Monday, December 3, 2012

टेलिकमको ५२ लाख लाइन मोबाइल पूर्वाधार हुवावेलाई नै जिम्मा दिने तयारी


योगेश खतिवडा काठमाडौ, मंसिर १७ - नेपाल टेलिकमले ५२ लाख लाइन क्षमताको जीएसएम मोबाइल पूर्वाधार तयार गर्न चिनियाँ कम्पनी हुवावेलाई नै आशयपत्र पठाउने भएको छ । चिनियाँ कम्पनी जेडटीई र इरिक्सनले काम नगर्ने बताएपछि अन्तिम विकल्पको रूपमा टेलिकम सञ्चालन समितिको बैठकले गत साता यस्तो निर्णय गरेको हो । तर निर्णयमा कतिपय सदस्यले असहमति जनाएका थिए । हुवावेले एक करोड लाइन क्षमता अन्तर्गत ४८ लाख लाइन बनाउने प्याकेज 'ख'को काम यसअघि नै पाइसकेको छ । तर हुवावेले यसअघि आफैंले कबोल गरेको रकममा पनि प्याकेज 'क'को काम नगर्ने भन्दै जानकारी गराए पनि टेलिकमले आशयपत्र पठाउने भएको हो ।   'एक साताभित्र हुवावेलाई आशयपत्र दिन्छौं,' एक अधिकारीले भने । टेलिकमले सन् २०१५ भित्र एक करोड लाइन थप गर्ने योजनाका साथ सुरु गरेको यो योजनाअन्तर्गत प्याकेज 'क'को काम लामो समयदेखि अड्किएको छ । 'अरू दुई कम्पनीले हुवावेले कबोल गरेको रकममा नगर्ने भएपछि अन्तिम विकल्प हुवावे भएको हो,' उनले भने, 'तर उसले नगर्ने भनिसकेकाले आशयपत्र दिए पनि काम गर्न आउँछ कि आउँदैन हेर्न बाँकी छ ।' प्याकेज 'ख'को काम गरिरहेको र प्याकेज 'क'को काम नगर्दा पहिलेको काममा असर पर्ने भएकाले उसलाई दुवै काम गर्नुपर्ने बाध्यता रहेको टेलिकमका अधिकारीले बताए । यसअघि प्याकेज 'क'को काम नगर्ने भन्दै अदालत पुगे पनि हुवावेको पक्षमा आदेश आएको थिएन ।

आशयपत्र पठाएपछि कतैबाट असहमति नआए एक महिनाभित्र हुवावेलाई स्वीकृतिपत्र दिने तयारीमा टेलिकम रहेको छ । सुरुमा टेलिकमले दुईवटा आयोजना बनाएर भिन्दा भिन्दै कम्पनीलाई काम दिने योजना बनाएको थियो । तर हुवावेभन्दा बढीमा टेन्डर गरेका दुई कम्पनीले सुरुमा हुवावेकै मूल्यमा पाए पनि काम गर्ने टेन्डर हालेका तर पछि नगर्ने बताएपछि टेलिकम बाध्य दुवै आयोजना एउटै कम्पनीलाई दिन लागेको हो । हुवावेले ५२ लाख लाइन क्षमताको आयोजना १२ करोड २० लाख अमेरिकी डलरमा गर्ने प्रस्ताव गरेको छ । स्वीकृतिपत्र लिई काम सुरु गरे हुवावेले देशको मध्य, पूर्वी, पश्चिम र मध्यपश्चिम क्षेत्रमा ५२ लाख मोबाइल निर्माण गर्नुपर्नेछ । यही आयोजनाका लागि जेडटीईले १५ करोड ५० लाख डलर र इरिक्सनले २४ करोड २० लाख डलरको टेन्डर हालेका थिए ।
'हुवावेले एउटा आयोजना जसरी पनि हात लाउने दुवैमा काम रकम कबोल गरेको देखिन्छ,' टेलिकम सञ्चालक समितिका एक सदस्यले भने, 'उसले कबोल गरेको रकममा केही नआएपछि अहिले हामीसँग उसलाई दुवै टेन्डर दिनुबाहेकको विकल्प छैन ।' यसअघि टेलिकमले ल्याएको ३५ लाख क्षमताको जीएसएम आयोजनाको जिम्मा एउटै कम्पनी जेडटीईलाई दिँदा धेरै समस्या भोगेपछि १ करोड लाइनको आयोजना दुई कम्पनीलाई दिन लागिएको थियो । 'तर एक करोडमा पनि एउटै कम्पनी आउने सम्भावना बढेको छ,' उनले भने ।
टेलिकमले झन्डै ६ महिनाअगाडि हुवावेलाई ४८ लाख लाइनको प्याकेजको जिम्मा ८ करोड ५० लाख डलरमा दिएको थियो । यसअन्तर्गत कम्पनीले काठमाडौ उपत्यका र पश्चिमाञ्चल विकास क्षेत्रमा टुजी, थि्रजी र फोजी सेवाको पूर्वाधार तयार गर्नुपर्नेछ । टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले ४८ लाख लाइनको काम सम्झौताअनुसार भइरहेकाले एक वर्षमा सेवा वितरण सुरु हुने बताइन् । 'पहिलो चरणको जडानको काम सकिएको छ,' उनले भनिन्, 'नेटवर्क परीक्षणको काम भइरहेको छ ।

No comments:

Post a Comment