
कम्पनीले पोष्टपेड जिएसएम, सिडिएमए मोबाइल ग्राहकहरुलाई बुधवारदेखि ३ महिनाको लागि विद्यमान मासिक महशुलमा प्रति महिना ५० एमबी डाटा सेवा निःशुल्क वितरण गर्ने जनाएको छ। त्यस्तै इभिडियो सेवाको २ जिबी, ५ जिबी र १० जिबी डाटा प्याकेजको हाल कायम रहेको समयावधि १ महिनाबाट बढाई २ महिना कायम गर्ने। यसैगरी नयाँ २५ एमबी तथा ३ सय एमबी डाटा प्याकेज क्रमश २ दिन र १५ दिनको समयावधि कायम गरी वितरण गर्ने जनाएको छ। यो समयावधि बुधबार देखि तीन महिना सम्म थप गर्ने कम्पनीले जनाएको छ। त्यस्तै टेलिकमले बुधबारदेखि लागु हुने गरी जिएसएम तथा सिडिएमए स्काई फोन पोष्टपेड मोबाइल सेवाको ग्राहक शुल्क हाल कायम रहेको रु. २ हजार १ सय ३० बाट परिमार्जन गरि १ हजार ४ सय ३० कायम गर्ने घोषणा गरेको छ। त्यस्तै सिडिएमए स्काइ फोन मोबाइलमा पोष्टपेड सेवा बुधबारदेखि काठमाण्डौंबाट पुनः बिक्री वितरण गर्ने र क्रमश: काठमाडौं बाहिर पूर्वाधार विस्तार गर्ने क्रमसँगै बिक्री वितरण गर्ने जनाएको छ। त्यस्तै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई विशेष प्याकेज अन्तर्गत वितरण गरिने सीम रीमबाट कम्पनीकै नेटवर्क भित्र हुने प्रत्येक १० मिनेट कलमा रु १ का दरले बुधबार देखि तीन महिना सम्म बोनस दिने समेत कम्पनीले घोषणा गरेको छ।
No comments:
Post a Comment