घनश्याम खड्का / चेत बहादुर सिंह कान्तिपुर काठमाडौ, वैशाख ३ - 
 काम चलाउ सरकारले गत कात्तिक १९ गतेबाट लागू गरएको रेडियो फ्रिक्वेन्सी 
नीति २०६९ को कार्यान्वयन तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी
 गरेको छ । रेडियो फ्रिक्वेन्सी नीति २०६९ अनुसार १० वर्षमा ७ अर्ब ५० करोड
 रुपैयाँ किस्ताबन्दीमा बुझाउनुपर्ने छ । बाँकी १२ अर्ब ७७ कारोड ५० लाख 
रुपैयाँ कहिलेसम्म बुझाउनुपर्ने भन्ने नीतिमा उल्लेख नभएको भन्दै अदालतले 
यस्तो आदेश जारी गरेको हो । घुमाउरो पाराले व्यवसायीलाई फाइदा र राजस्वमा घाटा हुने उक्त नीतिका 
विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वाेच्चले तत्कालका लागि नीति लागू 
गर्ने प्रक्रिया जहाँ पुगेको हो त्यहीँ रोक्न आदेश गरेको हो । यसअघि गत जेठ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारले नवीकरण 
दस्तुर २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ दस्तुर तोकिएको थियो । 
कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलासले सोमबार गरेको
 आदेशअनुसार सरकारले यस्तो निर्णय गर्न पर्नाको लिखित कारणसमेत सर्वोच्चमा 
पेस गर्नुपर्ने छ । 
 अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे छलफल गर्न पक्ष र 
विपक्षी दुवैलाई छलफल गर्न बोलाइएको छ । साथै विपक्षीहरूसँग लिखित जवाफ 
माग्ने पनि आदेशमा उल्लेख छ । अन्तरिम चुनावी सरकारको गठनको तयारी भइरहेको 
अवस्थामा नीति निर्धारण  समितिको बैठक बोलाई अगाडिको मिति २०६९।७।१९ देखि 
लागू हुने गरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी  (बाँडफाँट र 
मूल्यसम्बन्धी) नीति २०६९ जारी गरिएको थियो । कानुनले दिएको अधिकारभन्दा 
बाहिर गइगरेको व्यवस्था बदर गर्न माग गर्दै गत चैत २० मा अधिवक्ता दिमोद 
श्रेष्ठले रिट दायर गरेका थिए । रिटमा हालसम्म नेपाल दूरसञ्चार प्राधिकरणबाट विभिन्न किसिमका दूरसञ्चार 
सेवा सञ्चालन गर्न अलगअलग सूचनाहरू प्रकाशित गरी राष्ट्रिय तथा 
अन्तर्राष्ट्रिय कम्पनीहरूबीच प्रतिस्पर्धाबाट विभिन्न कम्पनीहरूलाई 
अनुमतिपत्र प्रदान गर्दै आएको उल्लेख छ । कम्पनीहरूले पनि त्यसै 
अनुमतिपत्रको सर्तअनुसार दूरसञ्चार सेवा सञ्चालन गर्दै आएको पनि रिटमा 
उल्लेख छ । त्यसमा नेपाल टेलिकम, एनसेल प्रालि, यूटीएल, स्मार्ट टेलिकम, 
नेपाल स्याटलाइट टेलिकम, एसटीएम टेलिसञ्चार नामक कम्पनीहरू पर्ने रिटमा 
उल्लेख छ । रिटमा ती सबै कम्पनीहरूको अनुमतिपत्रका  सर्त, अनुमतिपत्र दस्तुर, नवीकरण 
दस्तुर आदि नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम दूरसञ्चार नियमावलीको 
नियम १५ ले अनुमति प्राप्त व्यक्तिलाई विभिन्न सर्तहरू तोक्न सक्ने 
व्यवस्थासमेत गरेको छ । ऐनअनुसार प्राधिकरणले आवश्यक निर्देशन दिन सक्ने छ । त्यसरी दिएको 
निर्देशन पालना गर्नुपर्ने कर्तव्य अनुमतिपत्र प्राप्त व्यक्तिको हुने 
व्यवस्था पनि ऐनले गरेको छ । यसै क्रममा तत्कालीन स्पाइस नेपाल हाल एनसेल 
प्रालिले दूरसञ्चार सेवाको अनुमतिपत्र लिँदा त्यसको म्याद दस वर्ष हुने र 
दस वर्षसम्म सेवा विस्तार र सञ्चालन गरेबापत सरकारलाई नवीकरण दस्तुरबापत २०
 अर्ब रुपैयाँ बुझाउने कबोल गरेको रिटमा उल्लेख छ । दूरसञ्चार संस्थानले 
पनि अन्य प्राइभेट कम्पनीले बुझाएसरह दस्तुर बुझाउने मञ्जुर गरी अनुमतिपत्र
 लिएको रिटमा  उल्लेख छ । तर लामो समयसम्म पनि नवीकरणबापतको रकम ती संस्थाहरूले बुझाएका छैनन् ।
 
No comments:
Post a Comment