कारोबार संवाददाता काठमाडौं, ३ पुस - नेपाल टेलिकममा चौथो कार्यकालका लागि प्रबन्ध निर्देशक हुने लबिङमा जुटेका अमरनाथ सिंहले अवकाश प्राउने भएका छन् । दोहोरो उमेर पेस गरेका कर्मचारीको प्रमाणपत्रमा छिटो अवकाश हुने मितिलाई मान्यता दिने टेलिकम सञ्चालक समितिको निर्णयसँगै सिंह प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।उमेर हदबन्दीका कारण विवादमा परेका निमित्त प्रबन्ध निर्देशक सिंहको विषय लम्बिएपछि सूचना तथा सञ्चार मन्त्रालयले जवाफ दिन लेखेको पत्रमाथि छलफल गर्दै सञ्चालक समितिले यस्तो निर्णय लिएको हो ।नेपाल दूरसञ्चार कम्पनी विनियमावलीको दफा १०७ को उपदफा १ मा ‘सेवा सुरु गर्दा पेस गरिएका एसएसलसी वा सोसरहको योग्यता प्रमाणपत्रका आधारमा उमेर गणना हुने’ उल्लेख छ । दफा २ मा ‘नागरिकता प्रमाणपत्र वा सेवा सुरु गर्दा भरिएको सिटरोल फर्मका आधारमा उमेर गणना हुने’ छ । पेस गरिएका कागजातको जन्ममिति फरक परेको भेटिए जुन कागजातका आधारमा पहिले ५८ वर्ष पूरा हुन्छ, त्यसैलाई आधार मान्ने उल्लेख छ ।विनिमावलीमा यस्तो व्यवस्था हुँदाहुँदै पनि शैक्षिक प्रमाणपत्रलाई आधार मान्दै सिंह कार्यकाल लम्ब्याउने प्रतिस्पर्धामा थिए । नागरिकताअनुसार उनले असार २३ मा ५८ वर्ष उमेर पूरा गरिसकेका छन् । तर, शैक्षिक प्रमाणपत्रका आधारमा उनको उमेर पुस १४ मा मात्रै ५८ वर्ष पुग्छ । सञ्चालक समितिले बुधबार गरेको निर्णय र विनियमावलीको दफा २ अनुसार सिंहले उमेरको हदबन्दीभन्दा ३ महिना बढी प्रबन्ध निर्देशक खाइसकेका छन् ।आइतबार सूचना तथा सञ्चार मन्त्रालयले कानुन मन्त्रालयको रायमा सिंहको पदावधिको विषयलाई लिएर पत्र पठाएको थियो । सो पत्रपछि टेलिकम सञ्चालक समितिले बुधबार बैठक बोलाएको हो । सरकारले ०६८ असोज २८ मा २ वर्षका लागि सिंहलाई प्रबन्ध निर्देशक नियुक्त गरेको हो । पदावधि र उमेर हदको विवाद बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसमा छानबिन गरेको थियो ।
नागरिक दैनिक, बिहीबार १७ श्रावण, २०७०सन्तोष पोखरेल
पोखरा— नेपाल टेलिकमले आइपिसिडिएमए प्रविधिमा आधारित इन्टरनेट सेवा प्याकेजमा उपलब्ध गराउन थालेको छ। पोखरा र आसपास क्षेत्रमा बुधबारदेखि बिक्री थालिएको यो प्रविधिबाट तेस्रो पुस्ता (थ्रिजी) को इन्टरनेट चलाउन सकिने टेलिकमले जनाएको छ। पुरानो प्रविधि विस्थापन गरेको टेलिकमले डाटा प्याकेजमा युएसबी डोंगोलसहित प्याकेज उपलब्ध गराउन थालेको बुधबार आयोजित पत्रकार भेटघाटमा वायरलेस सेवाका नायब प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले जानकारी दिए। 'इभिडिओ सेवामार्फत भ्वाइस सेवाको अतिरिक्त ३.१ एमबिपिएस डाउनलोड क्षमतामा इन्टरनेट चलाउन सकिन्छ,' भट्टराईले भने, 'यो निकै प्रभावकारी बन्दै गएको छ।' टेलिकमले गत वैशाखदेखि पोखरा र आसपासमा डाटाकार्ड बिना इभिडिओ सेवा बिक्री गरिरहेको थियो।
टेलिकमले डाटा प्याकेज बिक्री थालेको अवसर पारेर यसका प्रयोगकर्तालाई छुट योजना अघि सारेको छ । भट्टराईका अनुसार डाटाकार्ड सहित उपलब्ध हुने यो सेवामा ग्राकहले २ हजार ३ सय ५९ रुपैयाँ तिरेपछि ५ जिबी डाटा पाउँछन् । त्यससँगै १ जिबीको मेमोरीकार्ड, १ सय रुपैयाँको 'टकभ्यालु'को सुविधा पाउनेछन् । ५ जिबी डाटाको समय तीन महिना हुने उनले जानकारी दिए । 'यसको वास्तविक मूल्य करिब ५ हजार रुपैयाँ पर्छ, तर शुभारम्भको अवसरमा विशेष छुट दिएका हौं,' उनले भने । बजारमा हाल बिक्री भइरहेका यस्तै सेवामध्ये टेलिकमले ल्याएको यो प्याकेज सबैभन्दा सस्तो भएको उनले दाबी गरे । 'अरु कम्पनीको भन्दा यसको मूल्य निकै सस्तो छ । अहिले एक मेगाबाइटको मूल्य ५० पैसा पर्छ । सबै कम्पनीले यति सस्तोमा यो सेवा दिन सकेका छैनन्,' उनले भने । आइपिसिडिएमए प्रविधिको सेवा अहिलेसम्म देशका ४५ जिल्लामा सञ्चालनमा आएको टेलिकमले जनाएको छ । आगामी दसैंभित्र मुलुकभर पहुँच पु¥याउने टेलिकमका भट्टराईले जानकारी दिए । यसले नेपालको डिजिटल डिभाइड कम गर्न योगदान पुर्या उने भट्टराईले बताए ।