Friday, May 30, 2014

ADSL को गुणस्तर सुधार गर्दै टेलिकम, इन्टरनेट आउँदैजाँदै गर्ने समस्या अझै केही दिन रहने


काठमाडौं, bizmandu.com नेपाल टेलिकमले एडिएसएल इन्टरनेटको गुणस्तर बढाउन सिस्टम अद्यावधिक गरिरहेको छ ।
काठमाडौं उपत्यकाभित्र एडिएसएलको गुणस्तर राम्रो नभएको उपभोक्ताले गुनासो गरेपछि टेलिकमले गुणस्तर बढाउन लागेको हो ।
केहीदिन यता एडिएसलमा कहिले इन्टरनेट चल्ने कहिले बन्द हुने समस्या आइहरेको छ । टेलिकमका वरिष्ठ इन्जिनियर विमलेश झाका अनुसार एडिएसएलमा समस्या आएकोले सिस्टम अपग्रेडको काम भइहरहेको छ । उनी भन्छन्, 'उपत्यकाका ग्राहकले एडिएसएलको सेवा राम्रो भएन भनेर गुनासो गरिरहनु भएको छ। अहिले फेरी समस्या झेलिरहनुभएको छ । हामी समस्या समाधान गर्दै छौँ । अझै केही दिन समस्या भइरहन्छ ।'
टेलिकमले अहिले इन्टरनेट विलिङ सिस्टम (आइविएस)लाई अद्यावधिक गरिरहेको छ । अहिले उपत्यकामा कतिपय एडिएसएल प्रयोगकर्ताको घरमा इन्टरनेट नै चलेको छैन भने कतिपय ग्राहकको एकछिन चल्ने र बन्द हुने समस्या आएको छ । वररिष्ठ इन्जिनियर झा भन्छन्, 'हामीले  आइविएस पनि अपग्रेड गरिरहेका छौँ ।' उनका अनुसार उपत्यका बाहिर भने एडिएसएलमा कतै समस्या आएको छैन ।
झाका अनुसार अन्य हार्डवेयरमा पनि समस्या आएकोले फेर्ने काम भइरहेको छ । त्यसैले केही समय ग्राहकले एडिएसएलमा झल्दै आएको समस्या रहिरहेने झा बताउँछन् । 'हामीले यति नै दिनमा समस्या समाधान हुन्छ भनेर भन्न सक्दैनौँ । हार्डवेयर र आइविएसमा सुधार गरेपछि उपभोक्ताले अहिलेको जस्तो असुविधा पाउनुपर्दैन,' उनले भने ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete