काठमाडौं, फागुन १५ - तारवाला (पिएसटिएन) र पोस्टपेड मोबाइलका उपभोक्ताले अब महसुल तिर्न टेलिकमको काउन्टरसम्म पुग्नु नपर्ने हुँदैछ। आउँदो सातादेखि टेलिकमले रिचार्ज कार्डबाटै यी दुवै प्रकारका टेलिफोनको महसुल तिर्ने सुविधा दिन लागेको छ। टेलिकमले ई-सर्फ कम्पनीसँग गरेको सम्झौताअनुसार तारवाला टेलिफोनको महसुल प्रिपेड रिचार्ज कार्डबाटै तिर्न सकिने प्रविधि ल्याउन लागिएको टेलिकम प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले बताए। 'पहिलो चरणमा ल्यान्डलाइन (पिएसटिएन) र जिएसएम पोस्टपेड मोबाइलमा यो सुविधा दिन लागिएको हो,' उनले भने। टेलिकमले बजारमा बिक्री गरिरहेको जिएसएम प्रिपेड (नमस्ते) रिचार्ज कार्डबाटै ल्यान्डलाइन र पोस्टपेडको महसुल तिर्न सकिन्छ। 'आउँदो सातादेखि यो सुविधा सुरु गर्न सबै प्रकारकापरीक्षणसमेत पूरा भइसकेको छ,' उनले भने, 'कुनै समस्या आएन भने तत्कालै सुरु हुनेछ।' यो सेवा सुरु भएपछि पोस्टपेडको महसुल तिर्न टेलिफोनका काउन्टरमै पुगेर लाइन लागेर तिर्नुपर्ने अवस्था अन्त्य हुनेछ। अहिले जिएसएम पोष्टपेडका उपभोक्ता एक लाख ६७ हजार छन्।
पोस्टपेडका ग्राहक सहरी क्षेत्रभन्दा टाढा हुँदा महसुल समाप्त भएर लाइन काटिने अहिलेको समस्यालाई रिचार्जकार्डको माध्यमबाट समाधान हुने अपेक्षा टेलिकमको छ। ल्यान्डलाइनको पनि रिचार्जकार्डबाट आफूलाई आवश्यकता अनुसार महसुल तिर्न सकिनेछ। ग्राहकले आफ्नो आवश्यकता अनुसार पहिले नै रिचार्ज गरेर ब्यालेन्स थप्न, लाइन काटिनबाट रोक्न यसबाट सहयोग पुग्ने थिकेले बताए। दुर्गममा बस्ने ल्यान्डलाइनका उपभोक्ताले महसुल तिर्न सदरमुकामसम्म पुग्नु पर्दैन। रिचार्जकार्डबाट जुन फोनको जहाँबाट पनि महसुल तिर्न सकिनेछ। अहिले वितरण भएकेा ल्यान्डलाइनको संख्या ६ लाख १२ हजार छ। 'सबैभन्दा महŒवपूर्ण ग्राहकले टेलिकमको काउन्टरसम्म पुग्नुपर्ने, लाइन लागेर महसुल तिर्नुपर्ने अवस्थालाई यसले अन्त्य गर्नेछ,' उनले भने। सरी अहिले प्रिपेड मोबाइलमा रिचार्ज गर्दा ब्यालेन्स थपिन्छ त्यस्तैगरी पोस्टपेड मोबाइल र ल्यान्डलाइनमा रिचार्ज गर्न सकिन्छ। रिचार्ज गर्ने तरिका भने अर्को हप्तामात्र सार्वजनिक गर्ने योजनामा टेलिकम छ। टेलिकमले एडिएसएलको महसुल पनि रिचार्ज कार्ड र पिनलेस सेवाबाट तिर्न सकिने व्यवस्था लागेको छ। पहिले पटक ल्यान्डलाइन र पोस्टपेड मोबाइलको सुरु गरिसकेपछि एडिएसएलमा पनि छिट्टै सुरु गर्ने तयारी टेलिकमको छ। टेलिकमले दिने सबै प्रकारका प्रविधि र सेवाको महसुल एउटै काउन्टरबाट दिन सकिने गरि कन्भरजेन्स बिलिङको लागि समेत गत महिना सम्झौता गरिसकेको छ। सिंगापुरको एसिया इन्फो लिङ्केजसँग गत पुस २१ गते सम्झौता भइसकेको छ। यसअनुसार एउटा परिवारका सबै सदस्यले प्रयोग गर्ने सबै प्रकारका टेलिफोन, एडिएसएलको एउटै बिलिङ हुनेछ। रिचार्ज कार्डबाट महसुल तिर्ने प्रविधिमा ल्यान्डलाइन र जिसएमएम पोस्टपेड मोबाइलको मात्र तिर्न सकिए पनि कन्भरजेन्स बिलिङबाट भने टेलिकमले अहिले दिइरहेका सेवा र भविष्यमा दिने प्रविधिको समेत एउटै बिलिङ हुने छ।
No comments:
Post a Comment