Saturday, October 5, 2013

टेलिकमको दशैं-तिहारमा आकर्षक छुट अफर

2013-10-04-22-18-59-nepal-telecom-ntc.jpg
काठमाडौं । hari thapa-hourwin.com नेपाल टेलिकमले बडादशैं तथा शुभदिपावलीको अवसरमा ग्राहकहरुलाई आफ्ना सेवामा आकर्षक छुट उपलब्ध गराउने भएको छ । कम्पनीले विगतका दशैं९तिहारमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमा छुट उपलब्ध गराउन लागेको हो । कम्पनीले जिएसएमरसीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको विद्यमान महसुलमा ५० प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ । यो छुट असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १६ गतदेखि २३ गतेसम्ममात्र लागु हुने बताइएको छ । त्यस्तै, पिएसटिएनरसी९फोन पोष्टपेड फिक्स्ड सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल २ सय रुपैयाँमा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा आश्विन र कार्तिक महिनामा २५ स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २ सय कल निःशुल्क उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले जिएसएमरसीडीएमए प्रिपेड तथा पोष्टपेड मोबाइल सेवाको विद्यमान महसुल दरमा १० प्रतिशत छुट प्रदान गरेको छ । यो छुट असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १६ गतदेखि २३ गतेसम्ममात्र उपलब्ध हुनेछ । असोज १८ गतेदेखि कार्तिक १ गतेभित्र एडीएसएल अकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कार्तिक ३ गतेसम्म थप गरिएको कम्पनीले जनाएको छ । पिएसटिएन, सीडीएमए प्रिपेड पोष्टपेड फिक्स्ड तथा भिएसएटीबाट हुने अन्तरदेशीय कल ९अञ्चल भित्र तथा अञ्चल बाहिर० को विद्यमान महसुल दरमा असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १६ गतदेखि २३ गतेसम्म १० प्रतिशत छुट प्रदान गरिएको छ । कम्पनीका अनुसार छुटपश्चात उक्त सेवाको महसुल दर प्रतिमिनेट ९० पैसा हुनेछ । सीडीएमए ई९भिडियोरपीडीएसएन सेवाका ग्राहकहरुलाई असोज १९ गतेदेखि कार्तिक १ गतेसम्म तथा कार्तिक १६ गतेदेखि २३ गतेसम्म विद्यमान महसुल दर ५० पैसा प्रति एमबीमा २० प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।
१८ असोज, काठमाडौं ।ONLINEKHABR  नेपाल टेलिकमले बडादशैं तथा शुभदिपावलीको अवसरमा ग्राहकहरुलाई आफ्ना सेवामा आकर्षक छुट उपलब्ध गराउने भएको छ । कम्पनीले विगतका दशैं-तिहारमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमा छुट उपलब्ध गराउन लागेको हो ।
कम्पनीले जिएसएम/सीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको विद्यमान महसुलमा ५० प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ । यो छुट असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १६ गतदेखि २३ गतेसम्ममात्र लागु हुने बताइएको छ । त्यस्तै, पिएसटिएन/सी-फोन (पोष्टपेड फिक्स्ड) सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल २ सय रुपैयाँमा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा आश्विन र कार्तिक महिनामा २५ स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २ सय कल निःशुल्क उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले जिएसएम/सीडीएमए प्रिपेड तथा पोष्टपेड मोबाइल सेवाको विद्यमान महसुल दरमा १० प्रतिशत छुट प्रदान गरेको छ । यो छुट असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १६ गतदेखि २३ गतेसम्ममात्र उपलब्ध हुनेछ । असोज १८ गतेदेखि कार्तिक १ गतेभित्र एडीएसएल अकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कार्तिक ३ गतेसम्म थप गरिएको कम्पनीले जनाएको छ ।
पिएसटिएन, सीडीएमए (प्रिपेड/पोष्टपेड) फिक्स्ड तथा भिएसएटीबाट हुने अन्तरदेशीय कल (अञ्चल भित्र तथा अञ्चल बाहिर) को विद्यमान महसुल दरमा असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १६ गतदेखि २३ गतेसम्म १० प्रतिशत छुट प्रदान गरिएको छ । कम्पनीका अनुसार छुटपश्चात उक्त सेवाको महसुल दर प्रतिमिनेट ९० पैसा हुनेछ । सीडीएमए ई-भिडियो/पीडीएसएन सेवाका ग्राहकहरुलाई असोज १९ गतेदेखि कार्तिक १ गतेसम्म तथा कार्तिक १६ गतेदेखि २३ गतेसम्म विद्यमान महसुल दर ५० पैसा प्रति एमबीमा २० प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरि, सीडीएमए पोष्टपेड/प्रिपेड असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १६ गतदेखि २३ गतेसम्म दैनिक रुपमा नेपाल टेलिकमको नेटवर्कभित्र गर्ने बाह्यगमन भ्वाईस कलवापत निम्नानुसारको बोनस रकम उपलब्ध गराउने कम्पनीले बताएको छ ।
 Telecome-Rate
कम्पनीका अनुसार उक्त बोनस रकम प्रत्येक दिन उपलब्ध गराइनेछ । दशैंको समयमा प्राप्त हुने बोनस रकमको समयावधी एकहप्ता तथा तिहार र छठपर्वको समयमा प्राप्त हुने बोनस रकमको समयावधि एक हप्ता कायम रहने छ । उक्त बोनस रकम कम्पनीको नेटवर्क भित्र कल गर्दा उपयोग हुनेछ ।
असोज २० गतेदेखि कार्तिक २४ गतेसम्म वाईम्याक्स सेवाको कुनै पनि प्याकेज एकमुष्ट तीन महिना अवधिको लागि खरीद गर्दा विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराउने कम्पनीले बताएको छ । त्यस्तै, कार्तिक २४ गतेदेखि कार्तिक २३ गतेसम्म अन्तर्राष्ट्रि्रय सेवा प्रदायकहरुको नेटवर्कबाट कम्पनीको नेटवर्कमा ट्रमिनेट हुने प्रत्येक अन्तर्राष्ट्रिय आगमन कलवापत प्रतिमिनेट ५० पैसा बोनस १५/१५ दिनमा उपलब्ध गराइनेछ ।
कम्प्नीले असोज २४ गतेदेखि निम्नानुसारको एक्सेस कोड प्रयोग गरी निम्न महशुलमा कल गर्न पाइने भएको छ ।
Telecome-Rate-2

No comments:

Post a Comment