गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २२ गते। सरकारी स्वामित्वको एक मात्र अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले करिब ७४ लाख ग्राहकहरूलाई जोड्न सफल भएको छ। 'लाखौं हात नेपालीहरूको-साथमा साथ नेपाल टेलिकमको' नाराका साथ आˆनो स्थापनाको आठौं वाषिर्कोत्सव मनाउँदै गरेको टेलिकमले अघिल्लो वर्षसम्म करिब ५५ लाख मात्र ग्राहक सङ्ख्या पुर्याएको टेलिकमले एकै वर्षमा १९ लाख ग्राहक बढाउन सफल भएको दावी गरेको छ। टेलिकमले आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा आइतबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै सूचना तथा सञ्चार राज्यमन्त्री सुरिताकुमारी साहले जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन नेपाल टेलिकमलाई सक्षम बनाउनुपर्नेमा जोड दिनुभएको छ। टेलिकममा नेपाल सरकारको ९२ प्रतिशत स्वामित्व रहेको जनाउँदै उहाँले आर्थिक उदारिकरण र प्रतिस्प्रधात्मक वातावरणमा अगाडि बढ्नका लागि कम्पनीलाई सक्षम बनाउन आवश्यक भौतिक एवम नीतिगत सुधार गर्न सरकार तयार रहेको बताउनुभयो। दूरसञ्चारको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्नका लागि आवश्यक पर्ने नीति निर्माण एवम योजनासहित सम्बन्धित सरोकारवालालाई आउन आग्रह गर्दै राज्यमन्त्री साहले यस क्षेत्रको विकासका लागि सरकार प्रयत्नशील भएको उल्लेख गर्नुभयो।
देशका ४५ प्रतिशत जनता अझै दूरसञ्चार सेवाबाट वञ्चित रहेको तर्फ सङ्केत गर्दै उहाँले सबै क्षेत्रमा बसोबास गर्ने जनतालाई गुणस्तरीय सेवा पुर्याउनु दूरसञ्चार कम्पनीको जिम्मेवारी भएको स्पष्ट पार्नुभयो।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव अवनिन्द्रकुमार श्रेष्ठले आजको युगमा दूरसञ्चार सेवाको गुणस्तरीयतामा सुधार नगरिकन प्रतिस्पर्धामा गर्न कठिन हुने भन्दै सार्वजनिक खरिद ऐनले गुणस्तरीय सामान खरिद गर्न बाधा नपुर्याएको उल्लेख गर्नुभयो। सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका सचिव श्रेष्ठले सबै जनतालाई सेवा दिने अधिकार पाएको नेपाल टेलिकमले गुणस्तरमा सुधार ल्याउन नसके प्रतिस्पर्धामा टिक्न नसक्ने उल्लेख गर्दै संस्थाको चुनौती बुझ्न सबै समक्ष आग्रह गर्नुभयो। कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंहले हालसम्म कम्पनीले ७५ वटै जिल्लाका ७४ लाख जनतालाई आˆनो सेवा उपलब्ध गराउँदै आएको जानकारी दिँदै दुर्गम क्षेत्रमा पनि भू-उपग्रहमार्फत सेवा उपलब्ध गरेको उल्लेख गर्नुभयो। उहाँले कम्पनीले अघिल्ल्ाो वर्ष २७ अर्ब २२ करोड रूपियाँ अम्दानीलाई ९ दशमलव ६५ प्रतिशतले वृद्धि गरेको र यस वर्ष २९ अर्ब ८५ करोड पुगेको जानकारी दिँदै सोही अवधिमा कम्पनीको मुनाफा १२ अर्ब १२ करोड रूपियाँ पुगेको उल्लेख गर्नुभयो। उहाँले धेरै नेपाली बसोबास गर्ने विश्वका १० मुलुकहरूका सेवा प्रदायकहरूसँग प्रत्यक्ष अन्तरआबद्धता गरी कल आदानप्रदान गर्ने कम्पनीको योजनाअनुसार भारत, कतार मलेसिया, युएई र बंगलादेशका दूरसञ्चार सेवा प्रदायकहरूसँग सम्झौता भइसकेको जानकारी दिनुभयो। यी प्रयासबाट एकातर्फ रोजगारी तथा अध्ययनको सिलसिलामा विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई विश्वसनीय तथा सहुलियतपूर्ण दूरसञ्चार सेवाको माध्यमबाट आˆनो पारिवारिक सम्बन्ध सुदृढ गर्न सहयोग पुग्ने तथा अर्कोतर्फ अन्तर्राष्ट्रिय सञ्जालको विस्तारबाट कम्पनीको व्यापारमा अभिवृद्धि गर्न टेवा मिल्ने उहाँको भनाइ छ। नेपालको सूचना र प्रविधिको क्षेत्रको नेपाल स्टक एक्सचेन्जमा सूचीकृत एकमात्र सस्था टेलिकमले आˆना सेयरधनीलाई आˆनो नाफाबाट ४५ प्रतिशत नगद लाभांश दिने जनाएको छ।
No comments:
Post a Comment