Monday, May 20, 2013

वाइम्याक्स लुम्बिनी अञ्चलभर

मनोरञ्जन शर्मा, कारोबार 
NT WiMAX Coverage

भैरहवा, ५ जेठ- नेपाल टेलिकमको फोर जी प्रविधिमा आधारित वाइम्याक्स इन्टरनेट सेवा लुम्बिनी अञ्चलका ६ जिल्लामा नै पुगेको छ । नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवाले वाइम्याक्स सेवाका बारेमा आयोजना गरेको अन्तरक्रियामा सो जानकारी गराएको हो । सहर मात्र नभई ग्रामीण क्षेत्रमा पनि ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगोस् भन्ने उद्देश्यसहित लुम्बिनी अञ्चलका ६ जिल्लाका प्रमुख सहर भैरहवा, बुटवल, तानसेन, परासी, कपिलवस्तु, अर्घाखाँची, तम्घासमा मात्र नभई ग्रामीण भेगमा समेत बीटीएस टावर स्थापना गरी सर्वसाधारणलाई दु्रत गतिको इन्टरनेट वाइम्याक्स सेवाको पहुँच दिन सफल भएको टेलिकमका पश्चिमाञ्चल क्षेत्रीय निर्देशक विजय ठाकुरले बताए । वाइम्याक्स सेवाका लागि नेपाल टेलिकमले पूर्वक्षेत्रमा काठमाडांै सुनधारा र नारायणी पश्चिम क्षेत्रका लागि बुटवलका कोर नेटवर्क स्टेसन स्थापना गरी इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । पश्चिम क्षेत्रको कोर स्टेसन बुटवलमा भएकाले पनि यस क्षेत्रको प्रायः  सबै स्थानमा वाइम्याक्सको पहुँच पुग्न सकेको र अन्य ग्रामीण स्थानमा समेत छिट्टै पु¥याउने क्षेत्रीय निर्देशक ठाकुरले उल्लेख गरे । वाइम्याक्स सेवाका लागि रूपन्देहीको भैरहवा, बुटवलसहित आठ स्थानमा, पाल्पाको तानसेनसहित चार स्थानमा अर्घाखाँचीमा चार, गुल्मीमा पाँच, नवलपरासीमा चार तथा कपिलवस्तुका तीन स्थानमा बीटीयस टावर जडान भएको छ । वाइम्याक्स सेवा दु्रतगतिको सबैभन्दा सफल र भरपर्दो इन्टरनेट भएकाले सर्वसाधारण, बैंक वित्तीय संस्था, सरकारी कार्यालय, कर्पोरेट हाउस, होटल व्यवसायलगायतले फाइदा लिन सक्ने ठाकुरले जनाए ।  लुम्बिनी अञ्चलमा सेवा सुरुको छोटो अबधिमै ४२ जना ग्राहकले वाइम्याक्स प्रयोग गरिसकेको कार्यक्रममा बताइयो । यो सेवा प्रयोगका लागि उपभोक्ताले यूएसबी डंगोल, इन्डोर तथा आउटडोर सीपीई डिभाइस आफ्नो ल्यापटप अथवा डेस्कटपमा जडान गर्नुपर्छ । यूएसबी डंगोलले २ किमि परिधी, इन्डोर सीपीईले ८ किलोमिटरसम्म र आउटडोर सीपीईले २५ किलोमिटर परिधिसम्म काम गर्ने भएकाले ग्राहकहरूलाई वाइम्याक्स सेवा निकै राम्रो हुने जनाइएको छ । होटलहरूमा वाइम्याक्स सेवा लिई त्यस्लाई वाईफाई इन्टरनेटमा प्रयोग गर्न सकिनेसमेत कार्यक्रममा बताइयो । कुनै एक स्थानबाट वाइम्याक्स सेवा लिएका उपभोक्ताले सोही पासवर्डबाट देशको कुनै पनि कुनामा यो सेवा चलाउन सकिन्छ । कार्यक्रममा नेपाल टेलिकमले मुलुकका १५ सयभन्दा बढी स्थानमा ‘हट स्पट वाईफाई सेवा’ दिन थालेको टेलिकमले जनाएको छ । टेलिकमले वाइम्याक्स सेवाका लागि जेठ ३ गतेदेखि सुरु हुने गरी अनलिमिटेड  प्याकेज सेवा सुरु गरिसकेको  छ ।

No comments:

Post a Comment