Thursday, March 13, 2014

स्रष्टाले टेलिकमबाट १५ प्रतिशत रोयल्टी पाउने

बिहीबार सम्झौतामा हस्ताक्षर गर्दै नेपाल टेलिकम मोबाइल सेवा निर्देशनालयका निर्देशक सुरेन्द्रप्रसाद थिके र रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी ।
Onlinekhabar.com नेपाल टेलिकमका प्रयोगकर्ताले कलर रिङ ब्याक टोन(सीआरवीटी) डाउनलोड गरेबापत प्राप्त हुने आम्दानीबाट स्रष्टाले १५ प्रतिशत रोयल्टी पाउने भएका छन् । रोयल्टी संकलन समाज र नेपाल टलिकमवीच बिहीवार भएको सम्झौताअनुसार गत कार्तिकयता डाउनलोड भएका गीतका स्रष्टाले यस्तो रोयल्टी पाउने छन् । सीआरबीटी डाउनलोड गर्दा उभोक्ताले १२ रुपैयाँ तिर्छन् । सो रकमको १५ प्रतिशत अर्थात १ रुपैयाँ ५० पैसा रोयल्टी स्रष्टाले पाउनेगरि सम्झौता भएको छ । यसअघि नेपाल टेलिकमले आफ्ना एग्रिगेटर कम्पनीमार्फत् यस्तो रोयल्टी दिँदै आएको थियो । एग्रिगेटरले प्राप्त गर्ने ५ रुपैयाँमध्येबाट कर र सेवाशुल्क कट्टा गरि ३ रुपैयाँ ७६ पैसा उत्पादक कम्पनीले पाउँथे । त्यही रकमबाट उत्पादक कम्पनीले स्रष्टालाई रोयल्टी दिने गरेका थिए । बिहीबार सम्झौतामा हस्ताक्षर गर्दै नेपाल टेलिकम मोबाइल सेवा निर्देशनालयका निर्देशक सुरेन्द्रप्रसाद थिके र रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी ।   बिहीबार सम्झौतामा हस्ताक्षर गर्दै नेपाल टेलिकम मोबाइल सेवा निर्देशनालयका निर्देशक सुरेन्द्रप्रसाद थिके र रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी । तर, कम्पनीहरुले रोयल्टी नदिएको भन्दै स्रष्टाले लामो समयदेखि पारदर्शीरुपमा रोयल्टी सुनिश्चित गर्न माग गरेका थिए । सोही मागअनुसार टेलिकमले १५ प्रतिशत रोयल्टी सुनिश्चीत गर्दै त्यस्तो रकम सिधै रोयल्टी संकलन समाजलाई पठाउनेगरि संगीत उद्यमी र रोयल्टी संकलन समाजसँग सम्झौता गरेको हो । ‘नेपाली संगीत उद्योगका लागि यो सुनौलो दिन हो’ हस्ताक्षरपछि रोयल्टी संकलन समाजका अध्यक्ष एवं संगीतकार सुरेश अधिकारीले भने । संगीत उद्यमीले पनि पारदर्शीरुपमा रोयल्टी किटान गरि बितरण गरिनु राम्रो भएको भन्दै प्रसंसा गरेका छन् । नेपाल संगीत उद्योग संघका पूर्व अध्यक्ष पदम बुढामगरले अनलाइनखबरसँग भने–‘ब्यबस्थितरुपमा रोयल्टी बितरण हुनु निकै राम्रो कुरा हो, यसले संगीत उद्योगको बिकाशमा सहयोग पुर्याउँछ ।’

टेलिकमले आफ्नो हिस्सा दिएन 
१५ प्रतिशत रोयल्टी दिने निर्णय सही भए पनि नेपाल टेलिकमले आफ्नो हिस्साबापत दिनुपर्ने पैसा नदिइ संगीत उद्यमीको हिस्साबाट मात्रै कट्टी गरेको भन्दै संगीत उद्यमीहरुले बिरोध गरेका छन् । यस्तो अबस्था रहिरहे संगीत उद्योग सून्यमा पुग्ने उनीहरूले बताए । ‘१५ प्रतिशत रोयल्टीबापत प्रति डाउनलोड डेढ रुपैयाँमध्ये ७५ पैसा संगीत उद्योगीको तर्फबाट र ७५ पैसा टेलिकमको भागबाट काटिनुपर्ने हो’ बुढामगरले भने–‘अहिले डेढ रुपैयाँ नै संगीत उद्यमीको हिस्साबाट काटिएको छ, यसप्रति हाम्रो आपत्ति छ ।’ असार मसान्तभित्रै आफ्नो हिस्साको ७५ पैसा पनि काटिने गरि ब्यबस्था गर्ने टेलिकमले आश्वासन दिएको छ । संगीत उद्यमीबाटै सवै रोयल्टी रकम काटिंदा गीतसंगीतको प्रर्बद्धनका लागि खर्च नपुग्ने र प्रर्बद्धनबिना ब्यापार नहुने भन्दै ब्यापार सून्यमा पुगे १५ प्रतिशत रोयल्टीको कुनै अर्थ नहुने संगीत उद्यमीको तर्क छ ।

No comments:

Post a Comment