Saturday, February 22, 2014

पाँच वर्षमा टेलिफोन १ सय ७३ रुपैयाँ सस्तियो

Telephoneकाठमाडौ, फाल्गुन ११ -ekantipur.com नेपाल टेलिकमका ग्राहकले औसत मासिक २२८ रुपैयाँ खर्च गर्ने गरेका छन् । कम्पनीले दिने जीएसएम मोबाइल, सीडीएमए, ल्यान्डलाइन र इन्टरनेटका उपभोक्ताबाट टेलिकमले गर्ने आम्दानी र ग्राहक संख्याको आधारमा उक्त तथ्यांक निस्किएको हो । मासिक रूपमा हेर्दा टेलिकमको सेवा गएको ५ वर्षभित्र १ सय ७३ रुपैयाँले सस्तिएको छ । आर्थिक वर्ष ०६५/६६ मा टेलिकमका विभिन्न सेवा उपभोग गर्दा मासिक औसत ४ सय १ रुपैयाँ खर्च हुन्थ्यो । गत वर्ष उक्त शुल्क २ सय २८ रुपैयाँ छ ।   विश्वव्यापी रूपमा दूरसञ्चार कम्पनीको बजार, नाफा लिन सक्ने क्षमता र विस्तार हेर्नका लागि यस्तो सूचक निकाल्ने गरिन्छ । जसलाई 'एभरेज रेभिन्यु पर युजर' भनेर बुझिन्छ । दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकम मुलुकको एक मात्र पब्लिक लिमिटेड कम्पनी हो । जसले आफ्नो आय/व्ययको हिसाब किताब सार्वजनिक गर्छ । अन्य कम्पनीले भने आफ्नो विवरण दूरसञ्चार प्राधिकरण र कर कार्यालयमा मात्रै बुझाउँछन् । 'दूरसञ्चार सेवामा पहुँच बढ्दै गएपछि ग्राहकबाट हुने आम्दानी कम हुँदै जाने विश्वव्यापी प्रवृत्ति हो,' नेपाल टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले भनिन्, 'प्रतिस्पर्धा र अन्य कारणले गर्दा भ्वाइस सेवाबाट हुने प्रतिव्यक्ति आय घट्दै गए पनि डाटा सेवामा भने बढेको छ ।' गत आर्थिक वर्षको अन्त्यसम्म नेपाल टेलिकमको कुल ग्राहक संख्या १ करोड २४ लाख छ । जसमध्ये ३२ लाख ७७ हजार इन्टरनेटका ग्राहक छन् । नेपाल टेलिकमले आर्थिक वर्ष ०६९/७० मा ३४ अर्ब १० करोड ८४ लाख रुपैयाँ आय गरेको थियो ।

Wednesday, February 12, 2014

टेलिकमको निःशुल्क वाईफाई इन्टरनेट सुविधा

१ फागुन, काठमाडौं । Onlinekhabar.com राजधानीबासीलाई खुशीको खबर छ । नेपाल टेलिकमले राजधानीका सार्वजनिक स्थानलाई वाईफाई हटस्पट जोन बनाएको छ । जुन स्थानमा २२ दिनसम्म निःशुल्क वाईफाई इन्टरनेट चलाउन सकिनेछ । टेलिकमले आफ्नो १०औं वाषिर्कोत्सवको अवसर पारी २२ दिनसम्म निःशुल्क वाईफाई सेवा उपलब्ध गराएको हो । पछिल्लो समय टेलिकमले ५ सय भन्दा बढी सार्वजनिक स्थानहरुमा वाईफाई हटस्पट जोन बनाउन लागिरहेको छ । टेलिकमले राजधानीका धरहरा क्षेत्र, गोंगबु बसपार्क, लाजिम्पाट चोक -उत्तरढोका), नयाँ बानेश्वर चोक, कोपुण्डोल गुसिंगाल एडभान्स ईन्जिनियरिङ कलेज वरपर, सितापाइला चोक, एक्मी इन्जिनियरिङ कलेज वरपरको स्थानलाई वाईफाई हटस्पट जोन बनाएको हो । त्यसैगरि, हेल्पिङ हृयाण्ड कम्युनिटी हस्पिटल चाबहिल, बयोधा हस्पिटल बल्खु, स्टार हस्पिटल सानेपा, नेको नेपाल मनमोहन स्मृति हस्पिटल, भृकुटीमण्डप, नरसिङ चोक ठमेल, वीर हस्पिटल, गंगालाल हस्पिटल, टिचिङ हस्पिटल, कालिमाटी काठमाडौं इन्जिनियरिङ कलेज वरपर, काठमाडौं मेडिकल कलेज हस्पिटल सिनामंगल, केशर महल चोक, पाटन हस्पिटल, मंगल बजार ललितपुर चेम्बर अफ कमर्शको सचिवालय वरपर निःशुल्क वाईफाई इन्टरनेट चलाउन पाइने बताईएको छ । वाईफाई हटस्पट चलाउनका लागि टेलिकमको पोष्टपेड तथा पि्रपेड मोबाइलका ग्राहकहरुले वाईफाई टाईप गरी १४१४ मा म्यासेज पठाउनुपर्ने छ । म्यासेज पठाएपछि टेलिकमले पासवर्ड उपलब्ध गराउने छ । टेलिकमका अनुसार मोबाइल वा ल्यापटपको वाईफाई मेनुमा गएर एनटी वाईफाई लाई कनेक्ट गर्नुपर्ने हुन्छ । त्यसपछि आउने वेब पेजमा युजर नेम बक्समा आफ्नो मोबाइल नम्बर टाइप गर्ने र पासवर्ड बक्समा म्यासेजबाट प्राप्त पासवर्ड टाइप गरी इन्टरनेट चलाउन सकिने छ ।

नेपाल टेलिकमले कमायो साढे पाँच अर्ब

nepal-telecom
२९ माघ काठमाडौं ।Onlinekhabar.com नेपाल टेलिकमले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा पाँच अर्ब ५९ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको भन्दा चार करोड रुपैयाँले मात्रै बढी हो । टेलिकमको नाफा बढे पनि गत वर्षकोभन्दा आम्दानी खर्च बढेपछि खुद नाफा बढ्न नसकेको हो । गत वर्ष १८ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले यस वर्ष १९ अर्ब ६९ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । तर, गत वर्ष १० अर्ब ८१ करोड ककुल खर्च भएकोमा यस वर्ष १२ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ ।
आम्दनीभन्दा खर्च धेरै भएपछि कम्पनीको नाफ नबढेको हो । यसअवधिमा कम्पनीको आम्दानी एक अर्ब २६ करोड ५१ रुपैयाँले आम्दानी बढेको छ भने खर्च एक अर्ब ३९ करोड पाँच लाख रुपैयाँले बढेको छ । त्यसैगरी कम्पनीको व्यक्तिगत खर्च तथा पुनःनिर्माण खर्च धेरै बढेको छ । गत वर्ष दुई अर्ब २१ करोड रुपैयाँ रहेको व्यक्तिगत खर्च बढेर यस पुस मसान्तमा दुई अर्ब ५० करोड रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन खर्च पनि तीन अर्ब १० करोडबाट बढेर तीन अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । कम्पनीकको प्रति सेयर आम्दानीमा खासै सुधार भएको छैन । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ७४.८ रुपैयाँ रहेकोमा यो वर्ष ७४.५७ रुपैयाँ पुगेको छ । कम्पनीको कुल सम्पत्ति १२ अर्ब रुपैयँले बढेको छ । गत पुस मसान्तमा एक खर्ब १० अर्ब रुपैयाँ कुल सम्पत्ति रहेकोमा यस पुसमा एक खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । गुणस्तरमा पर्याप्त गुनासो रहे पनि नेपाल टेलिकमको सेवाप्रति सर्वसाधारणको रुची भने बदिरहेको छ । गत आवको पुसमा सेवा वापतको आय १६ अर्ब ८१ करोड रहेकोमा यस वर्ष १७ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

Tuesday, February 11, 2014

२० अर्ब बुझाउन टेलिकमलाई ताकेता

कारोबर सम्बाददाता, सरस्वती ढकाल, काठमाडौं, २६ माघ- दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको लाइसेन्स नवीकरण शुल्कबापत २० अर्ब रुपैयाँ मंगलबारभित्र बुझाउन नेपाल टेलिकमलाई पत्राचार गरेको छ । ०७१ वैशाख २८ सम्म बहाल रहने लाइसेन्स नवीकरणका लागि मंगलबार अन्तिम दिन हो । समयभित्र शुल्क र आवेदन नबुझाए १५ प्रतिशत जरिवाना लाग्ने प्राधिकरणले जनाएको छ ।  सोमबार बसेको प्राधिकरण बोर्ड बैठकले टेलिकमलाई पत्र लेखेको हो । नवीकरणको समयावधि सकिन ३ महिनाअघि नवीकरणका लागि आवेदन दिनुपर्ने कानुनी व्यवस्था छ । टेलिकमले ०५६ वैशाखमा मोबाइल सेवाको लाइसेन्स लिँदा पछि आउने कम्पनीले कबुल गरेबमोजिम नवीकरण शुल्क बुझाउने सर्त मानेको थियो । ०६१ भदौमा निजी क्षेत्रबाट एनसेल (तत्कालीन मेरो मोबाइल)ले २० अर्ब रुपैयाँ तिर्ने सर्तमा लाइसेन्स लिएपछि टेलिकमले पनि त्यहीबराबर तिर्नुपर्ने भएको हो । प्राधिकरण प्रवक्ता कैलाशप्रसाद न्यौपानेले टेलिकमलाई २० अर्ब रुपैयाँ तिरेर लाइसेन्स नवीकरण गर्न पत्राचार गरिएको बताए । पहिलोपटकको लाइसेन्स नवीकरण सम्बन्धमा मन्त्रिपरिषद्ले ८ किस्तामा २० अर्ब बुझाउन सक्ने निर्णय गरे पनि दोस्रो पटकको हकमा थप व्यवस्था छैन । शुल्कमा विवाद भएपछि ०६८ असोजमा मन्त्रिपरिषद्ले ८ किस्ताको व्यवस्था गरिदिएको थियो । त्यसअनुसार टेलिकमले पहिलो किस्ताबापत साढे २ अर्ब बुझाएको छ भने अझै ७ किस्ता बाँकी छ । ०५६ वैशाख २८ मा टेलिकमले पहिलोपटक जीएसएम मोबाइलको लाइसेन्स लिएको थियो । ०६६ वैशाखमा १८ करोड ९० लाख रुपैयाँ राजस्व तिरेर नवीकरण गरेको थियो । दोस्रो कम्पनीले बुझाएको ३ महिनाभित्र बुझाउने सर्तमा टेलिकमले पहिलोपटक नवीकरण शुल्क बुझाएको थियो । मोबाइल लाइसेन्स लिएको समयदेखि पहिलो पटक १० वर्षमा र त्यसपछि हरेक ५–५ वर्षमा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

Monday, February 10, 2014

नेपाल टेलिकमले ल्यायो एन्ड्रोइड एप, के–के छन सुबिधा ?

ntc-android-app1Onlinekhabar.com मुलुककै पुरानो टेलिफोन सेवा प्रदायक नेपाल टेलिकमले एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि एप सार्वजनिक गरेको छ । नेपाल टेलिकमको १० औं बार्षिक उत्सवको अबसर पारेर ल्याइएको यो एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । टेलिकमको मोबाइलमा एपमा तपाईका लागि आबश्यक सूचनाहरु राखिएका छन् । जीएसएम मोबाइल फोनका प्रयोगकर्ताका लागि लक्षित गरि ल्याइएको यो एपमा तत्कालै धेरै सुबिधाहरु नभए पनि आगामी दिनमा सुबिधाहरु थप्दै जाने टेलिकमले जनाएको छ । यदि तपाई जीएसएम मोबाइल फोन प्रयोगकर्ता हुनुहुन्छ भने यसमा तपाईलाई काम लाग्ने नयाँ सेवा भनेको ‘ब्यालेन्स ट्रान्सफर’ हो । एपमा रहेको ब्यालेन्स ट्रान्सफर बटन क्लिक गरी तपाई सजिलैसित आफुले चाहेको ब्यक्तिलाई पैसा पठाइदिन सक्नुहुन्छ ।
ntc-android-app2यसको सवैभन्दा राम्रो पक्ष भनेको तपाईले कुनै पनि सर्ट कोडहरु सम्झिराख्नु पर्दैन् । यसले प्रयोगकर्ताका लागि सजिलो बनाइदिएको छ । यदि तपाई दुईवटा सिम लाग्ने जीएसएम मोबाइल चलाइराख्नु भएको छ भने तपाईले टेलिकमको जीएसएम सीमलाई प्राथमिक सिमका रुपमा सेट गर्नुपर्ने हुन्छ । तर, एपको प्रयोगबाट तपाईले रिचार्ज कार्ड किन्ने र ल्याण्डलाइन फोनको बिल तिर्ने लगायतका सुबिधा पाउन सक्नुहुन्न । प्रारम्भिक प्रयोगकर्ताहरुले टेलिकमको एपमा फिचरहरु कम भएको गुनासो गर्दै धेरै सुबिधाहरु राख्न आग्रह गरेका छन् । आशा गरौं, टेलिकमले आगामी दिनमा उपभोक्तालाई सहज हुने यस्ता फिचरहरु थप्दै जाने छ ।

Saturday, February 8, 2014

टेलिकमद्वारा छुटैछुटको घोषणा

टेलिकमद्वारा छुटैछुटको घोषणाकाठमाडौं - नागरिक न्युज नेपाल टेलिकमले आफ्नो दसौं वार्षिकोत्सवका अवसरमा कम्पनीले प्रदान गर्दै आइरहेको सेवाहरुको महसुल दरमा छुटलगायत विभिन्न 'अफर' ल्याएको छ। कम्पनीले जिएसएम तथा सिडिएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा माघ २१, २२ र २३ गतेका लागि महशुल दरमा ५० प्रतिशत छुट दिएको छ। साथै कम्पनीले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि नेपाल सरकारबाट मान्यता प्राप्त संघ संस्थाबाट जारी बहिरा र अपांगताको प्रमाणपत्रको आधारमा रु. १००  मा रु. १०० बराबरकै टक टाइम रहने गरी सीम तथा रीम कार्ड बिक्री गर्ने  गर्ने तथा सो सीम तथा रीम कम्पनीकै नेटवर्कमा कल गर्दा बुधवार देखि ३ महिनाको लागि प्रति कल २० पैसा कायम गर्ने जनाएको छ। त्यस्तै राती १० बजे देखि विहान ६ बजेसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड नेसनल भ्वाइस कल गर्न सक्ने गरी सिडिएमए प्रिपेड सेवामा  प्रति महिना रु २० मा नाइट कल प्याकेज बुधबारदेखि तीन महिनासम्मका लागि वितरण गर्ने घोषणा गरेको छ। त्यस्तै साथी र परिवार सेवा सिडिएमए पोष्टपेडको लागि ५५ पैसा प्रति मिनेट तथा सिडिएमए प्रिपेडको लागि ७५ पैसा प्रति मिनेट कायम गरी मिति बुधबार देखि तीन महिना सम्म सेवा दिने जनाएको छ।

Monday, February 3, 2014

नेपाल टेलिकमका प्रवन्ध निर्देशक अनुपरञ्जन भट्टराई: बिशेष सम्बाद

खरिदको झन्झटिलो प्रक्रियाले हामीलाई बाँधेको छ
कारोबार दैनिक: कम्पनीको सेवा गुणस्तर, भावी योजना, वर्तमान अवस्था, प्रतिस्पर्धी दूरसञ्चार बजारलगायत विषयमा कारोबारका सम्पादक सञ्जय न्यौपाने र संवाददाता सरस्वती ढकालले गरेको कुराकानी...

आफूले सेवा सुरु गरेको संस्थाको सबैभन्दा उच्च पदमा पुग्न सफल हुनुभएको छ । के गर्दै हुनुहुन्छ ?
प्रबन्ध निर्देशकको पदग्रहणसँगै मेरो कार्यभार पनि थपिएको छ अनुभव मैले गरेको छु । कार्यभार सम्हालेपछि नेटवर्क सुधारलाई एउटा प्रमुख प्राथमिकताका रूपमा अघि बढाएको छु । यसैको नतिजा भन्नुपर्छ, अहिले कल सक्सेस रेटमा राम्रो सुधार भएको छ । ग्राहकको कल पहिलेको जस्तो काटिने समस्या छैन । केही पूर्वाधार बिग्रिएकाले यस्तो समस्या आएको थियो । नयाँ पूर्वाधार जडान भएका छन् । अब कल नलाग्ने समस्या छैन । मेरो बुझाइमा प्रतिसय कलमा २ वटाभन्दा धेरै कलमा समस्या छैन । ग्राहकले अनुभव गर्न सक्ने गरी सेवाको गुणस्तरमा सुधार गर्नु मेरो मुख्य दायित्व रहनेछ । राजधानीमा २ सय स्थानमा वाईफाई हटस्पट जडान कार्य हुँदैछ । काठमाडौंको मुख्य–मुख्य स्थान अस्पताल, अन्तर्राष्ट्रिय विमानस्थल, सभागृहलगायत ३० स्थानमा वाईफाई हटस्पट छिट्टै सञ्चालनमा ल्याइनेछ । राजधानीका कतिपय क्षेत्र जहाँ नेटवर्क कमजोर छ, सिग्नल राम्रो देखाउँदैन त्यस्ता ठाउँमा नयाँ बीटीएस राख्ने प्रक्रियासमेत सुरु गरिएको छ । यसले त्यहाँको सेवामा प्रभावकारिता वृद्धि भएको छ । यस्ता ६० वटा स्थान पहिचान गरेर दु्रतगतिमा काम गरिरहेका छौं । आगामी २ महिनाभित्र राजधानीका ग्राहकले भ्वाइस तथा डेटा सेवामा नयाँ अनुभव गर्न सक्नेछन् ।
तुलनात्मक रूपमा टेलिकमको सेवा सस्तो भए पनि गुणस्तरका विषयमा गुनासा धेरै छन्, ग्राहकले कहिले गुणस्तरीय सेवा पाउलान् ?
छनोट भएका नयाँ ठाउँमा बीटीएस राखेपछि काठमाडौंको भ्वाइस र डेटा दुवैमा सुधार हुनेछ । त्यसपछि चक्रपथ बाहिर नेटवर्क स्वाप गर्ने काम हुन्छ । अहिलेसम्म थ्रीजीको नेटवर्क चक्रपथभित्र मात्रै छ । नेटवर्क स्वाप गर्दै गएपछि थ्रीजी चक्रपथ बाहिर पनि चल्छ । काठमाडौं उपत्यकामा ३० लाख मोबाइल चल्ने क्षमता विस्तार हुनेछ । यो भनेको झन्डै उपत्यकाको जनसंख्याबराबर नै हो । यसपछि फोन काटिने, नलाग्ने, न्वाइज हुनेजस्ता समस्या विल्कुल हुनेछैन । उपत्यकापछि नेपालभर पुरानो पूर्वाधार परिवर्तन गर्न करिब १ वर्ष लाग्नेछ । बीटीएस थप्ने, पुराना पूर्वाधार परिवर्तन गर्नेजस्ता काम भएकाले नेटवर्कमा छिट्टै सकारात्मक परिवर्तन देख्न सकिनेछ ।

Saturday, February 1, 2014

दुर्गम पुग्दै टेलिकमको थ्रीजी, मुस्ताङमा पनि थ्रीजी सेवा सुरु

सरस्वती ढकाल, कारोबार काठमाडौं, १६ माघ - नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले उपत्यका बाहिरका जिल्लाका साथै दुर्गम क्षेत्रमा थ्रीजी सेवा विस्तारलाई प्राथमिकता दिएको छ । कम्पनीले हालैमात्र हिमाल पारीको जिल्ला मुस्ताङमा थ्रीजी सेवा सुरु गरेको छ । कम्पनीले गोर्खाको विकट सामागाउँ, लाङटाङको लामाबगर तथा उपल्लो तामाकोसीमा पनि थ्रीजी सेवा सञ्चालन गरिसकेको छ । त्यस्तै संखुवासभाको किमाथांकामा थ्रीजी जडानको क्रममा छ । १ करोड लाइन जीएसएमको परियोजनाअन्तर्गत कम्पनीले मुस्ताङ सदरमुकाम जोमसोममा थ्रीजी मोबाइल सेवा सञ्चालन गरेको छ । २ साताभित्र मुस्ताङको कागबेनी, मुक्तिनाथ, मार्फा, घाँसा, लेतेलगायत उपल्लो मुस्ताङमा समेत थ्रीजी सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ । धार्मिक स्थल मुक्तिनाथमा अहिलेसम्म थ्रीजी सञ्चालन गरिसक्ने लक्ष्य भए पनि बाक्लो हिउँ परेकाले यातायत नचल्दा काम प्रभावित भएको कम्पनीका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले बताए । “२ सातापछि मुक्तिनाथ मन्दिर जाने यात्रुले थ्रीजीमा कुराकानी तथा डेटा प्रयोग गर्न सक्नेछन्,” उनले भने । मुस्ताङमा ग्राहकले थ्रीजीमार्फत ३८४ किलोविट्स प्रतिसेकेन्डको स्पिडमा डेटा सेवा लिन सक्नेछन् ।

टेलिकमले एमएसए गेटवे विस्तार गर्ने

नागरिक, काठमाडौं- नेपाल टेलिकमले एउटै उपकरणबाट भ्वाइस र डाटा सेवा दिने मल्टी सर्भिस एक्सिस गेटवेलाई विस्तार गर्ने भएको छ। यसअघि १ सय ८८ स्थानबाट सेवा दिएको कम्पनीले २ महिनाभित्र ५० स्थानमा सेवा विस्तार गर्ने लागेको हो। आधारभुत टेलिफोन सेवा नपुगेको क्षेत्रमा ल्यान्डलाइनमार्फत भ्वाइस र एडिएसएल इन्टरनेट डाटा सेवा दिने उद्देश्यले आइपी एनजिएन प्रविधिमा आधारित उपकरणहरु जडान गरी सेवा विस्तार गर्ने लागेको टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले जानकारी दिइन्। ५० स्थानमा नयाँ प्रविधीको उपकरण जडान गरी साना क्षमताका मल्टी सर्भिस एक्सिस गेटवे एक्सचेन्जहरुमार्फत सेवा सञ्चालनमा ल्याउने काम तीव्र रुपमा अघि बढेको उनले बताईन्। काठमाडौं, भैरहवा, बुटवल, पोखरा, दाङलगायत देशका प्रमुख सहरका साथै दुर्गम क्षेत्रमा पनि सेवा विस्तार भएको र अहिले आधारभूत टेलिफोन सेवा नपुगेको क्षेत्रमा गेटवे सेवालाई सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ। नयाँ सेवाको एक्सचेन्जहरु मध्ये ५ सय लाइन क्षमताका ३३ वटा तथा एक हजार लाइन क्षमताका १७ वटा उपकरणहरु विभिन्न स्थानमा जडानको क्रममा रहेको कम्पनीले जनाएको छ। ग्राहकले कार्ड प्रयोग गरेर सेवा सञ्चालन गर्ने सकिने गेटवे सेवामा एउटै उपकरण (बक्समा) डाटा, भ्वाइससहित विटिएस नेटवर्क पनि रहन्छ।

Friday, January 24, 2014

नेपालमा दूरसञ्चार सेवा दिइरहेका कम्पनीहरु पब्लिक लिमिटेडमा परिणत हुनु पर्ने

काठमाडौं ।Bizmandu.com नेपालमा दूरसञ्चार (टेली कम्युनिकेसन) सेवा दिइरहेका कम्पनीहरुले अब प्राथमिक सेयर निस्कासन गरेर पब्लिक लिमिटेडमा परिणत हुनु पर्ने भएको छ । एकै व्यक्ति वा समुहको एकभन्दा बढी दूरसञ्चार सेवा प्रदायक संस्थाहरुमा लगानी सम्बन्धि अध्ययन गर्न गठन गरिएको टोलीले दिएको प्रतिवेदनअनुसार, नेपाल दूर सञ्चार प्राधिकरणलाई ऐन संसोधन मार्फत सबै कम्पनी पब्लिक बनाउन सुझाव दिएको हो ।

नम्बरकम्पनीको नामसेयरधनीको नामसेयर संरचना %
१एसटिएम टेलिकम सञ्चार प्रालिएसटिएम कम्युनिकेसन सर्भिस80
एआर इन्भेष्टमेन्ट प्रालि20
२एनसेल प्रालिरेनोल्डस होल्डिङ80
निरजगोविन्द श्रेष्ठ20
३युनाइटेड टेलिकममहानगर टेलिफोन निगम लि26.68
टेलिकम कन्सल्टेन्ट इन्डिया लि26.66
टाटा कम्युनिकेसन लि26.66
नेपाल भेन्चर प्रालि20
४स्मार्ट टेलिकम प्रालिस्क्वायर नेटवर्क प्रालि20
लाल साहु ड्रिस्ट्रिब्युसन प्रालि70
जिलाट सेटेलाइट नेटवर्क10
५नेपाल सेटेलाइट टेलिकमएयरबेल सर्भिस लि75
मुक्तिश्री टेलिकम प्राली15
सम्झना अर्याल5
पाकिस्तान मोवाइल कम्युनिकेसन3
सेवा टेलिकम प्रालि2
६नेपाल दुरसञ्चार कम्पनीनेपाल सरकार85
सर्वसाधारण15
७कन्स्टेलेसन प्रालिअनुदानजङ राणा100
८१४ टेक्नोलोजिज प्रालिराजकुमार प्रधान50
अनिल पिया50

टोलीको सुझाव माथि एक महिना सम्म सरोकारवालाहरुबाट प्रतिकृया आह्वान गरेको र त्यसपछि कार्यान्वयनमा लैजाने प्राधिकरणले जनाएको छ । हाल सञ्चालनमा रहेकामध्ये सरकारी स्वामित्वको नेपाल टेलिकम बाहेक अरु सबै कम्पनी प्राइभेट लिमिटेडको रुपमा कारोवार गर्दै आएका छन् ।

Tuesday, January 21, 2014

महिनाभित्रै नेटवर्कमा सुधार हुन्छ


भीओआईपी नियन्त्रणमा नयाँ प्रविधिले चुनौती

भीओआईपी नियन्त्रणमा नयाँ प्रविधिले चुनौतीसरस्वती ढकाल, Karobar Dailyकाठमाडौं, ६ माघ- भीओआईपी (भ्वाइसओभर इन्टरनेट प्रोटोकल)मार्फत कल बाइपासमा संलग्न गिरोहले नयाँ–नयाँ प्रविधि भिœयाएपछि प्रहरीले नियन्त्रणमा ठूलो चुनौती खेपिरहेको छ । प्रहरी नयाँ प्रविधिमा ‘अपडेट’ नहुँदा गिरोहहरूले कल बाइबासको देशव्यापी सञ्जाल विस्तार गरिरहेका छन् । सेवाप्रदायकले समेत ‘ट्र्याक’ गर्न नसक्ने त्यस्ता प्रविधि प्रहरीको टाउकोदुखाइ भएका छन् । “गिरोहले नयाँ–नयाँ प्रविधि प्रयोग गरेकै कारण छापा मार्न कठिन भइरहेको छ,” नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रवक्ता पीताम्बर अधिकारी भन्छन्, “हामी प्राविधिक रूपमा कमजोर हुँदा बर्सेनि अर्बौं रुपैयाँ राजस्व गुमेको छ ।” दूरसञ्चार सेवाप्रदायक कम्पनीले नयाँ–नयाँ प्रविधिसहित भीओआईपी नियन्त्रणमा जोड दिनुपर्ने र सरकारले पनि नीतिगत व्यवस्था गर्दा यसमा ध्यान दिनुपर्ने उनको सुझाव छ । प्रहरीका अनुसार पहिलोपटक ०६४ देखि बंगलादेशी संगठित गिरोहबाट नेपालमा कल बाइपास सञ्चालन हुँदै आएको हो । बंगलादेशी सरकारले अवैध कल बाइपासमा संलग्न व्यक्तिलाई ठूलै कारबाही गरेपछि उनीहरू नेपालतिर सरेको प्रहरी अनुसन्धानले देखाएको छ । नेपाल प्रहरीले ०६५ फागुन १५ बाट सीआईबीको ‘अप्रेसन भ्वाइस फक्स’ मार्फत नियन्त्रणका लागि अनुसन्धान थालेको थियो ।

Tuesday, January 14, 2014

टेलिकममा नयाँ एमडी नियुक्तिको प्रभाव, मंगलवार मध्यरातदेखि काठमाडौं उपत्यकामा नेटवर्क अपग्रेड


काठमाडौं । Bizmandu.com नेपाल टेलिकममा नयाँ प्रवन्ध निर्देशक नियुक्तिको असर देखिन थालेको छ । प्रवन्ध निर्देशक अनुपरञ्जन भट्टराईको नियुक्तिसँगै टेलिकमले जिएसएम मोवाइल सेवाको गुणस्तर सुधार गर्न नेटवर्क अपग्रेड सुरु गरेको छ । टेलिकमले काठमाडौं उपत्यकामा मंगलवार रातीबाट नेटवर्क अपग्रेड गर्न लागेको जानकारी दिएको छ । यो प्रक्रिया एक सातासम्म चल्नेछ । 
टेलिकमले मंगलवार राती थानकोट, नैकाप, पाँगा, कीर्तिपुर, कलंक, सीतापाईला, छाउनी, ताहाचल, कालिमाटी, कुलेश्वर, सानेपा, जावलाखेल, पुल्चोक, पाटनढोका, मंगलबजार, ग्वार्को, सातदोबाटो र लगनखेललगायतका क्षेत्रमा नेटवर्क अपग्रेड गर्नेछ । 
त्यसैगरी टेलिकमले माघ ३ गते राती टेकु, जैसीदेवल, सुन्धारा, त्रिपुरेश्वर, न्यूरोड, असन, कान्तिपथ, नरदेवी, ठमेल, धोबीचौर, लैनचौर, लाजिम्पाट, पानीपोखरी, बालुवाटार, सामाखुशी, गोंगबु, बालाजु, सोह्रखुट्टे, ठूलो भ¥याङ्ग, स्वयम्भू, रामकोट, मनमैंजु र धर्मस्थली लगायतका क्षेत्रमा काम गर्नेछ । 
बालकुमारी, कोटेश्वर, तिनकुने, मीनभवन, संखमुल नयाँवानेश्वर, बुद्धनगर, अनामनगर, बबरमहल, माइतीघर, सिंहदरवार, डिल्लीबजार, रत्नपार्क, कमलादी,  नागपोखरी, नक्साल, ज्ञानेश्वर, मैतीदेवी, पुरानो वानेश्वर, सिनामंगल, त्रिभूवन मिवानस्थल, गौशाला, चाबहिल, बौद्ध, जोरपाटी, कपन, धम्बाराही र बिशालनगर लगायतका क्षेत्रहरुमा माघ ६ गते नेटवर्क अपग्रेड हुने जानकारी टेलिकमले दिएको छ । टेलिकमले यी क्षेत्रमा राती ११.४५ बजेदेखि बिहान तीन बजेसम्म नेटवर्क अपग्रेडको काम गर्ने जानकारी दिएको छ ।
यसैगरी नेपाल टेलिकमले एमपोस प्रविधिको रिचार्ज सेवाबाट जिएसएम प्रिपेड मोवाइल रिचार्ज रकममा उपलब्ध गराउँदै आएको अतिरिक्त पाँच प्रतिशतको टक भ्यालु माघ मसान्तसम्म बढाउने निर्णय पनि टेलिकमले जानकारी दिएको छ । 

Sunday, January 12, 2014

प्रवन्ध निर्देशक द्वारा पदभार ग्रहण, सेवामा रहेको प्रतिस्पर्धामा टेलिकमलाई अग्रस्थानमै राख्न नयाँ योजना ल्याउने उद्घोस

Anupranjan-Bhattarai
२८ पुस, काठमडौं । अनलाइनखबर  नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले ग्राहकलाई प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्दता जनाएका छन् । आइतबार पदभार ग्रहण गर्दै भट्टराईले आफ्नो कार्यकालमा कम्पनीले नयाँ गति लिने दावी गर्दै अन्य कम्पनीसँगको प्रतिस्पर्धामा टेलिकमलाई अग्रस्थानमा राख्ने दावी गरे । ‘मेरो पालामा टेलिकमले काँचुली फेर्ने छ, कम्पनीको शेयर मूल्य बृद्धि गर्न, प्रभावकारी सेवा दिन र जनशक्ति ब्यवस्थापनमा दण्ड पुरस्कारको संयन्त्र बनाउन लाग्नेछु’, पदभार ग्रहण गर्दै भट्टराईले भने, ‘टेलिकममा हुने गरेका आर्थिक विवादसम्वन्धी कुरालाई कम गर्न सार्वजनिक खरिद ऐन प्रक्रियालाई सरलीकरण गर्न प्रयास गर्नेछु ।’

दूरसञ्चार सेवामा रहेका अन्य कम्पनीसँगको प्रतिस्पर्धामा टेलिकमलाई अग्रस्थानमै राख्न नयाँ योजना ल्याउने पनि भट्टराईले घोषणा गरे । प्रवन्ध निर्देशक भट्टराई यसअघि नेपाल टेलिकम, वायरलेस टेलिफोन निर्देशनालयका निर्देशक थिए । ०३८ सालमा तत्कालिन नेपाल दूरसञ्चार संस्थानमा प्रवेश गरेका भट्टराई टेलिकमका विभिन्न जिम्मेवारी पूरा गर्दै प्रवन्ध निर्देशक बनेका हुन् ।
...............................................................................................................................................
काठमाडौं । Bizmandu.com नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा अनुपरञ्जन भट्टराईलाई आइतवारबाट जिम्मेवारी सम्हालेका छन् । गत साता सरकारले भट्टराईलाई नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा नियुक्त गरेको थियो । यसअघि भट्टराई कम्पनीमा नायव प्रवन्ध निर्देशक पदमा कार्यरत थिए ।  पदवहालीपछि भट्टराईले टेलिकमको शेयर मूल्य बृद्धि गर्न, ग्राहकलाई प्रभावकारी सेवा वितरण गर्न, जनशक्ति ब्यवस्थापनमा दण्ड पुरस्कारको संयन्त्र विकास गर्ने घोषणा गरे । उनले सार्वजनिक खरिद ऐन प्रक्रियालाई सरलीकरण गर्न प्रयास गर्ने पनि बताए । ‘बजार प्रतिस्पर्धामा टेलिकमलाई अग्रस्थानमा राख्न मेरो प्रयास हुनेछ,’  भट्टराईले भने, ‘यसका लागि नयाँ योजना चाडै नै आउने छ,’ उनले भने । 
नवनियुक्त प्रबन्ध निर्देशक भट्टराई २०३८ साल असोज महिनामा तत्कालिन नेपाल दूरसञ्चार संस्थान ( हाल नेपाल टेलिकम) को सेवामा प्रबेश गरेका थिए । यस अवधिमा उनले यस कम्पनीको योजना विभाग, स्याटेलाइट सेवा निर्देशनालय, वीरगञ्ज क्षेत्रीय निर्देशनालय, ग्रामीण सेवा निर्देशनालय, ट्रान्समिसन विभागमा कामर्यरत थिए ।  टेलिकमद्वारा जारी विज्ञप्तिमा उनले बेईजिङ्ग युनिभर्सिटीबाट रेडियो इन्जिनियरिङ्गमा स्नातक गरेका छन् । कर्मचारीको दवावपछि नेपाल टेलिकमले नयाँ प्रवन्ध निर्देशक पाएको छ । बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले नायव प्रवन्ध निर्देशक अनुपरञ्जन भट्टराईलाई कामु प्रवन्ध निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो । टेलिकममा भट्टराईले वायरलेस विभाग हेर्दै आएका थिए । टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंहले उमेर हदमा अवकाश पाएपछि व्यवस्थापनले कम्पनी सचिव तथा नायव प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यलाई प्रवन्ध निर्देशकको जिम्मेवारी दिएको थियो ।  टेलिकमको प्रवन्ध निर्देशक नियुक्त नगरेर निजी कम्पनीलाई फाइदा गराएको भन्दै कर्मचारीले आन्दोलन गरिरहेका थिए । उनीहरुले सरकारलाई प्रवन्ध निर्देशक नियुक्तिका लागि ज्ञापनपत्र बुझाएर दवाव पनि दिंदै आएका थिए । देशको सबैभन्दा बढी कारोवार गर्ने नेपाल टेलिकम सबैभन्दा धेरै राजस्व बुझाउने कम्पनी पनि हो 

Wednesday, January 8, 2014

दूरसञ्चार प्राधिकरणले अब ५ सेकेन्डको पल्स बनाउने...


सरस्वती ढकाल, Karobar Daily काठमाडौं, १४ पुस- दूरसञ्चार सेवाप्रदायकले मनपरी पल्स अवधि निर्धारण गर्दा उपभोक्ता ठगिएको भन्दै नियामक निकाय दूरसञ्चार प्राधिकरणले ५ सेकेन्डको पल्स बनाउने तयारी गरेको छ । सेवाप्रदायकहरूले आफूखुसी १५ सेकेन्डदेखि १ मिनेटसम्मको अवधिलाई १ पल्स मान्दै बिलिङ गर्ने क्रम नरोकिएपछि प्राधिकरण तातेको हो । पल्स अवधि जति थोरै भयो, उपभोक्तालाई उति बढी फाइदा हुन्छ । ५ सेकेन्डभित्रै कुरा सकिँदा प्रतिमिनेट शुल्कका आधारमा १२ भागले महसुल काटिन्छ । जस्तोः प्रतिमिनट शुल्क ३ रुपैयाँ छ र ५ सेकेन्डभित्रै कुराकानी सकियो भने उपभोक्ताले २५ पैसामात्रै तिर्नुपर्छ । एवंरीतले प्रत्येक पल्समा २५ पैसा थपिँदै जान्छ । अहिले उपभोक्ताले २ सेकेन्डमात्रै कुरा गरेर फोन काट्दा पनि सेवाप्रदायकअनुसार १५ देखि १ सेकेन्डसम्मको महसुल तिरिरहेका छन् । “धेरै सेकेन्डको पल्स रेट हुँदा ग्राहकले अनावश्यक धेरै पैसा तिरिरहेका छन्,” प्राधिकरण प्रवक्ता कैलाशप्रसाद न्यौपाने भन्छन्, “यही मर्कालाई ध्यानमा राखेर हस्तक्षेप गर्नुपर्ने अवस्था आएको हो । छिट्टै यसबारे टुंगो लाग्छ ।”

Sunday, January 5, 2014

६२ जिल्लामा टेलिकमको इभिडिओ, देश फ्रि वाइफाई क्षेत्र बनाउन कार्यदल

६२ जिल्लामा टेलिकमको इभिडिओ
काठमाडौं -नागरिक  नेपाल टेलिकमले सिडिएमए प्रविधिको इभिडिओ सेवा ६२ जिल्लामा पुर्‍याएको छ। माघ महिनाभित्र थप १० जिल्लामा यो सेवालाई विस्तार गर्ने योजना उसले बनाएको छ। पचहत्तरै जिल्लामा सिडिएमए पुर्‍याएको कम्पनीले थि्रजी (इभिडिओ) सेवा पनि ७५ जिल्लामा पुर्‍याउने योजनाअनुसार विस्तार गरेको हो।  टेलिकमले बुधबार हिमालपारीको जिल्ला मुस्ताङको जोमसोम, लेते र मार्फामा इभिडिओ सुरु गरेर ६२ जिल्ला पुर्‍याएको हो। मुस्ताङकै मुक्तिनाथमा पनि केही दिनभित्र सेवा विस्तार गर्ने टेलिकमले जनाएको छ। गत साउन १७ गतेदेखि धवलागिरिमा इभिडिओ सेवा सुरु गरेको टेलिकमले बुधबार मुस्ताङ जिल्लाको तीन प्रमुख स्थानमा यो सेवा सञ्चालनमा ल्याएको हो। इभिडिओ सेवा पुगेपछि मुस्ताङमा एक हप्ताभित्र सिडिएमए थि्रजीको रिम कार्ड बिक्री हुने कम्पनीले जनाएको छ। अहिले कसैसँग कार्ड भए सेवा लिन सक्ने भए पनि एक हप्ताभित्र डाटा प्याकेजसहितकोको युएसबी डोंगोलमार्फत बिक्री हुनेछ। इभिडिओ सेवामार्फत भ्वाइस सेवाको अतिरिक्त ३.१ एमबिपिएस डाउनलोड झमतामा ब्रोडब्यान्ड इन्टरनेट चलाउन सकिन्छ। इभिडिओ सेवा नभएको झेत्रमा पनि १५३.६ केबिपिएस झमतामा यो सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकले २२ सय तिरेपछि १ जिबीको मेमेरीसहितको इभिडिओ डोंगोल, १ सय रुपैयाँ बराबरको टक भ्यालु तथा ३ जिबी डाटा भएको रिमकार्ड पाइन्छ।  तीन जिबी डाटाको अवधि ३ महिनासम्म रहनेछ।
टेलिकमले यसअघि धवलागिरिको बागलुङ, पर्वत र म्याग्दीमा सेवा विस्तार गरिसकेको छ। गण्डकीको कास्की, गोरखा, तनहँु, स्याङ्जा, लमजुङमा सेवा पुर्‍याएको कम्पनीले मनाङमा पनि पुर्‍याउने योजना बनाएको छ। 
इभिडिओ सेवालाई देशभर पुर्‍याउने उद्देश्यले हिमाली जिल्लामा पनि सेवा सुरु गरिएको टेलिकमका नायक प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले बताए। सेवालाई सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले नपुगेको जिल्लामा पनि गृहकार्य भइरहेको जनाउँदै भट्टराईले आगामी महिनाभित्र थप १० जिल्लामा गरी ७२ जिल्लामा इभिडिओ सेवा पुर्‍याउने बताए। दुई  महिनाभित्र ७५ जिल्लामा पुर्‍याउने लक्ष्य रहेको उनले बताए। सुगम र दुर्गम जिल्लाबीचको डिजिटल डिभाइड कम गराउन इभिडिओ सेवा विस्तार गरिएको भट्टराईले बताए।
टेलिकमले आगामी महिना धनुषा, ओखलढुंगा, सर्लाही, सिरहा, सोलुखुम्बु, उदयपुरलगायत जिल्लामा सेवा विस्तार गर्ने योजना बनाएको छ। 
देश फ्रि वाइफाई क्षेत्र बनाउन कार्यदल
सूचना तथा सञ्चार मन्त्रालयले नेपाललाई फ्रि वाइफाई क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ।  अध्ययनका लागि नेपाल दूरसञ्चार प्राधिकरणका सदस्य महेश अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको सञ्चार सचिव ध्रुवप्रसाद शर्माले जानकारी दिए। गत शुक्रबार निर्णय गरिएको कार्यदललाई बुधबारदेखि एक महिनाको समयसमेत प्रदान गरिएको छ।  कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्राविधिक उपसचिव, राष्ट्रिय योजना आयोगका प्राविधिक उपसचिव, विज्ञान तथा प्रविधि मन्त्रालयका प्राविधिक उपसचिव, सूचना तथा सञ्चार मन्त्रालयका प्राविधिक उपसचिव र त्रिभुवन विश्वविद्यालयका सञ्चार क्षेत्रका विज्ञसमेत राखिएको छ। कार्यदल सदस्य सचिवमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाललाई नियुक्त गरिएको छ। कार्यदलले एक महिनाभित्र नेपाललाई फ्रि वाइफाई गर्नेका लागि प्राविधिक तथा आर्थिक रुपमा देखिएका विषयहरुलाई राय र सुझावसहित प्रतिवेदन प्रस्तुत गर्ने मन्त्रालयले जनाएको छ।  कार्यदलका सदस्य सचिव खनालले नेपाललाई फ्रि वाइफाई गर्ने प्राविधिक रुपमा सक्षम भए पनि आर्थिक रुपमा खर्च कसरी बेहोर्न भन्ने समस्या हुने बताउँछन्। निश्चित क्षेत्रमा गरिएको फ्रि वाइफाई सोही क्षेत्रकाले ब्यान्डविथ खरिद गरेर गरिएको हुन्छ। सरकारले पूरै नेपालका लागि खर्च गरेर गर्‍यो भने सम्भव छ। निजी कम्पनीसँगको सहकार्यमा गर्न खोजियो भने उनीहरुले नाफा खोज्ने हुँदा समस्या हुने उनले बताए।

Thursday, December 19, 2013

सिंहले टेलिकमबाट अवकाश पाउने


सिंहले टेलिकमबाट अवकाश पाउने
कारोबार संवाददाता काठमाडौं, ३ पुस - नेपाल टेलिकममा चौथो कार्यकालका लागि प्रबन्ध निर्देशक हुने लबिङमा जुटेका अमरनाथ सिंहले अवकाश प्राउने भएका छन् । दोहोरो उमेर पेस गरेका कर्मचारीको प्रमाणपत्रमा छिटो अवकाश हुने मितिलाई मान्यता दिने टेलिकम सञ्चालक समितिको निर्णयसँगै सिंह प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।  उमेर हदबन्दीका कारण विवादमा परेका निमित्त प्रबन्ध निर्देशक सिंहको विषय लम्बिएपछि सूचना तथा सञ्चार मन्त्रालयले जवाफ दिन लेखेको पत्रमाथि छलफल गर्दै सञ्चालक समितिले यस्तो निर्णय लिएको हो ।नेपाल दूरसञ्चार कम्पनी विनियमावलीको दफा १०७ को उपदफा १ मा ‘सेवा सुरु गर्दा पेस गरिएका एसएसलसी वा सोसरहको योग्यता प्रमाणपत्रका आधारमा उमेर गणना हुने’ उल्लेख छ । दफा २ मा ‘नागरिकता प्रमाणपत्र वा सेवा सुरु गर्दा भरिएको सिटरोल फर्मका आधारमा उमेर गणना हुने’ छ । पेस गरिएका कागजातको जन्ममिति फरक परेको भेटिए जुन कागजातका आधारमा पहिले ५८ वर्ष पूरा हुन्छ, त्यसैलाई आधार मान्ने उल्लेख छ ।विनिमावलीमा यस्तो व्यवस्था हुँदाहुँदै पनि शैक्षिक प्रमाणपत्रलाई आधार मान्दै सिंह कार्यकाल लम्ब्याउने प्रतिस्पर्धामा थिए । नागरिकताअनुसार उनले असार २३ मा ५८ वर्ष उमेर पूरा गरिसकेका छन् । तर, शैक्षिक प्रमाणपत्रका आधारमा उनको उमेर पुस १४ मा मात्रै ५८ वर्ष पुग्छ । सञ्चालक समितिले बुधबार गरेको निर्णय र विनियमावलीको दफा २ अनुसार सिंहले उमेरको हदबन्दीभन्दा ३ महिना बढी प्रबन्ध निर्देशक खाइसकेका छन् ।आइतबार सूचना तथा सञ्चार मन्त्रालयले कानुन मन्त्रालयको रायमा सिंहको पदावधिको विषयलाई लिएर पत्र पठाएको थियो । सो पत्रपछि टेलिकम सञ्चालक समितिले बुधबार बैठक बोलाएको हो । सरकारले ०६८ असोज २८ मा २ वर्षका लागि सिंहलाई प्रबन्ध निर्देशक नियुक्त गरेको हो । पदावधि र उमेर हदको विवाद बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसमा छानबिन गरेको थियो ।

टेलिकम नेतृत्वबिहीन हुँदा ठूला निर्णय प्रभावित

प्रकटकुमार शिशिर, नागरिक काठमाडौं—प्रबन्ध निर्देशक नहुँदा नेपाल टेलिकमको नीतिगत तथा पूर्वाधारको काम प्रभावित हुन थालेको छ। टेलिकम दुई महिनाभन्दा बढी समयदेखि उच्च नेतृत्वबिहीन अवस्थामा छ। प्रबन्ध निर्देशक अमरनाथ सिंहको पदावधि गत असोजमा सकिए पनि नयाँ नियुक्ति नहुँदा कम्पनीको नयाँ निर्णय, नीतिगत विषय र पूर्वाधारमा समस्या देखिन थालेको हो । दूरसञ्चार क्षेत्रमा उच्च प्रतिस्पर्धाबीच टेलिकमले बनाएका नयाँ योजना कार्यान्वयन गर्न नेतृत्व आवश्यक पर्छ ।सिंह निमित्तको रुपमा अझै टेलिकममा भए पनि उमेरमा विवाद उठेपछि कार्यालय जान छाडेका छन् । निमित्त प्रबन्ध निर्देशक सिंहलाई सञ्चार मन्त्रालयले गत आइतबार पदावधि सकिएको पत्र पठाएको थियो । नागरिकताअनुसार गत असारमा उनको अनिवार्य अवकाशको उमेर ५८ वर्ष पुगेको छ । नेतृत्व नहुँदा टेलिकममा नीतिगत निर्णय हुन सक्दैन,' पूर्व महानिर्देशक चेतप्रसाद भट्टराईले भने, 'टेलिकम क्षेत्रमा चर्को प्रतिस्पर्धा छ, दिनहुँ नयाँ प्रविधि र सेवा प्रदान गर्ने बेला नेतृत्व नै नहुँदा ठूलो घाटा लाग्छ।' उच्च प्रतिस्पर्धा चलिरहेको बेला नयाँनयाँ योजना ल्याएर आक्रामक रुपमा प्रस्तुत हुनुपर्ने बेला लामो समय नेतृत्वबिहीन राख्दा बजार हिस्सा गुमाउँदै गएको टेलिकमलाई झन् समस्या हुने उनले बताए। टेलिकम सहप्रवक्ता राजेश जोशीले ठूला निर्णय बोर्डबाट र दैनिक काम निमित्त र सिनियर कर्मचारीबाट हुँदै आएको बताए । 'अहिले त्यस्तो ठूलो समस्या त देखिएको छैन, तर नेतृत्व चाँडै चाहिन्छ,' उनले भने। अहिले नेपाल टेलिकम १० अर्बको परियोजनामार्फत नेटवर्क विस्तारमा लागेको छ । उसले जिएसएम मोबाइलको लागि नेटवर्क विस्तार गर्न लागेको हो। काठमाडौंभित्र नेटवर्क विस्तार गरी गुणस्तर सुधारको काम भर्खर सकेको टेलिकमले उपत्यकाबाहिर पनि सोहीअनुरुप काम गरिरहेको छ। डाटाका लागि इभिडिओ, वाइम्याक्स लगायतलाई प्रभावकारी बनाउन नयाँ योजना बनाएको टेलिकम जिएसएम सेवामा एनसेलभन्दा पछि छ।

Tuesday, December 17, 2013

टेलिकममा तीन महिनादेखि सीआरवीटी बन्द

nepal-telecom२ मंसिर, काठमाडौं ।Onlinekhabar.com नेपाल टेलिकमका मोबाइलमा तीन महिनादेखि नयाँ सीआरवीटी -कलर रिङ ब्याक टोन) अपलोड हुन बन्द भएको छ । नेपाली गीत संगीतको एकमात्र बाँच्ने आधार बनेको सीआरवीटी बन्द हुँदा त्यसको प्रत्यक्ष असर नेपालको संगीत उद्योगमा परेको छ ।
एल्बम बिक्री बन्दप्रायः अवस्थामा रहेको नेपाली संगीत बजारमा अहिले नयाँ गीत संगीत निस्कने भनेकै सीआरवीटीबाट दुई चार पैसा आम्दानी होला भन्ने आशमा हो । तर, नेपालको सीआरवीटी बजारको करिव ४० प्रतिशत हिस्सा ओगटेको नेपाल टेलिकमा तीन महिनायता कुनै पनि नयाँ गीत अपलोड हुन सकेको छैन् ।
नेपाल टेलिकममा सिस्टम एगि्रगेटरका रुपमा काम गरिरहेको हाइलाइट्स नेपालका अध्यक्ष ओम गुरुङले भन्नुभयो-’सिस्टम बिगि्रएको भन्दै तीन महिनादेखि नयाँ गीत लिन बन्द गरेको छ, हामीकहाँ गीत जाम भइसके ।’
नयाँ गीत अपलोड हुन नसक्दा सीआरवीटी डाउनलोड पनि ठप्पप्राय भएको संगीत उद्योगीहरु बताउँछन् । ‘टेलिकमबाट दिनमा करिव १० हजार गीत डाउनलोड हुन्थे’ नेपाल संगीत उद्योग संघका अध्यक्ष पदमबहादुर बुढाले भन्नुभयो-’नयाँ गीत अपलोड नहुँदा डाउनलोड लगभग ठप्पै भएको छ ।’
बुढाका अनुसार नेपालको सीआरवीटी बजारमा नेपाल टेलिकमको हिस्सा करिव ४० प्रतिशत छ । बाँकी करिव ५५ प्रतिशत एनसेल ५ प्रतिशत हिस्सा युटिएल र स्मार्ट टेलिकमको रहेको छ ।
‘सेवा भरपर्दो बनाउन नसक्दा टेलिकमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ’ बुढाले भन्नुभयो-’वर्षमा आधाजसो समय सिस्टम बिगि्रएको भन्दै गीत अपलोड बन्द हुन्छ, यसले नेपाल टेलिकम र संगीत उद्योग दुवैलाई घाटा भइरहेको छ ।’
नेपाल टेलिकमले भने जेडटीईको पुरानो सीआरवीटी सिस्टमलाई हुवाईले प्रतिस्थापन गर्न लागेका कारण केही समय अबरुद्ध भएको बताएका छ ।
सिष्टममा टेक्निकल समस्या देखिएपछि नयाँ गीतहरु अपलोड हुन नसकेको टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले बताउनुभयो । ‘पुराना अपलोड भइसकेका गीतहरु सीआरवीटी राख्न सकिन्छ’ उहाँले भन्नुभयो- ‘नयाँ गीतहरु अपलोड सुचारु गर्न प्राविधिकहरु लागिरहेका छन् ।’ उहाँका अनुसार केही दिनमा नै समस्याको समधान हुने छ । टेलिकम, सर्जक, म्यूजीक कम्पनीहरु सबैको राम्रो आयस्रोतको रुपमा रहेको सीआरवीटीका लागी नयाँ गीतहरु अपलोड सुचारु गर्न आफुहरु प्रयासरत रहेको उहाँले दाबी गर्नुभयो ।
गीत अपलोड सुचारु गर्न संगीत उद्यमीहरुले नेपाल टेलिकमलाई ताकेता गरिरहँदा पनि सुरु हुन सकेको छैन् । संगीत उद्यमी संघका बुढा भन्नुहुन्छ-’हामीलाई तीन दिनमा सिस्टम बन्छ भनिएको पनि १५ दिन बितिसक्यो, अझै सुरु हुन सकेको छैन् ।’

Sunday, December 15, 2013

अब रुकुममा पनि वाइम्याक्स

मेगराज खड्का-रुकुम २४ मंसिर । नेपाल टेलिकमको वाईम्याक्स ईन्टरनेट सेवा सोमबार देखी राप्ती अञ्चलको रुकुममा समेत शुरु भएको छ । वाईम्याक्सको लागि आवश्यक प्राविधिक कार्य सकिए पछि सेवा शुरु भएको नेपाल टेलिकमका ईन्जिनियर विदुर गौतमले जानकारी दिए ।
राप्ती अञ्चलको दाङ, रोल्पा, प्यूठान र सल्यानमा गत बैशाख देखी शुरु भएको वाईक्याक्स सेवाका लागि सदरमुकाम खलंगामा विटिस जडान गरिएको छ । सेवा शुरु भएपछि अव रुकुममा पनि अत्याधुनिक प्रविधीको ईन्टरनेट सेवा प्रयोग गर्न सकिने भएको छ ।
वाईम्याक्स ईन्टरनेट चलाउनको लागि आवश्यक उपकरण विभिन्न मोडलमा उपलब्ध भएको र जिल्लाको लागि आधिकारीक व्यक्ति नियुक्त गर्ने कार्य भैरहेको वाईम्याक्सको आधिकारीक विक्रेता यूनिटेक नेटवर्क प्रा.लि.का राप्ती अञ्चल प्रतिनिधी रोशनमान श्रेष्ठले जानकारी दिए ।