Thursday, May 8, 2014

वर्ष दिनमा देशैभर थ्रीजी सेवा, टेलिकमका प्रबन्ध निर्देशक भट्टराईसँगको अन्तर्वार्ता

www.bizmandu.com

नेपाल टेलिकम सरकारी स्वामित्वका अन्य सस्थान र कम्पनीको तुलनामा सफल मानिन्छ, नाफा धेरै छ, सरकारलाई गैह्रकर राजस्व र नाफा सर्वाधिक बुझाउँछ । तर, गुणस्तरमा भने उपभोक्ताको निकै ठूलो गुनासो छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईलाई बिजमाण्डू सम्पादक सरोज काफ्लेले सोधे बार्षिक अर्बौ नाफा कमाउने कम्पनीमा गुणस्तरमा सँधै किन समस्या ?

नेपालका सफल संस्थानहरुको नाम लिनुपर्दा पहिलादेखि नै नेपाल टेलिकम नाम आउँथ्यो, कम्पनीको वित्तीय अवस्था पनि निकै राम्रो देखिँदै आएको छ । तर, अहिले पहिलाको जस्तो अब्बल गति देखिन छोडको छ, चालु आर्थिक वर्षको पुषसम्मको नाफा बृद्धिदर हेर्ने हो भनेपनि अब अगाडि जान केही बाधा देखिएको हो ?

 ग्रोथरेट कम हुनुमा एउटा कारण अब हाम्रो अब हाम्रो मार्केट भ्वाइस स्याचुरेट हुने तिर गइसक्यो । त्यही भएर पनि नयाँ ग्राहक बनाउन पहिले जस्तो सकिँदैन । सबैको हातमा मोबाइल पुगिसक्यो । त्यसैले गर्दा ग्राहकको ग्रोथरेट कम देखिएको हो । अब आर्थिक रुपमा भने हामीले अरु नयाँ सेवा र ग्राहक ल्याएर नाफा बढाउनु पर्ने देखिन्छ । मोबाइलको भ्वाइस र एसएमस बाट मात्रै हाम्रो नाफा बढ्न सक्दैन ।

अब तपाईंहरु जाने भनेको डाटा हो । डाटालाई धेरै कुराले सपोर्ट गर्नुपर्छ । डाटा कति क्वालिटीको छ, कति छिटो चल्छ भन्ने पनि ग्राहकले हेर्छन् । तर त्यसमा त भ्वाइसमा जति छिटो प्रोग्रेस गर्नु सक्नु भएको छैन ? 

डाटामा अब एउटा समस्या त डिभाइसको भयो । डिभाइस चाहिँ ८/१० हजार पर्छ । आठ हजार भन्दा कममा एउटा स्मार्ट फोन पाइँदैन । डाटा चलाउने ग्राहकलाई त स्मार्टफोन नभइ भएन । फिचर फोनबाट त डाटा धेरै कम चलाउन सकिन्छ । त्यसैले एउटा त स्मार्टफोनको पेनिट्रेसन बढाउनु पर्‍यो । त्यसपछि लिट्रेसीको कुरा गर्दा मेरो विचारमा स्मार्टफोनमा आइकनहरु हुने भएकोले इलिट्रेट मान्छेले पनि हेरेर गर्न सक्छन् । जस्तै भाइवरमा फोटो हेरेर पनि मान्छेले कुरा गर्न सक्छन् । त्यसैले लिट्रेसीले धेरै असर नपार्ला । मुख्यचाहिँ बाइङ पावर बढाउनुपर्छ । अब स्मार्टफोन भनेको कम्युनिकेसनको लागि बाहेक एउटा टुल पनि हो । त्यसैले हामीले धेरै खालको एपहरु अथवा कन्टेन्टहरु बनाउनु पर्यो, जसले गर्दा ग्राहकहरु डाटा युज गर्न आकर्षित हुन्छन् ।

तपाईको जवाफ अनुसार त सहरी उपभोक्ता नै अझै पनि मुख्य टार्गेट हुन् भन्ने देखिन्छ ?

सहरी पनि हुन् र गाउँमा पनि हाम्रो आफ्नै युनिभर्सल कम्युनिकेसन सर्भिस सुरु गर्न लागेका छौँ । त्यो चाहिँ भाइवर, फेसबुक, स्काइप सबै मिलाएर हो । त्यो भयो भने गाउँका मान्छेलाई पनि आफन्तसँग मुखै हेरर कुरा गर्न पनि सजिलो हुन्छ । र, नेपाल टेलिकमका ग्राहकलाई हामी मासिक प्याकेजमा सस्तोमा त्यो प्रयोग गर्न दिन्छौँ । त्यसले गर्दा म्यासेज आदानप्रदान गर्न एसएमएस भन्दा सस्तो पर्छ ।

त्यो कहिले कहिलेदेखि सुरु हुन्छ 

यो अहिले फाइनल टेस्ट भइराखेको छ । अब एक महिनाभित्र सुरु गर्न सकिन्छ ।

न्युनतम शुल्कमा भन्नुभएको छ त्यो भनेको कति हो 

त्यो हाम्रो कमिटीले अध्ययन गर्दै छ । अहिले नै निर्क्यौल निकालि सकेका छैनौँ ।

दूरसञ्चार प्रधिकरणबाट अनुमति चाहिँ लिइसक्नुभएको हो ?

लिइसकेका छैनौँ । प्राधिकरणमा पठाउन बाँकी छ । यसलाई पनि केही समय लाग्छ ।

यो प्याकेजमा के के हुन्छ ?

यो प्याकेजमा टेक्स्ट भइहाल्यो, भ्वाइस हुन्छ । त्यसपछि भिडियो, अनि फोन पनि हुन्छ । हामी इजी फोनलाई यसमा मिलाउँछौं । जसले गर्दा ग्राहकले पैसा हालेपछि ब्यालेन्स हुँदासम्म विश्वको जुनसुकै कुनामा रहेका आफन्तसँग सजिलै कुरा गर्न सक्छन् । र, ग्राहकहरु नेपाल बाहिर हुँदा नेपालमा कल गर्न पनि सजिलै सक्छन् । यसमा रोमिङ पनि लाग्दैन । यो एप्स मोबाइल र ल्यापटप दुबैमा चलाउन सकिन्छ । समग्रमा यो इजी फोन हो । शुल्क मिनेटका आधारमा लाग्छ ।

अरु प्रतिस्पर्धी कम्पनीको तुलनामा मार्कटिङ र ग्राहक विस्तारमा नेपाल टेलिकम पछाडि परेको हो ?

हामी अब चाहिँ एग्रेसिभ्ली मार्केटिङ गर्दैछौं ।

मुनाफा आर्जन गर्ने र कर तिर्नेमा नेपाल टेलिकम एक नम्बर कम्पनी । तपाईंको दृष्टमा कहिलेसम्म यो एक नम्वरमा रहिरहन्छ 

अहिले हामीले भिजन २०१६ भनेर ल्याएका छौं । यसमा सन् २०१६ सम्मको रणनीति ल्याएका छौँ । यसलाई सफल बनाउन सक्यौं भने, लक्षित प्रडक्टहरु समयमा नै ल्याउन सक्यौं भने अझै पनि हामी एक नम्वरमा रहिरहनेछौँ ।

यसको मतलव सन् २०१६ सम्मचाहिँ तपाईंहरु एक नम्वरमा रहिरहनुहुन्छ 

हैन । टेलिकम क्षेत्रमा हामीले योजना बनाउँदा प्रत्येक तीन वर्ष भन्दा बढीको योजना बनाउन मिल्दैन । किनभने प्रविधि हरेक तीन तीन वर्षमा फेरिन्छ । त्यसैले तीन वर्षपछिको लागि अहिले भन्न अलि गाह्रो छ । अहिले हामी तीन वर्षको लागि मात्रै रणनीति बनाउँदै छौँ ।

नेपाल टेलिकम (त्यतिखेरको दुरसञ्चार कम्पनी)ले लामो समय बजारमा एकाधिकार पायो । अरु कम्पनीहरु आएनन् । अहिले प्रतिश्पर्धिहरु आइ सके पछि यत्रो वर्षको एकाधिकारमा हामीले थोरै मात्रै काम गर्‍यौँ भन्ने लाग्छ कि लाग्दैन ? 

त्यो बेला अहिले जति सजिलो पनि थिएन । किनभने मोबाइल थिएन । ल्याण्डलाइन एक्सपान्ड गर्न त्यति सजिलो थिएन । मोबाइलका लागि एउटा टावर २/३ हप्तामा जडान गरेपछि तीन हजार ग्राहक थप्न सकिन्छ भने ल्याण्डलाइनमा पोल गाड्न पर्‍यो अर्थात् खाल्डो खन्न पर्‍यो । तार टाग्न पर्‍यो । त्यसैले पनि त्यतिबेला सजिलोसँग एक्सपाण्ड गर्न सकिँदैन थियो।

जति गर्‍यौँ त्यति ठिकै हो भन्ने लाग्छ ?

त्यो बेला ठिकै हो । अर्को कुरा हाम्रा हरेक योजना राष्ट्रिय योजना आयोगबाट पास हुनुपर्थ्यो त्यतिबेला । सबैभन्दा सुरुमा १० हजार मात्रै मोबाइल ल्याएका थियौँ । त्यो बेला एकलाख ल्याउनुपर्छ भनेर मैले भनेको थिए । तर निर्णय गर्नेहरु सहमत भएनन् । त्यसबेला त म त म्यानेजर मात्रै थिएँ । निर्णय गर्नेहरुले त्यो भिजुअलाइज गर्न सकेनन् । त्यस्तो अवस्थामा मोबाइलमा जाउँ झन् कसरि भन्ने ?

एनटिसीले मार्केट अगाडी जान्छ भनेर अनुमाननै गर्न नसकेको हो ? कि छिमेकी मुलुकको ग्रोथरेट कम हुँदा त्यसको प्रभाव हामीकहाँ परकेो हो ? 

त्यो पनि हो । हाम्रो यहाँ नीति बनाउँदा छिमेकी देशहरुलाइ हेर्ने चलन छ । २० वर्ष अघि भारत र चीन हामी भन्दा निकै पछाडि थिए। त्यसले गर्दा पनि हाम्रा निर्णयकर्ताको डिसिजन नपुगेको हुनसक्छ ।

नेपाल टेलिकमलाई सरकारले सफ्ट कर्नरमा राख्छ भन्ने प्रतिश्पर्धि कम्पनीहरुको गुनासो छ, टेलिकमलाई जति लाभ छ त्यति लाभ हामीलाई छैन, हामीलाई लेभल प्लेइङ फिल्ड थोरै भयो भन्छन् ?

हामीलाई चाहिँ त्यसको उल्टो लाग्छ । प्राइभेट कम्पनीको काम जति छिटो हुन्छ सरकारी कम्पनीको त्यति छिटो हुन पाउँदैन । अर्थात हाम्रो त्यतिछिटो हुँदैन । हामीलाई विद्युत जडान गर्नु पर्‍यो भने प्राइभेट कम्पनीलाई भन्दा दोब्बर समय लाग्छ । हाम्रो निर्णय हुँदा पनि ढिलै भइराखेको हुन्छ ।

अनुमित लिने प्रक्रिया पुरा गर्नुपर्ने कारणले नै ढिला भएको हो ?

 अब प्राइभेट कम्पनीसँग कुनै जादू होला । जस्ले गर्दा उस्ले छिटो काम गर्न सक्छ ।

अहिलेसम्मको नाफाको आधार हेर्दा धेरै हदसम्म ट्यारिफ नै हो । तर ग्राहकबाट के गुनासो आउँछ भने, जुन आधारमा टेलिकमले आफ्नो नेटवर्क विस्तार गर्छ र ग्राहकको आधार पाएको छ, त्यही अनुपातमा हामीलाई छुट छैन । नाफा उच्च हुँदा पनि टेलिकमले छुट दिँदैन भन्ने गुनासो छ ?

 मैले हर्दा चाहिँ हाम्रो सेवा सबैभन्दा सस्तो छ । र अहिले हामीले सिडिएमएमा एक महिनाको नाइट कल २० रुपैयाँमा दिइराखेका छौँ । त्यसैले हामीले सक्दो सस्तो र सुलभमा सेवा पुर्‍याउने प्रयास गरिराखेका छौँ र डाटा पट्टी पनि हामी कसरी अझ सस्तो पार्ने भन्ने अभ्यास गरिराखेका छौँ । इन्टरनेटको पनि हामी होमवर्क गरिराखेका छौँ । सायद छिट्टै नै हाम्रो डाटाको नयाँ ट्यारिफहरु आउँछन् ।

दक्षिण एसियालाई हेर्दा पनि नेपाल टेलिकमको शुल्क महङ्गो नै देखिन्छ 

 मलाई लाग्छ प्राइसमा हामी सस्तोमा नै छौँ । इण्डियामा एउटा समय आएको थियो कल गर्‍यो भने उल्टै पैसा थपिदिने । तर अबचाहिँ फ्रिक्वेन्सीको ब्यान्डविथको, लाइसेन्सको समस्या भयो। अब चाहिँ त्यहाँ पनि सस्तो छैन । इण्डियामा अझै रोमिङको पैसा लिन्छ । एउटा राज्यबाट अर्कोमा जानुपर्‍यो भने रोमिङको पैसा काट्छ । हामीले त ल्याण्डलाइनबाट मोबाइलमा फोन गर्दा एक रुपैयाँमा नै नेपालभरी हुने व्यवस्था गरेका छौँ । एसटिडी पनि भएन अब । त्यसले गर्दा हामी साउथ एसियामा सबैभन्दा सस्तोमध्येमा नै पर्छ ।
  

एसटिडी एक रुपैयाँमा झारे पछि नाफाको बृद्धिदरमा असर पर्‍यो ?

हामीले भ्वाइसको रेट सस्तो गर्दा ग्राहकहरुले अझै धेरै लामो समय कुरा गर्छन् । जसले गर्दाखेरी हाम्रो नेटवर्कले थामेसम्म हामीलार्इ सस्तो गर्दा नाफामा फरक पर्दैन ।

नेपाल टेलिकमको संरचना नै अलि भद्दा छ । कर्मचारीहरुको संख्या पनि पाँच हजार भन्दा बढी छ । जुन रेटमा तपाईहरु ग्रोथ गरिरहनुभएको छ त्यो आधारमा कम्पनीका लागि धेरै संख्या हो 

हो, हामी पनि कम्पनीलाई अलि स्लिम बनाउने प्रोसेसमा छौँ।
अब हामी आउट सोर्सिङलाई बढी प्राथमिकता दिँदैछौँ । त्यसले गर्दा नयाँ कर्मचारी निकै कम भर्ना गर्छौँ । र रिटायर्ड भएर जाँदाखेरी घट्दो क्रममै छ ।

योजना पनि होला यति वर्षभित्र यति कर्मचारी कटौती गर्ने भन्ने ?

आगामी दुई वर्षमा हाम्रो कर्मचारी सङ्ख्या ३० प्रतिशतले घट्नेछ ।

रणनैतिक साझेदार नियुक्तिको प्रकिया सुरु गर्नुभएको छ । अब यो कहिले सकिन्छ 

यो प्रक्रिया निकै लामो छ । कुनैपनि बाधा अवरोध भएन भने दुई वर्ष भित्र साझेदारले हामीकहाँ काम गर्न सक्छ । अर्थात २०७३ सालको वैशाख महिनादेखि काम सुरु गर्नसक्छ ।

रणनैतिक साझेदार त्यत्तिकै भित्र्याउने कुरा हैन।  साझेदार आउने वित्तिकै हाम्रो कम्पनीको ग्रोथ रेट यस्तो हुन्छ भनेर केही प्रक्षेपण छ ? केही भिजनसहित रणनीतिक साझेदार ल्याउँदैछौँ ?

हामीलाई रणनीतिक साझेदार चाहिने मुख्य दुई कारण छन् । एउटा खरिद प्रक्रिया सजिलो होस् । अर्को अनुभव हो । कमसेकम पाँचवटा देशमा अप्रेसन भएको साझेदार खोजिरहेका छौँ । पाँच वटा देशको अनुभवबाट हामीलाई पनि प्रडक्टहरु नयाँ मूल्य नयाँ रणनीतिका साथ ल्याउन सहयोग पुग्छ । पूँजीका लागि यो रणनीति ल्याएका होइनौँ ।


हामी एउटा आइटीको सहायक कम्पनी स्थापना गर्न लागेका छौँ । कम्पनीको मुख्य उद्देश्य डाटाको कन्टेन्ट बढाउने हो । नेपालमै विभिन्न डाटाको कन्टेन्ट होस्ट गर्ने र नयाँ कन्टेन्ट बनाउने । जस्तै एसएलसीको ट्युटोरियल नै बनाउने वा प्लस २ को ट्युटोरियल । अहिले राम्रो शिक्षकले दिनमा ५०/६० जना बिद्यार्थी पढाउन सक्छ भने त्यस पछि थोरै पैसाले हजारौ विद्यार्थीलाई युट्युव जस्तो भिडियोबाट पढाउन सकिन्छ । त्यो गर्दा नेपाल टेलिकमलाई डाटाको युजबाट फाइदा हुन्छ । त्यो कम्पनीले क्लाउड अपरेटिङका विभिन्न एप्सहरु बनाउने र नेपालको सांस्कतिक पक्ष वा ग्राहकको चाहना अनुसारको कन्टेन्टहरु विकास गर्ने काम गर्छ । सहायक कम्पनीमा हाम्रो सेयर आधा भन्दा बढी हुँदैन । साझेदारमा अर्को नेपाली वा विदेशी प्राइभेट कम्पनी हुन सक्छ । 



सधैँभरी उपभोक्ताको कुरा के सुनिन्छ भने, टेलिकमको गुणस्तरका कारण हामीले धेरै दु:ख पायौँ । राजधानीमा केही वर्ष यताको गुणस्तरमा पछिल्लो समय केही सुधार भएको हो । तर उपत्यका बाहिर गएपछि अवस्था धेरै खराब छ ? 
अब हामीले राजधानीमाचाहिँ पुरानो नेटवर्कलाई नयाँ नेटवर्कले विस्थापन गरिसकेका छौँ । केहि समय अघिसम्म रिङरोड भित्र थियो अहिले भ्याली सबैतिर विस्थापित गरिसक्यौँ । त्यसपछि केही स्थानहरुमा अझैपनि सिग्नल कमजोर भएको हुँदा हामी सयवटा जति  विटिएस थप्दैछौँ राजधानीमा । त्यसपछि राजधानीमा चाहिँ समस्या आउँदैन । काठमाडौँ बाहिर पनि नयाँ एक करोड लाइनको प्रोजेक्टबाट अब देशभरी नै नयाँ सिस्टम ल्याउँदैछौँ । त्यसले गर्दा अब एक वर्ष भित्र गुणस्तर सुधार भइसक्छ र थ्रीजी सेवा पनि उपलब्ध हुन्छ । अब एक वर्षमा देसै भरी थ्रीजी सेवा पुग्छ । सिडिएमएमा त हामीले ६५ जिल्लामा इभिडियो सेवा दिइसक्यौ । इभिडियोबाट भिडियो हेर्ने र भिडियो च्याट गर्न सकिन्छ । 
व्यवस्थापनले बेला बेलामा गुणस्तर सुधार गर्‍यौँ भन्छ तर उपभोक्ताले त्यसको अनुभव किन गर्न पाउँदैनन् ?
सिडिएमएमा चाहिँ तपाईंले भनेजस्तो ग्राहक बढेर डाटा इन्टरनेट केही स्लो भएको हुनसक्छ । त्यस्तो ठाउँमा हामी फेरि क्षमता वृद्धि गर्छौँ । र, जिएसएममा हामी अहिले पुरानो सिस्टमबाट नयाँमा सिफ्ट हुने क्रममा रहेको हुँदा कहिलेकाही केही समस्या आउन सक्छ । धेरै लामो समयको लागि समस्या रहन्न । बढिमा ५/७ मिनेट हुन्छ ।  
८५ प्रतिशत बढि टेलिकम पेनिट्रेसन भइसक्यो । अब नयाँ क्षेत्र के देख्नु भएको छ त बजारको लागि ?
हो, भ्वाइसका ग्राहक अब सकिन थालेका छन् । अबको बजार डाटामा छ । अहिले भएका ३०/३४ प्रतिशत डाटाका ग्राहकलाई नै ८५ प्रतिशतमा पुर्‍याउने हो । ग्राहकलाइ डाटा सेवामा फोकस गरेर व्यापक रुपमा एक्सपान्ड गर्‍यौँ भने अझै पनि आर्थिक स्थिती बलियो नै हुने देखिन्छ ।
त्यो अनुसारको तयारी छ ?
डाटामा जानको लागि जान तयारी छ । थ्रीजी प्रोजेक्टको काम भइरहेको छ । यसलाइ थ्रीजीको पनि सबभन्दा माथिल्लो लेवलको पौने फोरजी सम्म भन्न मिल्छ । २०१५ सम्म ग्राहकको मागलाई यसले व्यहोर्न सक्छ । र त्यसपछि हामी फोरजीमा जान्छौँ । हामी मुख्यमुख्य सहरका लागि फोरजीमा पनि तयार नै छौँ । अब हामीले फ्रिक्वेन्सी पायौँ भने २/३ महिनाभित्रै फोरजी चलाउन सक्छौँ । अहिले हामी फ्रिक्वेन्सी कुरिराखेका छौँ ।
डाटाको प्याकेजमा ग्राहकहरु अलि असन्तुष्ट छन् ?
हो । हामी यसको लागि नयाँ प्याकेज सहित नयाँ ट्यारिफ ल्याउँदै छौँ । त्यसपछि थप विभिन्न प्याकेजहरु ल्याउँछौँ । र, डाटाको भ्यालिडिटी बढाउने तयारी पनि गरिरहेका छौँ ।
  
मोबाइलमा चलाइने बाहेक अरु इन्टरनेट उपत्यका बाहिर लाने योजना के छ ?
अलि सस्तो इन्टरनेट सेवा प्रदान गर्न हामीले वाइफाइ सुरु गरेका छौँ । अहिले यो २० जिल्लामा पुगिसक्यो । र, चालु आर्थिक वर्षभित्र ७५ वटै जिल्ला सदरमुकाममा पुर्‍याउने लक्ष्य छ वाइफाइ । त्यसमा ग्राहकसँग मोबाइल नभए पनि इन्टरनेट चलाउन सम्भव छ ।
  
पहिला हटस्पटमा वाइफाइ निशुल्क बनाउनु भयो, ग्राहक तान्न मात्र हो ?
पहिला त ग्राहकलाई कसरी यो सेवा लिने भन्ने सिकाउन नि:शुल्क गरियो। अरु अप्रेटरहरुले पनि वाइफाइ सेवा सुरु गर्द नि:शुल्क नै दिएका थिए। जस्तो ब्रोडलिंङकले पनि सुरुमा नि:शुल्क दिएको थियो।    त्यसपछि ग्राहकलाई कुन एरियामा यसको कभरेज छ थाहा हुन्छ किनभने हामी वाइफाइ कार्पेट कभरेज गर्दैनौँ । यो गर्न धेरै गाह्रो छ । धेरै मान्छेहरु एकत्रित हुने ठाउँहरुमा मात्रै वाइफाइ सेवा दिन्छौँ । त्यसैले हामीले नि:शुल्क सेवा दिँदा कहाँ हटस्पट रहेछ कसरी चलाउने भन्ने पनि थाहा भयो । र, अरु प्याकेजहरु पनि हामी ल्याउँछौँ । हाम्रो ट्यारिफ स्विक्रित भइसकेको छैन । भएपछि अरु प्याकेजर पनि ल्याउँछौँ । 
कम्तिमा तीन बर्ष एक नम्बरमा रहि रहन्छौँ भन्नु भयो, यसका लागि त अरु योजना पनि चाहिएलान् ?
हाम्रो मुख्य फोकस डाटामै हो । त्यसैले हामी एउटा आइटीको सहायक कम्पनी स्थापना गर्न लागेका छौँ, अहिले प्रोसेसमा छौँ । कम्पनीको मुख्य उद्देश्य डाटाको कन्टेन्ट बढाउने हो । नेपालमै विभिन्न डाटाको कन्टेन्ट होस्ट गर्ने र नयाँ कन्टेन्ट बनाउने । जस्तै एसएलसीको ट्युटोरियल नै बनाउने वा प्लस २ को ट्युटोरियल । अहिले राम्रो शिक्षकले दिनमा ५०/६० जना बिद्यार्थी पढाउन सक्छ भने त्यस पछि थोरै पैसाले हजारौ विद्यार्थीलाई युट्युव जस्तो भिडियोबाट पढाउन सकिन्छ । त्यो गर्दा नेपाल टेलिकमलाई चाहिँ डाटाको युजबाट फाइदा हुन्छ । त्यो कम्पनीले क्लाउड अपरेटिङका विभिन्न एप्सहरु बनाउने र नेपालको सांस्कतिक पक्ष वा ग्राहकको चाहना अनुसारको कन्टेन्टहरु विकास गर्ने काम गर्छ । सहायक कम्पनीमा हाम्रो सेयर आधा भन्दा बढी हुँदैन । साझेदारमा अर्को नेपाली वा विदेशी प्राइभेट कम्पनी हुन सक्छ । बोर्डबाट स्वीकृत भएपछि चाँडै दर्ता गर्छौँ । 

2 comments:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * असेंबल ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) जरुरी ऋण जानकारी दिएको लागि।

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete