Wednesday, July 9, 2014

टेलिकम सेयरधनीलाई ४६ प्रतिशत लाभांश

काठमाडौं, २४ असार कारोबर सम्बाददाता-  नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले आर्थिक वर्ष २०६९÷७० को नाफाबाट ४६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंगलबार सम्पन्न कम्पनीको छैंटौ वार्षिक साधारणसभाले नाफा रकममध्येबाट सरकारबाट स्वीकृत चुक्ता पुँजीको ४६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।कम्पनीले ०६९/७० मा ११ अर्ब २९ करोड रुपैयाँ नाफा गरेको छ ।  कम्पनीमा सरकारको ९१.५ प्रतिशत टेलिकम कर्मचारी ४.१ र ४.४ प्रतिशत सर्वसाधारणको सेयर हिस्सा छ ।   सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले नााफाको साथै सेवा र नागरिकप्रतिको दायित्वलाई केन्द्रबिन्दुमा राख्दै काम गरेको बताए ।  सेवाग्राहीहरूको सन्तुष्टि र छनोटलाई कम्पनीको सफलताको सूत्र बनाइ ग्राहक आधारमा वृद्धि, सेवाको स्तरोन्नति, मुनाफा वृद्धि र सेयरधनीहरूलाई उचित लाभ प्रदान गर्न कम्पनी सदा लागिरहने उनले बताए । निर्णय प्रक्रियामा सुधार, कर्मचारीको कार्यशैलीमा सुधार, उचित वितरण प्रणाली, संस्थागत संरचना विकास र परिवर्तनमुखी, व्यावसायिक तथा गतिशील संगठनको रुपमा कम्पनीको विकास गर्न रणनीतिक साझेदार भिœयाउने प्रक्रिया सरकारले अघि बढाएको उनले जानकारी दिए । सभाले आर्थिक वर्ष ०६९÷७० को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलाई पारित गरेको छ । महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव ०७०।७१ को लागि कम्पनीको लेखापरीक्षकमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महतलाई नियुक्त गरेको छ । आगामी दिनमा कम्पनीले सेवा प्रतिको विश्वसनियता अभिवृद्धि गराई ग्राहकहरूलाई कम्पनीको सेवामा टिकाइराख्न एडीएसएल एडीएसएल, एभिडिओ, वाइम्याक्स,मोवाइल इन्टरनेट आदि सेवाको विस्तार तथा मोवाइल ब्रोडब्यान्ड सेवाको प्रवद्र्धनलाई प्राथमिकता दिने बताए । उहाँले ग्रामीण क्षेत्रको बजारलाई पकेट क्षेत्रको रूपमा विस्तार गर्न आधारभूत सेवाहरूको विस्तारको साथै ग्रामीण क्षेत्रसम्म अप्टिकल फाइवरको सञ्जाल विस्तार गरी डाटा सेवाको बिक्री वितरणमा प्राथमिकता प्रदान गरिने  उनले बताए । आर्थिक वर्ष ०६९÷७० मा कम्पनीको कुल आम्दानी ३८ अर्ब ८५ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी वृद्धि ४.२२ प्रतिशत वृद्धि  भएको छ । अध्यक्ष शर्माले कम्पनीको खर्चमा थप मितव्ययिता अपनाइने, पारदर्शितामा जोड दिइने र वितरीत सेवाहरूको गुणस्तर अझ उच्चस्तरको बनाउन प्राथमिकता दिइने बताए ।  कम्पनीका सचिव बुद्धिप्रसाद आचार्यले आगामी बिहीबारदेखि सेयरधनीहरूलाई एनएमबी बंैकबाट मुलुकभरका शाखाहरूमार्फत साधारणसभाबाट पारित भएबमोजिमको नगद लाभांश वितरण गरिने जानकारी दिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete