Monday, May 27, 2013

SLC २०६९ का विद्यार्थीलाइ टेलिकमले सुन्य रुपैयामा सिम र रिम दिने

स्रोत: नेपाल टेलिकम , ब्यापार व्यवस्थापन बिभाग 
नेपाल टेलिकमले एस.एल.सी. दिएर बसेका विद्यार्थीहरुको लागि CDMA प्रविधिको रिम  र  GSM प्रविधीको सिम  दुवै सत प्रतिसत छुटमा वितरण गर्ने भएको छ . इच्छुक बिद्यार्थीहरुले रु. १०० मा १०० नै ब्यालेन्स भएको यस्तो सिम तथा रिम नेपाल टेलिकमका जुनसुकै बिक्रि केन्द्रबाट लिन सक्ने कम्पनिले जनाएको छ . यो अफर २०७० जेस्ठ १६ देखि असार २५ गते सम्मको लागि मात्र ल्याइएको हो .  

आवस्यक कागजातहरु: 
  1. आवस्यक विवरण भरिएको आवेदन फारम
  2. २०६९ को SLC मा सहभागी भएको प्रबेस पत्रको फोटोकपि
  3. नागरिकता प्रमाणपत्रको फोटोकपि
  4. नागरिकता नभएमा बाबु वा आमाको नागरिकता प्रमाणपत्रको फोटोकपी 

Monday, May 20, 2013

वाइम्याक्स लुम्बिनी अञ्चलभर

मनोरञ्जन शर्मा, कारोबार 
NT WiMAX Coverage

भैरहवा, ५ जेठ- नेपाल टेलिकमको फोर जी प्रविधिमा आधारित वाइम्याक्स इन्टरनेट सेवा लुम्बिनी अञ्चलका ६ जिल्लामा नै पुगेको छ । नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवाले वाइम्याक्स सेवाका बारेमा आयोजना गरेको अन्तरक्रियामा सो जानकारी गराएको हो । सहर मात्र नभई ग्रामीण क्षेत्रमा पनि ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगोस् भन्ने उद्देश्यसहित लुम्बिनी अञ्चलका ६ जिल्लाका प्रमुख सहर भैरहवा, बुटवल, तानसेन, परासी, कपिलवस्तु, अर्घाखाँची, तम्घासमा मात्र नभई ग्रामीण भेगमा समेत बीटीएस टावर स्थापना गरी सर्वसाधारणलाई दु्रत गतिको इन्टरनेट वाइम्याक्स सेवाको पहुँच दिन सफल भएको टेलिकमका पश्चिमाञ्चल क्षेत्रीय निर्देशक विजय ठाकुरले बताए । वाइम्याक्स सेवाका लागि नेपाल टेलिकमले पूर्वक्षेत्रमा काठमाडांै सुनधारा र नारायणी पश्चिम क्षेत्रका लागि बुटवलका कोर नेटवर्क स्टेसन स्थापना गरी इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । पश्चिम क्षेत्रको कोर स्टेसन बुटवलमा भएकाले पनि यस क्षेत्रको प्रायः  सबै स्थानमा वाइम्याक्सको पहुँच पुग्न सकेको र अन्य ग्रामीण स्थानमा समेत छिट्टै पु¥याउने क्षेत्रीय निर्देशक ठाकुरले उल्लेख गरे । वाइम्याक्स सेवाका लागि रूपन्देहीको भैरहवा, बुटवलसहित आठ स्थानमा, पाल्पाको तानसेनसहित चार स्थानमा अर्घाखाँचीमा चार, गुल्मीमा पाँच, नवलपरासीमा चार तथा कपिलवस्तुका तीन स्थानमा बीटीयस टावर जडान भएको छ । वाइम्याक्स सेवा दु्रतगतिको सबैभन्दा सफल र भरपर्दो इन्टरनेट भएकाले सर्वसाधारण, बैंक वित्तीय संस्था, सरकारी कार्यालय, कर्पोरेट हाउस, होटल व्यवसायलगायतले फाइदा लिन सक्ने ठाकुरले जनाए ।  लुम्बिनी अञ्चलमा सेवा सुरुको छोटो अबधिमै ४२ जना ग्राहकले वाइम्याक्स प्रयोग गरिसकेको कार्यक्रममा बताइयो । यो सेवा प्रयोगका लागि उपभोक्ताले यूएसबी डंगोल, इन्डोर तथा आउटडोर सीपीई डिभाइस आफ्नो ल्यापटप अथवा डेस्कटपमा जडान गर्नुपर्छ । यूएसबी डंगोलले २ किमि परिधी, इन्डोर सीपीईले ८ किलोमिटरसम्म र आउटडोर सीपीईले २५ किलोमिटर परिधिसम्म काम गर्ने भएकाले ग्राहकहरूलाई वाइम्याक्स सेवा निकै राम्रो हुने जनाइएको छ । होटलहरूमा वाइम्याक्स सेवा लिई त्यस्लाई वाईफाई इन्टरनेटमा प्रयोग गर्न सकिनेसमेत कार्यक्रममा बताइयो । कुनै एक स्थानबाट वाइम्याक्स सेवा लिएका उपभोक्ताले सोही पासवर्डबाट देशको कुनै पनि कुनामा यो सेवा चलाउन सकिन्छ । कार्यक्रममा नेपाल टेलिकमले मुलुकका १५ सयभन्दा बढी स्थानमा ‘हट स्पट वाईफाई सेवा’ दिन थालेको टेलिकमले जनाएको छ । टेलिकमले वाइम्याक्स सेवाका लागि जेठ ३ गतेदेखि सुरु हुने गरी अनलिमिटेड  प्याकेज सेवा सुरु गरिसकेको  छ ।

Wednesday, May 15, 2013

टेलिकमको नाफा १ अर्ब ५८ करोडले घट्यो


काठमाडौं, १ जेठ- कारोबार,  नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८ अर्ब ४९ करोड ७७ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा आव ०६८/६९ को सोही अवधि तुलनामा १५.७ प्रतिशतले थोरै हो । ०६८/६९ को चैत मसान्तसम्म कम्पनीले १० अर्ब ८ करोड १० लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । टेलिकमले प्रकाशित गरेको तीन महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार चालू आवको तेस्रो त्रैमाससम्ममा सेवा प्रदानबाट हुने आम्दानी बढे पनि अन्य क्षेत्रबाट हुने अम्दानी घटेको देखिएको छ । कम्पनीका सहायक प्रवक्ता राजेश जोशीले अनुमतिपत्र नवीकरणबापत ठूलो रकम भुक्तानी तिरेकाले खुद नाफामा असर गरेको बताए । यो वर्ष चैत मसान्तसम्ममा टेलिकमले २५ अर्ब २७ करोड ३६ लाख रुपैयाँ सेवाबापत आम्दानी गरेको छ । गत आवको सोही अवधिमा यो रकम २२ अर्ब ३९ करोड ७७ लाख रुपैयाँमात्र थियो । यसबाहेक तेस्रो त्रैमाससम्ममा टेलिकमका अन्य आम्दानी शीर्षकमा भने १ अर्ब ७० करोड २७ लाख रुपैयाँ कमी आएको छ । अन्य क्षेत्रबाट कम्पनीले चैतसम्म २२ अर्ब ९४ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा टेलिकमले अन्य क्षेत्रबाट २४ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको थियो । तेस्रो त्रैमाससम्ममा कम्पनीको सञ्चालन तथा मर्मत सम्भार खर्च ४ अर्ब ८ करोड १९ लाख रुपैयाँ छ । यो खर्च गत आवको सोही अवधिमा ३ अर्ब ३९ करोड १५ लाख रुपैयाँ थियो । यो अवधिमा कम्पनीको प्रशासनिक खर्चसमेत बढेको छ । चालू आवको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब २५ करोड ५८ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको छ । यो खर्च गत आवको सोही अवधिमा १ अर्ब १५ करोड ३१ लाख रुपैयाँ थियो ।

Monday, May 13, 2013

प्रतिस्पर्धा बढ्दा सस्तियो इन्टरनेट

प्रकटकुमार शिशिर, Karobar
काठमाडौं, ३० वैशाख- इन्टरनेट सेवाप्रदायक (आईएसपी) बीच प्रतिस्पर्धा बढेपछि सेवाग्राहीहरूले सस्तो र गुणस्तरीय सेवा पाउन थालेका छन् । करिब एक चौथाइ जनसंख्यामा इन्टरनेट पहुँच पुगेपछि मुलुकमा आईएसपीको संख्या थपिएको छ भने उपभोक्ताले पनि रोजीरोजी सेवा छान्न पाएका छन् । सामान्य गतिदेखि द्रुत गतिको इन्टरनेटमा दैनिकी भुलाउने उपभोक्तालाई केन्द्रित गरी आईएसपीहरूले पनि नयाँ–नयाँ प्याकेजमा अफर ल्याइरहेका छन् । नेपाल टेलिकम, एनसेल, यूटीएलजस्ता दूरसञ्चार कम्पनीको इन्टरनेट सेवासँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले आईएसपीहरूले आकर्षक अफर ल्याउन थालेका हुन् । डाटा सेवासम्बन्धी एप्लिकेसन र विश्वबजारमा ब्यान्डविथको मूल्य घट्दा त्यसको सकारात्मक प्रभाव नेपालमा पनि परेको हो । अहिले अधिकांश कम्पनीले सस्तो र डबल अफर प्रदान गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालमा २१ वटा आईएसपी छन् । तीमध्ये एक दर्जन आईएसपीले आफ्नो सेवा स्तरोन्नति गर्नुका साथै मूल्यमा पनि भारी छुट दिन थालेका छन् ।

टेलिकमको इन्टरनेटको भाउ घट्यो, वाइम्याक्समा पनि अनलिमिटेड प्याकेज


काठमाडौँ- नेपाल टेलिकमले इन्टरनेटका लागि उपयोग हुने परम्परागत सेवा डायल अपदेखि पछिल्लो वाइम्याक्ससम्मका सेवामा शुल्क कटौती र छुटको व्यवस्था गरेको छ। विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको उपलक्ष्यमा जेठ ३ गतेदेखि लागू हुने गरी महसूल दर परिमार्जन गरिएको टेलिकमले जनाएको छटेलिकमले वाइम्याक्सतर्फ अनलिमिटेड प्याकेजको घोषणा गरेको छ। यसअघि वाइम्याक्स भोल्युम बेस्डमात्र उपलब्ध थियो। नवघोषित प्याकेज अनुसार २५६ केबीपीएस गतिको इन्टरनेटको मासिक शुल्क रु १५ सय रहेको छ। त्यसमा पनि पहिलो तीन महिनाका लागि ३०% छुट दिइनेछ। २ एमबीपीएसको अनलिमिटेड प्याकेजका लागि ९ हजार ३ सय रुपियाँ पर्नेछ। यद्यपि यो गतिको इन्टरनेट हाललाई शैक्षिक संस्था, अस्पताल, सरकारी वा अर्ध सरकारी संस्था, वित्तीय संस्था र कुटनीतिक नियोगहरुलाई मात्र प्रदान गरिने टेलिकमले जनाएको छ। एडिएसएल तथा वाइम्याक्समा उपलब्ध भोल्युम बेस्ड प्याकेजमध्ये कुनै पनि प्याकेज ग्राहकले एकमुष्ट न्युनतम तीन महिना वा सोभन्दा बढी अवधिको लागि खरिद गरेमा कूल तीन महिनाको भोल्युमका लागि थप ४० प्रतिशत डाटा भोल्युम बोनसको रुपमा उपलब्ध गराइनेछ। टेलिकमका अनुसार डायल अप सेवातर्फ अनलिमिटेड प्याकेजको प्रति महिना शुल्क २ सय रुपियाँ र नाइट सर्फिङको प्रति महिना शुल्क सय रुपियाँ रहनेछ।
मोबाइल इन्टरनेट पनि सस्तो
मोबाइल इन्टरनेटतर्फ इभिडियो/पीडीएसन सेवाको हालको महसूल दर प्रति १०० केबीको १० पैसालाई परिमार्जन गरी प्रति एमबी ५० पैसा कायम गरिएको छ। थ्रीजी र जीपीआरएस सेवामा पनि यही महसूल दर लागू गरिने तर लागू हुने मिति पछि घोषणा गरिने टेलिकमले जनाएको छ। थ्रीजी र इभिडियो सेवाका लागि पनि भोल्युम बेस्ड प्याकेज लागू गरिएको छ। ग्राहकले यो प्याकेज एकमुष्ट ३ महिनाका लागि खरिद गर्दा १० प्रतिशत, छ महिनाका लागि खरिद गर्दा १५ प्रतिशत तथा एक वर्षको लागि खरिद गर्दा २५ प्रतिशत छुट प्रदान गरिनेछ। यी प्याकेजहरुको आन्तरिक तयारी भइरहेकोले लागू हुने मिति पछि प्रकाशित गरिने टेलिकमले जनाएको छ। टेलिकमका अनुसार निम्न डाटा भोल्युमको शुल्क र अवधि यस प्रकार हरनेछ

२५ एमबी- ११ रुपियाँ- १ दिन
३०० एमबी-१३० रुपियाँ- १५ दिन
५०० एमबी-२०० रुपियाँ- १ महिना
२ जीबी-७६० रुपियाँ- १ महिना
५ जीबी-१७०० रुपियाँ- १ महिना
१० जीबी-२४०० रुपियाँ- १ महिना
माथिका शुल्क करबाहेक रहेको टेलिकमले जनाएको छ।