Friday, November 15, 2013

Hefty license and frequency fees drags NTC's net profit down by 32.30 percent

ShareSansar, November 15:

Nepal Doorsanchar Company Limited, which operates NT service, has stated that its net profit has dropped by 32.30 percent or Rs 1.18 arba in the first quarter of the current fiscal year 2070/71.

The state-run telecom giant has stated that “the decrease in profit is substantially due to statutory obligation (increase in license fee and frequency fee) paid by the company.”

Despite posting a remarkable growth in total income of Rs 10.03 arba in the first quarter, up from Rs 9.85 arba in the corresponding quarter, increase in expenditures, especially the license and frequency fees, stunted NTC’s net profit.

It had to pay Rs 1 arba in license fee and Rs 24.96 crore in frequency fee, which in the corresponding quarter was only Rs 67.34 lakh in license fee and Rs 10 crore in frequency fee.

The EPS of the largest capital-based company listed in the stock market stands at Rs 65.55 and net worth per share at Rs 373.64. It has a current ratio of 1.47.

Thursday, November 14, 2013

लाइसेन्स शुल्क बढेपछि टेलिकमको मुनाफा घट्यो

Onlinekhabr.com २९ कात्तिक, काठमाडौं । अधिकांश सरकारी स्वामित्व रहेको नेपाल टेलिकमको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न वैदेशिक साझेदार भित्राउने निर्णय कार्यन्वयनमा ढिलाई भइरहँदा कम्पनीको वित्तीय स्वास्थ्य क्रमशः कमजोर बन्दै गएको छ । चालु आवको साउनदेखि असोजसम्म कम्पनीले २ अर्ब ४५ करोड ८१ लाख रुपैयाँमात्र खुद मुनाफा गरेको छ । जुन मुनाफा गत आवको सोही अवधिको तुलनामा ३२ प्रतिशतले कम हो । गत आवको साउनदेखि असोजसम्म कम्पनीले ३ अर्ब ६३ प्रतिशत खुद आम्दानी गरेको थियो ।
nepal-telecomयसरी, नाफा घट्नुमा सरकारले वृद्धि गरेको लाइसेन्स शुल्क मुख्य जिम्मेवार रहेको टेलिकमले जनाएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ६८ लाख रुपैयाँ मात्र लाइसेन्स शुल्क बुझाएकोमा यो त्रैमासमा १ अर्ब रुपैयाँ बुझाउनुपरेको टेलिकमले उल्लेख गरेको छ । त्यस्तै, फि्रक्वेन्सी शुल्क पनि १० करोड रुपैयाँबाट २५ करोड रुपैयाँ पुगेको छ । यसबाहेक नाफा घट्नुमा प्रशासनिक खर्च र कर्मचारी खर्चमा भएको उच्च वृद्धि पनि जिम्मेवार रहेको देखिन्छ ।
गत आर्थिक वर्षमै घटेको कम्पनीको प्रतिशेयर आम्दानी यो आर्थिक वर्षको पहिलो त्रैमासिक नतिजाले अझ तिब्र गतिमा घट्ने देखाएको छ । कम्पनीको कुल आम्दानी बढ्दा समेत खुद मुनाफा घट्नुले कम्पनीको व्यस्थापकीय क्षमता कमजोर बन्दै गएको संकेत गर्ने विश्लेषकहरु बताउँछन् । कम्पनीले गत आवको साउनदेखि असोजसम्म ९ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ कुल आम्दानी गरेकोमा समिक्षा अवधिमा १९ करोड रुपैयाँ बढी १० अर्ब ३ करोड ९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको पहिलो ३ महिनामा ९६ रुपैयाँ ८३ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी समिक्षा अवधिमा घटेर ६५ रुपैयाँ ५५ पैसा भएको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ९.२६ गुणा, प्रतिशेयर नेटवर्थ ३७३ रुपैयाँ ६४ पैसा रहेको छ ।

न कुनै चाडपर्व न कुनै अवसर... हामि दिन्छौ सेवामा भारी छुट.., आगामी तिन महिना पाउनुहोस् छुटै छुट !!!


Friday, November 1, 2013

१५ दिनदेखि टेलिकम प्रबन्ध निर्देशक रिक्त


कारोबार संवाददाता, काठमाडौं, १४ कात्तिक - नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) मा २ सातादेखि प्रबन्ध निर्देशक रिक्त छ । अमरनाथ सिंहको असोज २५ मा पदावधि सकिएपछि पनि सरकारले अर्काे नियुक्ति नगर्दा महत्वपूर्ण निर्णय लिन समस्या हुने टेलिकमले जनाएको छ ।सिंह विगतमा ३ पटकसम्म प्रबन्ध निर्देशक भएका थिए । टेलिकममा सेवाअवधि अझै बाँकी रहेका सिंह निमित्त प्रबन्ध निर्देशकको रूपमा कार्यरत छन् । प्रबन्ध निर्देशक (प्रमुख कार्यकारी अधिकृत) जस्तो जिम्मेवारीपूर्ण पद खाली रहँदा दूरसञ्चार क्षेत्रको प्रतिस्पर्धासँग जुध्न कठिन हुने टेलिकमका सञ्चालक टंकलाल श्रेष्ठ बताउँछन् । कम्पनीको विनियमावलीअनुसार समयावधि सकिए पनि अर्काे व्यवस्था नहुन्जेल वरिष्ठताको आधारमा सिंहले निमित्त प्रबन्ध निर्देशकको रूपमा काम गरेका हुन् । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार पुनः सिंहलाई नै सिफारिस गरी मन्त्रिपरिषद् पठाइको छ । तर, सिहंको उमेर हदसम्बन्धमा परेको उजुरीमाथि भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियार प्रवक्ता श्रीधर सापकोटाले आवश्यक कागजातमाथि अनुसन्धान भइरहेकोे बताए ।टेलिकमका कर्मचारी युनियनहरूले भने समयसापेक्ष विकास प्रविधिलाई आत्मसात् गर्नसक्ने नयाँ व्यक्तिलाई नेतृत्व दिनुपर्नेमा जोड दिएका छन् ।

Sunday, October 27, 2013

प्राधिकरणको रिपोर्टले ल्यायो विवाद, सबैभन्दा बढी राजस्व तिर्ने एनसेल- नेपाल टेलिकम द्वारा प्रस्टीकरण

७ कात्तिक, काठमाडौं । गत आर्थिक वर्ष २०६९/७० मा दूर संचार सेवा प्रदायक कम्पनीले विभिन्न शीर्षकमा

सरकारलाई ४२ अर्ब ३९ करोड रुपैयाँ राजस्व बुझाएका छन् । हाल नेपालमा ६ टेलिकम कम्पनी सञ्चालनमा छन् । कम्पनीहरुले सरकारलाई बुझाएको राजस्वको वृद्धिदर पनि उच्च रहेको नियामक नेपाल दूर संचार प्राधिकरणको प्रतिवेदनबाट देखिन्छ । एनसेलले अघिल्लो वर्षको तुलनामा दोब्बर राजस्व बुझाएको छ भने नेपाल टेलिकमले सामान्य वृद्धि हासिल गरेको छ । अघिल्लो वर्ष दोस्रो नम्बरमा रहेको एनसेल गत वर्ष सबैभन्दा बढी कर तिर्ने टेलिकम बनेको छ । आवमा एनसेलले २५ अर्ब ७६ करोड रुपैयाँ राजस्व बुझाएको छ, जुन सबै दूर संचार कम्पनीले बुझाएको कूल राजस्वमा ६१ प्रतिशत हो । अघिल्लो आवमा एनसेलले ११ अर्ब २३ करोड र नेपाट टेलिकमले १२ अर्ब ३८ करोड रुपैयाँ राजस्व बुझाएका थिए । ९५ प्रतिशत सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले गत आवमा १५ अर्ब ४४ करोड रुपैयाँ राजस्व बुझाएको छ । त्यस्तै, युनाइटेड टेलिकम लिमिटेड -यूटीएल) ले गत आवमा सरकारालई ५८ करोड ४३ लाख रुपैयाँ राजस्व बुझाएको छ । अघिल्लो आवमा उक्त कम्पनीले राजस्व बुझाएको थिएन । स्मार्ट टेलिकमले आव २०६८/०६९ मा १४ करोड ७३ लाख रुपैयाँ राजस्व बुझाएकोमा गत वर्ष दोब्बरभन्दा बढी ३३ करोड ४५ लाख रुपैयाँ बुझाएको छ । नेपाल सेटलाइट टेलिकमले अघिल्लो आवमा ६ करोड ९७ लाख रुपैयाँ राजस्व बुझाएको थियो भने गत वर्ष झण्डै तीन गुणा बढाएर १९ करोड ३९ लाख रुपैयाँ पुर्‍याएको छ । त्यस्तै, एसटिएम टेलिकम सञ्चारले अघिल्लो आवमा ४ करोड र गत आवमा ७ करोड ३४ लाख रुपैयाँ राजस्व बुझाएको प्रतिवेदनमा उल्लेखछ ।

टेलिकम क्षेत्रबाट सरकारले पाउने राजस्वमा उल्लेख्य वृद्धि हुनुको कारण टेलिकम सेवा प्रयोगकर्ताको संख्या बढ्नु हो । कम्पनीहरुले प्रतिइकाइ सेवाको मूल्य घटाउँदै लगेका छन् तर कूल कारोबार बढेका कारण राजस्व पनि बढेको हो । गत आवको अन्तमा टेलिकम सेवा लिने ग्राहक संख्या २ करोड १३ लाख पुगेको प्राधिकरणले जनाएको छ । गत आवमा कम्पनीहरुले तिरेको कूल करमा सबैभन्दा ठूलो हिस्सा भ्याट रहेको छ । कम्पनीहरुले मुनाफाबापत तिर्ने आयकर र उपभोक्ताले तिर्ने सेवा शुल्कको योगदान पनि उल्लेख्य रहेको छ । कम्पनीहरुले आयकर ७ अर्ब ९४ करोड, भ्याट १० अर्ब ४६ करोड, ग्रामीण दूरसंचार विकास कोष १ अर्ब १५ करोड, भन्सार १ अर्ब ७६ करोड र रोयल्टी १ अर्ब ४८ करोड बुझाएका छन् । त्यस्तै, फि्रक्वेन्सी शुल्क ३ अर्ब ५५ करोड, टीडीएस २ अर्ब ५५ करोड, दूरसञ्चार सेवा शुल्क ४ अर्ब ४७ करोड, स्वामित्व कर ९५ करोड ६९ लाख र सम्पत्ति तथा सवारी साधन कर २ लाख ५८ हजार रुपैयाँ उनीहरुले सरकारलाई बुझाएका छन् । गत आवमा लाइसेन्स नविकरणको लागि एनसेले ५ अर्ब र नेपाल टेलिकिमले २ अर्ब ५ करोड रुपैयाँ तिरेका छन् ।


सबै फोन नम्बर अब १० अंकका

सरस्वती ढकाल, कारोबर सम्बाददाता
काठमाडौं, १० कात्तिक- नेपाल दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्षदेखि नयाँ राष्ट्रिय नम्बरिङ योजना लागू गर्दै सबै फोन नम्बर १० अंकको बनाउने भएको छ मोबाइल, तारमा आधारित टेलिफोन, लिमिटेड मोबिलिटी, ग्रामीण दूरसञ्चार, फिक्स्ड वायरलेसलगायत सबै सेवामा अब १० ‘डिजिट’ हुनेछन् । हाल मोबाइल नम्बर १० अंककै भए पनि तारमा आधारित टेलिफोनमा ९ वटा (जिल्ला कोडसहित) मात्रै अंक छन् । नयाँ राष्ट्रिय नम्बरिङ योजनाको मस्यौदा तयार भइसकेकाले सरोकारवालाको राय, सुझाव तथा प्रतिक्रियापछि आगामी आवबाट लागू गर्ने तयारी प्राधिकरणको छ । तारमा आधारित सबै टेलिफोनको सुरुमा ‘२०’ अंक थपिनेछ । मोबाइलका लागि सुरुका अंक ‘९’ र २ अंकको अपरेटर कोडसहित १० अंक हुनेछ । हालसम्म ‘९८’ पछि एक अंकको अपरेटर कोड र त्यसपछि ग्राहक नम्बरसहित १० अंक रहँदै आएको छ । “यो योजना सञ्चालनपछि जीएसएम र सीडिएमए ग्राहकको नम्बर भने समान रहनेछ,” प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने, “दूरसञ्चार क्षेत्रमा विकसित हुँदै गएको नयाँ प्रविधि, प्रतिस्पर्धा तथा बढ्दो ग्राहक संख्या विचार गर्दा नयाँ राष्ट्रिय नम्बरिङ योजना आवश्यक भएको हो ।”

Wednesday, October 23, 2013

Ncell overtakes Nepal Telecom as largest taxpayer


POST REPORT KATHMANDU, OCT 23
The government’s revenue collection from telecom companies soared in the last fiscal year 2012-13. According to the Nepal Telecommunications Authority (NTA), six telecom companies paid Rs 35.34 billion in taxes under different heads. Ncell accounted for more than 50 percent of this figure, pouring Rs 20.76 billion into the government coffers. State-owned Nepal Telecom (NT) chipped in Rs 13.39 billion, according to the NTA. As per the latest figures, Ncell has overtaken NT as the largest taxpayer in the sector. “There has been a massive growth in tax payments mainly due to the increased earnings of Ncell,” said Purushottam Khanal, director of the NTA. He added tax payments by all the telecom companies had been increasing along with their rising subscriber base. The number of users of telecom services reached 21.3 million by the end of the last fiscal year, up from 17.2 million a year ago. Milan Sharma, corporate communication expert of Ncell, said that tax payments to the government had soared with an increase in business volume and frequency fees. “Revenue has grown along with the user base,” he added. As per the NTA, the Rs 35.34 billion in taxes collected in the last fiscal year were advance income tax (Rs 7.94 billion), value added tax (Rs 10.46 billion), customs duty (Rs 1.76 billion), royalty (Rs 1.48 billion), contribution to the Rural Telecommunication Development Fund (Rs 1.15 billion), frequency fee (Rs 3.55 billion), tax deduction at source (Rs 2.55 billion), telecom service charge (Rs 4.47 billion), ownership tax (Rs 950.69 million) and property and vehicle tax (Rs 258,240). Tax collection from other companies Smart Telecom, Nepal Satellite Telecom and STM Telecom Sanchar has also gone up. NTA said a rise in the number of users, pricing for additional spectrum being used by the operators and fixing of 3G spectrum fee were the reasons behind the growth in tax collection from telecom companies. Ncell and NT paid Rs 1.92 billion as 3G spectrum fee in the last fiscal year. The taxes paid by the telecom companies do not include the Rs 6 billion paid by NT to the government as dividend and the Rs 5 billion paid by Ncell and the Rs 2.5 billion paid by NT as part payment of their licence renewal fee. REVENUE CONTRIBUTION COMPARED Operator 2012-13 2011-12 Ncell Rs 20.76b Rs 11.23b Nepal Telecom Rs 13.39b Rs 12.38b United Telecom Limited Rs 584.27m — Smart Telecom Rs 334.75m Rs 147.26m Nepal Satellite Telecom Rs 193.86m Rs 69.68m STM Telecom Sanchar Rs 73.45m Rs 39.59m
(Source: Nepal Telecommunications Authority) telecom sector revenue

Monday, October 21, 2013

८२ प्रतिशतमा टेलिफोनको पहुँच

काठमाडौं, नागरिक  - बुधबार २३ असोज, २०७०प्रकटकुमार शिशिर
कूल जनसंख्याको ८१ दशमलव ७२ प्रतिशतमा टेलिफोनको पहुँच पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार सार्वजनिक गरेको गत साउनसम्मको तथ्यांकअनुसार नेपालमा २ करोड १६ लाख ५१ हजार १ सय २२ जना टेलिफोन प्रयोगकर्ता छन्। पोहोर भदौदेखि यो साउनसम्ममा १४ दशमलव ५७ प्रतिशत नयाँ टेलिफोन प्रयोगकर्ता थपिएका छन्। फिक्स्ड टेलिफोन प्रयोग गर्नेको हिस्सा ३ दशमलव २० प्रतिशत छ। मोबाइल प्रयोगकर्ताको हिस्सा ७२ दशमलव ५८ प्रतिशत छ। त्यस्तै अन्य (एलएम, जिएमपिसिएस) मोबाइल प्रयोग गर्नेको संख्या ५ दशमल ९४ प्रतिशत छ। विभिन्न प्रकारका टेलिफोन सेवा प्रदान गरेको नेपाल टेलिकमले पछिल्लो केही वर्षदेखि आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ। टेलिकमको बजार हिस्सा भ्वाइस र डाटा सेवा दुवैमा गुम्दै गएको प्रतिवेदनले देखाउँछ। टेलिकमलाई निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले पछि पारेको छ। एनसेलको जिएसएम मोबाइल प्रयोगकर्ता १ करोड ६८ लाख ९ हजार ८ सय ५२ छन्। यो कूल जनसंख्याको ४९ प्रतिशत हो। नेपाल टेलिकमको बजार हिस्सा ४३ प्रतिशत छ। टेलिकमको फिक्स्ड, वायरलेस, जिएसएम, सिडिएमए सेवा गरेर ९३ लाख ६ हजार ६ सय ७८ ग्राहक छन्। टेलिकमको जिएसएम मोबाइल प्रयोग गर्नेको संख्या ७५ लाख ८४ हजार १ सय १३ छ। युटिएलको टेलिफोन प्रयोगकता ७ लाख २३ हजार २ सय ८७ छन्। एसटिपिएलको टेलिफोन प्रयोग गर्ने ७ लाख ७४ हजार ४ सय ८० छन्।  नेपाल टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले टेलिकमले बजार हिस्सा बढाउन विभिन्न समयमा विभिन्न अफर, योजना र स्किम ल्याउँदै आएको बताइन्। अहिले हामीले प्रवर्द्धनात्मक कार्यक्रमसहित अफर र छुट प्रदान लागिरहेका छौं, गुणस्तर बढाउने काम पनि भइरहेको छ,' उनले भनिन्। उनका अनुसार टेलिकममा रणनीतिक साझेदार आउन लागेको छ। 'त्यसपछि हामी झन् आक्रामक शैलीमा आउँछौं,' प्रवक्ता प्रधानले भनिन्।  टेलिकम डाटा सेवामा पनि दोस्रो स्थानमा छ। इन्टरनेट बजारमा ५० प्रतिशत एनसेलको र नेपाल टेलिकमको ४८ प्रतिशत बजार हिस्सा छ। एक प्रतिशत युटिएलको र एक प्रतिशत अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीको बजार हिस्सा रहेको प्रतिवेदनमा छ। कूल जनसंख्यामा इन्टरनेट प्रयोग गर्नेको हिस्सा २६ दशमलव ९३ प्रतिशत छ। एक वर्षको अवधिमा इन्टरनेट प्रयोगकर्ता ७ दशमलव ३३ प्रतिशतले बढेका छन्।  नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाश न्यौपानेले देशको सबै भेगमा टेलिफोनको पहुँच पुगेको बताए। 'सेवा प्रदायकले विगतमा सहरमुखी प्रतिस्पर्धा गर्थे तर पछिल्लोपटक ग्रामीण क्षेत्रलाई लक्ष्य गर्दै सेवा दिन थालेपछि पहुँच पनि बढिरहेको छ,' उनले भने। अब सेवाको गुणस्तर र मूल्यमा ध्यान दिन जरुरी रहेको उनले बताए। 'टेलिफोन सेवा सामान्य नागरिकले पनि उपभोग गर्ने किसिमले सस्तो भयो भने पहुँच अझ बढ्छ,' उनले भने, 'त्यसैले सेवा प्रदायकले यतातिर सोच्नुपर्छ।'

Sunday, October 6, 2013

बिजया दशमी २०७० को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग तथा शुभचिन्तकहरुमा मंगलमय शुभकामना

बिजया दशमी २०७० को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग तथा शुभचिन्तकहरुमा सुख, शान्ति, सम्वृद्धि तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना ब्यक्त गर्दछौ . यसै अवसरमा कम्पनिले आफ्ना विभिन्न सेवामा निम्न छुट समेत प्रदान गरेको सहर्ष जानकारी गराउंदछौ .
छुटको विवरणको लागि यहाँ जानुहोस 


Saturday, October 5, 2013

टेलिकमको दशैं-तिहारमा आकर्षक छुट अफर

2013-10-04-22-18-59-nepal-telecom-ntc.jpg
काठमाडौं । hari thapa-hourwin.com नेपाल टेलिकमले बडादशैं तथा शुभदिपावलीको अवसरमा ग्राहकहरुलाई आफ्ना सेवामा आकर्षक छुट उपलब्ध गराउने भएको छ । कम्पनीले विगतका दशैं९तिहारमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमा छुट उपलब्ध गराउन लागेको हो । कम्पनीले जिएसएमरसीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको विद्यमान महसुलमा ५० प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ । यो छुट असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १६ गतदेखि २३ गतेसम्ममात्र लागु हुने बताइएको छ । त्यस्तै, पिएसटिएनरसी९फोन पोष्टपेड फिक्स्ड सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल २ सय रुपैयाँमा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा आश्विन र कार्तिक महिनामा २५ स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २ सय कल निःशुल्क उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले जिएसएमरसीडीएमए प्रिपेड तथा पोष्टपेड मोबाइल सेवाको विद्यमान महसुल दरमा १० प्रतिशत छुट प्रदान गरेको छ । यो छुट असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १६ गतदेखि २३ गतेसम्ममात्र उपलब्ध हुनेछ । असोज १८ गतेदेखि कार्तिक १ गतेभित्र एडीएसएल अकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कार्तिक ३ गतेसम्म थप गरिएको कम्पनीले जनाएको छ । पिएसटिएन, सीडीएमए प्रिपेड पोष्टपेड फिक्स्ड तथा भिएसएटीबाट हुने अन्तरदेशीय कल ९अञ्चल भित्र तथा अञ्चल बाहिर० को विद्यमान महसुल दरमा असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १६ गतदेखि २३ गतेसम्म १० प्रतिशत छुट प्रदान गरिएको छ । कम्पनीका अनुसार छुटपश्चात उक्त सेवाको महसुल दर प्रतिमिनेट ९० पैसा हुनेछ । सीडीएमए ई९भिडियोरपीडीएसएन सेवाका ग्राहकहरुलाई असोज १९ गतेदेखि कार्तिक १ गतेसम्म तथा कार्तिक १६ गतेदेखि २३ गतेसम्म विद्यमान महसुल दर ५० पैसा प्रति एमबीमा २० प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।

किन अवरुद्ध हुन्छ टेलिकमको मोबाइल सेवा ?

Krishna Abiral कृष्ण अविरल, तीन दशकअघिको कुरा । जतिखेर तात्कालीन अधिराजकुमार ज्ञानेन्द्रको स्वामित्वको सूर्य टोबाको कम्पनी, सिमराले उत्पादन सुरु गर्न लागेको थियो । कम्पनीले जनकपुर चुरोट कारखानाका चार-पाँच ट्रक चुरोट किन्यो र चिसो गोदाममा थन्क्यायो । केही महिनापछि ढुसी आएर गुणस्तरहीन बन्यो, त्यसपछि उसले त्यो चुरोटलाई जनकपुर चुरोट कारखानाका वितरणतर्फका कर्मचारीमार्फत् बजारभरी छर्‍यो । ठस्स गन्हाउने अवस्थामा पुगिसकेको त्यो चुरोटका कारण उपभोक्ता रुष्ट भए । विकल्पमा सूर्य टोबाकोका उत्पादन रोज्न थाले । याक, गैंडा, देउराली आदिको लोकपि्रयता सधैंका लागि ध्वस्त भयो । ओरालो लागेको जचुकाली त्यसपछि कहिल्यै माथि उक्लिन सकेन । ०४६ सालपछि हुर्केको राजनीतिक चलखेल र कर्मचारीहरुको कलहले त त्यसलाई टाटपल्टिएर बन्द हुने अवस्थामै पुर्‍यायो । यसका केही कर्मचारी रातारात जुकासरि मोटाए । केही त आकर्षक तलबसहित सूर्य टोबाकोमै स्थानान्तण भए । उदयपुर र हेटौंडा सिमेन्ट उद्योगमा पनि केही वर्ष यता यही रोग सल्केको छ । गुणस्तरीय मानिने यी उद्योगका उत्पादन बजारमा हातोहात बिक्छन् । उपभोक्ताले यी उद्योगका उत्पादन पाएसम्म अरु उद्योगको उत्पादन किन्न पनि चाहँदैनन्, व्यापारीहरु बेच्न चाहँदैनन् । तर यी उद्योगहरु क्षमता विस्तारको त कुरै छाडौं, क्षमताअनुसारको उत्पादनसमेत गर्न नसकेर थला परिरहेका छन् । बैंकबाट चर्को व्याजमा ऋण लिएर स्थापना गरिएका निजी सिमेन्ट उद्योगहरु रातारात मालामाल भइरहेका बेला उदयपुर र हेटौंडा उद्योगको कर्मचारीतन्त्र भने उद्योगलाई घाटामा चलाउनमा आनन्द मानिरहेको छ । विदेशीले स्थापना गरिदिएका नाफामूलक उद्योग पनि चलाउन नसक्ने निर्लज्ज जातिको रुपमा हामी नेपालीको पहिचान स्थापित गर्नमा लागिपरिरहेको छ ।

Friday, October 4, 2013

टेलिकमलाई रणनीतिक साझेदारी भित्राउने बाटो खुल्ला

१८ असोज, काठमाडौं, OnlineKhabar.com । नेपाल टेलिकमले विदेशी रणनीतिक साझेदारी भित्राउन सैद्धान्तिक स्वीकृति प्राप्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयबाट गएको प्रस्तावमा छलफल गर्दै मन्त्रिपरिषदको वैठकले टेलिकमलाई साझेदारी भित्राउन स्वीकृति दिने निर्णय गरेको हो । निर्णयसँगै टेलिकमलाई रणनीतिक साझेदार भित्राउन बाटो खुल्ला भएको छ । निजी क्षेत्रका दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्न टेलिकममा रणनीतिक साझेदारी भित्राउने तयारी गरिएको थियो । साझेदार भित्राउने काम अघि बढाउन सरकारले परामर्शदाता नियुक्त गर्ने काम पनि अगाडी बढाएको छ । अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गरिसकेपछि रणनीतिक साझेदार, प्रकृति र साझेदारी लगायतका विषयमा टुंगो लाग्ने बताइएको छ । ९१ दशमलव ५ प्रतिशतभन्दा बढी सरकारी स्वामित्व रहेको टेलिकममा विदेशी रणनीतिक साझेदार ल्याउने चर्चा ४ वर्षदेखि चलिरहेको थियो । नेपाली बजारमा लामो समय एकलौटी रुपमा अधिपत्य जमाएको आएको टेलिकमलाई पछिल्लो समय निजी क्षेत्रका कम्पनीहरुले उछिन्न थालेका छन् । दुरसञ्चार सेवा प्रदायक संस्थाहरुको संख्या बढ्दै जान थालेपछि टेलिकमको बजार हिस्सा अहिले साँघुरिदै गइरहेको छ । टेलिकमले आफ्ना सेवाहरुको गुणस्तर वृद्धि गर्न नसकेपछि नेपाल टेलिकममा ग्राहकहरु पछिल्लो समय डाइभर्ट हुँदै गइरहेका छन् । रणनीतिक साझेदार भित्राएर सेवा गुणस्तरीय बनाउनुका साथै नयाँ नयाँ सेवाहरु संचालन गर्ने सरकारको तयारी रहेको छ । नेपालमा सबैभन्दा बढी कर तिर्ने कम्पनी टेलिकम पछिल्लो वर्ष दोस्रो सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी बनेको छ । परामर्श दाताको छनोट भएपछि त्यसले कम्पनीको विस्तृत अध्ययन गर्ने छ । कम्पनीको विस्तृत अध्ययनपछि साझेदार भित्राउनका लागि आहृवान गरिने बताइएको छ ।

Monday, September 23, 2013

11 percent of Nepalis have internet access: UN report

KATHMANDU POST, SEP 24 - Nepal has been ranked in the 148th position among 192 countries in terms of the percentage of population having access to internetservice. The report entitled The State of Broadband 2013 published by the UN Broadband Commission states that 11.1 percent of Nepalis use the internet Compared to the 2012 rankings, Nepal has slipped nine places. Last year’s report on broadband access worldwide had put Nepal in the 139th position with internet penetration at 9 percent. Even though the country has experienced rapid development in the telecom sector during the last one decade, it has lagged behind in extending fixed and mobile broadband connection to a wider section of the population. The report has put Nepal in the 136th position, down from the 127th spot last year, on the basis of fixed broadband lines provided. Fixed broadband, also known as wired broadband service which includes cable internet , ADSL and cable modem, has reached 0.4 per 100 inhabitants. Similarly, the country is in the 99th position among 128 developing countries with 4.1 percentage of the households having internet connection. Officials at the Nepal Telecommunications Authority (NTA) said that the sector could not progress at the pace of international economies that resulted in Nepal slipping in the international rankings. “Due to growing competition and the entry of new operators, mobile broadband will witness good growth in the days to come,” said Ananda Raj Khanal, director of the NTA.  

Wednesday, September 18, 2013

डाटा अन पैसा अफ

काठमाडौ, कान्तिपुर आश्विन १ -प्रकाशित मिति: २०७० आश्विन १ ०९:०० पछिल्लो समयमा नेपाल टेलिकमले उपलब्ध गराएको मोबाइल तथा इन्टरनेट सेवा चर्चामा छ। विशेषतः तीव्र गतिमा इन्टरनेट चलाउन, डाटा अपलोड र डाउनलोड गर्न, वेबसाइट ब्राउज गर्न तथा युट्युबमा भिडियो हेर्न टेलिकमको मोबाइलबाट सहज भएपछि यसका प्रयोगकर्ता निकै हौसिएका छन्। टेलिकमले हाल पुराना बिटिएस टावर विस्थापन गरी नयाँ टावर राख्ने कार्य गरिरहेको छ। टेलकमले जेडटिई कम्पनीका पुराना टावर विस्थापन गरी हुवावे कम्पनीका बिटिएस टावर राखेको हो। यसो गर्दा काठमाडौंमा मात्रै करिब २० लाख थि्रजी प्रयोगकर्तालाई सेवा दिने गरी क्षमता विस्तार गर्ने र केही महिनामै काठमाडौंमा करिब ५ लाख ग्राहक पुर्‍याउने योजना टेलिकमको छ। हाल थि्रजी प्रयोगकर्ताको संख्या १ लाख ३० हजारको हाराहारी छ। मोबाइल र डाटा सेवाको यो गुणस्तर अभिवृद्धि योजना सफल भएपछि यसबाट हुने आम्दानी हालको तुलनामा तीन गुणासम्म बढ्ने कम्पनीको प्रक्षेपण छ। यसको सकारात्मक असर पनि देखिन थालेको छ। पहिले नेपाल टेलिकमको जिएसएम मोबाइलमा भएको डाटा कनेक्सन स्पिड अलि कम भएकाले धेरैले एनसेलको सीम प्रयोग गरेको पाइन्थ्यो। एनसेलका प्रयोगकर्ता डाटा स्पीडबाट खुसी त थिए, तर धेरै पैसा काटिएको गुनासो भने गरिरहन्थे। पछिल्लो समयमा टेलिकमको डाटाका बारेमा पनि कसैले नबुझेरै त्यस्तो गुनासो गर्ने गरेको सम्बद्ध स्रोतको भनाइ छ।

Friday, September 13, 2013

टेलिकमको मोबाइलमा सूचनाबिनै जबर्जस्ति ऋण

काठमाडौं, २७ भदौ- नेपाल टेलिकमले ग्लोबल सिस्टम फर मोबाइल (जीएमएम) प्रिपेड डेटा सेवामा पोस्टपेड महसुल लिन थालेपछि उपभोक्ता समस्यामा परेका छन् । १ महिनायता थ्रीजी इन्टरनेट सेवामा सुधार आएपछि सर्वसाधारणबाट केही सकारात्मक प्रतिक्रिया पाएको टेलिकमले बिनासूचना मोबाइल ब्यालेन्स काट्न थालेपछि तिनै उपभोक्ता आक्रोशित भएका छन् । शून्य ब्यालेन्स भए पनि पछि काट्ने गरी टेलिकमले डेटा सेवामा ‘बिलिङ’ गर्दै आएको छ, जसको छनक उपभोक्तालाई हुँदैन । न्यूनतम ऋण ५० रुपैयाँ पुग्दा मोबाइलमा एक्कासि सन्देश आएपछि मात्रै उपभोक्ताई यसबारे थाहा हुन्छ । यस्ता समस्या लिएर टेलिकम कार्यालयमा धाउनेको संख्या बढ्दो छ । प्रिपेड मोबाइलमा बिनासूचना पोस्टपेडझैं महसुल लिनु उपभोक्ता अधिकार र कानुनविपरीत हो । प्रिपेड सेवामा पोस्टपेड महसुल लिँदा नियामक निकाय दूरसञ्चार प्राधिकरणसँग अनुमति लिनुपर्ने नियम भए पनि टेलिकमले लिएको छैन । कतिपय प्रयोगकर्ताले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमार्फत कम्पनीप्रति आक्रोश पोखेका छन् । “मैले नचाहेर टेलिकमले मलाई ऋण दिन पाउँछ ? मैले नमागिकनै ऋण लैजा भनेर जबर्जस्ती भिराउन पाउँछ ?” फेसबुकमा शनिबार एक उपभोक्ताले लेखे । त्यसमा अर्का थपिए, “थाहा नदिई ब्यालेन्स माइनसमा राख्दिने र पछि पैसा माग्ने ठग नै हो । टेलिकमको टेक्निकल कमजोरी होस् कि जेसुकै होस्, हामीलाई के मतलब ? यो फल्टलाई सुविधा दिएको भनेर गरिएको विश्लेषण वाहियात हो ।”

Monday, September 9, 2013

अब निशुल्क सीडीएमए थ्रीजी

NT_CDMA_3G
Doorsanchar.comनेपाल टेलिकमले आफ्ना सीडीएमएका ग्राहकहरुलाई सित्तैमा थ्रीजी सीडीएमए दिन लागेको छ। टेलिकमले पुराना सीडीएमए प्रयोगकर्तालाई मात्र थ्रीजी सीडीएमए सित्तैमा दिन लागेको हो। टेलिकमको सीडीएमए प्रयोग गरिरहेका पुराना प्रयोगकर्तालाई नयाँ सेवामा सित्तैमा प्रवेश दिनका लागि टेलिकमले यो अवसर दिन लागेको जनाएको छ। जसमा पुराना ग्राहकले पुरानो सीडीएमए रीम दिएर नयाँ आईपी सीडीएमए रिम पाउने छन्। आफूसँग भएको सीडीएमएको पुरानो रीम टेलिकमलाई दिएर सोही नम्बरको नयाँ रीम निःशुल्क लिन सकिने टेलिकमका उपमहाप्रबन्धक अनुपरञ्जन भट्टराईले जानकारी दिए। ‘सबै सीडीएमए प्रयोगकर्तामा थ्रिजीको पहुँच पुरयाउनका लागि निःशुल्क रीम साट्ने योजना ल्याएका हौं,’ उनले भने। टेलिकमले गतसाता देखी नै यसरी रीम साट्ने सुविधा दिन थालेको हो। यसअघि पुरानो रीमसँग सोही नम्बरको नयाँ रीम साट्नका लागि एकसय रुपैंया लाग्ने गर्दथ्यो।इन्टरनेट प्रोटोकलमा आधारित सीडीएमए प्रविधिको जडान गरेपछि टेलिकमले गत माघदेखि २० लाख लाईन आइपी सीडीएमए सेवा वितरण सुरु गरेको थियो। अहिले सम्म टेलिकमका २ लाख आईपी रीम बिक्री भइसकेको छ। आइपी सीडीएमए ३ दशमलव १ एमबीपीएस गतिमा इन्टरनेट सेवाको क्षमता भएको तेस्रो पुस्ता (थ्रीजी)मा आधारित दूरसञ्चार प्रविधि हो।

Sunday, September 8, 2013

दिल्लीबाट नेपाल फोन गर्ने शुल्क आधा कम

देवेन्द्र भट्टराई, kantipur नयाँ दिल्ली, भाद्र २३ - नेपाल टेलिकम र एयरटेलबीच भएको सहमति अनुसार दिल्लीबाट नेपाल फोन गर्न आइतबारबाट लागू हुने गरी महशुल शुल्कमा ५० प्रतिशत कम हुने भएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहका अनुसार भारतबाट नेपाल फोन गर्न प्रति मिनेट औसत १० भारु शुल्क रही आएकोमा आइतबारबाट ५ रुपैंयाँ ४० पैसा (भारु) मात्रै लाग्ने भएको छ ।  देशभित्र मात्रै होइन, बाहिरी देशमा बसेका नेपालीलाई दुरसंचारको सहज पहुँच बिस्तार गर्ने क्रममा दिल्लीबाट यो सहुलियत शुल्कको कार्यान्वयन थालिने भएको हो । 'तत्काल दिल्लीमा मात्रै यो सहुलियत मान्य हुनेछ',सहुलियत शुल्कको प्रबन्धमा सहमति गर्न र यसबारे जानकारी गराउन दिल्ली आएका सिंहले कान्तिपुरसँग भने । यो सहुलियत शुल्कको सुरुवातसँगै निश्चित अवधीका लागि ५४ भारुको रिचार्ज (प्रिपेड) मा १० मिनेट नि:शुल्क कुराकानी गर्ने सुविधा पनि थप गरिएको छ । प्रवासी नेपाली सघं, भारतको पहलमा नेपाल टेलिकम तथा एयरटेलबीच संवाद बढाएर यो सहुलियत मुल्य निर्धारण भएको हो । टेलिकमका सहप्रवक्ता एवं उपप्रबन्धक राजेश जोशीले आपसी समझदारीमा यसरी टेलिफोनको शुल्क निर्धारण हुने बताए । अब छिट्टै खाडी मुलुकहरुबाट नेपालमा फोन गर्दा लाग्ने चर्को मुल्य (मिनेट १४ रुपैंयाँ औसत) घटाउन पनि संवाद बढाइने भएको जोशीले बताए । परिवर्तित शुल्कबारे जानकारी दिन आयोजित समारोहमा प्रवासी नेपाली संघका अध्यक्ष लोकनाथ भण्डारी, महासचिव युवराज बाँस्कोटाले जनहितका निम्ति थुप्रै चरणका वार्ता र सम्वादपछि नयाँ शुल्क निर्धारण भएको बताएका थिए । यो परिवर्तित शुल्क तत्काल दिल्लीमा रहेका ५ लाख नेपाली र अन्य उपभोक्ताका निम्ति लाभप्रद रहेको र आउने दिनमा यो शुल्क भारतभर मान्य गराउन थप चरणमा पहल हुने उनीहरुले बताए ।

Monday, September 2, 2013

फोन प्रिपेड, बिल पोस्टपेड :

काठमाडौ, भाद्र १७ - भारत, बैंगलोरमा पढ्ने राजप्रसाद साह, १९, नेपाल टेलिकम (एनटीसी)को पुल्चोकस्थित कार्यालयमा आफ्नो प्रिपेड मोबाइलमा थ्रीजी इन्टरनेट सेवा नचलेको र जति पैसा हाले पनि ब्यालेन्स नदेखिएको गुनासो गररिहेका भेटिए, ११ भदौमा। टेलिकम कर्मचारीले उनको समस्या सुनाउँदै भने, "तपाईंको क्रेडिट ब्यालेन्स देखियो।" पि्रपेड फोनमा तिर्न बाँकी रकम ! एकछिन त उनी अक्क न बक्क परे। साह अघिल्लो साँझ केही बेर स्मार्ट फोनमा इन्टरनेट चलाएर सुतेका रहेछन्। त्यतिबेला ब्यालेन्स ६० रुपियाँ थियो। बिहान नेट चलेन। पैसा सकियो भनेर सय रुपियाँ रिचार्ज गरेछन्। तैपनि, ब्यालेन्स देखाएन। अनि, एनटीसी आएका रहेछन्। साहको गुनासो नसकिँदै ललितपुर, मंगलबजारमा पसल गर्ने सुरेश महर्जन, २२, उस्तै समस्या लिएर आए। उनको १ सय २५ रुपियाँ क्रेडिट ब्यालेन्स -तिर्न बाँकी) देखियो। पाँच सय रुपियाँ हालिसक्दा पनि इन्टरनेट नचलेपछि उनी टेलिकम आएका रहेछन्। जति पैसा हाल्दा पनि सेवा नखुलेपछि उनलाई बिलिङ् शाखाका कर्मचारीले जाउलाखेलस्थित २०५ नम्बर कोठामा जान निर्देश गरे। टेलिकमको पुल्चोकस्थित मोबाइल सेवा निर्देशनालयमा मात्रै दैनिक दुई सय जना यस्तो समस्या लिएर आउने कर्मचारीहरू सुनाउँछन्। एनटीसीले सिस्टम अपग्रेड भइरहेको हुँदा यस्तो समस्या देखिएको भन्दै अखबारहरूमा सूचना प्रकाशित गरेको छ। तर, निर्देशनालयका निर्देशक सुरेन्द्र थिके त्यसलाई स्वीकार गर्दैनन्। भन्छन्, "टेलिकमको थ्रीजी सिस्टम अपग्रेडसँग यो समस्याको कुनै साइनो छैन।"

Thursday, August 29, 2013

IP CDMA प्रविधिको EVDOमा टेलिकमको डेटा प्याकेज

कारोबर सम्बाददाता, काठमाडौं, १३ भदौ - नेपाल टेलिकमले आइतबारदेखि लागू हुने गरी आईपी सीडीएमए प्रविधिको ईभीडीओ सेवामा ‘भोलुमबेस्ड डेटा प्याकेज’ ल्याएको छ । उपभोक्ताले खरिद गर्न चाहेको डेटा भोलुमका लागि आवश्यक रकम रिचार्ज गरी प्याकेजको नाम लेखेर १४५६ मा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ । बाँकी डेटा भोलुम तथा भ्यालिडिटीबारे जानकारी लिन ‘बीएल’ टाइप गरी १४५६ मा एसएमएस गर्न सकिनेछ । ईभीडीओ डेटा नचल्ने पुराना रिमकार्ड निःशुल्क परिवर्तन गर्न सकिने व्यवस्था पनि गरिएको छ । त्यस्तै, ग्राहकले ईभीडीओ रिमकार्डमार्फत भ्वाइस सेवाका साथै सीडीएमएकोे स्मार्ट मोबाइल फोनसेट, ल्यापटप, डेक्सटप, ट्याब्लेट तथा ईभीडीओ डंगोलमार्पmत ३.१ मेगाबाइट्स प्रतिसकेन्ड क्षमतामा इन्टरनेट चलाउन सक्नेछन् ।
कम्पनीले ईभीडीओ सेवालाई बन्डलिङमार्पmत बिक्री–वितरण गरिरहेको छ । बन्डलिङमार्पmत उपलब्ध हुने यो सेवामा ग्राहकले १ जीबी मेमोरीसहितको डंगोल, १ सय रुपैयाँको टक भ्यालु तथा मासिक १ गिगाबाइट डेटाका दरले ३ महिनासम्मका लागि ३ गिगाबाइट डेटा भएको रिमकार्ड २ हजार २ सय (करसहित)मा पाउनेछन् ।टेलिकमले हाल १२ अञ्चलका ४८ जिल्लाका सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्रमा ईभीडीओ सेवा सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले यो सेवालाई ‘स्काई प्रो’ ब्रान्डमा बिक्री–वितरण गरिरहेको छ ।

डेटा भोलुम    महसुल८    प्रतिमेगाबाइट शुल्क    भ्यालिडिटी
५०० एमबी          २००।–                 ४० पैसा             १ महिना
२ जीबी               ७६०।–                 ३७ पैसा            १ महिना
५ जीबी              १७००।–                ३३ पैसा            १ महिना
१० जीबी             २४००।–               २३ पैसा             १ महिना

Thursday, August 22, 2013

मोबाइल इन्टरनेटको दौड, नेपाल टेलिकम र एनसेल मात्र डेटा प्रतिस्पर्धाको अग्रपंक्तिमा

कारोबर सम्बाददाता, काठमाडौं, ६ भदौ- मुलुकको एकचौथाइ जनसंख्या (२५ प्रतिशत)मा इन्टरनेट पहुँच पुगेपछि दूरसञ्चार सेवाप्रदायकको ध्यान डेटातिर मोडिएको छ । बढ्दो प्रतिस्पर्धासँगै उनीहरूले उपभोक्तालाई सस्तोमा इन्टरनेट ‘अफर’ गरिरहेका छन् । दूरसञ्चार प्राधिकरणका अनुसार आव ०६८÷६९ सम्ममा इन्टरनेट प्रयोगकर्ताको संख्या ८० प्रतिशतसम्मले बढेको छ । इन्टरनेट चलाउनेहरू अधिकांश मोबाइलमै निर्भर छन् । त्यसमाथि स्मार्टफोनको बढ्दो प्रयोगसँगै हातहातमा इन्टरनेट पुगेपछि सेवाप्रदायकहरू भ्वाइसभन्दा डेटामै केन्द्रित भएका छन् । १ वर्षअघिसम्म मात्रै आम्दानीको मुख्य क्षेत्र मानिने भ्वाइसमा शुल्क घटाउने प्रतिस्पर्धा थियो । देशभर ६ वटा दूरसञ्चार सेवाप्रदायक छन् । तर, नेपाल टेलिकम, एनसेल र युनाइटेड टेलिकममात्र डेटा प्रतिस्पर्धाको अग्रपंक्तिमा छन् । त्यसमा पनि मुख्य प्रतिस्पर्धा निजी क्षेत्रको पहिलो मोबाइल कम्पनी एनसेल र सरकारी नियन्त्रणको नेपाल टेलिकमबीच नै छ । दुबै कम्पनी टुजी नेटवर्क र थ्रीजी इन्टरनेट सेवा रहेको जीपीआरएस प्रवद्र्धनमा केन्द्रित भएका छन् । उनीहरूले विभिन्न परिमाणका मोबाइल इन्टरनेट प्याकेज ल्याएका छन् । जीएमएमअन्तर्गत टेलिकमको प्याकेज भने कार्यान्वयनमा छैन । एनसेलका ३४ लाख ९४ हजार, टेलिकमका ३१ लाख ६८ हजार, यूटीएलका ९२ हजारले इन्टरनेट चलाउँछन् ।