Support

एप्पल अाइडी फ्रि मा बनाउन यसाे गर्नुहाेस् (Make Apple ID FREE in Nepal)

आइफोन लगायतका स्मार्टफोनहरु चलाउन स्मार्ट हुनुपर्छ। क्यामेरा मात्रै चलाउने हो भने त स्मार्टफोन आवश्यकै पर्दैन। स्मार्टफोनहरुका विशेषता संसारभरका स्वतन्त्र डेभलपरहरुले बनाएका विभिन्न एप्लिकेसनहरु हुन्। यसलाई छोटकरीमा एप्स भनिन्छ। लोडसेडिङ कतिबेला हुँदो रहेछ भनेर हेर्न होस् कि टेम्पल रन टुदेखि एंग्री बर्डस्सम्मका गेम खेल्न होस्। आइफोनलाई टर्चका रुपमा प्रयोग गर्न होस् कि मौसमको जानकारी लिन, काठमाडौँमा बसेर इलामको एफएम सुन्न होस् कि न्युरोडमा बसेर न्युयोर्कको रेडियो सुन्न, यस्ता लाखौँ एप्लिकेसन्सहरु छन् जसले दैनिक जीवनलाई सहज बनाउँछ, रमाइलो बनाउँछ, तपाइँलाई एक्लो हुन दिँदैन। एप्स चलाउन थालेपछि तपाइँलाई थाहा हुन्छ, एप्स बिना त तपाइँको स्मार्टफोन केही पनि हैन।
स्मार्टफोनमा मुख्यतः दुई किसिमका अपरेटिङ सिस्टम बढी प्रचलनमा छ, एप्पलको आइओएस र गुगलको एन्ड्रोइड। आइओएस आइफोन, आइपड टच, आइप्याडमा प्रयोग हुन्छ भने सामसुंग, एलजी लगायत विभिन्न ब्रान्डका मोबाइलमा एन्ड्रोइड प्रयोग हुन्छ। एन्ड्रोइडका एप्स डाउनलोड गर्ने प्रक्रिया आइओएसमा भन्दा सजिलो छ। प्रक्रिया अलि लामो भएकैले कतिलाई एप्स कसरी डाउनलोड गर्ने थाहा नभएर आफन्त वा साथीभाइले विदेशबाट उपहारस्वरुप पठाइदिएका आइफोनहरु फोनमा कुरा गर्न र फोटो खिच्न र अरुलाई धाक देखाउनमात्रै प्रयोग भइरहेका छन्। अलिकति स्मार्ट हुने हो भने स्मार्टफोनलाई स्मार्टली प्रयोग गर्न खासै गाह्रो छैन। आउनुस्, आज आइफोनमा एप्स कसरी डाउनलोड गर्ने सिकौँ।
आइफोनमा एप्स डाउनलोड गर्न तपाइँसित वाइफाइको सुविधा हुनुपर्छ। अथवा तपाइँको आइफोनमा इन्टरनेट चल्ने हुनुपर्छ। यो आधारभूत सुविधा त धेरैसित भएकै हुन्छ। त्यसपछि तपाइँलाई चाहिन्छ एप्पल आइडी। धेरैसँग यही हुँदैन। अनि यो नभई तपाइँले आफूलाई चाहिएको एप्स डाउनलोड गर्नै मिल्दैन।
खासमा एप्स दुई प्रकारका हुन्छन् पैसा तिरेर किन्नुपर्ने र निःशुल्क। पैसा तिरेर किन्नुपर्ने एप्स त नेपालबाट किन्न सकिँदैन, किनभने हामीसँग अन्तर्राष्टिय कारोबार गर्ने क्रेडिट कार्ड हुँदैन। तर फ्रि एप्स भने हामी मज्जैले चलाउन सक्छौँ। यसका लागि तपाइँले फ्रि एप्पल आईडी बनाउनु पर्ने हुन्छ। यसको प्रक्रिया यस्तो छः
१) सुरुमा तपाइँको आइफोनमा रहेको एप स्टोरमा थिच्नुस्। तपाइँले फ्रि एप्पल आइडी बनाउन चाहेकोले सुरुमा तपाइँले फ्रि एप्लिकेसन डाउनलोड गर्ने प्रयास गर्नुपर्छ। त्यसका लागि मुनि रहेको टप २५ मा थिच्नुस्। त्यसपछि माथि रहेको अप्सनहरुमा टप फ्रि क्लिक गर्नुस्। त्यसपछि देखिने कुनै पनि फ्रि एप तपाइँ रोज्न सक्नुहुन्छ। अथवा टप २५ मा क्लिक नगरी सर्च थिचेर फेसबुक वा अन्य कुनै फ्रि एप्ाको नाम टाइप गर्दा पनि हुन्छ। रोजेको एपमा थिच्नुस्।
२) अब त्यो एपको बारेमा जानकारी दिने पेज खुल्छ। ध्यान राख्नुस् कि एप डाउनलोड गर्ने ठाउँमा फ्रि लेखिएको हुनुपर्छ, यति डलर तिर्नुपर्छ भन्ने जानकारी हैन। फ्रि लेखिएको ठाउँमा एक पटक थिच्नुस्, त्यो निलो रंगको फ्रि लेखिएको ठाउँ हरियो रंगको इन्स्टल लेखिएकोमा बदलिन पुग्छ। इन्स्टलमा थिच्नुस्।
३) अब तपाइँलाई साइन इन गर्न भनिनेछ। तपाइँलाई तीन वटा विकल्प दिइनेछः भएको एप्पल आइडी प्रयोग गर्ने कि, नयाँ एप्पल आइडी प्रयोग गर्ने कि क्यान्सिल गर्ने।
४) तपाइँको आइफोनमा यसअघि नै कसैले अर्कै एप्पल आइडी प्रयोग गरिसकेको छ भने इन्स्टल थिच्ने बित्तिकै तपाइँसित पासवर्ड पो मागिनेछ। पासवर्ड मागिएको हो भने तपाइँले आफ्नो आइफोनबाट त्यो अकाउन्टलाई हटाउनु पर्ने हुन्छ। यसका लागि सेटिंग्समा थिच्नुस्। त्यसपछि स्टोरमा थिचेर साइन आउट रोज्नुस्। फेरि माथिको १ देखि ३ सम्मको प्रक्रिया अपनाउनुस्।
५) ३ नम्बरको प्रक्रियापछि दिइएका तीन विकल्पमा क्रिएट न्यु एप्पल आइडीमा थिच्नुस्।
६) त्यसपछि तपाइँलाई आफ्नो देश वा क्षेत्र छान्न भनिनेछ। त्यसमा नेपाल छान्नुस् र नेक्स्ट थिच्नुस्।
७) अब तपाइँलाई ३२ पेजका शर्तहरु देखाइनेछ। त्यसको मुनि एग्री लेखिएको बटनमा थिच्नुस्। मैले पढिसकेँ भनेर फेरि एक पटक तपाइँलाई क्लिक गर्न लगाइनेछ।
८) अब नयाँ पेज खुल्नेछ। त्यसमा तपाइँले आफ्नो इमेल ठेगाना र पासवर्ड दुई पटक राख्नुपर्ने हुन्छ। पासवर्ड कम्तिमा आठ वटा अक्षर भएको र त्यसमा क्यापिटल अक्षर, स्मल अक्षर र नम्बर समेत हुनुपर्छ। स्पेस प्रयोग गर्न पाइँदैन र एउटै अक्षर तीन पटक पनि प्रयोग गर्न पाइँदैन। पासवर्डको मुनि केही सेक्युरिटी इन्फोहरु छन्। त्यसमा तपाइँले प्रश्न छान्दै जवाफ लेख्नुस्। भोलिपर्सि तपाइँको पासवर्ड हरायो भने भेरिफाई गर्न यो काम लाग्छ। त्यसको मुनि अप्सनल रेस्क्यु इमेल ठेगाना राख्ने ठाउँ छ। माथिको भन्दा फरक ठेगाना यसमा प्रयोग गर्नुस्। त्यसमुनि तपाइँले आफ्नो जन्ममिति राख्नुस्। त्यसपछि नेक्स्ट थिच्नुस्।
९) अब तपाइँलाई बिलिंग इन्फरमेसन देखाइनेछ। यसमा भिसा, मास्टरकार्ड आदि क्रेडिट कार्डको जानकारी राख्न भनिएको हुन्छ। सबैभन्दा मुनि नन लेखिएको हुन्छ। त्यसलाई छान्नुस्। नन लेखिएको भेट्नु भएन भने माथिका सबै प्रक्रिया राम्रोसँग दोहोराएर हेर्नुस्, के तपाइँले माथि भने जस्तै गर्नुभएको छ? छ भने निश्चित रुपमा यो हुनुपर्छ।
१०) नन छनौट गरिसकेपछि तल बिलिंग एड्रेसका रुपमा तपाइँले आफ्नो नाम ठेगाना राख्नुपर्छ। पोस्टकोड पनि मागिएको हुन्छ, त्यसमा अरु राखियो भने लिन मान्दैन, 000977 राखिदिँदा हुन्छ।
११) त्यसपछि तपाइँलाई तपाइँको इमेल ठेगानामा एउटा भेरिफिकेसन इमेल पठाइन्छ। इमेल खोल्नुस् र त्यसमा दिइएको लिंकमा क्लिक गर्नुस्। त्यो लिंकमा तपाइँको एप्पल आइडी र पासवर्ड राख्न भनिनेछ। तपाइँको इमेल तपाइँको एप्पल आइडी हो भने पासवर्ड चाहिँ तपाइँले अघि एप्पल आइडी खोल्दा प्रक्रिया नम्बर ८ मा राख्नुभएको चाहिँ। साइन इन गर्नुस्। अब तपाइँको फ्रि इमेल आइडी तयार भयो।

Facebook & Twitter via SMS Now in Nepal

Finally, the wait is over for us Nepalese. The real fun and excite of updating your Facebook message and Tweets by sending an SMS is in our reach. These are, btw, not official Facebook andTwitter numbers or services which have been in use since long in many other countries.
Sparrow SMS, power of Text, has brought Facebook via SMS and Twitter via SMS connectivity among the Nepalese Mobile Telephone Operators. Sparrow SMS is the product of Janaki Technology Pvt Ltd, an outsourcing company based in Kathmandu. What is Sparrow SMS? Sparrow SMS is a complete SMS Service powered by SMSFOX engine capable of running any type of SMS campaign and everything possible in Nepal via SMS (as written in their home page.)
How to update Facebook status via SMS in NTC  Mobile?
First, connect SparrowSMS to your Facebook account (click here to do so) and grant permissions for SparrowSMS to publish to your wall. We assume SparrowSMS will use this feature only for the purpose of posting our SMS sent status on FB Wall.
Enter your mobile number (NTC ) and your email address.
To update Facebook status via SMS
Type FB <space> your-status-message-to-fb-wall; then SEND to 4001
Charge per SMS is Re 1 + tax ie Rs 1.24
According their website, this service has been in active since October 1, 2010. Read SparrowSMS privacy policy and Terms of Conditions.

How to send Tweets or update Twitter via NTC  SMS?
To update Twitter via SMS
Type TW <space> your-max-140-character-tweet; then SEND to 4001
However, you need to authorize Sparrow SMS to access (read/write) your Twitter account. This means Sparrow SMS is not directly associated with Twitter, they will perform a two-step action to update your Tweets. We could not find any apps but the authentication permission to Sparrow SMS for allowing to update Tweets like in Facebook (see the steps in screenshot.)
Sadly, our Twitter verification failed and were taken to this page https://nepal.sparrowsms.com/index.php/sms_twitter/callback

Make Nepali fonts clear in your mobile through Opera...


Start your OPERA MINI in your (Gadgets)
Type <opera:config> in your address box
Go to the <Power user settings>
Go to the last of the page…
Use bitmap fonts for complex scripts (Yes/No)
Select <Yes>
Save
Restart your browser

Note: Not efficient in opera mobile(downloaded from OVI)

For more details

How to Correct Error of MS Word while Typing Nepali through Fontasy_Himali_TT or Preeti etc. (तपाइको कम्प्युटरमा नेपाली फन्ट प्रयोग गर्दा उकार टाइप गर्न समस्या छ ?? )
१. MS Word को File खोल्नुहोस
२. बाया तिरको Office Bottom मा गएर Word Option छान्नुहोस्
३. Proofing मा गएर Auto Correction Option मा जानुहोस
४. Auto Format As You Type मा गएर, "Straight Quotes" with "Smart Quotes" लाइ Deselect गर्नुहोस
५. तपाईंको प्रक्रिया Save गर्नुहोस, प्रक्रिया सफल भयो .

Convert Nepali to English and English Date to Nepali Date: