Monday, June 30, 2014

रणनीतिक साझेदार ल्याउन नेपाल टेलिकमको फड्को, साझेदार भित्र्याउन सल्लाह दिने कन्सल्ट्यान्ट NTCले सर्ट लिष्टिङ गर्‍यो, अधिकांश भारतीय

काठमाडौं।bizmandu.com नेपाल टेलिकमले रणनीतिक साझेदार भित्र्याउने प्रकृयामा सल्लाह दिन कन्सल्ट्यान्ट बन्न इच्छुक छ वटा कम्पनीलाई सर्ट लिष्टिङ गरेको छ। साझेदार ल्याउने प्रकृयालाई अघि बढाउन कम्पनीले कन्सल्ट्यान्ट नियुक्तीका लागि एक्सप्रेसन अफ इन्ट्रेष्ट (इओआई) माग गरि ग्लोवल टेन्डर निकालेको थियो। आवेदकहरु मध्ये चारवटा भारतीय, एक जमर्न र एक सिङ्गापुरका कम्पनी सर्ट लिष्टिङ भएका हुन्। भारतका अन्र्ष्ट एन्ड योङ एलएलपी, डिलोइट टच तोमात्सु इन्डिया प्रालि, केपिएमजी एड्भाइजरी सर्भिस प्राइभेट लिमिटेड, एनालाइसिस मास अन इन्डिया प्रालि प्रारम्भिक सूचीमा परेका छन्। जर्मनीको डेटिकोन इन्टरनेशनल जिएमबिएच र सिङ्गापुरको रोल्यान्ड बर्जर स्ट्राटेजी कन्सल्ट्यान्ट पिटिइ लिमिटेड पनि अन्तिमको छ भित्र छन्। सर्ट लिष्टिङमा परेका कम्पनीहरुलाई रिक्वेष्ट अफ प्रपोजल (आरएफपी) कागजात मंगलबारबाट बितरण गर्ने कम्पनीले जनाएको छ। यि मध्येबाट अन्तिम छनौटमा पर्ने एउटा कम्पनीले नेपाली टेलिकमको सेयर डाइभेष्टमेन्ट गरि रणनीतिक साझेदार भित्र्याउने मोडालिटीबारे सुझाव दिनेछन्। 
परापर्शदाताले नेपाल टेलिकमको संरचना हेरि कस्तो साझेदार उपयुक्त हुन्छन् त्यसबारे सुझाव दिनेछ। कम्पनीको सेयर संरचना कस्तो राख्ने र साझेदारलाई कति प्रतिशत सेयर दिने भन्ने बारे पनि कन्सल्ट्यान्टले परामर्श दिनेछन्। परापर्शदाताको सुझाव बमोजिम टेलिकमले ग्लोवल टेन्डर गरि रणनीतिक साझेदार आह्वान गर्ने जनाएको छ। दुई बर्ष भित्र साझेदार भित्र्याउने कम्पनीको योजना छ।   
रणनीतिक साझेदार मार्फत विदेशी लगानी र प्रविधि भित्र्याउने नेपाल टेलिकमको योजना छ। साथै कम्पनीको व्यवस्थापन समेत साझेदारमा आउने विदेशी कम्पनीले लिने हुँदा सार्वजनिक खरिदको लामो प्रकृयामा अलमल नगरि निर्णय प्रकृया छिटो हुने अपेक्षा गरिएको छ।

Wednesday, June 25, 2014

टेलिकमले पूर्वाधार कम्पनी खोल्ने

प्रकटकुमार शिशिर, नागरिक काठमाडौं- नेपाल टेलिकमले दूरसञ्चार पूर्वाधार निर्माण गर्न २० अर्ब रुपैयाँको पूर्वाधार कम्पनी स्थापना गर्ने भएको छ। टेलिकमले दूरसञ्चार पूर्वाधारका लागि मुख्य रुपमा आवश्यक पर्ने बिटिएस टावर निर्माण गर्ने कम्पनी स्थापना गर्न लागेको हो।  इन्टरनेट सामाग्री निर्माण गर्नै आइटी कम्पनीसमेत स्थापना गर्न लागेको टेलिकमले चाँडै नै करिब २० अर्ब लगानीमा पूर्वाधार कम्पनी स्थापना गर्ने जनाएको छ। टेलिकमले बुधबार पूर्वाधार कम्पनी स्थापनाका लागि अध्ययनसमिति गठन गर्दै छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले पूर्वाधार सेयरिङ र बिटिएस टावर निर्माण गर्ने कम्पनी स्थापना गर्न लागिएको नागरिकलाई बताए। पूर्वाधार कम्पनीमार्फत नेपाल टेलिकमका नयाँ पूर्वाधार अरु कम्पनीसँग सेयरिङ गर्ने सकिने उनले बताए। उनका अनुसार यसले दूरसञ्चार सेवा प्रदायक सबै कम्पनीको लागत घटाउने छ। 'हामीले करिब २० अर्ब रुपैयाँ लगानीमा पूर्वाधार कम्पनी स्थापना गर्ने तयारी गरेका छौं। त्यसका लागि भोलि (बुधवार) एक अध्ययन समितिसमेत बन्छ,' उनले भने। प्रबन्ध निर्देशक भट्टराईका अनुसार पूर्वाधार कम्पनीले विशेष गरी बिटिएस टावर निर्माण गर्ने र नेपाल टेलिकमले सञ्चालनमा ल्याउने नयाँ पूर्वाधार साझेदारीको काम गर्ने छ। करिब चार हजार बिटिएस टावरबाट सेवा दिइरहेको टेलिकमले अब त्यत्ति जति थप्ने जनाएको छ। आफ्नै बिटिएस टावर र अरु कम्पनीलाई आवश्यक पर्ने टावर निर्माणमा पूर्वाधार कम्पनीको भूमिका हुने भट्टराईले बताए। 'एउटा टावर खडा गर्न ५० लाख रुपैयाँसम्म खर्च हुन्छ,' उनले भने । टेलिकमले स्थापना गर्ने पूर्वाधार कम्पनीमा टेलिकमकै ५० प्रतिशत सेयर हुने र बाँकी अरु इच्छुक सेवा प्रदायक तथा कर्पाेरेट घरानाको हुने भट्टराईले बताए। टेलिकमले पूर्वाधार साझेदारीसँगै अप्टिकल फाइबर बिछ्याउन पनि साझेदारी गर्ने जनाएको छ। भट्टराईका अनुसार पूर्वाधार कम्पनी आगामी ६ महिनामा स्थापना हुनेछ। 

Friday, June 6, 2014

टेलिकमले लोडसेडिङमा पनि चलाउन मिल्ने राउटर ल्यायो, मूल्य ५५ सय देखि ५९ सयसम्म, ५ जिबी डाटा फ्रि

काठमाडौं, bizmandu.com । नेपाल टेलिकमले लोडसेडिङको समयमा पनि चलाउन मिल्ने राउटर ल्याएको छ । नेपालमा दिनप्रतिदिन बढ्दै गएको लोडसेडिङलाई ध्यान दिएर यस्तो राउटर ल्याइएको टेलिकमका डेपुटी म्यानेजर अनन्तमान सिंहले बताएका छन् । टेलिकमले सजिलो इन्टरनेट सेवा अन्तर्गत यो अफर ल्याएको हो । सिंहले भने, 'दिनप्रतिदिन इन्टरनेट ग्राहकहरु उपभोक्ताहरु बढ्दै छन् । फेरी लोडसेडिङ पनि बढ्दै छ । त्यसैले हामी बत्ति जाँदा पनि उपभोक्ताहरुले इन्टरनेट चलाउन पाउन् भनेर यस्तो राउटर ल्याएका हौं ।' सजिलो इन्टरनेट सिडिएमए थ्रीजी वाइफाइ राउटरमा उपभोक्ताले आफूसँग भएको डिभाइसमा राउटर राखेपछि तुरुन्तै वाइफाइ मार्फत इन्टरनेट चलाउन सक्छन् । राउटरले फालेको वाइफाइ ५ देखि ८ जनाले एकैपटक चलाउन सक्छन् । यसको स्पिड तीन एमबीपिएस हुने कम्पनीले जनाएको छ ।  सिंह भन्छन्, 'अति आवश्यक काम परेको बेला चलाउन सजिलो होस् भनेर ल्याइएको अफर हो । जहाँ जतिसुकै बेला पनि नेपालभरी चलाउन सकिन्छ ।' उनका अनुसार यो राउटरमा रिम कार्ड राखेपछि सिडिएमए थ्रीजी चल्छ । यसलाई ल्यापटप, डेस्कटप, ट्याब्लेट र मोवाइलमा समेत प्रयोग गर्न सकिन्छ ।


टेलिकमले व्याट्रीको क्षमता अनुसार विभिन्न खाले राउटर बजारमा ल्याएको छ। दुई हजार मिलिएम्प आवरदेखि ३५ सय मिलिएम्प आवर क्षमता भएका इनविल्ट व्याट्री राखिएको राउटरको मूल्य ५५ देखि ५९ सयसम्म पर्छ । उपभोक्ताले राउटर किन्दा रिम कार्ड सहित तीन महिनासम्म चलाउन सकिने ५ जिबीको डाटा पाउनेछन् । उपभोक्तासँग पहिले नै रिमकार्ड छ भने रिचार्ज गरेर २५ देखि १० जिबी सम्मको डाटा राउटरबाट प्रयोग गर्न सक्छन् । टेलिकमले तोकेको माथिका मूल्यमा भ्याट समावेश नगरिको जनाएको छ । उपभोक्ताले १४१५ मा bl र vl लेखेर म्यासेज गर्दा आफ्नो राउटरमा रहेको रिमकार्डमा कति व्यालेन्स र डाटा छ भनेर समेत जानकारी लिन सक्नेछन् ।