कारोबार संवाददाता काठमाडौं, ९ वैशाख नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको प्रतिवेदनमा कुल
जनसंख्याको ६० प्रतिशतबीच मोबाइल तथा साधारण टेलिफोन पुगेको छ । पछिल्लो
दुई वर्षयता नेपालमा दूरसञ्चार सेवाको विस्तार तीव्र भएपछि टेलिफोनमाथि
सर्वसाधारणको पहुँच बढेको हो । केन्द्रीय तथ्यांक विभागका अनुसार सन् २०११
सम्म नेपालको अनुमानित जनसंख्या २ करोड ६६ लाख २० हजार ८ सय छ ।गत आर्थिक वर्षसम्म देशका सबै गाविसमा टेलिफोन सेवा पुगेको छ । हाल नेपाल
टेलिकम, एनसेल, यूटीएल, स्मार्ट, एसटीएम र नेपाल स्याटेलाइटले नेपालमा
दूरसञ्चार सेवा दिएका छन् । ६० प्रतिशत टेलिघनत्वमध्ये ५२ प्रतिशत मोबाइल
प्रयोगकर्ता रहेको प्रतिवेदनमा उल्लेख छ । यस हिसाबले मोबाइल प्रयोग
गर्नेको संख्या १ करोड ४० लाखभन्दा धेरै हुन आउँछ । साधारण टेलिफोन
प्रयोगकर्ताको तुलनामा मोबाइल प्रयोगकर्ताको यो संख्या बढी हो । सरकारको
बहुमत सेयर भएको टेलिकम र निजी क्षेत्रका अन्य सेवा प्रदायकबीच बजार
हिस्साका लागि चर्काे प्रतिस्पर्धा रहेको आम अनुभव छ ।प्रतिवेदनमा टेलिकमका ७४ लाख ६५ हजार, एनसेलका ७१ लाख ७८ हजार, यूटीएलका ६
लाख ४५ हजार, स्मार्टका २ लाख ५० हजार, नेपाल स्याटेलाइटका १ लाख ४० हजार र
एसटीएमका टेलिकम ५ हजार ग्राहक छन् । प्राधिकरणले माघ अन्त्यसम्मको
तथ्यांक सार्वजनिक गरेको हो ।त्यसैगरी १४ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको प्रतिवेदनमा उल्लेख छ ।
जीपीआरएसमार्फत मोबाइलमा इन्टरनेट चलाउने को संख्या धेरै छन् । ४१ लाखभन्दा
धेरैले जीपीआरसमार्फत इन्टरनेट चलाउँछन् । नेपाल टेलिकमले डायल अप,
एडीएसएल, सीडीएमए र जीपीआरएसबाट इन्रटनेट सेवा दिँदै आएको छ । टेलिकमका १६
लाख १ हजार र एनसेलका २३ लाख ८९ हजार र यूटीएलका ६८ हजार र अन्यका ६२ हजार
गरी कुल ४१ लाख ९३ हजारले इन्टरनेट प्रयोग गर्ने गरेको प्रतिवेदनमा उल्लेख
छ ।
No comments:
Post a Comment