Thursday, December 15, 2011

टेलिकमलाई अख्तियारको निर्देशन- करोड मोबाइल थप्ने योजना रोक

काठमाडौ, पुस १ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको १ करोड जिएसएम मोबाइल लाइन थप गर्ने योजना अगाडि नबढाउन निर्देशन दिएको छ । यस आयोजनामा अत्यधिक अनियमिता भएको आशंकामा उजुरी परेपछि अख्तियारले तत्कालका लागि रोक्न निर्देशन दिएको हो । 'उत्पातै अनियमितता भयो भनेर एक करोड लाइनको आयोजनाको काम तत्काल अगाडि नबढाउन भनेका हौं,' अख्तियारका सचिव भगवती कापmलेले भने, 'यससम्बन्धी सबै कागजात लिएर शुक्रबार अख्तियार आउन टेलिकमलाई भनेका छौं ।'  शुक्रबार हुने छलफलमा अख्तियारका अधिकारी र टेलिकमका अधिकारी संयुक्त रूपमा बस्ने उनले बताए । आइपी सिडिएमए आयोजनामा हुवाईले अनियमिता गरेको आरोप लागेको र फेरि त्यही कम्पनीको आयोजनामा सहभागिता हुने सम्भावना देखिएकाले अख्तियारले थप अध्ययन गर्न चाहेको हो ।
 
अख्तियारले सक्दो छिटो अध्ययन गरेर काम अगाडि बढ्न सक्ने भए त्यसका लागि वातावरण बनाउने उनले बताए । 'अनियमितता नभएको भए तत्काल काम अगाडि बढाउन सक्छ,' उनले भने, 'यदि कुनै शंका देखिए त्यसको अध्ययन सुरु गर्छौं ।' सोलारपावर जडानबारे समेत अख्तियारले अध्ययन गर्ने भएको छ । सोलार खरिद प्रक्रियामा अनियमितता भएको उजुरीको अख्तियारले अध्ययन गरिरहेको छ ।  कर्मचारी युनियनहरूले भने अख्तियारले बिनाकारण काम रोकेको आरोप लगाएका छन् । पक्षपाती भई टेलिकम डुबाउने खेलमा अख्तियार लागेको उनीहरूको भनाइ छ । 'अख्तियारले निष्पक्ष रूपमा भूमिका निर्वाह गर्न सकेको छैन,' नेपाल दूरसञ्चार कर्मचारी संघका अध्यक्ष अशोककुमार कर्णले भने, 'अरू कोहीबाट सञ्चालित भएर टेलिकमका आयोजनालाई पटकपटक अवरोध गरिरहेको छ ।' उनले सोलार पावर जडानको आशंकामा एक करोड लाइनलाई बिनाआधार जोडेर काम अगाडि बढाउन नदिनु आश्चर्यकजनक भएको बताए । लेखा समितिले समेत टेलिकमको कामलाई छिटो अगाडि बढाउन नदिएको आरोप उनको छ । 'कम्पनीमा अनियमितता भएको भए त्यसमा संलग्न व्यक्तिलाई समाएर कारबाही गरोस्,' उनले भने, 'सधैं भाँजो हाल्ने काम मात्र भएको छ । अहिलेसम्म अनियमितता भएकामा कारबाही भएको सुनिएको छैन ।' कम्पनीका अनुसार ग्राहकलाई अत्याधुनिक सेवा प्रवाह गर्न सजिलो होस् भनेर १ करोड लाइन क्षमताको जिएमए मोबाइल खरिदको प्रक्रिया अगाडि बढाइएको हो । यो आयोजना छिट्टै नआए कम्पनीले एक वर्षपछि सिम नभएर ग्राहकलाई दिन नसक्ने अवस्था सिर्जना हुने अधिकारीहरू बताउँछन् । सन् २०१५ सम्म सिम बाँड्ने उद्देश्यका साथ कम्पनीले यो आयोजना सुरु गरेको हो । २० अर्ब लाग्ने अनुमानमा सुरु भएको यो आयोजना टेलिकमले ल्याउन लागेको सबैभन्दा ठूलो हो । टेलिकमका अनुसार यो खरिद प्रक्रियाअन्तर्गत जेडटिई र हुवाई मूल्यांकन प्रक्रियामा छनोट भएका छन् । यी दुवै चिनियाँ कम्पनी हुन् । यस आयोजनाअन्तर्गत कम्पनीले टुजी, थि्रजी र फोरजी प्रविधिमा आधारित मोबाइल सेवा भित्र्याउने छ । दुई चरणमा जडान सञ्चालित हुने आयोजनाको काम दुई कम्पनीले पाउनेछन् । ५२ लाख लाइनको जीएमसएम र यूएमटीएस लाइन मध्यमाञ्चल, पूर्वाञ्चल, सुदूरपश्चिम र मध्यपश्चिम विकास क्षेत्रमा जडानको काम दिइने कम्पनीको सूचनामा उल्लेख छ । दोस्रो चरणअन्तर्गत काठमाडांै उपत्यका र पश्चिमाञ्चल विकास क्षेत्रमा ४८ लाइन क्षमताको पूर्वाधार निर्माण गरिनेछ । 

No comments:

Post a Comment