Monday, September 9, 2013

अब निशुल्क सीडीएमए थ्रीजी

NT_CDMA_3G
Doorsanchar.comनेपाल टेलिकमले आफ्ना सीडीएमएका ग्राहकहरुलाई सित्तैमा थ्रीजी सीडीएमए दिन लागेको छ। टेलिकमले पुराना सीडीएमए प्रयोगकर्तालाई मात्र थ्रीजी सीडीएमए सित्तैमा दिन लागेको हो। टेलिकमको सीडीएमए प्रयोग गरिरहेका पुराना प्रयोगकर्तालाई नयाँ सेवामा सित्तैमा प्रवेश दिनका लागि टेलिकमले यो अवसर दिन लागेको जनाएको छ। जसमा पुराना ग्राहकले पुरानो सीडीएमए रीम दिएर नयाँ आईपी सीडीएमए रिम पाउने छन्। आफूसँग भएको सीडीएमएको पुरानो रीम टेलिकमलाई दिएर सोही नम्बरको नयाँ रीम निःशुल्क लिन सकिने टेलिकमका उपमहाप्रबन्धक अनुपरञ्जन भट्टराईले जानकारी दिए। ‘सबै सीडीएमए प्रयोगकर्तामा थ्रिजीको पहुँच पुरयाउनका लागि निःशुल्क रीम साट्ने योजना ल्याएका हौं,’ उनले भने। टेलिकमले गतसाता देखी नै यसरी रीम साट्ने सुविधा दिन थालेको हो। यसअघि पुरानो रीमसँग सोही नम्बरको नयाँ रीम साट्नका लागि एकसय रुपैंया लाग्ने गर्दथ्यो।इन्टरनेट प्रोटोकलमा आधारित सीडीएमए प्रविधिको जडान गरेपछि टेलिकमले गत माघदेखि २० लाख लाईन आइपी सीडीएमए सेवा वितरण सुरु गरेको थियो। अहिले सम्म टेलिकमका २ लाख आईपी रीम बिक्री भइसकेको छ। आइपी सीडीएमए ३ दशमलव १ एमबीपीएस गतिमा इन्टरनेट सेवाको क्षमता भएको तेस्रो पुस्ता (थ्रीजी)मा आधारित दूरसञ्चार प्रविधि हो।

No comments:

Post a Comment