crore in frequency fee.

The EPS of the largest capital-based company listed in the stock market stands at Rs 65.55 and net worth per share at Rs 373.64. It has a current ratio of 1.47.

Thursday, November 14, 2013

लाइसेन्स शुल्क बढेपछि टेलिकमको मुनाफा घट्यो

Onlinekhabr.com २९ कात्तिक, काठमाडौं । अधिकांश सरकारी स्वामित्व रहेको नेपाल टेलिकमको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न वैदेशिक साझेदार भित्राउने निर्णय कार्यन्वयनमा ढिलाई भइरहँदा कम्पनीको वित्तीय स्वास्थ्य क्रमशः कमजोर बन्दै गएको छ । चालु आवको साउनदेखि असोजसम्म कम्पनीले २ अर्ब ४५ करोड ८१ लाख रुपैयाँमात्र खुद मुनाफा गरेको छ । जुन मुनाफा गत आवको सोही अवधिको तुलनामा ३२ प्रतिशतले कम हो । गत आवको साउनदेखि असोजसम्म कम्पनीले ३ अर्ब ६३ प्रतिशत खुद आम्दानी गरेको थियो ।
nepal-telecomयसरी, नाफा घट्नुमा सरकारले वृद्धि गरेको लाइसेन्स शुल्क मुख्य जिम्मेवार रहेको टेलिकमले जनाएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ६८ लाख रुपैयाँ मात्र लाइसेन्स शुल्क बुझाएकोमा यो त्रैमासमा १ अर्ब रुपैयाँ बुझाउनुपरेको टेलिकमले उल्लेख गरेको छ । त्यस्तै, फि्रक्वेन्सी शुल्क पनि १० करोड रुपैयाँबाट २५ करोड रुपैयाँ पुगेको छ । यसबाहेक नाफा घट्नुमा प्रशासनिक खर्च र कर्मचारी खर्चमा भएको उच्च वृद्धि पनि जिम्मेवार रहेको देखिन्छ ।
गत आर्थिक वर्षमै घटेको कम्पनीको प्रतिशेयर आम्दानी यो आर्थिक वर्षको पहिलो त्रैमासिक नतिजाले अझ तिब्र गतिमा घट्ने देखाएको छ । कम्पनीको कुल आम्दानी बढ्दा समेत खुद मुनाफा घट्नुले कम्पनीको व्यस्थापकीय क्षमता कमजोर बन्दै गएको संकेत गर्ने विश्लेषकहरु बताउँछन् । कम्पनीले गत आवको साउनदेखि असोजसम्म ९ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ कुल आम्दानी गरेकोमा समिक्षा अवधिमा १९ करोड रुपैयाँ बढी १० अर्ब ३ करोड ९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको पहिलो ३ महिनामा ९६ रुपैयाँ ८३ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी समिक्षा अवधिमा घटेर ६५ रुपैयाँ ५५ पैसा भएको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ९.२६ गुणा, प्रतिशेयर नेटवर्थ ३७३ रुपैयाँ ६४ पैसा रहेको छ ।

न कुनै चाडपर्व न कुनै अवसर... हामि दिन्छौ सेवामा भारी छुट.., आगामी तिन महिना पाउनुहोस् छुटै छुट !!!


Friday, November 1, 2013

१५ दिनदेखि टेलिकम प्रबन्ध निर्देशक रिक्त


कारोबार संवाददाता, काठमाडौं, १४ कात्तिक - नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) मा २ सातादेखि प्रबन्ध निर्देशक रिक्त छ । अमरनाथ सिंहको असोज २५ मा पदावधि सकिएपछि पनि सरकारले अर्काे नियुक्ति नगर्दा महत्वपूर्ण निर्णय लिन समस्या हुने टेलिकमले जनाएको छ ।सिंह विगतमा ३ पटकसम्म प्रबन्ध निर्देशक भएका थिए । टेलिकममा सेवाअवधि अझै बाँकी रहेका सिंह निमित्त प्रबन्ध निर्देशकको रूपमा कार्यरत छन् । प्रबन्ध निर्देशक (प्रमुख कार्यकारी अधिकृत) जस्तो जिम्मेवारीपूर्ण पद खाली रहँदा दूरसञ्चार क्षेत्रको प्रतिस्पर्धासँग जुध्न कठिन हुने टेलिकमका सञ्चालक टंकलाल श्रेष्ठ बताउँछन् । कम्पनीको विनियमावलीअनुसार समयावधि सकिए पनि अर्काे व्यवस्था नहुन्जेल वरिष्ठताको आधारमा सिंहले निमित्त प्रबन्ध निर्देशकको रूपमा काम गरेका हुन् । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार पुनः सिंहलाई नै सिफारिस गरी मन्त्रिपरिषद् पठाइको छ । तर, सिहंको उमेर हदसम्बन्धमा परेको उजुरीमाथि भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियार प्रवक्ता श्रीधर सापकोटाले आवश्यक कागजातमाथि अनुसन्धान भइरहेकोे बताए ।टेलिकमका कर्मचारी युनियनहरूले भने समयसापेक्ष विकास प्रविधिलाई आत्मसात् गर्नसक्ने नयाँ व्यक्तिलाई नेतृत्व दिनुपर्नेमा जोड दिएका छन् ।

Sunday, October 27, 2013

प्राधिकरणको रिपोर्टले ल्यायो विवाद, सबैभन्दा बढी राजस्व तिर्ने एनसेल- नेपाल टेलिकम द्वारा प्रस्टीकरण

७ कात्तिक, काठमाडौं । गत आर्थिक वर्ष २०६९/७० मा दूर संचार सेवा प्रदायक कम्पनीले विभिन्न शीर्षकमा

सरकारलाई ४२ अर्ब ३९ करोड रुपैयाँ राजस्व बुझाएका छन् । हाल नेपालमा ६ टेलिकम कम्पनी सञ्चालनमा छन् । कम्पनीहरुले सरकारलाई बुझाएको राजस्वको वृद्धिदर पनि उच्च रहेको नियामक नेपाल दूर संचार प्राधिकरणको प्रतिवेदनबाट देखिन्छ । एनसेलले अघिल्लो वर्षको तुलनामा दोब्बर राजस्व बुझाएको छ भने नेपाल टेलिकमले सामान्य वृद्धि हासिल गरेको छ । अघिल्लो वर्ष दोस्रो नम्बरमा रहेको एनसेल गत वर्ष सबैभन्दा बढी कर तिर्ने टेलिकम बनेको छ । आवमा एनसेलले २५ अर्ब ७६ करोड रुपैयाँ राजस्व बुझाएको छ, जुन सबै दूर संचार कम्पनीले बुझाएको कूल राजस्वमा ६१ प्रतिशत हो । अघिल्लो आवमा एनसेलले ११ अर्ब २३ करोड र नेपाट टेलिकमले १२ अर्ब ३८ करोड रुपैयाँ राजस्व बुझाएका थिए । ९५ प्रतिशत सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले गत आवमा १५ अर्ब ४४ करोड रुपैयाँ राजस्व बुझाएको छ । त्यस्तै, युनाइटेड टेलिकम लिमिटेड -यूटीएल) ले गत आवमा सरकारालई ५८ करोड ४३ लाख रुपैयाँ राजस्व बुझाएको छ । अघिल्लो आवमा उक्त कम्पनीले राजस्व बुझाएको थिएन । स्मार्ट टेलिकमले आव २०६८/०६९ मा १४ करोड ७३ लाख रुपैयाँ राजस्व बुझाएकोमा गत वर्ष दोब्बरभन्दा बढी ३३ करोड ४५ लाख रुपैयाँ बुझाएको छ । नेपाल सेटलाइट टेलिकमले अघिल्लो आवमा ६ करोड ९७ लाख रुपैयाँ राजस्व बुझाएको थियो भने गत वर्ष झण्डै तीन गुणा बढाएर १९ करोड ३९ लाख रुपैयाँ पुर्‍याएको छ । त्यस्तै, एसटिएम टेलिकम सञ्चारले अघिल्लो आवमा ४ करोड र गत आवमा ७ करोड ३४ लाख रुपैयाँ राजस्व बुझाएको प्रतिवेदनमा उल्लेखछ ।

टेलिकम क्षेत्रबाट सरकारले पाउने राजस्वमा उल्लेख्य वृद्धि हुनुको कारण टेलिकम सेवा प्रयोगकर्ताको संख्या बढ्नु हो । कम्पनीहरुले प्रतिइकाइ सेवाको मूल्य घटाउँदै लगेका छन् तर कूल कारोबार बढेका कारण राजस्व पनि बढेको हो । गत आवको अन्तमा टेलिकम सेवा लिने ग्राहक संख्या २ करोड १३ लाख पुगेको प्राधिकरणले जनाएको छ । गत आवमा कम्पनीहरुले तिरेको कूल करमा सबैभन्दा ठूलो हिस्सा भ्याट रहेको छ । कम्पनीहरुले मुनाफाबापत तिर्ने आयकर र उपभोक्ताले तिर्ने सेवा शुल्कको योगदान पनि उल्लेख्य रहेको छ । कम्पनीहरुले आयकर ७ अर्ब ९४ करोड, भ्याट १० अर्ब ४६ करोड, ग्रामीण दूरसंचार विकास कोष १ अर्ब १५ करोड, भन्सार १ अर्ब ७६ करोड र रोयल्टी १ अर्ब ४८ करोड बुझाएका छन् । त्यस्तै, फि्रक्वेन्सी शुल्क ३ अर्ब ५५ करोड, टीडीएस २ अर्ब ५५ करोड, दूरसञ्चार सेवा शुल्क ४ अर्ब ४७ करोड, स्वामित्व कर ९५ करोड ६९ लाख र सम्पत्ति तथा सवारी साधन कर २ लाख ५८ हजार रुपैयाँ उनीहरुले सरकारलाई बुझाएका छन् । गत आवमा लाइसेन्स नविकरणको लागि एनसेले ५ अर्ब र नेपाल टेलिकिमले २ अर्ब ५ करोड रुपैयाँ तिरेका छन् ।


सबै फोन नम्बर अब १० अंकका

सरस्वती ढकाल, कारोबर सम्बाददाता
काठमाडौं, १० कात्तिक- नेपाल दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्षदेखि नयाँ राष्ट्रिय नम्बरिङ योजना लागू गर्दै सबै फोन नम्बर १० अंकको बनाउने भएको छ मोबाइल, तारमा आधारित टेलिफोन, लिमिटेड मोबिलिटी, ग्रामीण दूरसञ्चार, फिक्स्ड वायरलेसलगायत सबै सेवामा अब १० ‘डिजिट’ हुनेछन् । हाल मोबाइल नम्बर १० अंककै भए पनि तारमा आधारित टेलिफोनमा ९ वटा (जिल्ला कोडसहित) मात्रै अंक छन् । नयाँ राष्ट्रिय नम्बरिङ योजनाको मस्यौदा तयार भइसकेकाले सरोकारवालाको राय, सुझाव तथा प्रतिक्रियापछि आगामी आवबाट लागू गर्ने तयारी प्राधिकरणको छ । तारमा आधारित सबै टेलिफोनको सुरुमा ‘२०’ अंक थपिनेछ । मोबाइलका लागि सुरुका अंक ‘९’ र २ अंकको अपरेटर कोडसहित १० अंक हुनेछ । हालसम्म ‘९८’ पछि एक अंकको अपरेटर कोड र त्यसपछि ग्राहक नम्बरसहित १० अंक रहँदै आएको छ । “यो योजना सञ्चालनपछि जीएसएम र सीडिएमए ग्राहकको नम्बर भने समान रहनेछ,” प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने, “दूरसञ्चार क्षेत्रमा विकसित हुँदै गएको नयाँ प्रविधि, प्रतिस्पर्धा तथा बढ्दो ग्राहक संख्या विचार गर्दा नयाँ राष्ट्रिय नम्बरिङ योजना आवश्यक भएको हो ।”

Wednesday, October 23, 2013

Ncell overtakes Nepal Telecom as largest taxpayer


POST REPORT KATHMANDU, OCT 23
The government’s revenue collection from telecom companies soared in the last fiscal year 2012-13. According to the Nepal Telecommunications Authority (NTA), six telecom companies paid Rs 35.34 billion in taxes under different heads. Ncell accounted for more than 50 percent of this figure, pouring Rs 20.76 billion into the government coffers. State-owned Nepal Telecom (NT) chipped in Rs 13.39 billion, according to the NTA. As per the latest figures, Ncell has overtaken NT as the largest taxpayer in the sector. “There has been a massive growth in tax payments mainly due to the increased earnings of Ncell,” said Purushottam Khanal, director of the NTA. He added tax payments by all the telecom companies had been increasing along with their rising subscriber base. The number of users of telecom services reached 21.3 million by the end of the last fiscal year, up from 17.2 million a year ago. Milan Sharma, corporate communication expert of Ncell, said that tax payments to the government had soared with an increase in business volume and frequency fees. “Revenue has grown along with the user base,” he added. As per the NTA, the Rs 35.34 billion in taxes collected in the last fiscal year were advance income tax (Rs 7.94 billion), value added tax (Rs 10.46 billion), customs duty (Rs 1.76 billion), royalty (Rs 1.48 billion), contribution to the Rural Telecommunication Development Fund (Rs 1.15 billion), frequency fee (Rs 3.55 billion), tax deduction at source (Rs 2.55 billion), telecom service charge (Rs 4.47 billion), ownership tax (Rs 950.69 million) and property and vehicle tax (Rs 258,240). Tax collection from other companies Smart Telecom, Nepal Satellite Telecom and STM Telecom Sanchar has also gone up. NTA said a rise in the number of users, pricing for additional spectrum being used by the operators and fixing of 3G spectrum fee were the reasons behind the growth in tax collection from telecom companies. Ncell and NT paid Rs 1.92 billion as 3G spectrum fee in the last fiscal year. The taxes paid by the telecom companies do not include the Rs 6 billion paid by NT to the government as dividend and the Rs 5 billion paid by Ncell and the Rs 2.5 billion paid by NT as part payment of their licence renewal fee. REVENUE CONTRIBUTION COMPARED Operator 2012-13 2011-12 Ncell Rs 20.76b Rs 11.23b Nepal Telecom Rs 13.39b Rs 12.38b United Telecom Limited Rs 584.27m — Smart Telecom Rs 334.75m Rs 147.26m Nepal Satellite Telecom Rs 193.86m Rs 69.68m STM Telecom Sanchar Rs 73.45m Rs 39.59m
(Source: Nepal Telecommunications Authority) telecom sector revenue

Monday, October 21, 2013

८२ प्रतिशतमा टेलिफोनको पहुँच

काठमाडौं, नागरिक  - बुधबार २३ असोज, २०७०प्रकटकुमार शिशिर
कूल जनसंख्याको ८१ दशमलव ७२ प्रतिशतमा टेलिफोनको पहुँच पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार सार्वजनिक गरेको गत साउनसम्मको तथ्यांकअनुसार नेपालमा २ करोड १६ लाख ५१ हजार १ सय २२ जना टेलिफोन प्रयोगकर्ता छन्। पोहोर भदौदेखि यो साउनसम्ममा १४ दशमलव ५७ प्रतिशत नयाँ टेलिफोन प्रयोगकर्ता थपिएका छन्। फिक्स्ड टेलिफोन प्रयोग गर्नेको हिस्सा ३ दशमलव २० प्रतिशत छ। मोबाइल प्रयोगकर्ताको हिस्सा ७२ दशमलव ५८ प्रतिशत छ। त्यस्तै अन्य (एलएम, जिएमपिसिएस) मोबाइल प्रयोग गर्नेको संख्या ५ दशमल ९४ प्रतिशत छ। विभिन्न प्रकारका टेलिफोन सेवा प्रदान गरेको नेपाल टेलिकमले पछिल्लो केही वर्षदेखि आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ। टेलिकमको बजार हिस्सा भ्वाइस र डाटा सेवा दुवैमा गुम्दै गएको प्रतिवेदनले देखाउँछ। टेलिकमलाई निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले पछि पारेको छ। एनसेलको जिएसएम मोबाइल प्रयोगकर्ता १ करोड ६८ लाख ९ हजार ८ सय ५२ छन्। यो कूल जनसंख्याको ४९ प्रतिशत हो। नेपाल टेलिकमको बजार हिस्सा ४३ प्रतिशत छ। टेलिकमको फिक्स्ड, वायरलेस, जिएसएम, सिडिएमए सेवा गरेर ९३ लाख ६ हजार ६ सय ७८ ग्राहक छन्। टेलिकमको जिएसएम मोबाइल प्रयोग गर्नेको संख्या ७५ लाख ८४ हजार १ सय १३ छ। युटिएलको टेलिफोन प्रयोगकता ७ लाख २३ हजार २ सय ८७ छन्। एसटिपिएलको टेलिफोन प्रयोग गर्ने ७ लाख ७४ हजार ४ सय ८० छन्।  नेपाल टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले टेलिकमले बजार हिस्सा बढाउन विभिन्न समयमा विभिन्न अफर, योजना र स्किम ल्याउँदै आएको बताइन्। अहिले हामीले प्रवर्द्धनात्मक कार्यक्रमसहित अफर र छुट प्रदान लागिरहेका छौं, गुणस्तर बढाउने काम पनि भइरहेको छ,' उनले भनिन्। उनका अनुसार टेलिकममा रणनीतिक साझेदार आउन लागेको छ। 'त्यसपछि हामी झन् आक्रामक शैलीमा आउँछौं,' प्रवक्ता प्रधानले भनिन्।  टेलिकम डाटा सेवामा पनि दोस्रो स्थानमा छ। इन्टरनेट बजारमा ५० प्रतिशत एनसेलको र नेपाल टेलिकमको ४८ प्रतिशत बजार हिस्सा छ। एक प्रतिशत युटिएलको र एक प्रतिशत अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीको बजार हिस्सा रहेको प्रतिवेदनमा छ। कूल जनसंख्यामा इन्टरनेट प्रयोग गर्नेको हिस्सा २६ दशमलव ९३ प्रतिशत छ। एक वर्षको अवधिमा इन्टरनेट प्रयोगकर्ता ७ दशमलव ३३ प्रतिशतले बढेका छन्।  नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाश न्यौपानेले देशको सबै भेगमा टेलिफोनको पहुँच पुगेको बताए। 'सेवा प्रदायकले विगतमा सहरमुखी प्रतिस्पर्धा गर्थे तर पछिल्लोपटक ग्रामीण क्षेत्रलाई लक्ष्य गर्दै सेवा दिन थालेपछि पहुँच पनि बढिरहेको छ,' उनले भने। अब सेवाको गुणस्तर र मूल्यमा ध्यान दिन जरुरी रहेको उनले बताए। 'टेलिफोन सेवा सामान्य नागरिकले पनि उपभोग गर्ने किसिमले सस्तो भयो भने पहुँच अझ बढ्छ,' उनले भने, 'त्यसैले सेवा प्रदायकले यतातिर सोच्नुपर्छ।'

Sunday, October 6, 2013

बिजया दशमी २०७० को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग तथा शुभचिन्तकहरुमा मंगलमय शुभकामना

बिजया दशमी २०७० को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग तथा शुभचिन्तकहरुमा सुख, शान्ति, सम्वृद्धि तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना ब्यक्त गर्दछौ . यसै अवसरमा कम्पनिले आफ्ना विभिन्न सेवामा निम्न छुट समेत प्रदान गरेको सहर्ष जानकारी गराउंदछौ .
छुटको विवरणको लागि यहाँ जानुहोस