Tuesday, July 22, 2014

टेलिकम र सामसुङको संयुक्त प्याकेज : दुबैमा छुट अफर

_MG_4876
काठमाडौं । onlinekhabar.com २०७१ साउन ५ गते १७:५७ मा प्रकाशित  नेपाल टेलिकम र सामसुङ मोबाइल बिक्रेता इन्टरनेशन मार्केटिङ सर्भिसेज आइएमएसले संयुक्त रुपमा विशेष छुट प्याकेज ग्राहकसामु ल्याएका छन् ।
प्याकेज अन्तर्गत टेलिकमको सिमसँग सामसुङ मोबाइलका ५ मोडलमध्ये कुनै एउटा खरिद गर्दा मोबाइलमा १० प्रतिशत नगद छुट र सिममा मोबाइल सेट मूल्यको १५ प्रतिशत बराबर टक टाइम वा डाटा सित्तैमा प्राप्त गर्न सकिने छ ।
दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग मिलेर यस्तो प्याकेज नेपालमै पहिलो पटक ग्राहकसामु ल्याएको आइएमएसका कार्यकारी अध्यक्ष दीपक मलहोत्राले बताए । उनले प्याकेजमा तोकिएको मोबाइल खरिद गर्नेलाई ग्राहकलाई आफुहरुले १० प्रतिशत छुट दिने र सिममा टेलिकमले १५ प्रतिशत डाटा वा टक टाइम सित्तैमा उपलब्ध गराउने बताए ।
यसरी प्राप्त हुने सेवा ग्राहकहरुले ६ महिनाका लागि प्रत्येक महिना बराबर किस्ताको रुपमा प्राप्त गर्ने आइएमएसले जनाएको छ । आइएमएसका एक्सक्लुसिभ ब्रान्ड पसलहरु तथा टेलिकमका छानिएका बिक्री केन्द्रबाट प्याकेजमा मोबाइल तथा सिम खरिद गर्न सकिने बताइएको छ ।
मोडल
एमअरपी
छुट
अफर मूल्य
डाटा मूल्य
ग्यालेक्सी एस थ्री
३९,५००
,९५०
३५,५००
,८८०
सामसुङ कोर
२४,२००
,४२०
२१,७८०
,६००
सामसुङ ट्रेन्ड
१३,६५०
,३६५
१२,२८५
,०४०
सामसुङ लकोटा
,७००
५७०
,१३०
८२५
सामसुङ गुरू
,२६०
२२६
,०३४
३३८
सामसुङ कोर, ग्यालेक्सी एस थ्री, सामसुङ ट्याब थ्री मोडलमा इन्टरनेट डाटा उपलब्ध गराउने छ ।
यस योजना अन्तर्गत खरिद गरिएका मोबाइल सेटमा कम्पनीले एक वर्ष र एसोसेरिजमा ६ महिनाको वारेन्टी प्रदान गर्ने भएको छ । मोबाइल सेटमा देखिएका कुनै पनि समस्याहरु सामसुङको आधिकारिक सर्भिस सेन्टरबाट हल गर्न सकिने बताइएको छ ।
आइएमएसका अनुसार यस योजनामा खरिद गरिएका सम्पूर्ण मोबाइल सेट ओभर भोल्टेज, सर्ट सर्किट तथा ओभरलोड तथा इनपुट रिभर्सजस्ता समस्याबाट सुरक्षित रहनेछन् ।
टेलिकम र आइएमएसवीच भएको यो साझेदारी तीन वर्षसम्मका लागि कायम रहने बताइएको छ । यस विचमा सामसुङले कुनै मोडलको उत्पादन तथा वितरण बन्द गरेमा वा मोडलको स्तरोन्नती गरेमा स्तरोन्नती गरेका मोडल यसै योजनामा समावेश गरि बिक्री गरिने आइएमएसले जनाएको छ ।

No comments:

Post a Comment