Thursday, November 10, 2011

कल बाइपासमा साना उपकरण

काठमाडौं, २३ कात्तिक
प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि भ्वाइसओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) मार्फत कल बाइपासमा संलग्न गिरोहले थोरै र साना उपकरण प्रयोग गर्न थालेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सक्रियतामा प्रहरीले राजधानीलगायत देशका विभिन्न भागमा छापा मार्न थालेपछि आपराधिक गिरोहले थोरै उपकरण जडान गरेर कम समयका लागि मात्रै कल बाइपास गर्ने गरेको पाइएको हो । सीआईबीले गरेको पछिल्लो अनुसन्धानमा कम समयका लागि हुने गरी कल बाइपाइसमा संलग्न गिरोह फेला परेका छन् । “सकेसम्म प्रहरीले नभेटोस् भन्दै आपराधिक गिरोहले थोरै–थोरै समय गर्दै स्थान परिवर्तन गरेको पाइएको छ,” सीआईबी प्रमुख उपेन्द्रकान्त अर्यालले भने, “पछिल्लो समय नयाँ–नयाँ तरिकाले कल बाइपास गरेको पाएका छौं, नयाँ प्रविधिबारे हाम्रो टिम पनि ‘अपडेटेड’ छ ।”
ग्लोबल सिस्टम मोबाइल (जीएसएम) को सिमकार्ड उपकरणमा जडान गरी कल बाइपास हुँदै आएकोमा पछिल्लो समय जीओआईपी प्रविधि प्रयोग हुन थालेको छ । जीओआईपी प्रविधिमा प्रयोग हुने सिमकार्ड जीएसएममा लाग्दैन । प्रहरीले यसै साता इन्द्रचोकको एक घरमा छापा मार्दा जीओआईपी प्रविधि प्रयोग गरी सानो ठाउँबाट कल बाइपास भइरहेको पाएको थियो । सीआईबीका अनुसार अहिले ८० प्रतिशतसम्म कल सेवाप्रदायकको ‘गेटवे’ बाट भित्रिएको छ । वैधानिक गेटवे र भीओआईपीमार्फत भएर औसतमा मासिक १६ करोड मिनेट कल नेपाल भित्रिने गरेको अनुमान छ । हिन्दूका चाडपर्व दसैं, तिहार तथा छठ र मुस्लिम समुदायका रमदान र बकर इदका कारण सेटेम्बरको अन्त्य र अक्टोबरमा अन्तर्राष्ट्रिय कल बढेको नेपाल टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले बताए । यी पर्व सँगसँगै पर्ने भएकाले आपराधिक गिरोह पनि यसै बेला सक्रिय हुने उनी बताउँछन् । साधारण समयमा भन्दा चाडपर्वका बेला नेपालीहरूले विदेशमा रहने आफन्तसँग बढी कुराकानी गर्ने र सन्देश पठाउने गर्छन् । अन्तर्राष्ट्रिय गेटवेका लागि टेलिकम, एनसेल, यूटीएल, स्मार्ट र एसटीएम टेलिकमले लाइसेन्स पाएका छन् । मासिक ठूलो घाटा बेहोरिरहेका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरू सीआईबीको सक्रियताले आम्दानी बढेको बताउँछन् । 

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. नमस्ते
    म श्री Champika फर्नान्डो C.E.O फर्नान्डो ऋण वा बंधक कम्पनी, एक दर्ता र वैध निजी ऋण ऋणदाता हुँ। हामी वित्तीय सेवा (ऋण) प्रस्तुत र हामी आर्थिक विकलांग, व्यक्तिहरूले, कम्पनीहरु, उद्योग, समाज मा कम्पनीहरु र मानिसहरूलाई 2% को कम ब्याज दर मा ऋण बाहिर दिनुहोस्। र ook तपाईं आफ्नो प्रतिभा unleash र आफ्नो लक्ष्य हासिल गर्न प्रायोजित, हामी $ 2,000 देखि लिएर ऋण बाहिर दिन र माथि ... हामी आफ्नो आवश्यकता पूरा गर्न तयार छन्, र तपाईं यस ऋण अनलाइन खाता पहुँच प्राप्त र अनलाइन कसरी। हामीलाई सम्पर्क इमेल द्वारा: fernandoloanandmortgage11@gmail.com

    ReplyDelete