Monday, September 24, 2012

दसैंअघि नै टेलिकमको वाइम्याक्स इन्टरनेट

रामचन्द्र भट्ट, काठमाडौं, असोज ९- टेलिकमले आउँदो दसैंअगाडि नै वाइम्याक्स इन्टरनेट सञ्चालनमा ल्याउने भएको छ। वाइम्याक्स हालसम्मकै उच्चगतिको इन्टरनेट प्रविधि हो। टेलिकमले यो प्रविधि सुरु गर्न काठमाडौंमा १५ वटा बिटिएस (टावर) लाई 'अन-एअर' (सञ्चालन) गरिसकेको छ। राजधानीमा ४७ वटा टावरमध्ये आइतबारसम्म ३५ वटा निर्माण गरिसकेको छ। 'दसैं-तिहारबीचमा परीक्षण पूरा गरेर व्यावसायिकरुपमा सञ्चालन गर्ने योजना छ,' टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले भनिन्। टेलिकमले सकेसम्म दसैंअघि नै सञ्चालन गर्ने तयारी गरेर महसुल दरसमेत प्रस्ताव गरेर स्वीकृतिका लागि दूरसञ्चार प्राधिकरणमा पठाएको छ। प्राधिकरणले प्रस्ताव गरेको महसुल अहिले भोलुमबेस (चलाएको आधार)मा मात्र छ। २५६ किलोबिट प्रतिसेकेण्ड स्पिडका लागि कम्तिमा ५ जिबी दिने प्रस्ताव टेलिकमको छ। त्यसको मूल्य ६ सय ५० रुपैयाँ प्र्रस्ताव गरिएको छ। यही स्पिडमा १० जिबीलाई एकहजार एकसय छ भने सबैभन्दा बढी ३० जिबीको दुईहजार पाँचसय रुपैयाँ प्रस्ताव गरिएको छ।
टेलिकमको प्रस्तावित महसुल
व्याण्डविथ प्याकेज मूल्य (रुपैयाँमा)

२५६ केबिपिएस ५ जिबी ६५०                                                         
५१२ केबिपिएस ८ जिबी ८५०

१० जिबी ११००                                                                                      १२ जिबी १२५०
१५ जिबी १५००                                                                                     २० जिबी २०००
२० जिबी १८००                                                                                      ३० जिबी २७००
३० जिबी २५००

५१२ केबिपिएस स्पिडका लागि कम्तिमा ८ जिबीको प्याकेज तयार गरेर प्राधिकरणमा स्विकृतीका लागि पठाएको छ। ८ जिबीको महसुल ८ सय ५० रुपैयाँ छ। यो स्पिडमा १२, २० र ३० जिबीको प्याकेज बनाइएको छ।  टेलिकमको भोलुमबेस एडिएसएलमा कम्तिमा १५ जिबीको प्याकेज छ। तीन महिनाभित्र प्रयोग गरिसक्नुपर्ने ५१२ केबिपिएस व्याण्डविथको मूल्य एकहजार ९ सय ८० रुपैयाँ पर्छ। वाइम्याक्स इन्टरनेटमा चौथो पुस्ताको प्रविधि हो। यो सेवा लिएपछि ग्राहकले कम्तीमा २५६ किलोबिट प्रतिसेकेन्डको स्पिडमा इन्टरनेट पाउँछन्। यो प्रविधिमा तार चाहिँदैन।  राजधानीमा ४७ वटै टावरको निर्माण पूरा भएपछि ड्राइभ टेस्ट गर्नुपर्छ। त्यसका लागि एक साता लाग्ने अनुमान टेलिकम अधिकारीहरुको छ। त्यसपछि बिलिङको परीक्षण पूरा गर्नुपर्छ। एसिया इन्फोसँग किन्न लागेको बिलिङ सफ्टवयर तयार हुन समय लाग्ने भएपछि टेलिकमले यो सेवा जतिसक्दो चाँडो सुरु गर्नेगरी पुरानै प्रविधिको बिलिङबाट काम चलाउने भएको छ।  'एडिएसएलमा अहिले प्रयोग भइरहेको आइबिएस बिलिङ सिस्टमबाटै वाइम्याक्सलाई चलाउँदैछौं,' वाइम्याक्सको परीक्षणमा संलग्न एक अधिकारीले भने। टेलिकमले गत फागुन पहिलो साता अमेरिकी कम्पनी एअरस्पान नेटवर्कसँग वाइम्याक्स प्रविधि किन्ने सम्झौता गरेको थियो।  एक करोड ६ लाख डलरमा गरिएको उक्त सम्झौतामा आउँदो माघभित्र देशका सबै गाउँ विकास समितिहरु र नगरपालिकामा सेवा पुर्‍याइसक्ने उल्लेख छ।  यो प्रोजेक्टअन्तर्गत काठमाडौंमा कोर नेटवर्क स्थापना गरेर पूर्वी नेपालमा दुई सयवटा टावर राख्ने तयारी भइरहेको छ। पश्चिमका लागि बुटवलमा कोर नेटवर्क राख्ने तयारी सुरु भइसकेको छ।  वाइम्याक्सबाट डेक्सटप, ल्पापटप, स्मार्टफोनमा एकैपटक धेरै प्रयोगकर्ताले इन्टरनेट चलाउन मिल्छ। प्राविधिकहरुका अनुसार एडिएसएलको मोडेमजस्तै वाइम्याक्सका लागि पनि कस्टमर प्रिमिसेस इक्युपमेन्ट (सिपिई) आवश्यक पर्छ।  नेपाली बजारमा उपलब्ध नभए पनि तीन प्रकारको सिपिई चलनमा छ। टावरभन्दा निकै टाढा इन्टरनेट चलाउन आउटडोर सिपिई चाहिन्छ। आउटडोर सिपिईले टावरबाट ५ देखि २० किलोमिटर टाढासम्म पनि इन्टरनेट चलाउन मिल्छ। यसलाई घर बाहिर भित्ता वा छतमा राख्नुपर्छ। सिपिईले टावरबाट फ्याँकिने सिग्नललाई तानेर इन्टरनेट चलाउन सजिलो बनाउँछ। 
घरभित्र राख्नेगरी 'इनडोर सिपिई' हुन्छ। टावरबाट चार किलोमिटरसम्म पनि यो सिपिईबाट इन्टरनेटलाई चलाउन सकिन्छ। यसलाई पावर दिएपछि एकैपटकमा तार वा वायरलेस बनाएर धेरैले इन्टरनेट चलाउन सक्छन्।  सानो कार्यालयका लागि इनडोर सिपिई उपयुक्त हुन्छ। घरमा एकैपटक डेक्सटप, ल्यापटप, स्मार्टफोन चलाउनेलाई यो सिपिई उपयुक्त हुन्छ।  ल्यापटप, डेक्सटप लगायत एउटामात्र कम्प्युटरमा इन्टरनेट चलाउन युएसबी हुन्छ। यसले टावरको एकदेखि डेढ किलोमिटरभित्र वाइम्याक्स इन्टरनेट चलाउन सकिन्छ। अग्ला भवन, पहाडले नरोकेमा युएसबीबाट दुई किलोमिटर टाढासम्म इन्टरनेट चलाउन मिल्छ। अहिले बजारमा सिपिई सजिलै किन्न पाइँदैन। नेपालमा सेवा सञ्चालन नभइसकेको हुँदा डिभाइस किन्न नपाइएको हो। बजारमा किन्न नपाइने भएकाले टेलिकमले बिक्रेतासँग मिलेर बन्डलिङमा सिपिई ग्राहकलाई दिँदैछ। 
'एडिएसएलमा कम्तिमा १९२ केबिपिएसजस्तै गरी वाइम्याक्समा २५६ केबिपिएस ब्यान्डविथ हुन्छ,' वाइम्याक्स परियोजनाका एक अधिकारीले भने। काठमाडौंमा उत्तरमा बुढानीलकण्ठदेखि दक्षिणमा फर्पिङ र पूर्वमा भक्तपुरदेखि पश्चिममा थानकोटसम्मै वाइम्याक्स चलाउन सकिनेगरी टावर जडान गरिएको छ।  वाइम्याक्सबाट ३० एमबिपिएससम्म इन्टरनेट चलाउन सकिन्छ। टेलिकमले गरेको परीक्षणमा ११ एमबिसम्म चलेको छ। 'महसुलको प्रस्ताव गरेर प्राधिकरणमा पठाइसकेका छौं,' टेलिकम प्रवक्ता प्रधानले भनिन्। परीक्षण पूरा भएर प्राधिकरणले स्वीकृति दिनेबित्तिकै ग्राहकलाई सेवा दिन सुरु गरिने टेलिकमका अधिकारीले बताएका छन्। काठमाडौंमा सेवा सुरु भएपछि एक वर्षभित्र देशका सबै गाविस र नगरपालिकामा वाइम्याक्स चलाइसक्ने योजनामा टेलिकम छ।



1 comment: