Thursday, November 14, 2013

लाइसेन्स शुल्क बढेपछि टेलिकमको मुनाफा घट्यो

Onlinekhabr.com २९ कात्तिक, काठमाडौं । अधिकांश सरकारी स्वामित्व रहेको नेपाल टेलिकमको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न वैदेशिक साझेदार भित्राउने निर्णय कार्यन्वयनमा ढिलाई भइरहँदा कम्पनीको वित्तीय स्वास्थ्य क्रमशः कमजोर बन्दै गएको छ । चालु आवको साउनदेखि असोजसम्म कम्पनीले २ अर्ब ४५ करोड ८१ लाख रुपैयाँमात्र खुद मुनाफा गरेको छ । जुन मुनाफा गत आवको सोही अवधिको तुलनामा ३२ प्रतिशतले कम हो । गत आवको साउनदेखि असोजसम्म कम्पनीले ३ अर्ब ६३ प्रतिशत खुद आम्दानी गरेको थियो ।
nepal-telecomयसरी, नाफा घट्नुमा सरकारले वृद्धि गरेको लाइसेन्स शुल्क मुख्य जिम्मेवार रहेको टेलिकमले जनाएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ६८ लाख रुपैयाँ मात्र लाइसेन्स शुल्क बुझाएकोमा यो त्रैमासमा १ अर्ब रुपैयाँ बुझाउनुपरेको टेलिकमले उल्लेख गरेको छ । त्यस्तै, फि्रक्वेन्सी शुल्क पनि १० करोड रुपैयाँबाट २५ करोड रुपैयाँ पुगेको छ । यसबाहेक नाफा घट्नुमा प्रशासनिक खर्च र कर्मचारी खर्चमा भएको उच्च वृद्धि पनि जिम्मेवार रहेको देखिन्छ ।
गत आर्थिक वर्षमै घटेको कम्पनीको प्रतिशेयर आम्दानी यो आर्थिक वर्षको पहिलो त्रैमासिक नतिजाले अझ तिब्र गतिमा घट्ने देखाएको छ । कम्पनीको कुल आम्दानी बढ्दा समेत खुद मुनाफा घट्नुले कम्पनीको व्यस्थापकीय क्षमता कमजोर बन्दै गएको संकेत गर्ने विश्लेषकहरु बताउँछन् । कम्पनीले गत आवको साउनदेखि असोजसम्म ९ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ कुल आम्दानी गरेकोमा समिक्षा अवधिमा १९ करोड रुपैयाँ बढी १० अर्ब ३ करोड ९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको पहिलो ३ महिनामा ९६ रुपैयाँ ८३ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी समिक्षा अवधिमा घटेर ६५ रुपैयाँ ५५ पैसा भएको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ९.२६ गुणा, प्रतिशेयर नेटवर्थ ३७३ रुपैयाँ ६४ पैसा रहेको छ ।

No comments:

Post a Comment