Thursday, August 29, 2013

IP CDMA प्रविधिको EVDOमा टेलिकमको डेटा प्याकेज

कारोबर सम्बाददाता, काठमाडौं, १३ भदौ - नेपाल टेलिकमले आइतबारदेखि लागू हुने गरी आईपी सीडीएमए प्रविधिको ईभीडीओ सेवामा ‘भोलुमबेस्ड डेटा प्याकेज’ ल्याएको छ । उपभोक्ताले खरिद गर्न चाहेको डेटा भोलुमका लागि आवश्यक रकम रिचार्ज गरी प्याकेजको नाम लेखेर १४५६ मा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ । बाँकी डेटा भोलुम तथा भ्यालिडिटीबारे जानकारी लिन ‘बीएल’ टाइप गरी १४५६ मा एसएमएस गर्न सकिनेछ । ईभीडीओ डेटा नचल्ने पुराना रिमकार्ड निःशुल्क परिवर्तन गर्न सकिने व्यवस्था पनि गरिएको छ । त्यस्तै, ग्राहकले ईभीडीओ रिमकार्डमार्फत भ्वाइस सेवाका साथै सीडीएमएकोे स्मार्ट मोबाइल फोनसेट, ल्यापटप, डेक्सटप, ट्याब्लेट तथा ईभीडीओ डंगोलमार्पmत ३.१ मेगाबाइट्स प्रतिसकेन्ड क्षमतामा इन्टरनेट चलाउन सक्नेछन् ।
कम्पनीले ईभीडीओ सेवालाई बन्डलिङमार्पmत बिक्री–वितरण गरिरहेको छ । बन्डलिङमार्पmत उपलब्ध हुने यो सेवामा ग्राहकले १ जीबी मेमोरीसहितको डंगोल, १ सय रुपैयाँको टक भ्यालु तथा मासिक १ गिगाबाइट डेटाका दरले ३ महिनासम्मका लागि ३ गिगाबाइट डेटा भएको रिमकार्ड २ हजार २ सय (करसहित)मा पाउनेछन् ।टेलिकमले हाल १२ अञ्चलका ४८ जिल्लाका सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्रमा ईभीडीओ सेवा सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले यो सेवालाई ‘स्काई प्रो’ ब्रान्डमा बिक्री–वितरण गरिरहेको छ ।

डेटा भोलुम    महसुल८    प्रतिमेगाबाइट शुल्क    भ्यालिडिटी
५०० एमबी          २००।–                 ४० पैसा             १ महिना
२ जीबी               ७६०।–                 ३७ पैसा            १ महिना
५ जीबी              १७००।–                ३३ पैसा            १ महिना
१० जीबी             २४००।–               २३ पैसा             १ महिना

No comments:

Post a Comment