Monday, March 10, 2014

बल्ल सुरु भयो नेपाल टेलिकममा रणनीतिक साझेदारको खोजी, सरकारको सेयर पनि विनिवेश गरिने

काठमाडौं । bizmandu.com नेपाल टेलिकममा रहेको सरकारी स्वामित्व विनिवेश गरेर रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया सुरु भएको छ । देशको सबैभन्दा मुनाफादायी कम्पनी नेपाल टेलिकममा लामो समयदेखि रणनीतिक साझेदार भित्र्याउने छलफल चले पनि ठोस प्रक्रिया भने सुरु हुन सकेको थिएन् ।टेलिकमले सेयर विनिवेश गरेर रणनीतिक साझेदार छान्न परामर्शदाताको खोजी गरेको हो ।
मंगलवार सार्वजनिक सूचना आव्हान गरेर टेलिकमले राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाताको आव्हान गरेको छ । टेलिकमले एक महिना भित्र प्रस्ताव पेश गर्न परामर्शदातालाई समय दिएको छ ।
नेपाल स्टकमा सूचिकृत देशकै सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । टेलिकममा अहिले पनि सरकारको हिस्सामा साढे ९१ प्रतिशत सेयर स्वामित्व छ । टेलिकममा नागरिक लगानी कोषको ०.०३ प्रतिशत, सर्वसाधरण लगानीकर्ताको ३.९७ प्रतिशत र कर्मचारीको साढे चार प्रतिशत सेयर स्वामित्व छ । नेपाल टेलिकम अहिलेको बजार पुँजीकरणमा झण्डै एक खर्ब रुपैयाँको कम्पनी हो । सोमवार प्रतिकित्ता ६६० रुपैयाँमा कारोवार बन्द भएको थियो । सरकारले आफ्नो स्वामित्वमा भएको २५ देखि ३० प्रतिशत सेयर प्रतिष्ठित विदेशी साझेदारलाई विक्री गरेर रणनीतिक साझेदारका रुपमा भित्र्याउन खोजिरहेको छ । टेलिकममा भारत लगायत केही युरोपेली कम्पनीले रणनीतिक साझेदारका रुपमा भित्र्न चाहेका छन् । अहिलेको बजार मूल्यमा सेयर विक्री गरे सरकारले टेलिकमको विनिवेशबाट २५ देखि ३० अर्ब रुपैयाँ प्राप्त गर्न सक्छ । विदेशी रणनीतिक साझेदार भित्र्याए टेलिकमको निर्णय प्रक्रियामा चुस्तता आउने, गुणस्तरीय प्रविधि भित्र्याउन सहज हुने र कम लागतमा उच्च प्रतिफल प्राप्त गर्न सकिने सम्भावनामा सरकार र साझेदारहरु छन् ।


पाल स्टक एक्सचेञ्जमा सुचिकृत कम्पनीमध्ये सर्वाधिक सेयर संख्या भएको नेपाल टेलिकमले पुस मसान्तमा पाँच अर्ब ५९ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको यहि अवधिको तुलनामा यो चार करोडले बढि हो ।
खुद मुनाफा बढे पनि पुस मसान्तमा कम्पनीको आम्दानीभन्दा खर्च धेरैले बढेको छ । अघिल्लो आवमा १८ अर्ब ४३ करोड ४३ लाख कुल आम्दानी गरेको कम्पनीले यो बर्ष १९ अर्ब ६९ करोड ९४ लाख कमाएको हो । यस्तै अघिल्लो बर्षको पुसमा १० अर्ब ८१ करोड कुल खर्च भएकोमा यो बर्षको खर्च १२ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अर्थात आम्दानी एक अर्ब २६ करोड ५१ लाखले बढ्दा खर्च भने एक अर्ब ३९ करोड पाँच लाखले बढेको छ ।
आम्दानीभन्दा खर्च धेरै भएकै कारण कम्पनीको सञ्चालन मुनाफा पनि घटेको छ । अघिल्लो बर्षको पुसमा सात अर्ब ६२ करोड १४ लाख सञ्चालन मुनाफा आर्जन गरेको कम्पनीले यो बर्ष सात अर्ब ४९ करोड ६१ मात्र कमायो । आयकरमा गत आर्थिक वर्षभन्दा १६ करोड कम रकम छुट्याए पछि कम्पनीको खुद मुनाफा भने बढेको हो ।
कम्पनीको व्यक्तिगत खर्च, सञ्चालन तथा पुनर्निमाण खर्च धेरैले बढेको छ । व्यक्तिगत खर्च दुई अर्ब २१ करोडबाट बढेर दुई अर्ब ५० करोड पुगेको हो भने सञ्चालन खर्च पनि तीन अर्ब १० करोडबाट तीन अर्ब ७५ करोड पुगेको छ । कम्पनीको ह«ास कट्टी समेत १६ करोड रुपैयाँले बढेर एक अर्ब ८३ करोड पुगेको छ ।
यस्तै अघिल्लो बर्ष कुनै शुल्क नछुट्याएको फ्रिक्वेन्सी वापत कम्पनीले यो बर्ष ४६ करोड रुपैयाँ तिरेको छ । लाइसेन्स वापतको खर्चमा भने यो वर्ष कमि आएको छ । अघिल्लो वर्षको पुसमा दुई अर्ब एक करोड तिर्नु परेकोमा यो बर्ष एक अर्ब ६७ करोड रुपैयाँ छुट्याएको हो ।
खुद मुनाफा केहिले बढे पछि कम्पनीको प्रति सेयर आम्दानीमा नगन्य सुधार भएको छ । अघिल्लो बर्ष प्रति सेयर आम्दानी ७४.८ रुपैयाँ रहेकोमा यो बर्ष ७४.५७ रुपैयाँ पुगेको छ । प्रति सेयर नेटवर्थ भने तीन सय ६६.८७ रुपैयाँबाट बढेर तीन सय ९४.८६ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कम्पनीको कुल सम्पत्ति भने एक खर्ब १० अर्ब रुपैयाँबाट १२ अर्बले बढेर एक खर्ब २२ अर्ब रुपैयाँ पुगे पछि प्रति सेयर नेटवर्थमा सुधार देखिएको हो ।
गुणस्तरमा गुनासो व्याप्त रहे पनि नेपाली टेलिकमको सेवा प्रति सर्वसाधारणको रुची भने बढ्दो नै देखिएको छ । शुल्क क्रमशः घटाउँदै लैजाँदा पनि कम्पनीको सेवा वापतको आय एक अर्ब रुपैयाँले बढ्नु ग्राहक विश्वासकै आधार हो । यसले नेपाल टेलिकमको सेवा प्रयोग र उपयोगकर्ता दुबै बढेको देखिन्छ । गत आवको पुसमा सेवा वापतको आय १६ अर्ब ८१ करोड रहेकोमा यो वर्ष १७ अर्ब ८१ करोड पुगेको हो । ब्याज लगायतका अन्य आय भने २६ करोडले बढेको छ ।
कम्पनीले आगामी दिनमा आफ्नो साख बढाउन सहरोन्मुख तथा ग्रामिण भेगमा गुणस्तर सुधार गर्ने योजना बनाएको छ । प्रतिश्पर्धीको तुलनामा अब्बल बन्दै आईपी सिडिएमए, इभिडियो, वाइ म्याक्स, एनजीन तथा जीएसएममा थ्री जी र फोर जी सेवालाई बढावा दिने कम्पनीको रणनीति छ । जीएसएम र सिडिएमए सेवाको गुणस्तर सुधारका लागि रेडियो फ्रिक्वेन्सी र विटिएस टावरको दायरा बढाउँदै लैजाने कम्पनीले जनाएको छ । - See more at: http://www.bizmandu.com/content/-5939.html#.Ux6rLqK8eeo

नेपाल टेलिकमले पुस मसान्तमा पाँच अर्ब ५९ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको यहि अवधिको तुलनामा यो चार करोडले बढि हो । खुद मुनाफा बढे पनि पुस मसान्तमा कम्पनीको आम्दानीभन्दा खर्च धेरैले बढेको छ । अघिल्लो आवमा १८ अर्ब ४३ करोड ४३ लाख कुल आम्दानी गरेको कम्पनीले यो बर्ष १९ अर्ब ६९ करोड ९४ लाख कमाएको हो । यस्तै अघिल्लो बर्षको पुसमा १० अर्ब ८१ करोड कुल खर्च भएकोमा यो बर्षको खर्च १२ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अर्थात आम्दानी एक अर्ब २६ करोड ५१ लाखले बढ्दा खर्च भने एक अर्ब ३९ करोड पाँच लाखले बढेको छ ।
आम्दानीभन्दा खर्च धेरै भएकै कारण कम्पनीको सञ्चालन मुनाफा पनि घटेको छ । अघिल्लो बर्षको पुसमा सात अर्ब ६२ करोड १४ लाख सञ्चालन मुनाफा आर्जन गरेको कम्पनीले यो बर्ष सात अर्ब ४९ करोड ६१ मात्र कमायो । आयकरमा गत आर्थिक वर्षभन्दा १६ करोड कम रकम छुट्याए पछि कम्पनीको खुद मुनाफा भने बढेको हो । कम्पनीको व्यक्तिगत खर्च, सञ्चालन तथा पुनर्निमाण खर्च धेरैले बढेको छ । व्यक्तिगत खर्च दुई अर्ब २१ करोडबाट बढेर दुई अर्ब ५० करोड पुगेको हो भने सञ्चालन खर्च पनि तीन अर्ब १० करोडबाट तीन अर्ब ७५ करोड पुगेको छ । कम्पनीको ह«ास कट्टी समेत १६ करोड रुपैयाँले बढेर एक अर्ब ८३ करोड पुगेको छ ।
यस्तै अघिल्लो बर्ष कुनै शुल्क नछुट्याएको फ्रिक्वेन्सी वापत कम्पनीले यो बर्ष ४६ करोड रुपैयाँ तिरेको छ । लाइसेन्स वापतको खर्चमा भने यो वर्ष कमि आएको छ । अघिल्लो वर्षको पुसमा दुई अर्ब एक करोड तिर्नु परेकोमा यो बर्ष एक अर्ब ६७ करोड रुपैयाँ छुट्याएको हो । 

खुद मुनाफा केहिले बढे पछि कम्पनीको प्रति सेयर आम्दानीमा नगन्य सुधार भएको छ । अघिल्लो बर्ष प्रति सेयर आम्दानी ७४.८ रुपैयाँ रहेकोमा यो बर्ष ७४.५७ रुपैयाँ पुगेको छ । प्रति सेयर नेटवर्थ भने तीन सय ६६.८७ रुपैयाँबाट बढेर तीन सय ९४.८६ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कम्पनीको कुल सम्पत्ति भने एक खर्ब १० अर्ब रुपैयाँबाट १२ अर्बले बढेर एक खर्ब २२ अर्ब रुपैयाँ पुगे पछि प्रति सेयर नेटवर्थमा सुधार देखिएको हो ।
गुणस्तरमा गुनासो व्याप्त रहे पनि नेपाली टेलिकमको सेवा प्रति सर्वसाधारणको रुची भने बढ्दो नै देखिएको छ । शुल्क क्रमशः घटाउँदै लैजाँदा पनि कम्पनीको सेवा वापतको आय एक अर्ब रुपैयाँले बढ्नु ग्राहक विश्वासकै आधार हो । यसले नेपाल टेलिकमको सेवा प्रयोग र उपयोगकर्ता दुबै बढेको देखिन्छ । गत आवको पुसमा सेवा वापतको आय १६ अर्ब ८१ करोड रहेकोमा यो वर्ष १७ अर्ब ८१ करोड पुगेको हो । ब्याज लगायतका अन्य आय भने २६ करोडले बढेको छ ।
कम्पनीले आगामी दिनमा आफ्नो साख बढाउन सहरोन्मुख तथा ग्रामिण भेगमा गुणस्तर सुधार गर्ने योजना बनाएको छ । प्रतिश्पर्धीको तुलनामा अब्बल बन्दै आईपी सिडिएमए, इभिडियो, वाइ म्याक्स, एनजीन तथा जीएसएममा थ्री जी र फोर जी सेवालाई बढावा दिने कम्पनीको रणनीति छ । जीएसएम र सिडिएमए सेवाको गुणस्तर सुधारका लागि रेडियो फ्रिक्वेन्सी र विटिएस टावरको दायरा बढाउँदै लैजाने कम्पनीले जनाएको छ ।

No comments:

Post a Comment