Thursday, February 7, 2013

नयाँ-नयाँ प्रविधि ताक्दै टेलिफोन सेवा प्रदायक

विष्णु पोखरेल- करिब ६५ वर्षअघि जुद्ध आकाशवाणी स्थापना भएपछि सुरु भएको नेपालको दूरसञ्चार सेवाले अहिलेसम्म आउदा निकै फड्को मारिसकेको छ। दूरसञ्चारको इतिहास केलाउँदा विसं १९७० सालतिरै सुरु भएको बताइए पनि २००५ सालमा जुद्ध आकाशवाणी स्थापनालाई आधार मानिन्छ।  त्यसबेलाको सबैभन्दा द्रुत सेवा भनेकै आकशवाणी थियो। नेपालबाट आकाशवाणीको औपचारिकरुपमा अस्तित्व समाप्त भएको पनि आधा दशक भइसक्यो। यसबीचमा विश्वभर सूचना प्रविधिको विकासमा धेरै प्रगति भइसकेको छ। आकाशवाणीबाट सुरु भएको नेपालको दूरसञ्चार सेवा ल्यान्डलाइन(पिएसटिएन) फोन सेवा, मोबाइल, इन्टरनेट हुँदै अहिले आवाज, डाटा र भिडियोजस्ता कुरा एकैपटक पठाउन मिल्ने अत्याधुनिक सेवा उन्मुख हँुदै गइरहेको छ।  यो सेवामा पहिले सरकारी क्षेत्रको नेपाल दूरसञ्चार संस्थान मात्र रहेकोमा अहिले टेलिफोन सेवा दिने संस्थाको संख्या नै आधा दर्जन पुगिसकेको छ। तत्कालीन दूरसञ्चार संस्थानसमेत पब्लिक कम्पनीमा परिणत भइसकेको छ। टेलिकम क्षेत्रको विकासक्रममा अब यस्ता सेवा प्रदायक विस्तारै आवाजको खेतीबाट डाटाको खेतीतर्फ लाग्न थालेका छन्।
नयाँ-नयाँ सुविधा नभिœयाए अस्तित्वसमेत संकटमा पर्ने भएपछि नेपाली टेलिकम कम्पनीहरु पनि विश्वमा भइरहेको सूचना प्रविधिको विकासलाई पछ्याउँदै पछ्याउँदै छन्। प्रविधिमा लगानी गर्दैछन् अनि उपभोक्तालाई नयाँ-नयाँ प्रविधिमा अभ्यस्त बनाउँदै छन्।  प्रविधि पछ्याउने क्रममा नेपाली टेलिकम कम्पनीहरु अब डाटा सेवामा केन्द्रित हुन थालेका छन्। 'अब भ्वाइस र डाटासँगै लाने सेवा नै हाम्रो प्राथमिकतामा पर्छन्,' नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराई भन्छन्, 'यसरी जानुपर्ने बाध्यता भइसकेको छ।' यसका साथै टेलिकमले विभिन्नखाले भ्यालु एडेड सर्भिसलाई थप गर्ने योजना पनि बनाएको छ।  पछिल्लो पुस्ताको मानिने वाइम्याक्स इन्टरनेट सेवा भर्खरै सुरु गरेको टेलिकमले ९ करोड लाइन विस्तारसहित बनाएको योजनामा भने फोरजी सेवा सञ्चालनलाई पनि समेटेको छ। पछिल्लो पुस्ताका थि्रजी, वाइम्याक्स र इभिडियोलागयत सेवा सुरु गरिरहेको कम्पनीले सुपथ मूल्यमा नयाँ सेवाहरु सञ्चालनको कसरत गरेको हो। टेलिकमले इन्टरनेटकै माध्यमबाट टेलिभिजन प्रसारण गर्ने कसरत पनि गरिसरहेको छ। 'ग्राहकको चाहनालाई मध्यनजर गरेर सबैखाले सेवा विस्तारमा टेलिकम लाग्नेछ,' उनले भने।
निजी क्षेत्रको एनसेलले पनि डाटालाई लक्षित गर्दै सेवा विस्तारको योजना बनाएको छ। अहिले थि्रजीमार्फत सेवा विस्तार गरिरहेको एनसेलले नेपाल दुरसञ्चार प्राधिकरणमा पछिल्लो पुस्ताको लङ ट्रम इभोलुसन(एलटिई)का लागि लाइसेन्स मागिसकेको छ। सरकारले जारी गरेको फि्रक्वेन्सी नीतिमा एलटिईका लागि बोलपत्र आह्वान गरी प्रतिस्पर्धामा दिन सकिने व्यवस्था गरिएको छ। त्यसकै आधारमा यसको फ्रिक्वेन्सी दिने नदिने निर्णय गर्ने प्राधिकरणका निमित्त अध्यक्ष आनन्दराज खनालले बताए। 'अबको प्रविधि भनेको डाटामा आधारित त्यो पनि हाई स्पिडको हो,' उनले भने, 'नेपाली अपरेटरहरुले पनि यसैलाई पछ्याउँदै छन्।' फ्रिक्वेन्सी नीतिमा एलटिईको लाइसेन्स अहिले सञ्चालनमा रहेका ६ वटा टेलिकम सञ्चालकबाहेकलाई पनि दिन सकिने व्यवस्था छ। यसले गर्दा नयाँ पनि आउने सम्भावना रहेको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान)का तृतृय उपाध्यक्ष विश्वराम बलामी प्रविधिलाई स्वीकार गरेर त्यसका आधारमा दौडन नसके कम्पनीहरु आफैं टिक्न नसक्ने बताउँछन्। 'आफू टिक्नै भए पनि कम्पनीहरुले नयाँ प्रविधि भिœयाउनै पर्छ,' उनले भने, 'यसैलाई मध्यनजर गरेर नेपाली टेलिकम कम्पनीले पनि नयाँ प्रविधि भिœयाउने गरेका हुन्।'
उनले अझै पनि नेपाली कम्पनीहरुले विश्वस्तरमा विकास भएका नयाँ प्रविधिहरु चाँडै ल्याउन नसकेको बताए। 'मूल्य, गुणस्तर र नयाँ सेवामा प्रतिस्पर्धा भएको देखिँदैन,' उनले भने, 'यसतर्फ कम्पनीहरु जानुपर्छ।' उनी विश्व बजारबाट फेजआउट हुने बेलामा नेपालमा प्रविधि भिœयाउनु नहुने सुझाव दिन्छन्। 'वाइम्याक्स तीन-चार वर्षअघि नै आउनुपर्थ्यो,' उनले भने, 'अझै सर्वसुलभ हुन नसक्नु दुःखदायी हो।' उनले विश्वस्तरमा अघि बढिरहेका प्रविधिलाई तत्काल भिœयाउन कम्पनीहरु तत्पर हुनुपर्ने र नियामक निकाय पनि उदार बन्नुपर्ने उनले बताए। अहिले विश्व बजारमा भ्वाइस, डाटा र भिडियोसहितको 'टि्रपल प्ले' सेवा सुरु भइसकेको उनले बताए। यस्ताखाले सेवा विस्तारमा सरकारले पहल गर्नुपर्ने उनले बताए।

No comments:

Post a Comment