Friday, June 6, 2014

टेलिकमले लोडसेडिङमा पनि चलाउन मिल्ने राउटर ल्यायो, मूल्य ५५ सय देखि ५९ सयसम्म, ५ जिबी डाटा फ्रि

काठमाडौं, bizmandu.com । नेपाल टेलिकमले लोडसेडिङको समयमा पनि चलाउन मिल्ने राउटर ल्याएको छ । नेपालमा दिनप्रतिदिन बढ्दै गएको लोडसेडिङलाई ध्यान दिएर यस्तो राउटर ल्याइएको टेलिकमका डेपुटी म्यानेजर अनन्तमान सिंहले बताएका छन् । टेलिकमले सजिलो इन्टरनेट सेवा अन्तर्गत यो अफर ल्याएको हो । सिंहले भने, 'दिनप्रतिदिन इन्टरनेट ग्राहकहरु उपभोक्ताहरु बढ्दै छन् । फेरी लोडसेडिङ पनि बढ्दै छ । त्यसैले हामी बत्ति जाँदा पनि उपभोक्ताहरुले इन्टरनेट चलाउन पाउन् भनेर यस्तो राउटर ल्याएका हौं ।' सजिलो इन्टरनेट सिडिएमए थ्रीजी वाइफाइ राउटरमा उपभोक्ताले आफूसँग भएको डिभाइसमा राउटर राखेपछि तुरुन्तै वाइफाइ मार्फत इन्टरनेट चलाउन सक्छन् । राउटरले फालेको वाइफाइ ५ देखि ८ जनाले एकैपटक चलाउन सक्छन् । यसको स्पिड तीन एमबीपिएस हुने कम्पनीले जनाएको छ ।  सिंह भन्छन्, 'अति आवश्यक काम परेको बेला चलाउन सजिलो होस् भनेर ल्याइएको अफर हो । जहाँ जतिसुकै बेला पनि नेपालभरी चलाउन सकिन्छ ।' उनका अनुसार यो राउटरमा रिम कार्ड राखेपछि सिडिएमए थ्रीजी चल्छ । यसलाई ल्यापटप, डेस्कटप, ट्याब्लेट र मोवाइलमा समेत प्रयोग गर्न सकिन्छ ।


टेलिकमले व्याट्रीको क्षमता अनुसार विभिन्न खाले राउटर बजारमा ल्याएको छ। दुई हजार मिलिएम्प आवरदेखि ३५ सय मिलिएम्प आवर क्षमता भएका इनविल्ट व्याट्री राखिएको राउटरको मूल्य ५५ देखि ५९ सयसम्म पर्छ । उपभोक्ताले राउटर किन्दा रिम कार्ड सहित तीन महिनासम्म चलाउन सकिने ५ जिबीको डाटा पाउनेछन् । उपभोक्तासँग पहिले नै रिमकार्ड छ भने रिचार्ज गरेर २५ देखि १० जिबी सम्मको डाटा राउटरबाट प्रयोग गर्न सक्छन् । टेलिकमले तोकेको माथिका मूल्यमा भ्याट समावेश नगरिको जनाएको छ । उपभोक्ताले १४१५ मा bl र vl लेखेर म्यासेज गर्दा आफ्नो राउटरमा रहेको रिमकार्डमा कति व्यालेन्स र डाटा छ भनेर समेत जानकारी लिन सक्नेछन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete