Sunday, October 23, 2011

VOIP मा संलग्न नेपालीको हङकङमा घर

काठमाडौं, ५ कात्तिक
भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) का माध्यमबाट गरिने कल बाइपासमा संलग्न एक नेपालीले हङकङमा घर खरिद गर्ने हैसियत बनाएका छन् । राजस्व अनुसन्धान विभागले भीओआईपी र जीएसएम कार्ड तथा इन्टरनेटका माध्यमबाट हुने कल बाइपास (जीओआईपी) को आशंकामा अनुसन्धान गरिरहेका दुई इन्टरनेट सेवाप्रदायक (आईएसपी)माथिको अनुसन्धानबाट यस्तो देखिएको हो । कल बाइपासमा गिरोहहरू नै संलग्न रहेको विभागले जनाएको छ । विभागले अनुसन्धान गरिरहेको आईएसपी ग्लोबल डाटा नेटवर्क सर्भिस (जीडीएन) का सञ्चालक भोलाकिशोर (भाष्कर) डंगोलले हङकङका आईएसपीसँग मिलेर काम गरेको र उतै घरजग्गासमेत खरिद गरेको पुष्टि भएको छ । “डंगोलले हङकङका आईएसपीलाई लेखेको इमेलका आधारमा उनले अन्य विदेशी कम्पनीहरूसँग समेत काम गरिरहेको देखिन्छ,” विभागस्रोतले भन्यो ।
 विभागले सुरुमा डंगोललाई बयानका लागि बोलाउन खोज्दा उनी पहिले नै हङकङ भागिसकेका थिए । विभागले भीओआईपी तथा जीओआईपीमा संलग्न भएको आशंकामा छानबिन गरिरहेको आईप्लसका सञ्चालकसमेत डंगोल नै रहेको पुष्टि गरिसकेको छ । उनले विभिन्न व्यक्तिका नाममा पाँचभन्दा बढी फर्म सञ्चालन गरेको अनुसन्धानमा देखिएको छ । विभागले कल बाइपासबाट भएको राजस्व चुहावटसम्बन्धी अनुसन्धानका आधारमा यी दुई आईएसपीलाई कर निर्धारण गरी मुद्दा दायर गर्ने तयारी गरिरहेको छ । भीओआईपी) र जीओआइपीबाट ठूलो राजस्व चुहावट भइरहेकोले विभागले अनुसन्धानलाई बलियो बनाउँदै लगेको छ । उसले गत महिना चेरी इन्टरनेसनल, जीआईएसपीएल, आईप्लस र जीडीएनबाट अवैधानिक कल बाइपासको आशंका गर्दै दस्तावेज र सफ्टवेयर लिएर अनुसन्धान थालेको थियो । विभागले अनुसन्धानका लागि आईएसपीका कम्प्युटर रेकर्ड, बिल, भीओआईपी र जीओआईपी सफ्टवेयर तथा सम्बन्धित दस्तावेज लिएको छ । “कति राजस्व चुहावट भइरहेको छ भनेर यथार्थ पत्ता लगाउन खोजेका हौं,” विभागका उपमहानिर्देशक शिशिर ढुंगानाले भने । विभागले पहिलोपटक अन्य निकायबाट विज्ञ झिकाएर छानबिन थालेको हो । ढुंगानाले भीओआईपी र जीओआईपीजस्ता प्रविधिका प्रयोगबाट राजस्व चुहावट भइरहेको अवस्थामा विभागको प्राविधिक क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए । राजस्व चुहावटसम्बन्धी मुद्दाको गम्भीरतालाई ख्याल गर्दै विभागले एक महिनाअघि निर्देशक गोपीकृष्ण कोइरालाको नेतृत्वमा एक समिति गठन गरेको थियो । समितिमा नेपाल दूरसञ्चार प्राधिकरण र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रतिनिधि

No comments:

Post a Comment