Saturday, September 1, 2012

हुवावेले मोबाइल ठेक्का अस्विकार गर्ने

रामचन्द्र भट्ट, काठमाडौं, भदौ १७ - जेडटीई कम्पनीले नेपाल टेलिकमलाई उपकरण बेच्नभन्दा धरौटी राखेको ४२ करोड रुपैयाँनै गुमाउन उचित ठानेको ५२ लाख मोबाइलको प्रकरणमा अर्को चिनिया कम्पनी हुवावेले समेत ठेक्का अस्विकार गर्ने भएको छ। यो घटनाले अब टेलिकमको भाग्य र भविष्य युरोपिएन कम्पनी इरिक्सनको हातमा निर्भर भएको छ। ११ महिना अघि खोलिएको ठेक्कामा सबैभन्दा सस्तो दिन प्रस्ताव गरेको हुवावेले समेत ५२ लाख मोबाइल दिन नसक्ने संकेत दिएको छ। टेलिकमले धरौटी (बिडबण्ड) को म्याद थप्न दिएको निर्देशनलाई हुवावेले अस्विकार गरेपछि ५२ लाख मोबाइल उपकरण दिन तयार नभएको संकेतका रुपमा टेलिकम अधिकारीहरुले हेरेका छन्। 'इरिक्सनले यो ठेक्का स्विकार गर्योक भने लफडा नपर्ला, तर अस्विकार गर्योप भने फेरि टेण्डरमै जानुपर्ने अवस्था आउँछ,' टेलिकमका एक अधिकारीले भने। युरोपको इरिक्सन कम्पनीले ५२ लाख मोबाइलको लागि २४ करोड ३० लाख अमेरिकी डलर प्रस्ताव गरेको थियो। यो कम्पनीले उपकरण दिन चाहेमा आधा घटेर १२ करोड २२ लाख डलरमै दिनुपर्छ।  टेलिकम स्रोतका अनुसार अहिलेसम्म इरिक्सनले ५२ लाख मोबाइलको प्रस्ताव हुवावेकै मूल्यमा स्विकार गर्ने संकेत दिएको छ। 'अस्विकार गर्ने भए धरौटी वापत राखिएको ४६ लाख डलरको म्याद ६ पटक थप्ने थिएन,' आशावादी हुँदै टेलिकम अधिकारीले भने। 
जेठपछि पटक पटक गरेर ६ चोटी धरौटीको म्याद थप्न दिएको निर्देशनलाई इरिक्सनले समेत खुरुखुरु मान्दै थप्नुले युरोपको यो कम्पनी समेत नेपाल टेलिकममा प्रवेश गर्न गर्न खोजेको संकेतका रुपमा हेरिएको छ। 'काम गर्न नसक्ने भए ४६ लाख डलर (४२ करोड रुपैयाँ) को धरौटीको म्याद थप्ने थिएन,' ती अधिकारीले भने।  जेडटीईको ४२ करोड धरौटी जफत गरेपछि इरिक्सनलाई ठेक्का स्विकार गर्न टेलिकमले गत बुधबार पत्र पठाएको छ। इरिक्सनले १२ करोड २० लाख डलरमा ५२ लाख मोबाइलको सामान दिन स्विकार गर्योप भने हुवावेले सस्तो दिन प्रस्ताव गरेको भएपनि प्याकेज-'ए' को ठेक्का पाउँदैन। इरिक्सनले स्विकार गर्योव भने टेलिकमको भविष्य सबैभन्दा राम्रो र बलियो हुनेछ। तर अस्विकार गरेमा भने टेलिकम अधोगतिमा जाने संभावना बढ्छ।  टेलिकमले सबैभन्दा सस्तो मूल्यमा दिन प्रस्ताव गरेको कम्पनीमध्य हुवावेसँग प्याकेज-'बी' को ४८ लाख मोबाइल किन्न सम्झौता गरिसकेको छ। हुवावेसँग गत असार ११ गते ६ अर्ब ७५ करोड रुपैयाँको ४८ लाख मोबाइल किन्ने सम्झौता गरेको हो।  जतिसुकै सस्तो दिएपनि एउटै कम्पनीसँग किन्दा एकाधिकार हुने भएपछि टेलिकमले प्याकेज-'ए' मा सस्तो दिन प्रस्ताव गरेको हुवावेको सट्टा त्यही मूल्यमा दिन तयार भएको जेडटीईसँग प्रकृया अघि बढाएको थियो। १५ करोड ५० लाख डलरमा प्रस्ताव गरेको जेडटीइले हुवावेकै मूल्य १२ करोड २० लाख डलरमा दिन तयार भएको प्रतिवद्धता सुरुमा जनाएपनि अहिले दिएन।  '१२ करोड २० लाख डलर (१० अर्ब ८५ करोड रुपैयाँ) मा ५२ लाख मोबाइल उपकरण दिँदा नोक्सानी हुने भएपछि जेडटीइले धरौटी राखेको ४२ करोड माया मारेको हो,' टेलिकम स्रोतले भन्यो। सुरुमा आँखा चिम्लिएर ठेक्का लिन प्रस्ताव गरेको कम्पनीले करोडौं रुपैयाँ घाटा हुनेभएपछि धरौटी समेत गुमाउन उचित ठान्यो।


ठेक्काको प्रावधान अनुसारनै हुवावेले प्याकेज-'बी' को ठेक्का पाएको हुँदा प्याकेज-'ए' मा जेडटीईलाई दिने उल्लेख थियो। तर जेडटीईले टेण्डर खुलेको ११ महिनासम्म पनि सम्झौता नगरेपछि उसको धरौटी जफत गरेर इरिक्सनलाई ठेक्का स्विकार गर्न टेलिकमले पत्र पठाएको हो।  इरिक्सनले ठेक्का अस्विकार गर्‍यो भने ठेक्काको प्रावधान अनुसार हुवावेलाईनै दिनुपर्छ। तर हुवावेले भने ११ महिनासम्म डलरको भाउ बढेको, सामानको मूल्य अन्तर्राष्ट्रिय बजारमा निकै बढेको हुँदा पुरानो मूल्यमा दिन नसकिने जनाएको छ। 



ठेक्कामा परेको प्रस्ताव 
प्याकेज-ए  प्याकेज-बी 
हुवावे १२ करोड २२ लाख डलर  ८ करोड ५० लाख डलर
जेडटीई १५ करोड ५० लाख डलर  १० करोड ४० लाख डलर
इरिक्सन २४ करोड ३० लाख डलर १४ करोड ५० लाख डलर

'उनीहरु (टेलिकमका अधिकारी) १५ दिनभित्र गर्न सकिने एउटा निर्णयलाई ११ महिना लगाउँछन्, अनि हामी पुरानै मूल्यमा दिनुपर्छ भन्ने कहिँ वाध्यता हुन्छ?' हुवावेका एक अधिकारीले प्रश्न गरे। पटक पटक धरौटीको म्याद थप्न टेलिकमले दिएको निर्देशन पालना गर्दै आउँदा पछिल्लो पटक गत विहीबार पत्र लेखेर बढाउन भनेपछि अदालतमा मुद्दा दर्ता गरेका छन्। टेलिकमले हुवावेलाई ठेक्का स्विकार नगरे धरौटी राखिएको ४२ करोड रुपैयाँ जफत गर्ने पत्र पठाएको छ। हुवावेले आफ्नो धरौटी जफत गरेमा कम्पनीको प्रतिष्ठामा पुगेको हानीको क्षतीपूर्ति समेत टेलिकमबाट तिराउनेगरि मुद्दा हाल्ने धम्की दिएको छ।  इरिक्सनले ठेक्का स्विकार गर्योे भने टेलिकममाथि बजि्रन लागेको संभावित ठूलो दुर्घटना टर्छ। नत्र भने ५२ लाख मोबाइलको लागि फेरि टेण्डरमा जाँदा अर्को दुई वर्ष समय लाग्छ।  दुई वर्षको तयारीपछि टेलिकमले दुई भाग लगाएर टेलिकमले गत वर्ष असोजमा एककरोड मोबाइको टेण्डर खोलेको हो। फेरि टेण्डरमा जानु परेमा टेलिकमसँग ग्राहकलाई दिने मोबाइलको सिमकार्ड समेत हुनेछैन।  इरिक्सनले अहिले देखाएको सकारात्मक संकेतले अधिकारीहरु आशावादी छन्। भारतमा समेत एसम्बल गरेर इरिक्सनले उपकरण बनाइरहेकोले नेपालमा काम गर्ने संभावना छ।  दुई चिनिया कम्पनीको टेलिकममाथि भइरहेको दबदबा र आतंकलाई अन्त्य गर्न पनि युरोपिएनको उपकरण लिन सक्यो भने टेलिकमले अहिले भोगिरहेको गुणस्तरको समस्या पनि समाधान हुने संभावना रहेको टेलिकम अधिकारीहरु बताउँछन्।  'इरिक्सनलाई यस पटक टेलिकमले भित्राउन सक्यो भने जेडटीई र हुवावेले सिण्डिकेट गर्दै अरु कम्पनीलाई पस्नै नदिने रणनीति समेत असफल हुनेछ,' टेलिकमका एक नायब प्रवन्ध निर्देशकले भने। तर यसको लागि टेलिकम सञ्चालक समिति र उच्च व्यबस्थापनले निकै सुझबुझसाथ निर्णय गर्नुपर्ने अवस्था छ।

No comments:

Post a Comment