Friday, November 1, 2013

१५ दिनदेखि टेलिकम प्रबन्ध निर्देशक रिक्त


कारोबार संवाददाता, काठमाडौं, १४ कात्तिक - नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) मा २ सातादेखि प्रबन्ध निर्देशक रिक्त छ । अमरनाथ सिंहको असोज २५ मा पदावधि सकिएपछि पनि सरकारले अर्काे नियुक्ति नगर्दा महत्वपूर्ण निर्णय लिन समस्या हुने टेलिकमले जनाएको छ ।सिंह विगतमा ३ पटकसम्म प्रबन्ध निर्देशक भएका थिए । टेलिकममा सेवाअवधि अझै बाँकी रहेका सिंह निमित्त प्रबन्ध निर्देशकको रूपमा कार्यरत छन् । प्रबन्ध निर्देशक (प्रमुख कार्यकारी अधिकृत) जस्तो जिम्मेवारीपूर्ण पद खाली रहँदा दूरसञ्चार क्षेत्रको प्रतिस्पर्धासँग जुध्न कठिन हुने टेलिकमका सञ्चालक टंकलाल श्रेष्ठ बताउँछन् । कम्पनीको विनियमावलीअनुसार समयावधि सकिए पनि अर्काे व्यवस्था नहुन्जेल वरिष्ठताको आधारमा सिंहले निमित्त प्रबन्ध निर्देशकको रूपमा काम गरेका हुन् । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार पुनः सिंहलाई नै सिफारिस गरी मन्त्रिपरिषद् पठाइको छ । तर, सिहंको उमेर हदसम्बन्धमा परेको उजुरीमाथि भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियार प्रवक्ता श्रीधर सापकोटाले आवश्यक कागजातमाथि अनुसन्धान भइरहेकोे बताए ।टेलिकमका कर्मचारी युनियनहरूले भने समयसापेक्ष विकास प्रविधिलाई आत्मसात् गर्नसक्ने नयाँ व्यक्तिलाई नेतृत्व दिनुपर्नेमा जोड दिएका छन् ।

No comments:

Post a Comment