
यसको सवैभन्दा राम्रो पक्ष भनेको तपाईले कुनै पनि सर्ट कोडहरु सम्झिराख्नु पर्दैन् । यसले प्रयोगकर्ताका लागि सजिलो बनाइदिएको छ ।
यदि तपाई दुईवटा सिम लाग्ने जीएसएम मोबाइल चलाइराख्नु भएको छ भने तपाईले टेलिकमको जीएसएम सीमलाई प्राथमिक सिमका रुपमा सेट गर्नुपर्ने हुन्छ । तर, एपको प्रयोगबाट तपाईले रिचार्ज कार्ड किन्ने र ल्याण्डलाइन फोनको बिल तिर्ने लगायतका सुबिधा पाउन सक्नुहुन्न । प्रारम्भिक प्रयोगकर्ताहरुले टेलिकमको एपमा फिचरहरु कम भएको गुनासो गर्दै धेरै सुबिधाहरु राख्न आग्रह गरेका छन् । आशा गरौं, टेलिकमले आगामी दिनमा उपभोक्तालाई सहज हुने यस्ता फिचरहरु थप्दै जाने छ ।
No comments:
Post a Comment