Thursday, August 15, 2013

टेलिकमको इभिडियो डाटा प्याकेज थप पाँच अञ्चलमा

३१ साउन, onlinekhabar.com काठमाडौं । नेपाल टेलिकमले आईपी सिडिएमए प्रविधिको इभिडियो रिम कार्डलाई डाटा प्याकजेसहितको डिभाइसमा एकीकृत गरि थप ७ अञ्चलमा बिक्री सुरु गरेको छ । टेलिकमले पूर्वाञ्चलको मेची र कोशी अञ्चलमा, पश्चिमाञ्चलको लुम्विनीमा तथा मध्यपश्चिमाञ्चलको भेरी र राप्ती अञ्चलमा यहि बुधबारदेखि डाटा प्याकेज बिक्री सुरु गरेको छ । साथै, सूदुरपश्चिमाञ्चल विकास क्षेत्रको सेती र महाकाली अञ्चलमा बिहीबारदेखि एकीकृत डाटा प्याकेज बिक्री सुरु गरिएको टेलिकमले जनाएको छ ।
CDMA-Eveidoसिमित समयसम्मका लागि उपलब्ध हुने एकीकृत डाटा प्याकेजमा ग्राहकहरुले २ हजार ३ सय ५९ रुपैयाँमा १ जीबी मेमोरीसहितको इभिडियो डिभाइस, १ सय रुपैयाँ बराबरको टक भेलु र ५ जीबी डाटा भएको रिम कार्ड प्राप्त गर्नेछन् । ५ जीबी डाटाको भेलिडिटी पिरियड ३ महिनासम्मको हुने टेलिकमले जनाएको छ ।
इभिडियो ३.१ एमबिपिएस क्षमताको
ग्राहकहरुले इभिडियो सेवाको रिम कार्ड खरिद गरि इभिडियो सेवा उपलब्ध हुने जुनसुकै स्थानमा भ्वाइस सेवाको अतिरिक्त ३.१ एमबिपिएस डाउनलोड क्षमतामा बोर्डब्यान्ड इन्टरनेड सेवा चलाउन सक्नेछन् । साथै, इभिडियो सेवा नभएको क्षेत्रमा सोही इभिडियोको रिम कार्डबाट १५६.६ केबिपिएस क्षमतामा वानएक्स डाटा सेवा सहजतापूर्वक प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।
सेवालाई थप सहुलियत बनाइने
टेलिकम वायरलेस टेलिफोन निर्देशनालयका निर्देशक अनुपराज भट्टराईले इभिडियो सेवालाई थप सहुलियत बनाइ ग्राहकहरुलाई उपलब्ध गराउन लागेको बताउनुभयो । इटहरीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले गुणस्तरिय सेवा सहुलियत दरमा उपभोक्तालाई उपलब्ध गराउने दाबि गर्नुभयो । पूर्वाञ्चल क्षेत्रिय निर्देशनालका निर्देशक देवनारायण यादवले इभिडियो सेवालाई ग्रामिण क्षेत्रमा केन्द्रीत गरी विस्तार गरिने बताउनुभयो ।
टेलिकमले ग्राहकहरुलाई गुणस्तरीय तथा सस्तो दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप यसअघि नै बागमती, गण्डकी र धवलागिरी अञ्चलमा एकीकृत इभिडियो डाटा प्याकेज बिक्री बितरण सुरु गरिसकेको छ । टेलिकमको सिडिएम सेवा ७५ वटै जिल्लामा पुगिसकेको छ । आइपी सिडिएमए प्रविधिको इभिडियो सेवालाई पनि टेलिकमले मुलुकभर विस्तार गर्ने लक्ष्य राखेको छ ।
इभिडियो सेवा हाल ४६ जिल्ला सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्रहरुमा सञ्चालनमा आइसकेको छ । टेलिकमले दशै अगागी नै सम्पूर्ण जिल्लाहरुमा इभिडियो सेवा सञ्चालनमा ल्याउने तयारीका साथ उपकरणहरु जडान गरिरहेको छ । टेलिकमले इभिडियो सेवालाई ‘स्काई प्रो’ ब्राण्डमा बिक्री वितरण गरिरहेको जनाएको छ । कम्पनीले निकट भविष्यमा इभिडियो सेवालाई अल्काटेल, माइक्रोम्याक्स र लेनोभो कम्पनीका स्मार्टफोनमा एकीकृत गरि बिक्री वितरण गर्ने तयारी गरिरहेको छ ।

No comments:

Post a Comment