टेलिकमद्वारा साढे १४ अर्ब रुपैयाँको विस्तार योजना घोषणा
काठमाडौ, श्रावण ५ - गुणस्तरीय मोबाइल सेवा दिन नसके पनि त्यसैबाट कमाएको पैसा अन्य क्षेत्रमा लगानी गर्न अग्र पंक्तिमा देखिएको नेपाल टेलिकमले चालू आर्थिक वर्ष दूरसञ्चार क्षेत्रको पूर्वाधार निर्माणमा १४ अर्बभन्दा बढी रकम खर्च गर्ने जनाएको छ ।
काठमाडौ, श्रावण ५ - गुणस्तरीय मोबाइल सेवा दिन नसके पनि त्यसैबाट कमाएको पैसा अन्य क्षेत्रमा लगानी गर्न अग्र पंक्तिमा देखिएको नेपाल टेलिकमले चालू आर्थिक वर्ष दूरसञ्चार क्षेत्रको पूर्वाधार निर्माणमा १४ अर्बभन्दा बढी रकम खर्च गर्ने जनाएको छ ।
दूरसञ्चार सेवा प्रयोगकर्ताबाट आएको पैसा जलविद्युत्लगायत क्षेत्रमा लगानी गरेको कम्पनीले त्यो पैसा बुझाउने उपभोक्तालाई भने सेवावाट खुसी बनाउन सकेको छैन ।
यस्तै प्रतिस्पर्धा बढिरहेको अवस्थामा पनि ग्राहकको माग अनुसार सेवा उपलब्ध गराउन नसकेको कम्पनीले यस वर्ष सञ्चालन गर्ने भनेको योजनाले भने गुणस्तरीय र भनेको बेला दूरसञ्चार सेवा पाइन्छ कि भनेर ग्राहकमा आशा बढाइदिएको छ । मागअनुसार जिएसएम र सिडिएएम मोबाइल, एडिएसएल इन्टरनेट सेवा दिन नसकेको कम्पनीले मागअनुसार सेवा दिन सक्ने बन्न पूर्वाधार निर्माणमा थप लगानी गर्ने घोषणा गरेको हो ।
तर पनि कम्पनीले चालू आर्थिक वर्षमा पनि मागअनुसार सेवा दिन नसक्ने देखिएको छ । यसका कारण कम्पनीले आव ०६८/६९ मा जिएसएम, सिडिएएम र आधारभूत फोनका ग्राहक जम्मा १६ लाख ५४ हजार मात्र थप गर्ने योजना बनाएको छ । जुन मागभन्दा कम भएको अनुमान गरिएको छ । 'यस वर्षको कार्यक्रम ग्राहकलाई केन्दि्रत गरेर ल्याउन लागेका छौं,' कम्पनीका प्रवन्ध निर्देशक विश्वनाथ गोयलले भने । कम्पनीले जिएसएम र सिडिएमए मोबाइल सेवा, आधारभूत फोन, तारसहित र ताररहित ब्रोडब्यान्ड सेवा र भ्यालु एडेड सर्भिसको विस्तारलगायतलाई प्रथामिकतामा राखेको उनले बताए ।
एक करोड क्षमताको जिएसएम मोबाइल सेवा विस्तारको काम सुरु भएको उनले बताए । टेन्डरको कागजात अन्तिम चरणमा पुगेकाले छिट्टै बोलपत्र आह्वान गर्ने उनले बताए । विभिन्न चरणमा सञ्चालन हुने यो योजना सन् २०१५ सम्ममा पूरा गर्ने कम्पनीको भनाइ छ । यसमा टुजी, थि्रजी र फोरजी सबै सञ्चालन गर्न सकिने बनाइने उनले बताए । नयाँ बस्ती विस्तार भएका क्षेत्रमा अप्टिकल नेटवर्क युनिट र मल्टि सर्भिस एसेस प्रविधिमार्फत टेलिफोन सेवा दिइने कम्पनीले जनाएको छ । हाल सञ्चालनमा रहेको परम्परागत प्रविधिमा आधारित साधारण टेलिफोनलाई आइपी प्रविधिमा रूपान्तरण गरिने कम्पनीका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले बताए । गुणस्तरीय मोबाइल सेवा दिन बिटिएस जडान र रेडियो Frequency अप्टिमाइजेसनको कामलाई पनि अगाडि बढाइने उनले बताए ।
No comments:
Post a Comment