प्रस्तुति: सरस्वती ढकाल काठमाडौं, २४ असार- नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूले जारी गर्ने विलको शुद्धता निरीक्षण ‘विलिङ मेजर अथेन्टिक्स’ गर्ने भएको छ । आगामी आर्थिक वर्षको कार्यक्रमबमोजिम प्राधिकरणबाट स्वीकृत दररेटमा सेवा प्रदायकले सेवा दिएका छन् वा छैनन् भन्ने जानकारी लिन प्राधिकरणले राजधानीलगायत देशको प्रमुख राजमार्ग र गाउँ–गाउँबाट समेत सेवा प्रदायकको नेटवर्कमा कल गरेर निरीक्षण गर्ने भएको हो । प्राधिकरणले सुरुमा ठूला सेवा प्रदायक नेपाल टेलिकम र एनसेलको नेटवर्कमा कल गरेर विलिङ परीक्षण गर्नेछ । सेवा प्रदायकबाट ग्राहक नठगिउन् भनी प्राधिकरणले विलिङ मेजर अथेन्टिकसको काम अगाडि बढाएको हो । फोन गर्नासाथ बिलचेक गरिहाल्ने र कुन सेवाको लागि कति पैसा काटियो भन्ने जानकारी अधिकांश ग्राहकले लिंदैनन् । मोबाइलमा ब्यालेन्स भएसम्म सेवा लिने र सकिएपछि रिचार्ज गर्ने परम्परा नेपाली समाजमा छ । “ग्राहकमा सचेतना नभएकै कारण पनि सेवा प्रदायकले कुन सेवामा कति शुल्क काटेको हो, आफ्नो आवश्यकताभन्दा धेरै सेवा कनेन्ट नभएको छ वा छैन भन्नेसमेत जानकारी नभएकाले मोबाइलको बिलिङ धेरै भएजस्तो लागेको हो,” प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भने, “उपभोक्ता शिक्षा कमी छ, उपभोक्ता सचेत हुनुप¥यो ।” अघिल्लो वर्ष राजधानीमा प्राधिकरणले निरीक्षण गरेको थियो भने आगामी आवमा विस्तृत रूपमा जाने योजना छ । सुरुमा ठूला सेवा प्रदायकबाट निरीक्षण थाल्ने तयारी गरेको प्राधिकरणले अवस्था हेरी सानामा पनि काम सुरु गर्ने जनाएको छ । टेन्डर आह्वान गरी स्वतन्त्र परामर्शदाता खटाएर प्रतिवेदन बुझाउन लगाउनेछ । गत वर्ष प्राधिकरण स्वयंले निरीक्षण गरेको थियो । उपभोक्तासँग प्रत्यक्ष सरोकार भएकाले वार्षिक रूपमा विस्तृत निरीक्षण गर्दै जाने प्राधिकरणले जनाएको छ । प्राधिकरणले गुणस्तरको सम्बन्धमा समेत अध्ययन गर्नेछ । गत पुसमा आर्थिक विकास तथा प्रशासनिक केन्द्र (सेडा) ले काठमाडौं, पोखरा विराटनगर र नेपालगन्जमा गरेको अध्ययन प्रतिवेदनमा सेवा गुणस्तर न्यून देखिएपछि प्राधिकरणले असार मसान्तसम्म सुधार गर्न निर्देशन दिएको हो । सेडाले चारै स्थानमा जीएसएम सीडीएमए तथा साधारण टेलिफोन सेवाको गुणस्तरमापन गरेको छ । हाउसहोल्ड ओपिनियन सर्भे, परफमेन्स टेस्ट गरी दुई तरिकाले सेवाको गुणस्तरमापन गरिएको थियो । परफमेन्स टेस्ट गर्दा साधारण मोबाइलमार्फत ¥यानडम कल जेनरेट गरी नमुना संकलन गरिएको हो । गाउँ–गाउँबाट परीक्षण गर्दा सेवाको गुणस्तर र महसुल सम्बन्धमा जानकारीबारे निरीक्षण गर्न सहज हुने अनुमान गरिएको छ । दूरसञ्चार क्षेत्रको नियमन तथा निरीक्षण झन्डै डेढ करोड सर्वसाधारणको सरोकारको विषय हो । प्राधिकरणको प्रतिवेदनअनुसार आधा नेपालीले मोबाइल प्रयोग गर्छन् । खासगरी मोबाइलका विलिङका सम्बन्धमा गुनासो आए पनि लिखित र प्रक्रियागत रूपमा नआएको प्राधिकरणको अनुभव छ
No comments:
Post a Comment