Wednesday, October 22, 2014

टेलिकमले बागमती किनारामा हरियाली उद्यान बनाउने


Bagmati---Nt-Agree-
३ कात्तिक, काठमाडौं । onlinekhabar.com नेपाल टेलिकमले बागमती नदीको कोटेश्वर पुलदेखि मनोहरा पुलसम्मको दुबैतर्फको किनारामा हरियाली उद्यान निर्माण गर्ने भएको छ । यस सम्बन्धमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिसँग सोमबार टेलिकमले सम्झौता गरेको छ ।
टेलिकमको केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा भएको सम्झौतामा टेलिकमका निमिक्त प्रबन्ध निर्देशक मधुसूदन कर्माचार्य र समितिका सदस्य सचिव राजेशप्रसाद सिंहले सम्झौता गरेका छन् ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै टेलिकमा निमित्त प्रबन्ध निर्देशक कर्माचार्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती नदीको स्वच्छता र सुन्दरता वृद्धिमा सहयोग पुर्‍याउन उद्यान निर्माण गर्न लागेको बताए ।
बाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव सिंहले कम्पनीको सहयोगका लागि धन्यवाद प्रदान गरे ।
टेलिकमले कोटेश्वर पुलदेखि मनोहरा पुलसम्मको ९ सय २० मिटर लम्बाइ र औषत ९ मिटर चौडाइको करिव १६ रोपनी क्षेत्रफलमा हरियाली उद्यान निर्माण गरी आगामी ५ वर्षसम्म सञ्चालन तथा रेखदेख गर्नेछ ।
टेलिकमले बाग्मती नदिको स्वच्छता र सुन्दरता वृद्धिका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्दै आइरहेको छ । गत वर्ष दशौं वाषिर्कोत्सवको अवसरमा बाग्मती सफाई महाअभियानमा सरिक भई बाग्मती नदी सफाई गर्नुको साथै सफाइमा प्रयोग हुने विभिन्न सामग्रीहरु टेलिकमले प्रदान गरेको थियो ।
यसैगरी, बाग्मती सफाई अभियान सुरु भएको दोस्रो हप्तादेखि सर्वसाधारणलाई सफाई अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट हरेक हप्ता एक लाख भन्दा वढी एसएमएस प्रेषित गरेर योगदान पुर्‍याउँदै आइरहेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete