Saturday, May 31, 2014

असारभित्र ७५ जिल्लामै थ्रिजी पुर्याएर डाटा प्याकेज ल्याउँछाैं(अन्तरवार्ता)

anup ranjan (1)
२०७१ जेठ १८ गते ९:१७ मा प्रकाशित, onlinekhabar.com
अनुपरञ्जन भट्टराई नेपाल टेलिकममा प्रबन्ध निर्देशक भएको ४ महिना बितिसकेको छ । सुरुदेखि नै उनको जोड भ्वाइसभन्दा डाटा सेवातिर बढि देखिएको छ । यो चार महिनाको अबधिमै उनले निःशुल्क वाईफाई सेवा बिस्तार गर्नेदेखि डाटा सेवालाई आक्रामक बनाइरहेका छन् । यसै सन्दर्भमा टेलिकमको डाटा सेवा विस्तार तथा आगामी रणनीतिका बारेमा प्रबन्ध निर्देशक भट्टराईसँग अनलाइनखबरका लागि नविन अर्यालले गरेको कुराकानी:
नेपाल टेलिकममा तपाई प्रबन्ध निर्देशक भएको ४ महिना भइसकेको छ । यस अवधिमा तपाईले विशेष जोड दिएका ग्राहकमुखी योजनाहरु के–के हुन् ?
एक वर्ष अगाडी देखि मैले दूरसञ्चार कम्पनीहरुको फोकस अब इन्टरनेट डाटा बिजनेशमा हुनुपर्छ भन्दै आएको छु । अहिले भ्वाइस सेवाको कभरेज झण्डै देशभर भइसकेको अवस्था छ । अधिकांश नेपालीहरुको हातमा मोबाइल पुगिसकेको छ । त्यसैले हामी अब हामी डाटा सेवाका ग्राहक बढाएर डाटा बिजनेशतर्फ बढी केन्द्रीत हुनुपर्छ । अहिले हाम्रो टिम डाटा सेवालाई प्रभावकारी बनाएर अगाडी बढ्ने कसरतमा लागेको छ । मेरो चार महिनाको उपलब्धी हेर्ने हो भने वाईफाई सेवा ३० जिल्लासम्म पु¥याईसक्यौं । यहि आर्थिक वर्षभित्रमा ७५ वटै जिल्लाका सदरमुकाम र मूख्य मूख्य व्यापारीक केन्द्रहरुमा पु¥याउँछौं । यहि आर्थिक वर्षभित्रमै फाइवर टु होम योजना पनि सुरु गर्छौं । यो चाहीँ काठमाडौंका मूख्यमूख्य स्थानमा पाइलट प्रोजेक्टको रुपमा सुरु गर्दै छौं । हाम्रा ग्राहकहरुको चाहना हाइस्पिड डाटा हो । विकसित मुलुकहरु एउटा वेबसाइट २ सेकेन्डभित्र खुल्नुपर्छ भन्ने स्टान्डर्डमा गइसकेका छन् । हामीले पनि ग्राहकलाई एकदमै द्रुत गतिको डाटा सेवा दिने हो भने फाइवरको विकल्प छैन । हामीले वारलेसबाट त्यति छिटो सेवा दिन सक्दैनौं । हामीले सहरी क्षेत्रमा फाइवरमा जानै पर्छ । तत्काल काठमाडौं उपत्कामा सुरु गरेर आगामी आर्थिक वर्षभित्र देशका मूख्य शहरहरुमा फाइवर सेवा सुरु गर्ने हाम्रो योजना छ ।

Friday, May 30, 2014

ADSL को गुणस्तर सुधार गर्दै टेलिकम, इन्टरनेट आउँदैजाँदै गर्ने समस्या अझै केही दिन रहने


काठमाडौं, bizmandu.com नेपाल टेलिकमले एडिएसएल इन्टरनेटको गुणस्तर बढाउन सिस्टम अद्यावधिक गरिरहेको छ ।
काठमाडौं उपत्यकाभित्र एडिएसएलको गुणस्तर राम्रो नभएको उपभोक्ताले गुनासो गरेपछि टेलिकमले गुणस्तर बढाउन लागेको हो ।
केहीदिन यता एडिएसलमा कहिले इन्टरनेट चल्ने कहिले बन्द हुने समस्या आइहरेको छ । टेलिकमका वरिष्ठ इन्जिनियर विमलेश झाका अनुसार एडिएसएलमा समस्या आएकोले सिस्टम अपग्रेडको काम भइहरहेको छ । उनी भन्छन्, 'उपत्यकाका ग्राहकले एडिएसएलको सेवा राम्रो भएन भनेर गुनासो गरिरहनु भएको छ। अहिले फेरी समस्या झेलिरहनुभएको छ । हामी समस्या समाधान गर्दै छौँ । अझै केही दिन समस्या भइरहन्छ ।'
टेलिकमले अहिले इन्टरनेट विलिङ सिस्टम (आइविएस)लाई अद्यावधिक गरिरहेको छ । अहिले उपत्यकामा कतिपय एडिएसएल प्रयोगकर्ताको घरमा इन्टरनेट नै चलेको छैन भने कतिपय ग्राहकको एकछिन चल्ने र बन्द हुने समस्या आएको छ । वररिष्ठ इन्जिनियर झा भन्छन्, 'हामीले  आइविएस पनि अपग्रेड गरिरहेका छौँ ।' उनका अनुसार उपत्यका बाहिर भने एडिएसएलमा कतै समस्या आएको छैन ।
झाका अनुसार अन्य हार्डवेयरमा पनि समस्या आएकोले फेर्ने काम भइरहेको छ । त्यसैले केही समय ग्राहकले एडिएसएलमा झल्दै आएको समस्या रहिरहेने झा बताउँछन् । 'हामीले यति नै दिनमा समस्या समाधान हुन्छ भनेर भन्न सक्दैनौँ । हार्डवेयर र आइविएसमा सुधार गरेपछि उपभोक्ताले अहिलेको जस्तो असुविधा पाउनुपर्दैन,' उनले भने ।

Wednesday, May 21, 2014

पूर्व, मध्य र सुदूरमा एकैसाथ टेलिकमको थ्रीजी

कारोबार दैनिक, काठमाडौं, ६ जेठ- नेपाल टेलिकमले पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न जिल्लाहरुमा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।कम्पनीले पूर्वाञ्चल विकास क्षेत्रको मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा ३३ वटा बीटीएस टावर,  मध्यपश्चिमाञ्चल विकास क्षेत्रका बाँके, बर्दिया, सुर्खेत, दैलेख, दाङ, रोल्पा, सल्यान, प्युठान र जुम्ला जिल्लामा ३७ वटा बीटीएस टावर र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका सम्पूर्ण ९ वटा जिल्लामा ३७ वटा टावरमार्पmत थ्रीजी सेवा सञ्चालनमा ल्याएको हो ।   थ्रीजी सेवा जिल्ला सदरमुकाम र यसको आसपास तथा प्रमुख व्यापारिक केन्द्रहरुमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । अन्य क्षेत्रहरुमा निकट भविष्यमै सञ्चालनमा ल्याउने तयारीका साथ हाल उपकरण जडानको क्रममा रहेको कम्पनी प्रवक्ता गुणकेशरी प्रधानले बताइन् ।   

कम्पनीको यो सेवामार्पmत उपभोक्ताहरुलाई भ्वाइस सेवाका अतिरिक्त उच्च गतिको डेटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध हुनेछ । काठमाडौं उपत्यकाको चक्रपथभित्रका सीमित क्षेत्रमा केही वर्षखि सञ्चालनमा रहेको थ्रीजी सेवालाई सुदृढ तथा विस्तार गर्ने कम्पनीको योजनाअनुसार काठमाण्डौं उपत्यकाभित्र विस्तार गरी सञ्चालनमा ल्याइसकिएको प्रवक्ता प्रधानले बताइन् । टेलिकमले जीएसएम मोबाइलको १ करोड लाइन विस्तार गर्ने कार्यक्रमअन्तर्गत यो सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले १ करोड लाइन विस्तारलाई २ वटा प्याकेजमा वर्गीकरण गरी काम गरिरहेको छ । “प्याकेज बी” अन्तर्गत काठमाडौं उपत्यका र पश्चिमाञ्चल विकास क्षेत्र रहेका छन् भने “प्याकेज ए” अन्तर्गत पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल तथा काठमाडौं उपत्यकाबाहेकको मध्यमाञ्चल विकास क्षेत्र छन् ।    

Monday, May 19, 2014

टेलिकमको नाफा कछुवा गतिमा

सरस्वती ढकाल, कारोबार दैनिक काठमाडौं, ५ जेठ- सरकारी स्वामित्वको नेपाल टेलिकम नाफावृद्धिको अनुपात बर्सेनि
खस्किँदै गएको छ । गत वर्ष (०६९÷७०) सुरुका ९ महिनामा ८ अर्ब ४९ करोड खुद नाफा कमाएको टेलिकमले चालू वर्षको यही अवधिमा ८ अर्ब ६० करोडमात्र नाफा गरेको छ । यो १.२७ प्रतिशतमात्र वृद्धि हो । वार्षिक रूपमा हेर्ने हो भने अवस्था अझै दयनीय छ । आव ०६५÷६६ मा २८.०८ प्रतिशतको वृद्धि देखेको टेलिकम ०६९÷७० सम्म आइपुग्दा –२.६७ प्रतिशतमा सीमित भएको छ । ०६५÷६६ पछि ०६७÷६८ मा मात्रै १२.५३ प्रतिशतको वृद्धि छ । ०६६÷६७ मा ५.८९ प्रतिशतको वृद्धि छ भने ०६८÷६९ मा आउँदासम्म –४.२९ प्रतिशतमा खुम्चिएको छ । चालू आवको तेस्रो त्रैमाससम्म टेलिकमले २९ अर्ब १२ करोड ३४ लाख रुपैयाँ कारोबार गरेको छ । ०६९÷७० का ९ महिनामा २७ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ थियो । यो अवधिमा १७ अर्ब ६१ करोड २६ लाख रुपैयाँ खर्च गरेको छ । गत आवको सोही अवधिभन्दा यो वर्ष लाइसेन्स नवीकरण शुल्क र कर्मचारीको तलब वृद्धि भएकाले नाफा उल्लेख्य बढ्न नसकेको कम्पनी प्रवक्ता गुणकेसरी प्रधानले बताइन् । “तलबसँगै कार्यसम्पादन, मर्मतसम्भार, नयाँ प्रविधि, उपत्यकाबाहिर बीटीएस जडानमा खर्च बढेको छ, आम्दानीअनुसार फ्रिक्वेन्सी शुल्क र रोयल्टी पनि बढेको छ,” उनले भनिन् ।

दोस्रो त्रैमासमा कम्पनीले १९ अर्ब ६९ करोड ९४ लाख रुपैयाँ आम्दानी गर्दा ५ अर्ब ५९ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो । ३ महिनामा नाफा ३ अर्ब रुपैयाँले बढेको छ । चालू आवमा सरकारलाई २१ अर्ब ३५ करोड ३१ लाख रुपैयाँ राजस्व बुझाउने उसको प्रक्षेपण छ । त्यस्तै, करपछिको मुनाफा ११ अर्ब ९६ करोड २५ लाख रुपैयाँ हुने प्रक्षेपण पनि उसको छ । कम्पनीले ९ महिनामा सेवाबाट २६ अर्ब ३२ करोड रुपैयाँ र ब्याज तथा अन्य अम्दानीबाट २ अर्ब आम्दानी गरेको छ । गत वर्षको सोही समयमा यस्तो आम्दानी क्रमशः २५ अर्ब २७ करोड र २ अर्ब रुपैयाँ थियो । कम्पनीले साधारण टेलिफोन, जीएसएम मोबाइल, सीडीएमए, एडीएसएल, वाईम्याक्स, ईभीडीओ तथा अन्तर्राष्ट्रिय÷अन्तर्देशीय गरी दर्जनभन्दा धेरै सेवा विस्तार गरेको छ । टेलिकमले चालू आवमा करिब २९ लाख थप टेलिफोन वितरण गर्ने योजना बनाएको छ । जीएसएमतर्फ २० लाख, सीडीएमएतर्फ ८ लाख र साधारण टेलिफोनतर्फ २७ हजार लाइन वितरणको लक्ष्य राखिएको प्रवक्ता प्रधानले बताइन् । टेलिकममा ९१ प्रतिशत सेयर सरकार, ०.०३ प्रतिशत नागरिक लगानी कोष, ३.९७ सर्वसाधारण र ४.५ प्रतिशत टेलिकम कर्मचारीको हिस्सा छ । उसको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ ।

Thursday, May 8, 2014

वर्ष दिनमा देशैभर थ्रीजी सेवा, टेलिकमका प्रबन्ध निर्देशक भट्टराईसँगको अन्तर्वार्ता

www.bizmandu.com

नेपाल टेलिकम सरकारी स्वामित्वका अन्य सस्थान र कम्पनीको तुलनामा सफल मानिन्छ, नाफा धेरै छ, सरकारलाई गैह्रकर राजस्व र नाफा सर्वाधिक बुझाउँछ । तर, गुणस्तरमा भने उपभोक्ताको निकै ठूलो गुनासो छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईलाई बिजमाण्डू सम्पादक सरोज काफ्लेले सोधे बार्षिक अर्बौ नाफा कमाउने कम्पनीमा गुणस्तरमा सँधै किन समस्या ?

नेपालका सफल संस्थानहरुको नाम लिनुपर्दा पहिलादेखि नै नेपाल टेलिकम नाम आउँथ्यो, कम्पनीको वित्तीय अवस्था पनि निकै राम्रो देखिँदै आएको छ । तर, अहिले पहिलाको जस्तो अब्बल गति देखिन छोडको छ, चालु आर्थिक वर्षको पुषसम्मको नाफा बृद्धिदर हेर्ने हो भनेपनि अब अगाडि जान केही बाधा देखिएको हो ?

 ग्रोथरेट कम हुनुमा एउटा कारण अब हाम्रो अब हाम्रो मार्केट भ्वाइस स्याचुरेट हुने तिर गइसक्यो । त्यही भएर पनि नयाँ ग्राहक बनाउन पहिले जस्तो सकिँदैन । सबैको हातमा मोबाइल पुगिसक्यो । त्यसैले गर्दा ग्राहकको ग्रोथरेट कम देखिएको हो । अब आर्थिक रुपमा भने हामीले अरु नयाँ सेवा र ग्राहक ल्याएर नाफा बढाउनु पर्ने देखिन्छ । मोबाइलको भ्वाइस र एसएमस बाट मात्रै हाम्रो नाफा बढ्न सक्दैन ।

अब तपाईंहरु जाने भनेको डाटा हो । डाटालाई धेरै कुराले सपोर्ट गर्नुपर्छ । डाटा कति क्वालिटीको छ, कति छिटो चल्छ भन्ने पनि ग्राहकले हेर्छन् । तर त्यसमा त भ्वाइसमा जति छिटो प्रोग्रेस गर्नु सक्नु भएको छैन ? 

डाटामा अब एउटा समस्या त डिभाइसको भयो । डिभाइस चाहिँ ८/१० हजार पर्छ । आठ हजार भन्दा कममा एउटा स्मार्ट फोन पाइँदैन । डाटा चलाउने ग्राहकलाई त स्मार्टफोन नभइ भएन । फिचर फोनबाट त डाटा धेरै कम चलाउन सकिन्छ । त्यसैले एउटा त स्मार्टफोनको पेनिट्रेसन बढाउनु पर्‍यो । त्यसपछि लिट्रेसीको कुरा गर्दा मेरो विचारमा स्मार्टफोनमा आइकनहरु हुने भएकोले इलिट्रेट मान्छेले पनि हेरेर गर्न सक्छन् । जस्तै भाइवरमा फोटो हेरेर पनि मान्छेले कुरा गर्न सक्छन् । त्यसैले लिट्रेसीले धेरै असर नपार्ला । मुख्यचाहिँ बाइङ पावर बढाउनुपर्छ । अब स्मार्टफोन भनेको कम्युनिकेसनको लागि बाहेक एउटा टुल पनि हो । त्यसैले हामीले धेरै खालको एपहरु अथवा कन्टेन्टहरु बनाउनु पर्यो, जसले गर्दा ग्राहकहरु डाटा युज गर्न आकर्षित हुन्छन् ।

तपाईको जवाफ अनुसार त सहरी उपभोक्ता नै अझै पनि मुख्य टार्गेट हुन् भन्ने देखिन्छ ?

सहरी पनि हुन् र गाउँमा पनि हाम्रो आफ्नै युनिभर्सल कम्युनिकेसन सर्भिस सुरु गर्न लागेका छौँ । त्यो चाहिँ भाइवर, फेसबुक, स्काइप सबै मिलाएर हो । त्यो भयो भने गाउँका मान्छेलाई पनि आफन्तसँग मुखै हेरर कुरा गर्न पनि सजिलो हुन्छ । र, नेपाल टेलिकमका ग्राहकलाई हामी मासिक प्याकेजमा सस्तोमा त्यो प्रयोग गर्न दिन्छौँ । त्यसले गर्दा म्यासेज आदानप्रदान गर्न एसएमएस भन्दा सस्तो पर्छ ।

Tuesday, May 6, 2014

टेलिकमले आगामी एक महिनासम्म छुट दिने, CDMA नाइट प्याकेज र GSM सिम खरिदको छुट यथावत

काठमाडौं । bizmandu.com नेपाल टेलिकमले १० औं वार्षिकोत्सवको अवसरमा गत माघदेखि तीन महिनाको लागि दिएको छुट थप एक महिनाका लागि दिने भएको छ । कम्पनीकै नेटवर्क भित्र हुने कल छुटलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । सिडिएमए नाइट प्याकेज र जिएसएम, सिडिएमए पोष्टपेडको नयाँ सिम खरिदको छुटलाई निरन्तरता दिइएको छ । टेलिकम प्रवक्ता गुणकेशरी प्रधानका अनुसार वार्षिकोत्सवको अवसर पारेर तीन महिनाको लागि सिडिएमए मोबाइलबाट राति कल गर्दा दिइएको छुट आगामी जेठ २३ गतेसम्मलाई निरन्तरता दिइएको हो । उनले भनिन्, ‘सिडिएमएबाट नेपाल टेलिकमको नेटवर्क भित्र कल गर्दा जम्मा २० रुपैयाँमा लिइने गरेकोमा अब एक महिनाका लागि यो सुविधा थप गरिएको छ ।’ टेलिकमले राति १० बजेदेखि बिहान ६ बजेसम्म नाइट प्याकेज दिँदै आएको छ । यसैगरी टेलिकमले सिडिएम र जिएसएम पोष्टपेड किन्दा लिँदै आएको १४ सय ३० रुपैयाँलाई बढाएर पन्ध्र सय १० रुपैयाँ बनाइएको छ । टेलिकमले छुट दिनु भन्दा अघि सिडिएएम र जिएसएम पोष्पेडको नयाँ सिम किन्दा २१ सय पर्थ्यो । प्रवक्ता प्रधानले भनिन् , ‘हामीले उपभोक्ताको मागलाई ध्यान राखेर पोष्टपेडको नयाँ सिम लिँदा पुरानै मूल्यमा फर्केनौँ । डिस्काउन्टलाई निरन्तरता दिँदै १५ सय १० रुपैयाँ बनाएका छौं ।’ टेलिकमले अन्य छुटलाई सोमबारदेखि नै लागु हुनेगरी निरन्तरता दिएको जनाएको छ । 

कम्पनीकै नेटवर्क भित्र हुने कल छुटलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । छुटमा 
  • फ्रेन्डस् एन्ड फेमिली सेवा वापत सिडिएमए पोष्टपेड मोबाइलको लागि प्रतिमिनेट ५५ पैसा
  • सिडिएमए प्रिपेडका लागि प्रतिमिनेट ७५ पैसा 
  • बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि विक्री वितरण गरिएको सिम र रिमबाट कम्पनीकै नेटवर्कमा एसएमएस गर्दा प्रति एसएमएस वापत २० पैसा 
  • महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि ल्याइएको विशेष प्याकेज अन्तर्गत वितरण गरिने सिम र रिमबाट कम्पनीकै नेटवर्कभित्र हुने प्रत्येक १० मिनेट कलको १ रुपैयाँको दरले आगामी १ वर्षसम्म बोनस वितरण गरिने
  • इभिडियो सेवाको समयावधी समेत थप गरेको छ । २५ एमबी तथा ३ सय एमबी डाटा प्याकेज क्रमश२ दिन र १५ दिन भित्र चलाइक्नुपर्ने, ३ सय एमबीको १५ दिनको लागि १ सय ३०५ सय एमबीको १ महिनाको लागि दुई सयदुई जिबीको २ महिनाको लागि ७ सय ६० र ५ जिबीको २ महिनको लागि १ हजार सात सय र १० जिबीको २ महिनाको लागि २४ सय शुल्क तोकिएको टेलिकमले जनाएको छ । 


नेपाल टेलिकमद्वारा छुटमा निरन्तरता

काठमाडौँ, वैशाख २३ गते ।  नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले दशौं वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको छुट  सोमबारदेखि तीन महिनाका लागि आफ्ना विभिन्न सेवामा छुटलाई निरन्तरता दिएको छ ।   जसअनुसार फ्रेन्स एण्ड फेमिली सेवाबापत सीडीएमए पोस्पेड मोबाइलका लागि प्रतिमिनट ५५ पैसा तथा सीडीएमए प्रिपेडका मोबाइलका लागि प्रतिमिनेट ७५ पैसा कायम गरिएको छ ।  बोल्न र सुन्न नसक्ने व्यक्तिहरूका लागि बिक्री वितरण गरिएको÷गरिने सिमबाट कम्पनीकै नेटवर्कमा एमएमएस गर्दा प्रतिएसएमएस २० पैसा कायम गरिएको कम्पनीले जनाएको छ ।    इभीडीओ सेवामा डाटाको भोलुमअनुसार विभिन्न दर र समयको प्याकेज बिक्रीको व्यवस्था मिलाइएको छ ।  ११ रुपियाँ दरको २५ एमबीको डाटाको अवधि दुई दिन, तीनसय एमबी डाटाका लागि १३० रुपियाँ र अवधि १५ दिन, पाँचसय एमबी डाटाका लागि दुई सय रुपियाँ र अवधि एक महिना कायम गरिएको छ ।   त्यस्तै, ७६० दर कायम गरिएको दुई जीबी डाटाको अवधि दुई महिना हुनेछ भने एक हजार सातसय दरको पाँच जीबी डाटाको अवधि दुई महिना र दुई हजार चारसय रुपियाँ दर कायम गरिएको १० जीबी डाटाको अवधि पनि दुई महिना हुनेछ ।  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई विशेष प्याकेजअन्तर्गत वितरण गरिने सिमकार्डबाट कम्पनीकै नेटवर्क भित्र हुने प्रत्येक १० मिनेट कलको एक रुपियाँका दरले आगामी एक वर्षसम्म बोनस वितरण गरिने कम्पनीको विज्ञप्तिमा जनाइएका छ ।