काठमाडौ, फाल्गुन ६ -
कान्तिपुर संवाददाता
नेपाल टेलिकमले चिनियाँ कम्पनी हुवावेसँग ५२ लाख जीएसएम मोबाइल विस्तारका
लागि सम्झौता गरेको छ । जुन विस्तारअन्तर्गत मध्यमाञ्चलको काठमाडौं
उपत्यकाबाहिर, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चलमा दुई
वर्षभित्र नयाँ जीएसएमको सेवा थपिनेछन् ।
टेलिकमले १ करोड जीएसएम मोबाइल विस्तारको टेन्डर हुवावेले पाएपछि पहिलो
चरणको विस्तार हुन लागेको छ । जसमा हुवावेले उपकरण जडान, सेवा सुरु गर्ने र
५ वर्षसम्म मर्मत सेवा दिनेछ । टेलिकमले सार्वजनिक खरिद ऐनका प्रावधान
कार्यान्वयन गर्दा सम्झौता समयमै हुन नसकेको उल्लेख गरेको छ । यो दुवै
चरणमा हुने यो विस्तार टेलिकमले सञ्चालन गरेको हालसम्मकै ठूलो हो । कम्पनीले दुई महिना हुवावेसँग छलफल गरेपछि सम्झौतामा बिहीबार हस्ताक्षर
गरेको हो । टेलिकमले पहिलो चरण विस्तारको लागत १० अर्ब बढी हुने उल्लेख
गरेको छ । कम्पनीले पछिल्लो सम्झौता र त्यसबाट हुने विस्तारका कारण
प्रतिस्पर्धात्मक क्षमता बढ्ने उल्लेख गरेको छ । जीएसएम सेवामा टेलिकम
दोस्रो स्थानमा छ । कम्पनीले विकट स्थानमा पनि सेवा विस्तार गरेर सामाजिक
दायित्व निर्वाह गर्न आयोजना महत्त्वपूर्ण हुने उल्लेख गरेको छ । कम्पनीले १
करोड जीएसएम मोबाइल खरिदका लागि खुला गरेको टेन्डरमा चिनियाँ कम्पनी
जेटीई, स्विडिस कम्पनी इरिक्सन र हुवावेले प्रतिस्पर्धा गरेका थिए । जसमा
सबैभन्दा कम रकममा हुवावेले काम गर्ने प्रस्ताव गरेको थियो ।
No comments:
Post a Comment