Sunday, March 30, 2014

सामसङ एस फाइभ प्रिबुकिङ सुरु, ३८ सय बराबरको गिफ्ट, मूल्य ७६ हजार, टेलिकमको डाटा बण्डल

अपार प्रमोद/बिजमाण्डू
काठमाडौं ।  अप्रिल ११ गते काठमाडौंमा सार्वजनिक गर्न लागिएको एस फाइभको प्रि बुकिङ सुरु भएको छ । नेपालका लागि सामसङको आधिकारिक विक्रेता आईएमएसले आइतवारबाट प्रिबुकिङ सुरु गरेको जानकारी दिएको छ । कम्पनीले आइतवारबाट सुरु हुने प्रि बुकिङ अप्रिल ७ सम्म रहने आईएमएसका प्रेसिडेन्ट दिकेश मल्होत्राले जानकारी दिए ।
प्रिबुकिङका लागि आईएमएसको फेसबुक पेजबाट एउटा फर्म डाउनलोड गरी त्यसलाई भर्न सकिने जानकारी दिइएको छ । भरिएको फर्मसहित दश हजार रुपैयाँ सामसङ आउटलेट तथा कम्पनीको स्मार्ट क्याफेमा बुझाउनुपर्ने जानकारी पनि उनले दिए ।
प्रिबुक गर्नेले ३८ सय रुपैयाँ मूल्य पर्ने एस भ्यु निशुल्क प्राप्त गर्ने छन् । त्यसैगरी २५ जना भाग्यशालीले थप पुरष्कार समेत प्राप्त गर्नेछन् । त्यसमध्ये पाँच जनालाई नेपाल टेलिकमको पाँच जिबी डाटा प्याकेज, पाँच जनालाई पाँच महिनाका लागि हेल्थ क्लवमा सदस्यता पनि दिनेछ । त्यसैगरी पाँच जनालाई म्यागजिनका लागि फोटोसुट, पाँच जनालाई सामसङ गियर फिट र पाँच जनालाई ग्यालेक्सी फाइभ सार्वजनिक गर्ने कार्यक्रममा आमन्त्रण गरिने जानकारी पनि आईएमएसले दिएको छ । सामसङ एस फाइभको नेपालमा झण्डै ७६ हजार रुपैयाँ हाराहारीमा मूल्य तय गरिएको छ । प्रेसिडेन्ट मल्होत्राले भने, एस फाइभको मूल्य ७६ हजार रुपैयाँ वरपर रहन्छ । कम्पनीले एस फाइभसँगै डाटा सेवाका लागि नेपाल टेलिकमसँग बण्डलिङ गर्ने भएको छ । यसअघि एनसेलको डाटा बण्डलिङमा उपलब्ध हुने सामसङले पहिलोपटक नेपाल टेलिकमलाई रोजेको हो ।

एस फाइभको मूल्य ७६ हजार रुपैयाँ वरपर रहन्छ । कम्पनीले एस फाइभसँगै डाटा सेवाका लागि नेपाल टेलिकमसँग बण्डलिङ गर्ने भएको छ । यसअघि एनसेलको डाटा बण्डलिङमा उपलब्ध हुने सामसङले पहिलोपटक नेपाल टेलिकमलाई रोजेको हो ।

सामसङले एस फाइभको खरिदमा प्रत्येक ग्राहकलाई मासिक एक जिबीका दरले चार जिबी डाटा निशुल्क उपलब्ध गराउनेछ । कम्पनीले एस फाइभका लागि १५ महिने ईएमआई अप्सन ल्याउने पनि मल्होत्राले जानकारी दिए । एस फाइभको पहुँच अझ धेरैसम्म पुगोस भनेर हामीले इएमआईमा १५ महिने स्किम दिन लागेका हौं, उनले भने । मोवाइलमा १५ महिने स्किम पहिलोपटक ल्याइएको हो । यसअघि छ महिना र एक वर्षको इएमआई अप्सनमा मोवाइल विक्री गरिंदै आइएको थियो । आईएमएसले इएमआईका लागि केही बैंकसँग सम्झौता गरिसकेको छ भने केही बैंकसँग सम्झौताको अन्तिम तयारी भैरहेको छ ।

आइतवारबाट भारतमा पनि एस फाइभको प्रिबुकिङ सुरु भएको छ । इकोनोमिक टाइम्सले भारतमा एस फाइभ ५१ देखि ५३ हजार भारुको बीचमा पर्ने जानकारी दिएको छ । भारतमा ५१ हजारमा एस फाइभ उपलब्ध भए नेपालभन्दा झण्डै छ हजार रुपैयाँ महँगो पर्नेछ ।
एस फाइभ स्मार्टफोनमा सबैभन्दा टप मोडल मानिएको छ । ५.१ इन्चको फुल एचडी स्क्रिन भएको एस फाइभमा एन्ड्रोइडको पछिल्लो भर्सन हालिएको छ । फ्रिंगरपिन्ट सेन्सर, मुटुको धडकन नाप्ने मनिटर, स्वास्थ्यमा केन्द्रिय एप्स र पानी तथा धुलो छेक्ने गरी मोवाइल बनाइएको छ ।
आईएमएसले पहिलो महिना ग्यालेक्सी एस फाइभका पाँच हजार मोवाइल सेट विक्री हुने अपेक्षा गरेको छ । विश्व बजारमा सार्वजनिक भएपछि एस फाइभप्रति ठूलो क्रेज देखिएको छ, त्यो क्रेज नेपालमा पनि छ । त्यसैले यो स्मार्टफोन अरुभन्दा अझ बढी विक्रि हुने अपेक्षा हामीले गरेका छौं, प्रेसिडेन्ट मल्होत्राले भने ।  - 

No comments:

Post a Comment