Wednesday, July 9, 2014

सम्पूर्ण कर्मचारीलाई शेयर उपलब्ध गराउन माग


nepal-telecom
8 JULY, 2014 काठमाडौं । http://mynewsnepal.com/ नेपाल टेलिकम भित्र शेयर विवाद चुलिएको छ । टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा २९ अर्ब १२ करोड ३४ लाख आर्जन गरेको र आर्जित रकममा कर कटाउँदा कम्पनीेलाई आठ अर्ब ६० करोड ६४ लाख मुनाफा भएको छ विवरण सार्वजनिक गरिरहँदा नेपाल टेलिकम शेयर विहिन कर्मचारी समूहले भने पे्रस विज्ञप्ति जारी गरी दुईवटा मागलाई अघि सारेका छन् । समूहले सम्पुर्ण शेयरविहिन कर्मचारीहरुलाई कम्पनीको सहूलियत दरको शेयर उपलब्ध गराउनु पर्ने, शेयर विहिन कर्मचारीहरुलाई कम्पनीको शेयर प्राप्त नभएसम्मका लागि तत्काल आर्थिक सूविधा सहित कर्मचारी प्रतिनिधि चयनमा मताधिकारको व्यवस्था गर्न माग गरेका हुन् । कर्मचारी समूले विगत ६ वर्षदेखि टेलिकममा कार्यरत शेयर विहिन कर्मचारीहरुले कम्पनीको स्वामीत्व प्राप्ति स्वरुप कम्पनिको सहुलियत दरको शेयर पाउनु पर्ने र नेपाल टेलिकममा शेयर हुने र नहुने कर्मचारी बिचको विद्यमान असमानताको अन्त्य गरि शेयर सम्वन्धी विद्यमान समस्याको दीर्घकालिन समाधान हुनुपर्ने आवाज उठाउँदै आएको छ । ‘नेपाल टेलिकमका कर्मचारीलाई संस्था पूर्ण प्रतिष्पर्धामा उत्रिएको अवस्थालाई मूल्याड्ढन गर्दै कर्मचारीको उत्पादकत्व अभिवृद्धी तथा कम्पनी प्रति कर्मचारीको पुर्ण लगाव तथा जिम्मेवारी वहनकै लागी सरकारले कम्पनीका कर्मचारीलाई कम्पनीको स्वामित्व (शेयर) प्रदान गरेको थियो । तर २०६४ साल जेठ १० गते पछि कम्पनीमा स्थायी पदपुर्ति भई आउने कर्मचारीहरुले कम्पनीको शेयर नपाएको अवस्थामा एउटै संस्थाभित्र शेयर सहितका र शेयरविहिन कर्मचारीहरु रहेको विद्यमान बिभेदको अवस्थाले कम्पनीको स्वस्थकर विकासको लािग सहयोग गर्ने देखिदैन ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ । यसरी सरसर्ती हेर्दा नेपाल टेलिकमका शेयरहोल्डर कर्मचारीहरु अवकास भई शेयरविहिन कर्मचारीहरुको अनूपात आगामी दिनहरुमा क्रमशः बढ्दै जाने देखिन्छ । कम्पनीमा कार्यरत रहेका कर्मचारीहरुलाई शेयर नदिने हो भने कम्पनीस“ग बा“की हुने शेयरको संख्या पनि सोहि अनूरुपले घट्दै जान्छ । यस किसिमको अवस्थामा शेयर विहिन कर्मचारीको मनोवलमा पर्न जान सक्ने असरको साथै कर्मचारी प्रतिनिधीको रुपमा कम्पनीको सञ्चालक समितीमा चूनीएर जाने प्रतिनिधीकै बैधानिकतामा प्रश्न उठ्ने कर्मचारी समूहको दावी छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete