Sunday, January 12, 2014

प्रवन्ध निर्देशक द्वारा पदभार ग्रहण, सेवामा रहेको प्रतिस्पर्धामा टेलिकमलाई अग्रस्थानमै राख्न नयाँ योजना ल्याउने उद्घोस

Anupranjan-Bhattarai
२८ पुस, काठमडौं । अनलाइनखबर  नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले ग्राहकलाई प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्दता जनाएका छन् । आइतबार पदभार ग्रहण गर्दै भट्टराईले आफ्नो कार्यकालमा कम्पनीले नयाँ गति लिने दावी गर्दै अन्य कम्पनीसँगको प्रतिस्पर्धामा टेलिकमलाई अग्रस्थानमा राख्ने दावी गरे । ‘मेरो पालामा टेलिकमले काँचुली फेर्ने छ, कम्पनीको शेयर मूल्य बृद्धि गर्न, प्रभावकारी सेवा दिन र जनशक्ति ब्यवस्थापनमा दण्ड पुरस्कारको संयन्त्र बनाउन लाग्नेछु’, पदभार ग्रहण गर्दै भट्टराईले भने, ‘टेलिकममा हुने गरेका आर्थिक विवादसम्वन्धी कुरालाई कम गर्न सार्वजनिक खरिद ऐन प्रक्रियालाई सरलीकरण गर्न प्रयास गर्नेछु ।’

दूरसञ्चार सेवामा रहेका अन्य कम्पनीसँगको प्रतिस्पर्धामा टेलिकमलाई अग्रस्थानमै राख्न नयाँ योजना ल्याउने पनि भट्टराईले घोषणा गरे । प्रवन्ध निर्देशक भट्टराई यसअघि नेपाल टेलिकम, वायरलेस टेलिफोन निर्देशनालयका निर्देशक थिए । ०३८ सालमा तत्कालिन नेपाल दूरसञ्चार संस्थानमा प्रवेश गरेका भट्टराई टेलिकमका विभिन्न जिम्मेवारी पूरा गर्दै प्रवन्ध निर्देशक बनेका हुन् ।
...............................................................................................................................................
काठमाडौं । Bizmandu.com नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा अनुपरञ्जन भट्टराईलाई आइतवारबाट जिम्मेवारी सम्हालेका छन् । गत साता सरकारले भट्टराईलाई नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा नियुक्त गरेको थियो । यसअघि भट्टराई कम्पनीमा नायव प्रवन्ध निर्देशक पदमा कार्यरत थिए ।  पदवहालीपछि भट्टराईले टेलिकमको शेयर मूल्य बृद्धि गर्न, ग्राहकलाई प्रभावकारी सेवा वितरण गर्न, जनशक्ति ब्यवस्थापनमा दण्ड पुरस्कारको संयन्त्र विकास गर्ने घोषणा गरे । उनले सार्वजनिक खरिद ऐन प्रक्रियालाई सरलीकरण गर्न प्रयास गर्ने पनि बताए । ‘बजार प्रतिस्पर्धामा टेलिकमलाई अग्रस्थानमा राख्न मेरो प्रयास हुनेछ,’  भट्टराईले भने, ‘यसका लागि नयाँ योजना चाडै नै आउने छ,’ उनले भने । 
नवनियुक्त प्रबन्ध निर्देशक भट्टराई २०३८ साल असोज महिनामा तत्कालिन नेपाल दूरसञ्चार संस्थान ( हाल नेपाल टेलिकम) को सेवामा प्रबेश गरेका थिए । यस अवधिमा उनले यस कम्पनीको योजना विभाग, स्याटेलाइट सेवा निर्देशनालय, वीरगञ्ज क्षेत्रीय निर्देशनालय, ग्रामीण सेवा निर्देशनालय, ट्रान्समिसन विभागमा कामर्यरत थिए ।  टेलिकमद्वारा जारी विज्ञप्तिमा उनले बेईजिङ्ग युनिभर्सिटीबाट रेडियो इन्जिनियरिङ्गमा स्नातक गरेका छन् । कर्मचारीको दवावपछि नेपाल टेलिकमले नयाँ प्रवन्ध निर्देशक पाएको छ । बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले नायव प्रवन्ध निर्देशक अनुपरञ्जन भट्टराईलाई कामु प्रवन्ध निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो । टेलिकममा भट्टराईले वायरलेस विभाग हेर्दै आएका थिए । टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंहले उमेर हदमा अवकाश पाएपछि व्यवस्थापनले कम्पनी सचिव तथा नायव प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यलाई प्रवन्ध निर्देशकको जिम्मेवारी दिएको थियो ।  टेलिकमको प्रवन्ध निर्देशक नियुक्त नगरेर निजी कम्पनीलाई फाइदा गराएको भन्दै कर्मचारीले आन्दोलन गरिरहेका थिए । उनीहरुले सरकारलाई प्रवन्ध निर्देशक नियुक्तिका लागि ज्ञापनपत्र बुझाएर दवाव पनि दिंदै आएका थिए । देशको सबैभन्दा बढी कारोवार गर्ने नेपाल टेलिकम सबैभन्दा धेरै राजस्व बुझाउने कम्पनी पनि हो 

No comments:

Post a Comment