Wednesday, May 21, 2014

पूर्व, मध्य र सुदूरमा एकैसाथ टेलिकमको थ्रीजी

कारोबार दैनिक, काठमाडौं, ६ जेठ- नेपाल टेलिकमले पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न जिल्लाहरुमा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।कम्पनीले पूर्वाञ्चल विकास क्षेत्रको मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा ३३ वटा बीटीएस टावर,  मध्यपश्चिमाञ्चल विकास क्षेत्रका बाँके, बर्दिया, सुर्खेत, दैलेख, दाङ, रोल्पा, सल्यान, प्युठान र जुम्ला जिल्लामा ३७ वटा बीटीएस टावर र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका सम्पूर्ण ९ वटा जिल्लामा ३७ वटा टावरमार्पmत थ्रीजी सेवा सञ्चालनमा ल्याएको हो ।   थ्रीजी सेवा जिल्ला सदरमुकाम र यसको आसपास तथा प्रमुख व्यापारिक केन्द्रहरुमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । अन्य क्षेत्रहरुमा निकट भविष्यमै सञ्चालनमा ल्याउने तयारीका साथ हाल उपकरण जडानको क्रममा रहेको कम्पनी प्रवक्ता गुणकेशरी प्रधानले बताइन् ।   

कम्पनीको यो सेवामार्पmत उपभोक्ताहरुलाई भ्वाइस सेवाका अतिरिक्त उच्च गतिको डेटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध हुनेछ । काठमाडौं उपत्यकाको चक्रपथभित्रका सीमित क्षेत्रमा केही वर्षखि सञ्चालनमा रहेको थ्रीजी सेवालाई सुदृढ तथा विस्तार गर्ने कम्पनीको योजनाअनुसार काठमाण्डौं उपत्यकाभित्र विस्तार गरी सञ्चालनमा ल्याइसकिएको प्रवक्ता प्रधानले बताइन् । टेलिकमले जीएसएम मोबाइलको १ करोड लाइन विस्तार गर्ने कार्यक्रमअन्तर्गत यो सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले १ करोड लाइन विस्तारलाई २ वटा प्याकेजमा वर्गीकरण गरी काम गरिरहेको छ । “प्याकेज बी” अन्तर्गत काठमाडौं उपत्यका र पश्चिमाञ्चल विकास क्षेत्र रहेका छन् भने “प्याकेज ए” अन्तर्गत पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल तथा काठमाडौं उपत्यकाबाहेकको मध्यमाञ्चल विकास क्षेत्र छन् ।    

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete