Monday, September 2, 2013

फोन प्रिपेड, बिल पोस्टपेड :

काठमाडौ, भाद्र १७ - भारत, बैंगलोरमा पढ्ने राजप्रसाद साह, १९, नेपाल टेलिकम (एनटीसी)को पुल्चोकस्थित कार्यालयमा आफ्नो प्रिपेड मोबाइलमा थ्रीजी इन्टरनेट सेवा नचलेको र जति पैसा हाले पनि ब्यालेन्स नदेखिएको गुनासो गररिहेका भेटिए, ११ भदौमा। टेलिकम कर्मचारीले उनको समस्या सुनाउँदै भने, "तपाईंको क्रेडिट ब्यालेन्स देखियो।" पि्रपेड फोनमा तिर्न बाँकी रकम ! एकछिन त उनी अक्क न बक्क परे। साह अघिल्लो साँझ केही बेर स्मार्ट फोनमा इन्टरनेट चलाएर सुतेका रहेछन्। त्यतिबेला ब्यालेन्स ६० रुपियाँ थियो। बिहान नेट चलेन। पैसा सकियो भनेर सय रुपियाँ रिचार्ज गरेछन्। तैपनि, ब्यालेन्स देखाएन। अनि, एनटीसी आएका रहेछन्। साहको गुनासो नसकिँदै ललितपुर, मंगलबजारमा पसल गर्ने सुरेश महर्जन, २२, उस्तै समस्या लिएर आए। उनको १ सय २५ रुपियाँ क्रेडिट ब्यालेन्स -तिर्न बाँकी) देखियो। पाँच सय रुपियाँ हालिसक्दा पनि इन्टरनेट नचलेपछि उनी टेलिकम आएका रहेछन्। जति पैसा हाल्दा पनि सेवा नखुलेपछि उनलाई बिलिङ् शाखाका कर्मचारीले जाउलाखेलस्थित २०५ नम्बर कोठामा जान निर्देश गरे। टेलिकमको पुल्चोकस्थित मोबाइल सेवा निर्देशनालयमा मात्रै दैनिक दुई सय जना यस्तो समस्या लिएर आउने कर्मचारीहरू सुनाउँछन्। एनटीसीले सिस्टम अपग्रेड भइरहेको हुँदा यस्तो समस्या देखिएको भन्दै अखबारहरूमा सूचना प्रकाशित गरेको छ। तर, निर्देशनालयका निर्देशक सुरेन्द्र थिके त्यसलाई स्वीकार गर्दैनन्। भन्छन्, "टेलिकमको थ्रीजी सिस्टम अपग्रेडसँग यो समस्याको कुनै साइनो छैन।"

सूचनामा ४० रुपियाँको क्रेडिट लिमिट दिएको भनिए पनि कति रकम तिर्न बाँकी भएमा सेवा अवरुद्ध हुन्छ भन्ने खुलाइएको छैन। एउटै ग्राहकको तीन-चार हजार रुपियाँसम्म तिर्न बाँकी देखिने गरेको टेलिकमकै एक इन्जिनियर बताउँछन्। धेरै बिल उठेपछि कतिपय ग्राहकले पुरानो सिम फालेर नयाँ लिन थालेका छन्। जस्तो: २ हजार ३ सय ३८ रुपियाँ तिर्नुपर्ने रकम देखिएपछि ११ भदौमा एक ग्राहक जाउलाखेलस्थित एनटीसी कार्यालयबाट निक्लिएर सीधै पुल्चोक कार्यालय पुगे। र, उनले नयाँ सिम लिए। एक कर्मचारी भन्छन्, "ग्राहकले नयाँ सिम लिई पुरानोमा भएको रकमसमेत नयाँमा ट्रान्सफर गर्ने चलाखी गर्न थालेका छन्।"
जेडटीईको बीटीएस प्रणाली -ताररहित सञ्चार उपकरण जसले प्रयोगकर्तासँग जोड्छ) स्वाप -हुवईको प्रविधिमा ढालिएको) गरेपछि अहिले एनटीसीको थ्रीजी सेवा दु्रत गतिमा चल्छ। मोबाइलबाट थ्रीजी इन्टरनेट चलाउनेको संख्या बढे पनि पछि बिलिङ् हुने समस्याले धेरै ग्राहक आजित छन्।
स्रोतका अनुसार सन् २००७ मा पि्रपेड मोबाइलको बिलिङ्मा चिनियाँ कम्पनी जेडटीईले आफ्नो सफ्टवेयर जोडेको थियो। त्यसपछि नेटवर्क विस्तार गर्दा चीनकै अर्को कम्पनी हुवईले टेन्डर पारेको थियो। हुवईले जेडटीईको आईएन नकिनी आफ्नै बीटीएस स्विच मात्र राख्यो। हुवईले आफ्नो बीटीएसमा हुवईकै एसजीएसएन (डाटा चलाउन चाहिने मुख्य सिस्टम) राख्यो। अरू कम्पनीको सामान राख्दा भविष्यमा समस्या देखिन सक्ने हुँदा हुवईले जेडटीईको पि्रपेड बिलिङ् सिस्टममा आफ्नो सफ्टवेयर जोडेन। त्यही सफ्टवेयर नजोडिएका कारण पि्रपेडको बिलिङ् अफलाइन हुन पुगेको टेलिकमका एक जना इन्जिनियर बताउँछन्। भन्छन्, "त्यसै कारण पोस्टपेडको जस्तो बिल उठेको हो।"
दुई महिनाअघि एनटीसीले जेडटीईलाई समस्या सुल्झाउन नगुहारेको पनि होइन। तर, जेडटीईले हुवईसँगको आफ्नो पि्रपेड बिलिङ् सफ्टवेयर जडान गर्न आठ करोड रुपियाँको प्रस्ताव एनटीसीमा पठाएको थियो। एनटीसीले त्यो रकम दिन नमानेपछि समस्या यथावत् छ।
एनटीसीले यो समस्या हटाउन सीआरटीबी प्रविधि ल्याउने प्रक्रिया बढाएको छ। तर, परीक्षणकालमै सिस्टममा गडबडी देखिएकाले एसिया इन्फोले समयमै काम नसकेको टेलिकम स्रोत बताउँछ। त्यसमाथि एसिया इन्फोका लागि सामान जोड्ने नेपालस्थित एचपी कम्पनीको स्थानीय एजेन्ट कास ट्रेडिङ्ले समेत इन्फोले रकम भुक्तानी नगरेको भन्दै हात झिकेकाले पि्रपेड फोनमा देखिएको समस्या लामो समय जारी रहने कर्मचारीहरू बताउँछन्।
सीडीएमए, जीएसएम, पि्रपेड, पोस्टपेड, पीएसटीएनको बिलिङ् यही प्रविधिबाट गर्ने गरी एनटीसीले प्रक्रिया बढाएको छ। तर, सीडीएमएमा आठ घन्टासम्म सेवा अवरुद्ध हुने, रिचार्ज नहुने जस्ता समस्या छन्। तैपनि, एनटीसीकी प्रवक्ता गुणकेशरी प्रधान सीडीएमएमा कुनै समस्या नभएको जिकिर गर्छिन्।
सीडीएमए फोनको सीआरटीबी प्रणालीमा समस्या देखिएपछि एनटीसीभित्र एसिया इन्फोबाट यो प्रणाली प्रयोग गराउने/नगराउनेबारेमा मतान्तर छ। अहिले एनटीसीको जीएसएम मोबाइल प्रयोगकर्ताको संख्या करबि ७० लाख छ। यति धेरै प्रयोगकर्ता भएको एनटीसीले समस्याग्रस्त सीआरटीबी जडान गर्दा ग्राहकको समस्या थेग्न कठिन छ

1 comment:

  1. I have also the same problem as mentioned above. My excess amount it shows is 119.22. Its for the second time I am facing this problem. Please fix it as soon as possible.

    ReplyDelete