Monday, June 30, 2014

रणनीतिक साझेदार ल्याउन नेपाल टेलिकमको फड्को, साझेदार भित्र्याउन सल्लाह दिने कन्सल्ट्यान्ट NTCले सर्ट लिष्टिङ गर्‍यो, अधिकांश भारतीय

काठमाडौं।bizmandu.com नेपाल टेलिकमले रणनीतिक साझेदार भित्र्याउने प्रकृयामा सल्लाह दिन कन्सल्ट्यान्ट बन्न इच्छुक छ वटा कम्पनीलाई सर्ट लिष्टिङ गरेको छ। साझेदार ल्याउने प्रकृयालाई अघि बढाउन कम्पनीले कन्सल्ट्यान्ट नियुक्तीका लागि एक्सप्रेसन अफ इन्ट्रेष्ट (इओआई) माग गरि ग्लोवल टेन्डर निकालेको थियो। आवेदकहरु मध्ये चारवटा भारतीय, एक जमर्न र एक सिङ्गापुरका कम्पनी सर्ट लिष्टिङ भएका हुन्। भारतका अन्र्ष्ट एन्ड योङ एलएलपी, डिलोइट टच तोमात्सु इन्डिया प्रालि, केपिएमजी एड्भाइजरी सर्भिस प्राइभेट लिमिटेड, एनालाइसिस मास अन इन्डिया प्रालि प्रारम्भिक सूचीमा परेका छन्। जर्मनीको डेटिकोन इन्टरनेशनल जिएमबिएच र सिङ्गापुरको रोल्यान्ड बर्जर स्ट्राटेजी कन्सल्ट्यान्ट पिटिइ लिमिटेड पनि अन्तिमको छ भित्र छन्। सर्ट लिष्टिङमा परेका कम्पनीहरुलाई रिक्वेष्ट अफ प्रपोजल (आरएफपी) कागजात मंगलबारबाट बितरण गर्ने कम्पनीले जनाएको छ। यि मध्येबाट अन्तिम छनौटमा पर्ने एउटा कम्पनीले नेपाली टेलिकमको सेयर डाइभेष्टमेन्ट गरि रणनीतिक साझेदार भित्र्याउने मोडालिटीबारे सुझाव दिनेछन्। 
परापर्शदाताले नेपाल टेलिकमको संरचना हेरि कस्तो साझेदार उपयुक्त हुन्छन् त्यसबारे सुझाव दिनेछ। कम्पनीको सेयर संरचना कस्तो राख्ने र साझेदारलाई कति प्रतिशत सेयर दिने भन्ने बारे पनि कन्सल्ट्यान्टले परामर्श दिनेछन्। परापर्शदाताको सुझाव बमोजिम टेलिकमले ग्लोवल टेन्डर गरि रणनीतिक साझेदार आह्वान गर्ने जनाएको छ। दुई बर्ष भित्र साझेदार भित्र्याउने कम्पनीको योजना छ।   
रणनीतिक साझेदार मार्फत विदेशी लगानी र प्रविधि भित्र्याउने नेपाल टेलिकमको योजना छ। साथै कम्पनीको व्यवस्थापन समेत साझेदारमा आउने विदेशी कम्पनीले लिने हुँदा सार्वजनिक खरिदको लामो प्रकृयामा अलमल नगरि निर्णय प्रकृया छिटो हुने अपेक्षा गरिएको छ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete